Sunday, September 2, 2018

मलाई भोली केही भए......


मलाई भोली केही भए
दैबले बिचैमा चुडी लगे
तिमीले जिउने आधार खोज्नु 
एकान्की यो लामो जिबन गुजार्नलाई गाह्रो होला 
मन मिल्ने जीवनसाथी रोज्नु । 
संघर्स गर्दा गर्दै
उतार चडाब भोग्दा भोग्दै
बिचैमा मेरो अवसान भए
तिमीले जिउने आधार खोज्नु
हिड्दै जादा भावनालाई बुझने
हितकारी मान्छे भेटे
निसन्कोच नाता जोड्नु
मलाई भोली केही भए .................

बाधा र अड्चन् फुकाइ
टिका, चुरा श्रिंगार् सजाइ
गुलफ झै बनी प्रिय
काडा बिच पनि जिउन सिक्नु
हिड्दै जादा भावनालाई बुझने
हितकारी मान्छे भेटे
निसन्कोच नाता जोड्नु
मलाई भोली केही भए .................