- केडी रेम्नीसिङ
पिउनु उनकै यादमा पिउँछु आजभोली,
दिनभन्दा बढी रातमा पिउँछु आजभोली ।
टेवलमा सुरु अनि बढ्दै जान्छ कोठातिर,
होसअघि यही खाटमा पिउँछु आजभोली ।
सुम्सुम्याउने हात छोडी नसा साथ थमाई,
तस्विर उनै राखी साथमा पिउँछु आजभोली ।
प्रेममा बढी नसा उनी पिएको रक्सीभन्दा,
चीज अर्कै उस्तै मातमा पिउँछु आजभोली ।
विषसरी अन्तिम कक्टेल प्रेम र रक्सीको,
आँखा चिम्ली उसै हातमा पिउँछु आजभोली।
No comments:
Post a Comment