(१)
सानो होस् ठूलो होस्चुनाव हो चुनाव त,
पार्टीहोस् या व्यवसायीतनावहोचुनाव त ।
यसमा दे र उसमा दे स्वतन्त्रताभो गुमनाम,
फकाउने हर लोभमा, नभएदवावहो चुनाव त ।
थर्काउने, भड्काउनेअनि एउटाले पड्काउने,
अरुको के र नेताहुनेको रवाफहो चुनाव त ।
‘हाम्रो जीत सुनिश्चित’नारामात्रघन्किने,
भन्छन् सवलेविपक्षलाईजवाफहो चुनाव त ।
जित्नलाई चारै तौर तरिकाअपनाउनेअनि,
भन्नलाई त जनतालाई सद्भावहोचुनाव त ।
(२)
सबै भन्छन् सबैतिर लोकसेवालोकसेवा,
भई राख्याछ धेरैतिर झोँकसेवालोकसेवा ।
कितावकाथाक पढे प्रशासकभइने अरे,
भनौँ न त त्यसो हो त घोकसेवालोकसेवा ।
प्रश्नसँगै उत्तर हुन्छन् छान्नुमात्र पर्ने भए,
हुँदै होलान् अन्दाजमा ठोकसेवालोकसेवा ।
लकसेवापनि त हो लक लाग्नु अनिवार्य,
अनलकीको जीवनखाने शोकसेवालोकसेवा ।
यस्तो हुन्छ लोकसेवा उस्तो हुन्छ लोकसेवा,
स्वर्गको वयान छ पृथ्वीमा, खोकसेवालोकसेवा ।
हुनेलाई भएकै छ नहुनेको ऋण बढे जोगी,
लोभसेवाभईरा’छ आखिर भोकसेवालोकसेवा ।
(३)
के को हल्लाहुँदै थियोपल्लो घ’राँ राती फेरी,
क्रिडास्थलभयो क्यारे कसैको त छाती फेरी ।
पिडाका नैआवाजहरु सुनिनमाआ’काथिए,
चल्यो कित वज्य्रो कि तकसैको त लाठी फेरी ।
यस्तैगर्थे, यस्तैभन्थेहिजो पनिअस्तिपनि,
बौलाएरउफ्रेक्यारेआजपनि साथी फेरी ।
साह्ै गाह्रोभा’को स्वर सुनियाथ्यो सास फेर्न,
समातियो कसैबाट कसैको त घाँटी फेरी ।
आवाज पुरै सुनसानभयोअचानककिन,
कोहीकतैगएनन् कि स्वर्गैभन्दामाथी फेरी ।
(४)
सपनीमा देखेँतिमीलाई सम्झियौ किकसो,
भनेकै थेँयादआउँला तड्पियौ किकसो?
मायामाबारहुन्नभन्दापर्खाल नै तेर्सायौ,
त्यहीपर्खाल सामने ढल्दातर्सिर्यौ किकसो?
रोएको थेँ रातभर तिम्रैमायाभिखमाग्दै,
सपनीमा रुझ्दै थियौ,तिमीबर्सियौ किकसो?
सुनेको थेँ पराईबाटधोकापायौतिम्ले नि,
वेदागतन र दागी मनफर्कियौकिकसो?
नानाभाँतीभएरनिजीवन रथचाल्नै पर्छ,
रथको एक पांग्राहुनतर्कियौकिकसो?
(५)
ठूटे इङ्लिस फर्रहुने, अलिकति खाएपछि,
मनका कुरा खुल्नथाल्ने अझ बढी लाएपछि ।
गफ चल्छ ठूला ठूलाकुनाको एक टेवलमा,
सबै फूर्तिबाहिरिने साराहोस हराएपछि ।
साथीकोहो सँगै खाकाबिर्सिइनेत्यैझोँकमा,
बझारिन थाल्छ मुड्की वेवस टेवल पाएपछि ।
मिठास बढ्छहवसउड्छ बढ्छजव डोज,
छोड्नै मनहुन्नकसोगिलासत्यो समाएपछि ।
कसले सृष्टिग¥योहोलाअचम्मको यस्तो चीज,
संसारअर्कैभइहाल्नेशरिरमात्यो आएपछि ।
(६)
जसो तसो जिन्दगानी चल्दै थियो,
के थाहा जीवन घाम ढल्दै थियो ।
फक्रिएर फूल्न खोज्ने एक ढृढ,
सपनाको बारी–बारी फल्दै थियो ।
बज्र खस्दा असोचको अश्रुधारा,
जीवन आशा अनन्त गल्दै थियो ।
बाँच्ने अनि बचाउनेको लाममा,
सविनय एक ज्योेति बल्दै थियो ।
साक्षात देवले दिएसरी अमृत,
पिल्पिलाई आशा दीप जल्दै थियो ।
(७)
गोधुलीमा हरेक साँझ बिहानी ढल्दै थियो,
बिहानीको रफ्तारसँगै जवानी ढल्दै थियो ।
हरेक रात नयाँ नयाँ कथाहरु रचिन्थे,
रातले कोल्टे फेर्दै जाँदा कहानी ढल्दै थियो ।
सपना सयौँ फूल्ने फल्ने थियो उही समय,
सपना सँगै हराउने सिरानी ढल्दै थियो ।
गित वेगित सुर वेसुुर गायन वेतुक,
जीवनलय बेलयमा रिसानी ढल्दै थियो ।
एकपोका सपना फोहर मलाई भाँडामा,
धुँवा उडाई सिलिपिङ खरानी ढल्दै थियो ।
(८)
लेख्दिन भो गजल अव मेरो अर्कै काम छ,
लेखी मैले पाउने केवल त्यै सानो नाम छ ।
लेख्नेका आधा पढ्ने, पढ्नेका आधा किन्ने,
सुख्यात साहित्यकारलाई पनि कहाँ दाम छ ।
पढ्छु बरु बौद्धिक खुराक सके लेख्छु त्यही,
जमाना छ बौद्धिकताको त्यहीनेर दाम छ ।
विगारेर व्याकरण जो लेख्छ, उही कवी रे,
गजलकारको सपना बोक्ने हजारौँको लाम छ ।
तीन करोड जनतामा डेढ करोड कवि,
नेपालमा आहा! बरु प्रकाशन पो जाम छ ।
(९)
मुटुमा माया मलाई सारा दिएर आयौ,
प्रेमको सौगात पवित्र तन लिएर आयौ ।
बनेर चंगा एकफेर उड्छ सवैको मन,
रहर त्यागी मेरै पासमा खिएर आयौ ।
च्यातिनसम्म च्यातियो मन वचन बोलीले,
हजार बाजी फाटेको मन सिएर आयौ ।
जिउँदो लाश बनेर बाँच्न भए नि मञ्जुर,
म¥याथ्यो मुटु जवरजस्ती जिएर आयौ ।
नाघेर सीमा भोगेर सयौँ उतार–चढाव,
सम्झौता गर्न पलपल आँशु पिएर आयौ ।
(१०)
म रोऊँ कि रमाऊँ कि तिम्रो खुशी किन्न,
समुद्रपारी म जाऊँ कि तिम्रो खुशी किन्न ।
मनमा मात्र सारा मोह हुन्न भन्छन् मान्छेको,
न्यू फेसन वस्त्र लगाऊँ कि सारा खुसी किन्न ।
सुन्दर लाग्छ्यो श्रृंगार गरी सझिएकी तिमी,
रुपमा श्रृंगार सझाऊँ कि तिम्रो खुशी किन्न ।
मलाई सामु पाउँदा पग्लिन्छ रे तिम्रो मन,
तिम्रै शहरमा म आऊँ कि तिम्रो खुशी किन्न ।
तिम्रो एक खुशी देख्न हजार बार रोउँला,
यो संसार नै हसाऊँ कि तिम्रो खुशी किन्न ।
(११)
भमराको चुम्ने ढंग सापटी मागेर,
इन्द्रेणीको सातै रंग सापटी मागेर ।
बेहद प्यार दिउँला तिमीलाई सँधै,
रोमियो र मज्नुसँग सापटी मागेर ।
किनारमा छुन आउँला सुुस्तरी बग्दै,
समुद्री छाल तरंग सापटी मागेर ।
आकाश–धरतीसँग लाख विन्ती गरी,
दिनछु महल अझंग सापटी मागेर ।
(१३)
कवि हुन्छु भन्थेँ कहीँ गीतकार हुन्छु भन्थेँ,
गायक नि भन्थेँ फेरी कलाकार हुन्छु भन्थेँ ।
सपना ती थरी थरी रंगिन नि हुन्थे अनि,
गितार सिक्दै सिक्दै संगितकार हुन्छु भन्थेँ ।
रदिफ अनि काफिया र शेरहरु मिलाउँदै,
निरस गजल कोरी गजलकार हुन्छु भन्थेँ ।
रेडियोमा सुन्थेँ बोली पत्रिकामा पढ्थेँ नाम,
आफू पनि तिनीजस्तै पत्रकार हुन्छु भन्थेँ ।
थुप्रै के–के हुन्छु भन्थेँ आखिरमा के पो भएँ,
सबले सुन्ने सबले चुन्ने गिटार हुन्छु भन्थेँ ।
(१४)
सपना त्यसै उडिरा’छ आकाशिने रहर बोकी,
समय भने गुडिरा’छ आकाशिने रहर बोकी ।
कहिले एक्लै संगालिए कहिले उनी सँगसँगै,
क्षितिजपारी कुरीरा’छ आकाशिने रहर बोकी ।
बनाई बाटो राजमार्ग जिउने थियो साझा बाचा,
मिलन पनि जुरीरा’छ आकाशिने रहर बोकी ।
नथिङ् इज इम्पोसिबल भन्नु कति गलत सही,
बचन भने फुरी’राछ आकाशिने रहर बोकी ।
कहिले घाम कहिले बादल सम्बन्धको चंगा नि,
पहाड मुनी थुरीरा’छ आकाशिने रहर बोकी ।
(१५)
जव जव तुवाँलोले मेरो वस्ती डाक्छ सानु,
तिम्रै मिठो सम्झनाले सीमारेखा नाघ्छ सानु ।
सुनीरहुँ तिम्रो बोली कोलीरहुँ तिम्रै गुण,
भेटिरहुँ देखिरहुँ यस्तै यस्तै लाग्छ सानु ।
प्रति पल सुन सरी हुँदा तिमी डाँडापारी,
सँधै खाली अंगालोले तिम्रै हात माग्छ सानु ।
साहै्र ढिला लाग्छ घडी अनिदाँ यी रातभरी,
सम्झनाको बाढी आई निँद टाडा भाग्छ सानु ।
केही भर हुन्न भन्छन् जाबो एक जिन्दगीको,
तिम्रो साथ पाएपछि जिजिविशा जाग्छ सानु ।
(१६)
मनमा रहर पलाउँछन् सुन्दै जाँदा खेरी,
फगत कल्पना लाग्छ फेरी गुन्दै जाँदा खेरी ।
उपन्यास पढ्छु कविता पढ्छु सुन्छु कथाहरु,
गजललाई नै रोज्दो रहेछु चुन्दै जाँदा खेरी ।
पोखेर भावना गजलमा पार्छु शान्त मनलाई,
जीवन खोज्छु यहीँ सपना तुन्दै जाँदा खेरी ।
लेख्न खोज्छु कनी कुथ्री तर छैन परिष्कार,
सपनाहरु तुहाउँछु सबले थुन्दै जाँदा खेरी ।
(१७)
तिमी मेरै हुनुपर्छ लाउँदिन म कर अव,
तिम्रो मेरो मिलन नि भाग्यमाथी कर अव ।
आधी बाटो दुवै हिड्दा भेट भो दोबाटोमा,
गन्तव्य पो कता कसलाई थाहा छ र अव ।
भेट हुन्थ्यो प्रत्येक नयाँ विहानी र रातमा,
म भएँ कि तिमी भयौ धेरै पर पर अव ।
सम्बन्ध थ्यो साइनो थियो, बहाना जोडिने,
भत्क्यो घर भन्छ्यो मर अचानक तर अव ।
लगाऔँ बाजी सक्छ को प्रेम तपस्या बस्न,
मर्ने बाचा गरेपछि कुर्न के को डर अव ।
(१८)
आश केही बढी गर्नु अलि भूल पो भयो कि,
नजिकमा अनि सर्नु अलि भुल पो भयो कि ।
आफ्नैको नियन्त्रण गुमाएको पाखो बारीमा,
पराईको हात पर्नु अलि भूल पो भयो कि ।
असारमा नरोपेको धानखेत बाँझैँ देखेर,
कार्तिकमा बीऊ छर्नु अलि भूल पो भयो कि ।
क्यानभास हो मुनाजस्तो मन सोचेर कतै,
आँट गरी रंग भर्नु अलि भूल पो भयो कि ।
भैगो नि त छोडिदिऊँ यस्ता कुरा नसोचेर,
बारम्बार त्यसमै मर्नु अलि भूल पो भयो कि ।
(१९)
यताउता तलमाथी घुमेर हँुदैन साथी,
नशाभरी मात्र सँधै झूमेर हुँदैन साथी ।
प्रगतिका कुराहरु ओठभरी थाती राखी,
वोतल अनि गिलास चुमेर हुँदैन साथी ।
सपना ती हजार हजार असरल्ल राखी,
बिनाबच्चा कोक्रोमात्र बुनेर हुँदैन साथी ।
आफ्नो मनको सुन्नुपर्छ भन्ने सुनेको छु,
यता जाऊँ यसो गरुँ सुनेर हुँदैन साथी ।
दुख–पिडा भुलाउन नसा साथ लिन्छ कोही,
आधा हुन्छ दुख बाँडे थुनेर हुँदैन साथी ।
(२०)
चिसो चिसो मौसममा नि हपक्क यो रातमा,
भिज्यो चोली पसिनाले लपक्क यो रातमा ।
चाहनाको प्राप्ती र सन्तुष्टिको प्यासले होला,
अधर अनि मुहार पनि धपक्क यो रातमा ।
श्रृंगार विहिन सुन्दरता कति उत्तम कति,
गहना सव शरीरमा सपक्क यो रातमा ।
दूरी सारा मेटिएर विन्दु पनि विलाउँछ,
दुई तन एक भई चपक्क यो रातमा ।
लाज ढाक्ने बहानामा मानवीय घुम्टो ओडी,
मस्त जोवन छोपिदोँ छ छपक्क यो रातमा ।
घमासान संघर्षको अन्त्य हुन्छ सुनसानभित्र,
निदरीको आगमण भो झपक्क यो रातमा ।
(२१)
कसले हेर्ने कसले देख्ने मेरो त्यो महाकुलुङ,
कुना भनी सवले हेप्ने मेरो त्यो महाकुलुङ ।
भाषणमा मिठास ल्याउन सवको मुखमा झूण्डिने,
विकास पथमा सवले छेक्ने मेरो त्यो महाकुलुङ ।
समाजसेवी, कर्मचारी कसैले नि नचिनेको,
कार्वाही भोग्नेले मात्र टेक्ने मेरो त्यो महाकुलुङ ।
सेवा छैन सुविधा त झन् कुन चराको नाम हो,
महंगीले सधैँ ढाड सेक्ने मेरो त्यो महाकुलुङ ।
कति त्यो सुन्दर छ सभ्यताको एक उद्गमथल,
लेख्नेले भने मनपरी लेख्ने मेरो त्यो महाकुलुङ ।
(२२)
भन्छन् यो माया प्रेम मर्छ कित अमर हुन्छ,
तिमी आयौ जीवनमा मेरो प्रित अमर हुन्छ ।
गुमाउनलाई हार यदि भन्छन् भने पिरतिमा,
सँधैलाई जितेँ म त मेरो जित अमर हुन्छ ।
त्यसै होइनन् लेखिएका अमर प्रेमका कथा,
हाम्रो चोखो मिलनले प्रणय रीत अमर हुन्छ ।
साइनो चोखो मन चोखो मितेरी यो निश्चल,
साँचै माया ग¥यौँ हाम्ले यै मित अमर हुन्छ ।
जीवनमा तिमी मेरै जनम जनम वरपिपल झैँँ,
हाम्रो प्रेम त्यति बाँच्छ, जति गीत अमर हुन्छ ।
(२३)
स्याललाई खै के आयो भने शहर पस्छ भन्छन्,
नेताले पैसा कमायो भने शहर पस्छ भन्छन् ।
झूल्किन्छ गाउँघरतिर चुनाव आयो भने मात्र,
जनताको भोट पायो भने शहर पस्छ भन्छन् ।
गाउँघर तिरको विकास गर्न मरिमेट्छु भन्दै,
गोजीमा वजेट लायो भने शहर पस्छ भन्छन् ।
जनताकै लागि काम गर्ने मान्छे हुँ म भन्दै,
मिलाई मिलाई खायो भने शहर पस्छ भन्छन् ।
(२४)
तस्वीरमा मात्र मैले देखेको छु तिमीलाई,
चिठीचाहीँ धेरै पल्ट लेखेको छु तिमीलाई ।
बोली तिम्रो सुन्ने गर्छु मधूर संगित जस्तो,
मेरै निम्ति नम्रियौ कि कल्पेको छु तिमीलाई ।
तिम्रै धेरै कल्पनामा डुब्ने गर्छु रात दिन,
निदाउँदा सपनिमा देखेको छु तिमीलाई ।
जमर्को त धेरै कसें तिमीसँग भेट्छु भनी,
हारेर म कल्पनामै समेटेको छु तिमीलाई ।
डर लाग्छ भेट चिन्दिनँ पो भन्ने हौ की,
शंकाकै नजरभित्र राखेको छु तिमलिाई ।
(२५)
भेट हुँदा निहुरिन्छौ, लजाएरै मारिहाल्यो,
छुटीजाँदा आँखाभरी सझाएरै मारिहाल्यो ।
सुनाउछौ जति मिठो वीनाको मधुर धुन,
उस्तै मिठो मनको तार बजाएरै मारिहाल्यो ।
रोज्नु सवको बानी भन्छन् मनको एक साथी,
कसो गरी मलाई तिमी रजाएरै मारिहाल्यो ।
तिम्रो छेउ आउँछु जव टाडा नजाऊँ लाग्छ,
ईशाराले तानी छेऊ बसाएरै मारिहाल्यो ।
मृगनयनी आँखाहरु नचाउँदै नाच्छ्यो जव,
अभिनयले नयनमै रसाएरै मारिहाल्यो ।
(२६)
तिमीलाई आफ्नो बनाउने रहर व्यर्थ भो,
कल्पनाको तिम्रो मेरो साझा सहर व्यर्थ भो ।
तिमी त कहाँ स्वर्गमा बस्ने परी पो रहेछौ,
यै धरतिकी रानी हौ भन्ने ठहर व्यर्थ भो ।
ग्रेटवालभन्दा विशाल पर्खाल नै हाम्रै बीचमा,
पानामा जस्तो मेरो मायाको नहर व्यर्थ भो ।
देखाऊँ भनी विष पिउने नाटक रचेथेँ,
पोइजन बट्टामा नक्कली जहर व्यर्थ भो ।
सबको यहाँ कोही न कोही हुन्छ नै भन्छन्,
मैले आँटेको त्यो फेसनको लहर व्यर्थ भो ।
(२७)
शिक्षकको चर्पी देख्दा स्कुलेनै हाँस्छन् यहाँ,
वुँदाबद्ध मागपत्र राती राती टास्ँछन् यहाँ ।
पसलेले उधारोको बाँकी जव माग्न थाल्छ,
वेतलवी मजदुर विन्तीमाला गाँस्छन् यहाँ ।
छद्मभेषी मालिकहरु यो ठाउँमा कति–कति,
बारीमा गाँजा पाली बन्दाकाउली मास्छन् यहाँ ।
कामै गर्ने नपरे’सी जे’नी सोँच्न भ्याइदो रै’छ,
बिहानीको भ्रम पार्न आधाराती भाँस्छन् यहाँ ।
राम्रो मान्छे देख्नै हुन्न ‘मान्साप–बोक्सी’ लागिहाल्छ,
थोरैलाई धेरैले पो मिलीमिली नाँस्छन् यहाँ ।
(२८)
हल्ला गर्नेहरु थाकेको दिन भनौला मेरो कुरा,
हावा भर्नेहरु थाकेको दिन भनौला मेरो कुरा ।
कहाँनिर चरित्रमा दाग लाउन सकिन्छ भनी,
पछि पर्नेहरु थाकेको दिन भनौला मेरो कुरा ।
दुनियाँको पुरानो नियम नमान्नेको कुरा काट्न,
व्यर्थै मर्नेहरु थाकेको दिन भनौला मेरो कुरा ।
केही प्रगतिमा ईश्र्या गरी उसकै वदनाम गर्न,
अघि सर्नेहरु थाकेको दिन भनौला मेरो कुरा ।
फूर्सदमा भएपछि प्रगति शुन्य हल्ला कुराको,
बीऊ छर्नेहरु थाकेको दिन भनौला मेरो कुरा ।
(२९)
वतास कतै नचली नै पात चल्छ यहाँ,
अलि निहुँ पाउनु हुन्न आगो बल्छ यहाँ ।
पखालिन गाह्रो हुन्छ इज्जतमा दाग लागे,
जतिजति जोगाइन्छ त्यति इज्जत ढल्छ यहाँ ।
सुँघ्यो त खायो भन्छन् खायो त उल्टी आयो,
नानाथरी भएभरको कुराहरु फल्छ यहाँ ।
हाँस्न पनि हुन्न अरे रुन झनै हुन्न कहीँ,
मान्छेहरु ईश्र्या गरी भित्र कति जल्छ यहाँ ।
ढाट्या कुरा काटे हुन्न झूट सँधै झूट हुन्छ,
कुरा काटी मुख थाकी आखिर मान्छे गल्छ यहाँ ।
(३०)
एउटा मुटु बेच्नु थियो किन्छौ कि कसो?
मूल्य बरु मिलाउँला लिन्छौ कि कसो?
धेरै आए किन्नेहरु तर सबै सस्तो खोज्ने,
परेजति दाम तिमीले दिन्छौ कि कसो?
मनसँग मन साटेर मुटुुसँग मुटु साटौँ,
दुने हैन सरी साटौँ कुरा छिन्छौ कि कसो?
भावनाको व्यपार हो एकपैसा नाफा छैन,
घाटामा नि मज्जै आउँछ चिन्छौ कि कसो?
(३१)
समर्पण यति धेरै सम्हालेर राख्नु कहाँ,
माया दियौ यतिखेरै सम्हालेर राख्नु कहाँ?
कसैलाई आफ्नो कहाँ बनाउन सक्छु र म,
बन्न खोज्छौ तिमी मेरै सम्हालेर राख्नु कहाँ?
जाल बुन्दै बसमा पार्न खोज्छौ तिमी,
ईशाराले बोलाएरै सम्हालेर राख्नु कहाँ?
म त हुरी वतास हुँ छोएर मन बहकिने,
नगर न हे¥या हे¥यै सम्हालेर राख्नु कहाँ?
(३२)
भेट हुन्छ हाम्रो कोलाम डाँडा आएँ भने,
घरदेखि आधा घण्टा तेर्सोतिर धाएँ भने ।
शहरजस्तो छैन यहाँ आधुनिक सुविधा,
नेट चल्छ एनसेलमा ब्यालेन्स लाएँ भने ।
महाकुलुङको मुटु रैछ सुचनार प्रविधिमा,
कोलामबाटै फेसबुकबाट सबैतिर छाएँ भने ।
सूचना नै वनाको त संसार पुरै अध्ँयारो,
अनलाइनमा आउँला यदि समय पाएँ भने ।
आउँछु भनी कुनै वाचा गर्न त सकिन्ने नै,
नेटवर्क गए झूटो हुने मैले कसम खाएँ भने ।
(३३)
इतिहासबाट मेटिएको ठाउँ हो महाकुलुङ,
मेरै पुर्खाहरु रेटिएको ठाउँ हो महाकुलुङ ।
कथित नाम कर्णालीको परिचय भिडाएर,
केन्द्रबाटै पनि हेपिएको ठाउँ हो महाकुलुङ ।
पुर्खाहरु नझुकी किल्ला बचाई सम्झौतामा,
नाम जुराउँदा भेटिएको ठाउँ हो महाकुलुङ ।
कोशीपारी हुँगु भ्याली निडर किरात किल्ला,
कुल भूमी समेटिएको ठाउँ हो महाकुलुङ ।
हेपिएर दविएर आवाज विहिन बन्दा बन्दै,
मिर्मिरे बिहानै ब्यूँझिएको ठाउँ हो महाकुलुङ ।
(३४)
नरिसाउ विन्ती तिमी झूटो आरोप लाउँदिन,
बुझेको छु तिम्रो मन फेरि–फेरि दुखाउँदिन ।
सँधै–सधैँ सम्झूँला म तिमले मलाई सम्झे झैँँ,
कुराई कुराई तड्पाएर अव साँच्चै सताउँदिन ।
मन दुख्दा घरी–घरी रुन्छ्यो तिमी टासिएर,
दोष लगाई मन दुखाई विनासित्तै रुवाउँदिन ।
मन होस वेहोसमा विश्वासको खडेरी भो,
तिमी मेरी नै हौ सधैँ शंकाहरु बढाउँदिन ।
अध्याँरो यो मेरो जीवन छायौ तिमी जुन,
हेरिराखुँ मेरै शशी आँखा कतै हटाउँदिन ।
(३५)
शब्द थुंगा माया बास्ना माला गजल तिम्रो लागि,
सहारा खाँबो प्रेम छानो एक महल तिम्रो लागि ।
हासुँ रोऊँ जे गरुँ तिम्रै साथ अर्थ मेरो जिवनको,
व्यग्र मन मन्द ओठ आँखा सजल तिम्रो लागि ।
जुन हेर्दै टोलाइने तिम्रै याद र मधुर संगितसँगै,
विहानी र साँझ अनि हरेक पल तिम्रो लागि ।
संसार जित्ने वाजी हार्छु तिमीलाई जित्न पाए,
जिते सफल स्वीकार्य छ हारे गयल तिम्रो लागि ।
(३६)
भन्या कुरा जसले मान्छ राम्रो मान्छे उही रे,
जसले आँखा छल्न जान्छ राम्रो मान्छे उही रे ।
आफूलाई फाइदा हुने ठाउँमात्र देख्नेले पो,
समाजलाई आफ्नो ठान्छ राम्रो मान्छे उही रे ।
पारदर्शिताको हिमायती आफूलाई भन्छ अनि,
मिलाउँदै त घुसै खान्छ राम्रो मान्छे उही रे ।
दक्षताको कुरा गर्छ आदर्शमा बाँच्न चाहीँ,
आफ्नोलाई मात्र छान्छ राम्रो मान्छे उही रे ।
आफूलाई ठिक भनाउन सम्झाउँछ पहिले,
नमानेमा लातले हान्छ राम्रो मान्छे उही रे ।
(३७)
नहुनुथ्यो भईगयो नाता हाम्रो टुट्यो र पो,
हिड्दा हिड्दै साथसँगै हातपनि छुट्यो र पो ।
दुवै मिली जोडिएको सम्बन्ध थ्यो छैन अव,
वेवारिसे ऐनासरी भाग्य मेरो फूट्यो र पो ।
अन्त्य सधैँ मिलनको विछोडमा हुन्छ क्यारे,
दैवले नै हाम्रा साझा खुसीहरु लुट्यो र पो ।
अरुका ती मायाभन्दा वेग्लै खुशी दिन्छु भन्थेँ,
वेहोसीमा पाइला चाल्दा वियोग जुट्यो र पो ।
सम्बन्धको वगैँचामा पिरतिकोे फूल फूलाएर,
फल लिने बेला ठ्याक्कै असिनाले चुट्यो र पो ।
(३८)
पर्खी बस्छु उही गल्लीमा आउन माया आऊ,
जन्म जन्म पुग्ने गरी लायन माया आऊ ।
कति बसेँ तस्वीर हेरी आउँदा याद तिम्रो,
साथमै बसी मनभरी छाउन माया आऊ ।
चुलिन्छ कि सफलता पाए तिम्रा साथहरु,
सँगै सधैँ हुने कसम खाउन माया आऊ ।
महाकुलुङ मेरो घर सुन्दर छ उपत्यका,
त्यहीँ बसेर रमाउन जाउन माया आऊ ।
चाक्चकुर बजारमा सै सै भन्दै नाच्न,
पिरतिको लयमा वगी गाउन माया आऊ ।
(३९)
आफ्नो वाचा तोडेपछि आँफै रोएँ,
तिमीलाई छोडेपछि आँफै रोएँ ।
खुसीसाथ सँगै बाँच्ने साझा बाचा,
आधा हुँदै फोडेपछि आफैँ रोएँ ।
तिमीसँग सहयात्रा गर्दा गर्दै,
बाटो अन्तै मोडेपछि आफैँ रोए ।
नाता जोड्दा साथ थियौ हामी दुवै,
अन्तै मन मोडेपछि आफैँ रोएँ ।
खुसी थियौँ सुख थियौ पिरतिमा,
त्यहाँ पिडा जोडेपछि आफैँ रोएँ ।
(४०)
मसँगको नाता तोड्यो ढुक्कसँग,
अर्कैसँग नाम जोड्यो ढुक्कसँग ।
पैसा यो के चिज हो माया किन्ने,
धनतिरै मन मोड्यो ढुुक्कसँग ।
हुन्न भन्दा मरिहत्ते ग¥यो आफैँ,
पैसा देख्यो ‘पारु’ छोड्यो ढुक्कसँग ।
(४१)
व्यूँझिएको महाकुलुङ जाग–जाग अझैँपनि,
खोसिएको आफ्नो हक माग–माग अझैँपनि ।
अरुको भाग खोस्न गा’को होइनौ थाहा छ,
पहिचानको खोजीमा लाग–लाग अझैँपनि ।
एक होऔँ सारा दुनियाँ फूट्नु हुन्न कहिल्यै,
सोच्नु हुन्न टोलटोलको भाग–भाग अझैँनि ।
महाकुलुङ सभ्यताको इतिहास वेग्लै कोर्न,
गर्व गीत बनाई गाऔँ राग–राग अझैँपनि ।
पुर्खाको नासो हाम्रो किल्ला किपट हामीसँग,
खोज्योँ भने भेटिन्छन् सारा दाग–दाग अझैँपनि ।
(४२)
एक्लो थिएँ यात्राभरी तिम्ले ‘सँगै जाऊँ’ भन्यो,
जिस्किएको मात्र थिएँ ‘माया नै पो लाऊँ’ भन्यो ।
टाडैं बसी हेरिरहन्थेँ तिमीलाई सधैँ सँधै,
अचानक तिमीले त ‘नजिकमा आऊ’ भन्यो ।
नजिकमा आएँ जव तिम्रै स्पर्श पाएँ मैले,
‘किन डर मान्छौ तिमी यी हात समाऊ’ भन्यो ।
तिम्रो हात समाउँदा तिम्ले तान्यो तिमीतिरै,
अनि ‘सँधै सँगै हुने कसम नि खाऊ’ भन्यो ।
(४३)
देश वेच्ने जन्मेपछि मेची दुख्छ काली दुख्छ,
नेताको त्यो भाषणमा हात दुख्छ ताली दुख्छ ।
सुन्दर यो फूलबारी सबै जात सबै भाषा धर्मको,
फूलपात चुँडेपछि फूलको रित्तो डाली दुख्छ ।
रेमिट्यान्स हैन अब रोजगारी बढाउनु पर्छ,
अरवमा मालिकको जुँगे बुर्के गाली दुख्छ ।
नेपालमा खाना खान अर्को घरमा सोध्नुपर्दा,
छिमेकीको आदेशले दुवै कानको जाली दुख्छ ।
सप्तकोशी चर्किदिँदा मुटु अझ चर्किदिन्छ,
दशगजा मिचिइँदा गोर्खेको ‘गोर्खाली’ दुख्छ ।
(४४)
यसपाली त देशबाट मेरो छोरो आउँछ होला,
मकिएको धुरी फेरि घरको छानो छाउँछ होला ।
पोहोर आएन परार आएन यो पाली त आउँछ,
भत्किएको खेतको गारो उसैले नै लाउँछ होला ।
वार्दलीको कुरुप रुप त हेर्नै पो नसकिने भो,
पसिना र मेहनत लगाई उस्तै बनाउँछ होला ।
एक्लै लाको त्यो पर्खाल भत्किएछ फेरी पनि,
यसपाली त छोरा आई पक्के सघाउँछ होला ।
शहरमा कुन्नी के–के राम्रो काम गर्दै बस्छ रे,
नुन–तेल खाँचै भो यसपाली त ल्याउँछ होला ।
(४५)
तिमीलाई सम्झी आएँ एक दीप बाली देऊ,
धेरै–धेरै माया अनि अलि थोरै गाली देऊ ।
सयौँ डाँडा पारी थिएँ बर्षौसम्म परदेशी,
तिम्रै निम्ति आएँ म स्वागतको थाली देऊ ।
माया दिई हल्का हान थापुँला म छाती मेरो,
अनि तिम्रो शिर चुम्दा लाजको त्यो लाली देऊ ।
वसन्तको यामसँगै तिम्रो गाउँमा आउँदा,
फूलसरी फक्रिएको बैंशको त्यो डाली देऊ ।
सँगै रहौँला तिम्रो मेरो संसार साझा रची,
मैले अगि बढ्न खोज्दा हौसलाको ताली देऊ ।
(४६)
एकपल्ट भूल्न खोज्दा याद सयौँ किन होला,
बहानाको भूईँ चढी छाडी गयौ किन होला ।
विछोडको हुरी आई मिलनको डोरी काट्यो,
दुई पल मात्र हो त साथ दियौ किन होला ।
मन गाँस्नु गल्ति रै’छ थाहा हुन्न नभोगी त,
एक गल्ति गर्दा पनि चोट सयौँ किन होला ।
तिम्रो लागि तड्पी हिडेँ शहरमा सडकमा,
आफ्नो लागि स्वार्थी भयौ किन होला ।
माया माग्यो माया दिएँउ साथ माग्यो साथ,
वदलामा पिडा दिई मजा लियौ किन होला ।
(४७)
शब्दहरु बटुलेर गाली गर्छु घरी–घरी उनलाई,
तर अझ भुल्दिनँ सम्झी बस्छु मरी–मरी उनलाई ।
भेट किन भयो कुन्नी कहाँनिर भयो होला ।
टाडा हुँदा सझाउँछु आँखाभित्र भरी–भरी उनलाई ।
अचेतन मानव–मनको केही भर हुन्न रै’छ वरै,
सपनीमा देख्ने गर्छु सझाएर थरी–थरी उनलाई ।
मेरो प्यारो भगवान मानेको छु गाली कयौँ गरेपनि,
श्रद्धा गर्छु तस्वीरमा पूजााठ गरीगरी उनलाई ।
दोभान छैन दुई खोलीको भेट होला अव सागरमा,
भेटुँ लाग्छ जता उनी गएनि सरीसरी उनलाई ।
(४८)
कोशी किनार जस्तो मुटु चर्किन्न घरी–घरी,
सँधै झैँँ बहानामा मन फकिन्न घरी–घरी ।
तिमीलाई देख्दा फूल्ने मन नदेख्दा ओइलाउँथ्यो,
तिम्रो नाममा मुटु अब धड्किन्न घरी–घरी ।
तिमी पो सिपालु छौ अभिनय गरेर भाग्छौ,
म त तिम्रै नजरबाट तर्किन्न घरी–घरी ।
माया गर्छु भन्दै आयौ फर्कि गयौ उही बाटो,
एक्लै बाँच्छु तिम्रो अभाव खड्किन्न घरी–घरी ।
बोलायौ आएँ पर्खायौ पर्खिएँ भो अव गएँ,
नआउनेको बाटो अव पर्खिन्न घरी–घरी ।
(५०)
महाकुलुङ मेरो घर अति राम्रो लाग्छ,
एउटै माला विविध थर अति राम्रो लाग्छ ।
सोत्तो पिल्मो छेम्सी ताम्सी अनि पावै पनि,
सबको मन एउटै छ र अति राम्रो लाग्छ ।
आधुनिकता झल्के पनि परम्परा बिस्र्या छैन,
छानो चित्रा जस्ता कतै खर अति राम्रो लाग्छ ।
फरक छैन चालचलन हुँदा अलि विविधता,
एकलाई छ अर्काको भर अति राम्रो लाग्छ ।
त्यो हुँगाको उपत्यका सुन्दर वस्ती माझभित्र,
दुुखै जति गर्नुपरोस् तर अति राम्रो लाग्छ ।
(५१)
महाकुलुङ ‘गुदेल’साह्रै राम्रो गाउँ लाग्यो,
मितेरीको साइनो यै बसेर लाउँ लाग्यो ।
‘गुङ्तेल’ नाम थियो पहिले भयो पछि गुदेल,
मलाई त त्यै गुङ्तेल सुहाउँदो नाम लाग्यो ।
सात्दी लुच्चाम तुमाउ अनि चोचोलु र नाम्लु,
सरल जीवन अति सुन्दर त्यो ठाउँ लाग्यो ।
नटुंगिने ईच्छा भयो त्यो रमाईलो त्यो गाउँ,
धीत मारेर मन विसाई बस्न पाउँ लाग्यो ।
आज फेरी टाडा हुँदा उसैको नै यादहरु,
रीति खोज्न जीवन बुझ्न फेरि जाउँ लाग्यो ।
(५२)
मर्ने होला तिमीलाई माया गर्छु भन्दा भन्दै,
सास मेरो जाने भो तिम्रो लागि मर्छु भन्दा भन्दै ।
मेरो माया सस्तो छैन तिमीलाई सस्तो लाग्ला,
भुलेछु दुनियाँ तिम्रो मान्छे पर्छु भन्दा भन्दै ।
झूटा हल्ला सुनेपनि विश्वास तोड्नु हुन्न,
कतै माया टुट्ने हो कि खुसी छर्छु भन्दा भन्दै ।
तिमी वीना मर्छु कसम माया मेरो नमार नि,
पागल भा’छु तिम्रो छेउमा सर्छु भन्दाभन्दै ।
वेहोसी म सँधैभरी तिमीलाई चाहेदेखि,
सुक्यो गला कराउँदै सिउँदो भर्छु भन्दाभन्दै ।
(५३)
हल्लै हल्ला मात्रको पछि लाग्छ मान्छे यहाँ,
यस्तैमा यथार्थबाट पर भाग्छ मान्छे यहाँ ।
अधिकार चाहिने हो कि दिनुपर्ने अर्कै हरुले,
ढुंग्रो चाँही लुकाएर मोही माग्छ मान्छे यहाँ ।
बुझ्न चाँही कति धेरै बुझ्या होलान् यिनले,
सबै उनले जानेजस्तै गरी जाग्छ मान्छे यहाँ ।
आफू कोहो परिचय के छ जान्दैन क्यारे अनि,
अध्याँरोमा झटारोले के के ताक्छ मान्छे यहाँ ।
कान छाम्न छोडी कागको पछि दौडन्छ खुव,
वीनासित्तै हल्ला खेद्दै अन्ता’ थाक्छ मान्छे यहाँ ।
(५४)
थाहा छैन किन म यो विरानो सहरमा छु,
कसरी भनौँ मनले नमानी म रहरमा छु ।
एउटा बहानामा आएँ भीडमाझ हराएँ,
आफैँ आएँ र त भन्दिनँ म करमा छु ।
सबै संगी सुन खोज्दै यतैतिर आएपछि,
म नि के कम भन्दै लाम लहरमा छु ।
भौतिकताको संसार रै’छ मतलवी ठाउँ,
अरु जलाशयमा म त सुख्खा नहरमा छु ।
उजाड भूमी उजाड वस्ती स्वार्थ मात्र छ,
हराउँदै तुवालोमा बालुवाको बगरमा छु ।
(५५)
हामी मान्छे जे गरे नि सन्तोष छैन,
सुनै सुनले घर भरे नि सन्तोष छैन ।
पहाड बाट तराई गाउँ बाट शहर,
जहाँ जता वसाईँ सरेपनि सन्तोष छैन ।
प्रतिष्पर्धा चल्या छ मान्छे बिच विनासित्तै,
सात समुद्र पारी तरेपनि सन्तोष छैन ।
मानवता छैन यहाँ तैँ छाँड र मै छाँड छ,
दुश्मणजति सारा मरेपनि सन्तोष छैन ।
कामको हैन सबै नामको भोको भएका छन्,
संसारभरी नाम छरेपनि सन्तोष छैन ।
(५६)
प्रेम गछौँ! नोट खै त?
माया दिने! स्रोत खै त?
महान् भन्छौ आफूलाई!
टाई सुट कोट खै त?
फूल भन्छौ मायालाई,
माया फूल्ने बोट खै त?
संघर्ष ग¥या’छु भन्छौ,
संघर्षको चोट खै त?
धन छ त सब हुन्छ,
बाँच्ने सबथोक खै त?
(५७)
तिमी रुँदा तिमीसँगै रुन पाए हुन्थ्यो,
तिम्रो मन मनैबाट छुन पाए हुन्थ्यो ।
टाढा टाढा जति टाढा उति याद गाढा,
सँधैभरी तिमै्र सामु हुन पाए हुन्थ्यो ।
मेरो मनलाई सँधै झूटो ठान्ने तिमी,
विश्वासले तिम्रो शंका धुन पाए हुन्थ्यो ।
रिसाउँदा सँधै चकमन्न रात तिमी,
औँसी रातमा पूर्णीमाको जुन पाए हुन्थ्यो ।
(५८)
हारै हार मात्र यहाँ जीत कहाँ छ र?
तिरस्कारी छातिभित्र प्रित कहाँ छ र?
माया किन हुन्छ भन्थे धोका हुन रै’छ,
माया दिँदा माया पाउने रीत कहाँ छ र?
साँचो माया खोजीरहेँ स्वार्थी रै’छ संसार,
लागिरा’छ प्यास मात्रै धीत कहाँ छ र?
धोकै धोका पाएपछि पर्दा जलनमा,
शीतलता खोजेँ तर शीत कहाँ छ र?
लय मिलाई प्रित गाउन खोजेँ कति,
पिरतिको सुमधुर गीत कहाँ छ र?
(५९)
रोएकालाई हसाउनु पर्छ,
जुनमा वस्ती वसाउनुपर्छ ।
हामीले आँटे के हुँदैन यहाँ,
भीरका वत्ती टसाउनु पर्छ ।
विदेशी भूमी मर्न किन जानु,
यही नै श्रम फसाउनु पर्छ ।
खडेरी लाग्दा हाम्रा वस्तीहरु,
बादल लाई खसाउनु पर्छ ।
सु–विचार सिंचित गरेपछि,
विकास धार रसाउनुपर्छ ।
(६०)
चारैतिर फूल फूल्यो मिठो वास्ना छरी–छरी,
एउटा फूल म नि देख्छु सपनिमा घरी–घरी ।
विपनीमा खोजी बस्छु सपनाको त्यहीँ फूल,
तर कतै पाउँदिन म कल्पनाको सरी–बरी ।
कहिले छुन्छु, कहिले चुम्छु सपनाको फूल,
उही फूल भइदिन्छ सपनामा थरी–थरी ।
हजारौँ फूल एउटै माली सिंगै बगैचामा,
एउटै फूलको माली भई घुम्छु वरीपरी ।
ओझेलिन्छ आँखाबाट कहिले त केही पल,
खोज्छु म त चारैतिर उसैलाई मरी–मरी ।
(६१)
चौतारीको दाँया बायाँ पीपल र वर थियो,
सानो तर अति प्यारो पिरतिको घर थियो ।
वगैँचाको फूल टिपी अञ्जुलीमा साट्ने गथ्र्यौँ,
सँगै सँगै हाँस्थ्यो रुन्थ्यो पिडा भने पर थियो ।
दिनभर साथ हुन्थ्यो साँझपख टाढा हुन्थ्यो,
मनभने मान्दैनथ्यो तर छुट्नु कर थियो ।
लुकामारी खेल्दै–खेल्दै दिन वित्थ्यो सँधैभरी,
कतै टाढा हुनुपर्ला मनभरी डर थियो ।
त्यही याद मुटुभरी सल्वलायो आज फेरी,
साथ हुनु टाढा हुनु भाग्यमाथी भर थियो ।
(६२)
हिमालको हाँसो जित्दै सँधैभरी मूस्काऊ तिमी,
गुलावको सुन्दरता फिका पारी लजाऊ तिमी ।
टोलाउँछु तिमै्र यादमा तारा गन्दै रातभरी,
जुनसँगै आकाशमा हर रात उदाऊ तिमी ।
मन्द–मन्द हावा वहने वगैँचामा कुरी वस्छु,
फूललाई छोई वग्ने हावासरी सुसाऊ तिमी ।
सम्हालिन नसकेर भएछु म वेहोसी भने,
आफ्नै मान्छे नै सम्झी यी हात समाऊ तिमी
जीवनको ज्योति तिमी, तिमी मेरो मनको दीप,
बास मागेँ मुटुभित्र सँधैलाई बसाऊ तिमी ।
(६४)
संगित भ¥यो गीत गायो सबैतिर गजल,
सबले लेखे बाढी आयो सबैतिर गजल ।
कसरी आयो कहाँबाट ‘मोती’लाई सोध रे,
संसारको नजर पायो सबैतिर गजल ।
कोही बाँकी छैनन् अव गजलले नछोएको,
पँधेरो गयो मेला धायो सबैतिर गजल ।
कोही रुन्छ भावनामा हाँस्छ कोही त्यसरी नै,
धोका भयो, पिरति लायो सबैतिर गजल ।
रचनाकार पाठक सबको मन मनभरी,
एकोहोरो जोडले छायो सबैतिर गजल ।
(६५)
मान्छे किन जाली हुन्छ उदांगो छ सत्य,
नोट भए ताली हुन्छ उदांगो छ सत्य ।
मनभरी आडम्बर बोकी हिड्ने लाई,
माया गरे गाली हुन्छ उदांगो छ सत्य ।
सत्य गर सत्य बोल भन्ने मान्छेभित्र,
वैमानीको नाली हुन्छ उदांगो छ सत्य ।
रुप राम्रो भएपनि मन अर्कै हुन्छ,
गोरीभित्र काली हुन्छ उदांगो छ सत्य ।
मै जान्ने मै गर्ने भनी अघि सर्ने मान्छे,
दिमागमा खाली हुन्छ उदांगो छ सत्य ।
(६६)
रंगमञ्च झूट हो अह्राउने अर्कै हुन्छ,
काम गर्ने एक तर गराउने अर्कै हुन्छ ।
हार्दा हामी दुःखी हुन्छौँ जित्दा फेरी खुसी,
हामीलाई जिताउने हराउने अर्कै हुन्छ ।
लुछाचुडी गरी दाजुभाई मारामार गर्छन्,
कसलाई थाहा मार्ने मराउने अर्कै हुन्छ ।
इन्द्रलाई दोष दिन्छन् पानी पर्दा नपर्दा,
थाहा के हुन्थ्यो पानी पराउने अर्कै हुन्छ ।
जो छ सोझो उही काम मरी मरी गर्छ,
जस लिन म म भन्दै कराउने अर्कै हुन्छ ।
(६७)
हुँगा खोला भूवा खोला तर्दा–तर्दै वित्यो जुनी,
लेक बेशी मेला पात गर्दा–गर्दै वित्यो जुनी ।
सुख छैन चैन छैन एकैछिन बिसाउने पल छैन,
पाखोबारी कोदो बीऊ छर्दा–छर्दै वित्यो जुनी ।
जुत्ता फाट्यो भोटो फाट्यो हुँदा हुँदा मनै फाट्यो,
भारी बोकी घर खर्च भर्दा–भर्दै वित्यो जुनी ।
बाह्रै मास काम गरी हात मुख बल्ल जोडी,
गाईभैँसी सँग गोठ सर्दा–सर्दै वित्यो जुनी ।
गरिवीको पिडा सम्झी वेदनाको मूल फूट्छ,
पोखिएर आँशुसँग झर्दा–झर्दै वित्यो जुनी ।
(६८)
जिन्दगीमा आश मार्न हुन्न भन्छन्,
संघर्षमा थाकी हार्न हुन्न भन्छन् ।
काम साँचे आफूलाई किन साँच्नु,
भोली गर्छु भनी टार्न हुन्न भन्छन् ।
जीत मात्र होइन हार पनि हुन्छ,
तर पनि आँशु झार्न हुन्न भन्छन् ।
अघि बढी गन्तव्यमा पुग्नु नै छ,
दोधारमा लक्ष्य पार्न हुन्न भन्छन् ।
आकांक्षा यो जुन छुने सबैसँग,
हिड्ने बाटो पछि सार्न हुन्न भन्छन् ।
(६९)
सेतो रंगमा फूल्ने एक गुलाव फूल थियो भन्छन्,
एउटा सुगा आई माया गर्ने वचन दियो भन्छन् ।
साँचो माया गर्छौ भने पर्खनु म रातो भएसम्म,
‘हुन्छ’ को वचन गुलावले सुगासँग लियो भन्छन् ।
सेतो गुलाव कहिले नि रातो रंगमा नबदलिदा,
साँचोप्रेमी सुगाको पर्खिने धैर्यता सिद्धियो भन्छन् ।
आफ्नै मुटु चिरी सुगाले साँचो प्रेम दर्शायो रे,
सेतो गुलाव लाल भई रगतले रंगियो भन्छन् ।
दर्शन पायो गुलावले अव बल्ल चोखो प्रेमको,
माया गर्ने सुगाको बाँच्ने लीला सिद्धियो भन्छन् ।
(७०)
म त मात्र सानो जिल्ला तिमी ठूला राजधानी,
आज छु मोफसलमै भोली पुगुँला राजधानी ।
पखेरोको पाखे भएँ तिम्रो सामु आजसम्म,
मोफसलकै भरमा चल्ने लुला राजधानी ।
सबैलाई लोभ्याउँदै आँफै तिर तान्ने गर्छौ,
तिम्रो छेउ आए देख्छन् धुलैधुला राजधानी ।
करण छ भू–मण्डली उठेर हिँड अनि पुग,
मेरो लागि तिम्रो लागि सँधै खुला राजधानी ।
गोल छ दुनियाँ पुरै गोल भनी सम्झे हुन्छ,
कुनै दिन तिमी प्रदेश म हुँला राजधानी ।
No comments:
Post a Comment