Monday, November 7, 2016

गजल

कुहरोभित्र पारीलाई हेर दिल खुश भैहाल्छ,
पहाडमुनी झरीलाई हेर दिल खुश भैहाल्छ ।

आवाजभित्र अशान्त छ मन धुलोभित्र धुलाम्मै,
चुपचाप नगरीलाई हेर दिल खुश भैहाल्छ ।

नजरबन्द लगाइराछौ आफूमाथि आफैँले नै,
उडीररेको चरीलाई हेर दिल खुश भैहाल्छ ।

झरनामुनी इन्द्रेणीको सातै रंग एक भएर,
नुहाइराख्या छडीलाई हेर दिल खुश भैहाल्छ ।

प्रकृतिलाई कुल्चिई हिडेको धेरै भयो अव त,

आज नयन भरीलाई हेर दिल खुश भैहाल्छ ।