Wednesday, August 31, 2016

तिर्सनाको जीवन रक्षाका लागि स्वास्थ्यकमीहरुबाट आर्थिक सहयोग

तिर्सनाको जीवन रक्षाका लागि स्वास्थ्यकमीहरुबाट आर्थिक सहयोग

केडी रेम्नीसिङ 
Tirsana Kulung
सोलुखुम्बु । जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको सक्रियतामा तिर्सनाको उपचारार्थ सहयोग रकम संकलन गरिएको छ । सोताङ प्राथमिक केन्द्र, सोताङमा कार्यरत श्रीध्वज राईको संयोजकत्वमा ‘तिर्सना (स्वास्थ्यकर्मी वचाउ अभियान) नामको समिति गठन गरी सहयोग संकलन गरिएको हो । 
सो संकलित रकम एकमुष्ट एक लाख दश हजार ६ सय ५० रुपैयाँ सल्लेरी, सोलुखुम्बुमा गत बुधबार एक कार्यक्रमका बिच ‘तिर्सना वचाउ अभियान उपसमिति, सोलुखुम्बु’लाई हस्तान्तरण गरिएको छ । 
बुङ, छेस्काम, गुदेल र सोताङ गाविसका स्वास्थ्यकर्मी कर्मचारी, महिला स्वयम्सेविकाहरु, सुनौला हजार दिनका आमा समुह, व्यक्ति–व्यक्तित्वहरुका साथै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुबाट संकलन गरिएको रकम हस्तान्तरण गर्दै श्रीध्वज राई र स्वास्थ्यचौकी बुङका प्रमुख बसन्त कुमार राईले बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गरे । उक्त रकम बुझ्दै उपसमिति, सोलुखुम्बु संयोजक सागर किरातिले सो रकम उपसमितिको बैंक खातामा जम्मा गरी केन्द्रिय समितिमार्पmत रोगीको उपचारमा खर्च गरिने जानकारी दिए । 
छेस्काम, सोलुखुम्बु निबासी तिर्सना किराति बोन म्यारो सम्बन्धी एक्यूट माइलोइड ल्यूकेमिया नामको रोगबाट पिडित भई भारतको एक अस्पतालमा उपचाररत छिन् । एक स्वास्थ्यकर्मीको रुपमा कार्यरत उनको उपचारको लागि लाखौँ खर्च लाग्ने जनाइएको छ । परिवारको आर्थिक स्थिति कमजोर भएको कारण उपचार सहयोगार्थ समिति गठन भई रकम संकलन कार्य थालिएको हो । जसमा देश विदेशबाट सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको जनाइएको छ ।