लेख

सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा 

सोमवार, २०७१ कार्तिक १७ गते १५:५७





तल्लो सोलुको प्रचार–प्रसार तथा आफ्नै प्रचारको लागि पनि कोहीवलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा –केडी रेम्नीसीङ कुलुङ तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द गे्रट हिमालयन ट्रेलले यस क्षेत्रका धेरै स्थानहरुलाई गुगल अर्थसम्म पु¥याउने कोशिस गर्दैछ यस पदमार्गको प्रयोग गर्न सफल भएका छन् ।
तल्लो सोलु पदमार्ग भन्नाले सामान्यतया फाप्लु–सल्लेरी हुँदै बुढीडाँडा–सोताङ–महाकुलुङका विभिन्न गाउँ भएर मेरापिकतिर र अन्तमा लुक्लासम्मको पदमार्ग लाई बुझिन्छ । यसरी आकर्षक पर्यटकीय मार्गहरुको खोजी हुदैँ जाँदा यसै पदमार्गमा पर्ने सोलुखुम्बुको बुङस्थित ‘कोलाम डाँडा’ सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्य हुनसक्ने देखिन्छ ।
विशेष गरी महाकुलुङ–हुँगु उपत्यकाको सुन्दर दृष्यावलोकनको लागि उपयुक्त रहँदै आएको यो स्थान समुद्र सतहबाट करिव १४०० मिटरको उचाइमा रहेको छ । यो ठाँउको नाम भने स्थानीय कुलुङ भाषामा ‘को’ को अर्थ उज्यालो र ‘लाम’ को अर्थ बाटो हुनाले उज्यालो बाटो भन्ने अर्थमा रहन गएको हो । यस ठाउँमा पुग्न बुङको महाकुलुङ चोकदेखि पश्चिमतिर २० मिनेट जति पैदल हिड्नुपर्दछ ।
महाकुलुङ उपत्यकाको सबभन्दा सुन्दर र ठूलो खोला हुँगा खोलाले एउटा सुन्दर उपत्यका बनाएको छ यस भेगलाई, यसैको अति सुन्दर दृष्य हेर्न सकिने एकमात्र उत्कृष्ट ठाउँको रुपमा रहेको यो स्थानबाट पूर्वतर्पm सिलुछो (सिलिचोङ), केन्पा लगायत बुङ, छेस्काम तथा गुदेलका अधिकांश भाग देख्न सकिन्छ भने पश्चिमतिर बुढीडाँडा, हुलुडाँडा सहित सोताङ, पावै, लोखिम, जुबु, वाकु, काँकु, बासा, जुभिङ, देउसा, नेले, नेचा, काँगेल, आदि गाविसका केही भागको दृष्यावलोकन गर्न सकिन्छ । यो ठाउँको अर्को विशेष विशेषता भनेको के हो भने यस क्षेत्रमा इन्टरनेट प्रयोग कर्ताहरुको एकमात्र उपयुक्त स्थान हो । ल्यापटप लिएर मोडेमको सहायतामा एनसेल र सीडीएमए प्रविधिबाट सञ्चारको अत्याधुनिक माध्ययम इन्टरनेट सेवा उपभोग गर्नेहरुको आकर्षणको केन्द्र बनेको छ ।
मानव वस्तीबाट केही टाढाको यो स्थानमा इन्टरनेट क्याफे स्थापनाको सपना बुन्दै गरेका सृजनात्मक सोँचका धनीहरु पनि भेटिन्छन्, यस दुर दराजको वस्तीमा । साँच्चै एउटा सुन्दर स्थान ‘कोलाम डाँडा’मा एकछिन एकाग्र हुने हो भने सुन्दर सपनाको कल्पनामा मन त्यसै बहलाउन पुग्छ । अहिले भने एकान्त र भावनामा हराउने अनि प्रकृति प्रेमीहरुको व्यग्र गरिरहेको छ ‘कोलाम डाँडा’ । - सौजन्य KD Kulung


चाक्चाकुर (Chakchakur)

किरात येले सम्वतमा आधारित 'चाक्चाकुर' नेपाली विक्रम सम्वतको बैशाख तथा अंग्रेजी ईश्वी संवतको जनवरी जस्तै किरातको नयाँ वर्ष हो । यसलाई विशेष गरी किरात समुदायका कुलुङ जातीले आफ्नो नयाँ वर्षका रुपमा धुमधामसँग मनाउदै आएका छन् । चाक्चाकुरको पुरा नाम 'निङदोङ फाइम मिनारी-दाचाम चाक्चाकुर' हो । निङदोङ फाइम भनेको नयाँ वर्ष फेरिनु हो र मिनारी दाचामको अर्थ आफ्नै पौरखले उब्जाएको बालीनाली खानु हो । चाक्चाकुर भनेको महिनाको नाम हो । यो विक्रम सम्वतको पुष महिनामा पर्छ ।
    चाक्चाकुरको वास्तविक औपचारिकता त्यँहाबाट सुरु हुन्छ जहाँ कुलुङ जातिका पुरुष तथा महिला पुर्खाहरु ढुंगेयुगको अवस्था झल्काउने तामझाम सहितको स्थानमा बसेका हुन्छन् । स्याउला तथा जंगली झारपातको प्रयोग गरी बनाइएको घरभित्र स्याउला र उनिऊ ओच्छ्याएर बस्ने गरिन्छ । यस स्थललाई मानव सभ्यता विकासको प्रारम्भिक चरणमा आधुनिक हात-हतियार तथा भाँडा-कुँडा नभएको अवस्थालाई प्रतिविम्वित गर्ने किसिमले सझाइएको हुन्छ ।
    सोङली (बाँसको ढुंग्रो) मा तोङबा राखिन्छ भने हात धुने पानी पनि स-साना सोङ्लीबाट नै प्रयोग गरिन्छ । सोङलीमा पानी र पातको टपरीमा रक्सी बाँडेर खाने कामको सुरुवात गरिन्छ । पातमा ढिँडो या भात तथा बाँस या काठको कचौरा आकारको भाँडामा सिस्नु, किनिमा तथा गोरुको मासु आदि तरकारी हालेर खाइन्छ भने पातको सट्टामा चोयाबाट बुनिएको डालोमा पनि प्योग गर्न सकिन्छ । पात या काठका भाँडाहरु ढुंगेयुगको चालचलनका प्रतिक हुन् भने चोयाको डालो निरन्तर सभ्यता विकासको सूचक हो ।
    खाना पकाउने तरिकाहरु पनि परम्परागत नै हुन्छ । सिस्नु तथा मासु विशेषत: माटोको भाँडामा पकाइन्छ । भात या ढिँडो चाहीँ बाँसको ढुंग्रोमा हालेर पकाइन्छ । यसरी पकाएको खानालाई कुलुङ पितितिउ भनिन्छ । तरकारी पस्काउन लोबेई (बाँसको डाडु) प्रयोग गरिन्छ । त्यसैगरी भात पस्काउन कर्चम (काठको पाता/दाबिलो) को प्रयोग गरिन्छ । आगो बाल्न अहिले प्रचलित सलाई या लाइटरको प्रयोग नगरी दुईटा ढल्सीङ ढुंगालाई एकआपसमा जुधाएर र रगडेर आगोको झिल्को निकाली झुलोमा सल्काइन्छ ।
    यी सम्पूर्ण तरिका, प्रक्रियाहरु तथा भाँडाकुडाहरु एक औपचारिकता  । यसले मानवीय सभ्यताको जंगली अवस्थालाई प्रतिविम्वित गर्छ । यी औपचारिकता पश्चात खानपान तथा रमझमको सुरुवात हन्छ । वन तरुल, घर तरुल, करेलाको जरा (जरेला) लगायतका फलफूल तथा जाँड, रक्सी, पुष्टकारीको बाचासी (निगार) खाएर रमाईलो गरिन्छ ।
    युवा जमातले आफ्नै किसिमले थप कार्यक्रमहरु राखेर यस चाँडलाई रमाइलो गरी मनाउँछन् । महाकुलुङ क्षेत्रमा तीन दिनसम्म लगातार ठूलो मेला लगाइन्छ । रोटेपिङ, लिङ्गेपिङ, चाकाचुली खेल्ने गरिन्छ । स्थानीय युवाहरु विभिन्न प्रतियोगितात्मक कार्यक्रम संचालन गर्दछन् भने पर्देशिएका युवाहरु गाँऊ फर्किन्छन् ।
    महाकुलुङ भूमिमा आफ्नो सभ्यता विकास गर्ने कुलुङ समुदाय यो भूमीको पहिलो वासिन्दा अथवा आदिवासी हुन् भन्ने एउटा प्रमाण हो चाक्चाकुर । प्रकृति तथा पितृपुजक कुलुङ समुदायले चाक्चाकुरलाई आफ्नो संस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्दै आएका छन् । चाक्चाकुर प्रकृति र पितृ पूजाको एक बलियो उदाहरण हो ।

कुलुङ धावकहरुको नालिबेली : अवसर पाए विश्व किर्तिमानी


– केडी रेम्नीसीङ, बुङ–३ सोलुखुम्बु
दौडनु स्वास्थ्यको लागि आवश्यक र फाइदाजनक हुन्छ । यति मात्र होइन नाम र दामका लागि पनि दौड महत्वपूर्ण हुनसक्ने कुरा सावित भै सकेको छ । ओलम्पिकमा अहिलेसम्मका तेज धावकका कर्तिमानधारी जमैकन धावक युसेन बोल्टको सन् २००८ र २०१२ को ओलम्पिकको किर्तिमानी जीत सदा उल्लेख्य छ । नेपालका किर्तिमानी तेज धावक बैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुुद (साग) मा ह्याट्रिकको किर्तिमानी राखेका छन् । जुन नेपालको लागि गौरवपूर्ण तथा दक्षिण एसियाली खेलकुद इतिहासकै अविस्मरणीय घट्नाको रुपमा रहिरहने छ ।
उनले तेस्रो सागमा बनाएको २ घण्टा १५ मिनेट ३ सेकेण्डको किर्तिमान छ भने उनी नेपालबाट लगातार ४ पटकसम्म ओलम्पिकमा भाग लिने किर्तिमानी खेलाडी पनि हुन् । खेलप्रतिको लगावको सम्मान तथा सफलताको सम्मान स्वरुप उनी पृथ्वी पुरस्कार–२०७२ बाट पनि पुरष्कृत भएका छन् । उनले सन् १९८३ को प्रथम सागदेखि तेस्रोसम्म म्याराथनमा लगातार तीन स्वर्ण जितेका थिए भने चौथोमा काँस्य पदक प्राप्त गरेका थिए । 
सगरमाथा अाधार शिविर
आज देश विदेशमा सयौँ साना ठूला दौड प्रतियोगिताहरु भइरहेका छन् । जसमा नेपालीहरुले सक्रिय रुपमा भाग लिँदै र जित्दै पनि आएका छन् । तर दुखसाथ उल्लेख गर्नुपर्ने कुरा नेपालको प्रतिनिधित्व गर्ने धावकहरुले ओलम्पिक र एसियाली खेलकुद त टाडाको कुरा सागमा समेत बैण्कुण्ठ मानन्धरपछि कुनै सम्मान जनक उपलब्धी प्राप्त गरेनन् । 
सरदर ४२ किमि दुरीको हुने म्याराथनमध्ये एभरेस्ट म्याराथन पनि एक प्रतिष्ठित प्रतियोगिता हो । जुन प्रतियोगिता सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट सुरु भई सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे बजारमा अन्त हुन्छ ।  विश्वको सर्वोच्च स्थानमा आयोजना गरिने यस चर्चित म्याराथन प्रतियोगिता सन् २००३ देखि सुरु भएको हो । सगरमाथाको शिखरमा मानव पाइला प्रथम पटक पुगेको सम्झनामा यो प्रतियोगिता आयोजना हुने गर्दछ । देशभित्रका साथै विदेशी धावकहरुको पनि उल्लेख्य सहभागिता रहने यो प्रतियोगिता पर्यटनको प्रबर्धन गर्न पनि महत्वपूर्ण रहेको छ । सुरुवातदेखि आजसम्म भएका प्रतियोगितामा विभिन्न धावकहरु ऐतिहासिक नाम लेखाउन सफल छन् । जसमध्ये धेरै सफल नामहरु समुदायगत रुपमा हेर्दा कुलुङ समुदायबाट प्रतिनिधित्व भएका छन् । यसका साथै कयौँ दौड प्रतियोगिता हरुमा कुलुङ धावकहरु अव्वल दरिएका छन् ।

किर्तिमानी प्रथम विजेताः उत्तम कुलुङ

एभरेस्ट म्याराथन जस्तो ५ हजार मिटर भन्दा माथिको उचाइबाट नाम्चे (३४०० मिटर) सम्मको उचाइमा हुने म्याराथनको पहिलो संस्करण (सन् २००३) मा संखुवासभा निवासी धावक उत्तम कुलुङले प्रथम स्थान हासिल गरी समुदायको प्रतिनिधित्वको दरिलो सुरुवात गरेका थिए । जुन प्रतियोगितामा उनले निर्धारित दुरी ३ घण्टा ३४ मिनेट १२ सेकेण्डमा पुरा गरेका थिए । सो प्रतियोगितामा कान्छा बहादुर शेर्पा (३ घण्टा ३७ मिनेट) तथा नर बहादुर शाह (३ घण्टा ३७ मिनेट) क्रमशः दोस्रो र तेस्रो भएका थिए । खुम्बु क्षेत्रमा ट्रेकिङसँगै उकाली ओराली गर्दा गर्दै त्यो बाटोसँग परिचित भएका कुलुङले त्यो जितपछि दौडमा झिनो भविष्य देखेका थिए । पछि सन् २००७ मा चौथो स्थानमा देखिएका उनले त्यसयता भने अवसर तथा स्रोत साधनको अभावमा  निरन्तरता भने दिन सकेनन् ।
वि.सं. २०६८ सालको चाक्चाकुरमा संखुवासभाको छिङ्खामा भेटिएका उनले दौड खेलमा निरन्तरता दिने चाहना भएपनि न त समुदायसँग सम्बन्धित कुनै संघ संस्थाले नै चासो दिएर सहयोग गरे न त आफुले नै कुनै अवसर सिर्जना गर्न सकियो भन्दै दुखेसो पोखेका थिए । उनी विश्वको सर्वाधिक उचाइमा आयोजना हुने निर्धारित दुरीको म्याराथनका प्रथम विजेता भनेर गिनिज बुकमा आफ्नो नाम लेखाउने र त्यसबाट व्यक्ति तथा समुदायलाई चिनाउन र फाइदा लिन चाहन्थे । तर आफ्नो जातीय संघले पनि कुनै चासो र सहयोग नगरेको गुनासो उनीसँग छ । बीचमा उनी वैदेशिक रोजगारीमा गएर फर्की आफ्नै दुनियाँमा हराएका छन् । किर्तिमानी कुलुङ धावक चर्चाभन्दा बाहिर छन् ।

तीन किर्तिमानी तर गुमनामः दिपकराज कुलुङ

सोलुखुम्बु जिल्ला गुदेल गाविसको नाम्लुङ गाउँमा जन्मेका दिपकराज कुलुङ एभरेष्ट म्याराथनका किर्तिमानी धावक मानिन्छन् । किरात समुदायकै गौरव बढाएका भनेर केहीले उनको खुलेरै प्रशंसा पनि गरेका छन् । एभरेस्ट म्याराथन प्रतियोगितामा सन् २००६ देखि लगातार तीन पल्ट प्रथम भई ह्याट्रिकको किर्तिमानी तथा सन् २००६ मा समयको आधारमा ३ घण्टा २८ मिनेट २७ सेकेण्डको छोटो समयको किर्तिमानी पनि राखेका थिए । त्यसपछि क्रमशः सन २००७ मा प्रतिष्पर्धीहरु दाङिमा शेर्पा र गुदेलकै मिलन राईलाई पछि पर्दै प्रथम भए भने सन् २००८ मा फुर्वा तामाङ र फुरी शेर्पाको कडा चुनौतीलाई पार गर्दै किर्तिमानी तेस्रो जित हासिल गरे । यो सँगै उनले विश्वको सर्वाधिक उचाइको म्याराथनमा ह्याट्रिक गर्ने पहिलो र हालसम्मको एकमात्र किर्तिमान कायम गरे । यो भन्दा अगाडी सन् २००५ मा प्रथम दाङिमा  शेर्पा र दोस्रो भीम राई भन्दा ४ मिनेटले पछि पर्दै तेस्रो स्थानमा रहेका उनी त्यसपछि भने आफ्नो सपना पुरा गर्न कयौँ संघर्ष गर्दै प्रयासरत रहे र अन्तत सक्षम पनि भए । उनको छोटो समयको किर्तिमान आज १४ औं संस्करणसम्ममा पनि कसैले तोड्न सकेका छैनन् ।  
उनीसँग छोटो समयको, पहिलो ह्याट्रिक र हालसम्मको एक मात्र ह्याट्रिकको किर्तिमान गरी तीन किर्तिमान हुँदाहुँदै पनि उनी न त गिनिज बुकमै नाम लेखाउन सफल रहे न त आफ्नो दौड पेशालाई राष्ट्रिय/अन्तराष्ट्रिय सफलतामै पुर्याउन सफल भए । उनले सो बाहेक सन् २००६ को २६ किमिको स्काइ रेसमा दोस्रो स्थान तथा एभरेस्ट म्याराथनमा फेरी सन् २०११ मा भाग लिए पनि तेस्रो स्थानमै चित्त बुझाउनु परेको थियो । दौड सम्बन्धी कुनै प्रशिक्षण नलिएका उनले प्रशिक्षक तथा आर्थिक सहयोग भए दौडमा किर्तिमान राख्न सकिने क्षमता आफुमा रहेको बताएका थिए । सफलताको चाहना असिमित हुँदाहुँदै पनि आफ्नो क्षमतालाई राष्ट्रिय स्तरमा पुर्याउन नसक्दा केही साना ठूला प्रतियोगितामा भाग लिएर ओझेलमै रहे ।

सफलता र अवसरका बीच दुखद बहिर्गमनः सुदिप कुलुङ 

Sudip
दौड प्रतियोगितामा भाग लिएर कुलुङ समुदायका धावक मध्येबाट सर्वाधिक चर्चामा पुग्न सफल भएका धावक हुन्  गुदेल १, सोलुखुम्बुका सुदिप कुलुङ । पोखरामा आयोजित अन्नपूर्ण रेसबाट दौड प्रतियोगिता क्षेत्रमा चम्किएका उनी लामो समयसम्म मोफसलमा दौडिरहे । सन् २००९ को दौडमा धावक फूर्वा तामाङ  र फुर्वाका दाजु रामकुमार तामाङसँग पछि पर्दै तेस्रो स्थानमा चित्त बुझाएका सुदिपले सन् २०१० मा  समिर तामाङलाई पछि पारे पनि फुर्वा तामाङलाई जित्न सकेनन् । फलस्वरुप उनी दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । तर आफ्नो अनवरत सपनाबाट विचलित नभई दौडिरहेका उनी सन् २०११ मा रामकुमार राजभण्डारी र पुराना धावक दिपकलाई उछिन्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । सो पटक अर्का कुलुङ धावक क्षितिज कुलुङले चौथो स्थानमा आफुलाई उभ्याएका थिए । 
सन् २०१२ र २०१३ भने उनका लागि एभरेस्ट म्याराथनको यात्रा सुखद रहेनन् । सन् २०१२ मा पूmर्वा तामाङ र कुमार राजभण्डारी पछि तेस्रो स्थानमा रहे भने सन् २०१३ भने उनी दौडको होडमा देखिएनन् । सफलताको स्वाद ताजै रहेकोले फेरी सन् २०१४ मा उनी प्रथम स्थानमा रहन सके । त्यतिखेर नेपाली सेनाका चर्चित धावक भीम बहादुर गुरुङ दोस्रो तथा सुमन कुलुङ तेस्रो स्थानमा रहेका थिए । 
एभरेस्ट म्याराथनका अतिरिक्त अन्य विभिन्न दौड प्रतियोगितामा देश विदेशमा भाग लिने र स्थान हासिल गर्ने गरेका उनलाई केही समय इभेण्ट प्रायोजक तथा आयोजक रमेश भट्टचनले प्रायोजन पनि गरेका थिए । प्रतियोगिताको क्रममा २०७२ सालमा योङ स्टार क्लवको ३६ औँ स्थापना दिवसका अवसरमा आयोजित सोलुखुम्बु सदरमुकाममा आयोजित दोर्पु–फाप्लु–दोर्पु दौडमा महिलामा गुदेलकै सुशिला नाछिरिङ सँगै सुदिप कुलुङले प्रथम स्थान प्राप्त गर्न सफल भए । त्यस्तै स्व. मदन भण्डारीको ५९ औं स्मृति दिवसमा पोखरामा आयोजित १० किमि खुल्ला दौड प्रतियोगितामा आर्मीका प्रकाश पनेरुसँग १ मिनेट १४ सेकेण्ड र रामेछापका बेदबहादुर सुनुवारसँग ४४ सेकेण्डले पछि पर्दै ३५ मिनेट २ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भएका थिए ।
४२.१९ किमिको एभरेस्ट दौडकै छेउमा खुम्जुङ महोत्सवको दौड पनि जितेका उनले मिडियासँग कुरा गर्दै समतल भन्दा हिमालमा दौडन आफुलाई सहज लाग्ने वताएका थिए । डाइट र दैनिक अभ्यास पुगेमा दौडन सकिने उनको अनुभव थियो । उनले भाग लिएका माउन्ट किनाबोलु इन्टरनेश्नल क्लाइमबाथोन–२०१० (दोस्रो) लगायतका अन्तराष्ट्रिय प्रतिस्पर्धा तथा सन् २०११ मा अन्नपूर्ण १०० किमि (प्रथम), सन् २०१० एभरेस्ट अल्ट्रा (प्रथम), मनास्लु ट्रेल लगायतका राष्ट्रभित्रको दौड महत्वपूर्ण रहेका थिए भने स्थानीय स्तरमा आयोजना हुने दर्जनौ प्रतिस्पर्धामा पनि उनले बाजी जितेका छन् । तर राष्ट्रकै प्रतिनिधित्व गरी साग, एसियाली खेलकुद जस्ता प्रतियोगितामा सुवर्ण अवसर भने उनले प्राप्त गर्न सकेनन् । 
यी चर्चित कुलुङ धावकसँग जितका सयभन्दा बढी संख्यामा प्रमाण–पत्र, शिल्ड तथा मेडल रहेका छन् । तर नेपाली खेलाडीको दुर्भाग्य भनौ कि पहुँचको अभावले हो उनी खेल जीवनबाट टाडा भएर वैदेशिक रोजगारीमा जाने या व्यापार गर्ने मुडमा रहेको वताउँछन् । हाल उनी खेलजीवनबाट टाडै रहेर पाविारिक जीवन विताइरहेका छन् ।

 

अव्वल धाविकाः निरकला कुलुङ

कुलुङ समुदायका युवाहरुमा धावक मात्र होइन धाविकाहरु पनि उक्तिकै अव्वल रहेका छन् । निरकला कुलुङ, सुशिला नाछिरिङ तथा अन्य थुप्रै धाविकाहरु दौड प्रतियोगितामा भाग लिँदै आएका र जित्दै आएका छन् । यसै सन्दर्भमा महिला दौडमा उदाउँदै गरेकी धाविका हुन् गुदेल १, सोलुखुम्बुकी निरका कुलुङ । धावक सुदिप कुलुङका सहोदर बहिनी २५ वर्षीय निरकलाको चर्चा हालै  सिन्धुपाल्चोकमा आयोजित अन्तराष्ट्रिय ट्राइल रेस ३३ किमिमा प्रथम स्थान प्राप्त गरेपछि बढ्यो ।
यस अघि एभरेस्ट म्याराथन २०१५ मा महिलातर्फ धाविका पुर्णिमाया राईभन्दा १४ मिनेटले पछि पर्दै दोस्रो स्थानमा रहन सफल भए । उनले सो पटक निर्धारित दुरी ५ घण्टा ३८ मिनेट १ सेकेण्डमा पार गरेका थिए । त्यस्तै अल्ट्रा रेस २०१६ मा तेस्रो स्थान ल्याउन सफल भएका उनको अनुभवमा गाउँघरमा हुर्किएका मान्छेको लागि समतलमा दौडन सहज नहुने रहेछ । उनको विचारमा महिलालाई पुरुषको तुलनामा दौडनु बढी नै चुनौतीको काम हो । 
कुलुङ भाषाको कार्यक्रम ‘छेलाम’ मा जोकराज कुलुङसँगको कुराकानीका क्रममा खतरा बाटो, अचानक विरामी हुन सक्ने आदि कारणले सोचेजति गर्न नसकिने उनको भनाई थियो । दाईको मेहनत र सफलताबाट प्रेरित भइरहेका उनमा बहिनी राधिका र रानीकालाई नृत्य प्रतियोगितामा लादाँलाँदै एकदिन हिमचुली युवा एकता क्लव बुङमा आयोजित महिला दौड प्रतियोगितामा तृतीय भएपछि दौडन साहस बढ्यो । त्यसो त गाउँमै एउटा छिमेकीले तिमीहरु महिलाले केही गर्न सक्दैनौ भनेको कुरालाई पनि प्रेरणाको स्रोत मान्छन् उनी ।
 दाइ सुदिपले खर्च दिने र प्रेरणा दिने काम गरी एउटा प्रायोजक संस्थासँग सम्पर्क गराइदिन सहायता गरेका थिए । उक्त प्रायोजक संस्थाले काठमाण्डौदेखि तुम्लिङटार लगेर दौडाउँदा सम्पूर्णमा दोस्रो तथा धाविकामध्ये प्रथम भए, सो पल उनका लागि अत्यन्तै खुसीको क्षण हो । पछि उक्त संस्थाले नै प्रायोजन गरी प्रतियोगितामा भाग लिन सिन्धुपाल्चोकसम्म पुराएका थिए । अन्तत उनी प्रथम नै भइन, ।
दुरदराजमा हुर्केका उनीजस्ता खेलाडीका लागि खर्च व्यवस्थापन गाह्रो हुने तथा आफुले सानैदेखि पेवा गरेका पैसाले खर्च गरिरहेको सुनाए । महिलामा आँट हुनुपर्ने, सानोमा विहे गर्नुभन्दा समुदाय, देशकै नाम कमाइने काम गर्नु राम्रो हुने अन्य साथिहरुलाई सल्लाह छ उनको । महिलाहरुको सामान्यतया सक्रीय जीवन ४० वर्षसम्म मात्र हुने तथा अव आफ्नो सक्रिय खेल जीवन ५/६ वर्षजति रहने र बाँकी खेल जीवन सफल हुने आशा व्यक्त गर्छिन् ।

अन्य केही उल्लेख्य धावकहरुः सम्भावनाका उज्यालो संकेत

आज सन् २०१६ सम्म आइपुग्दा एभरेस्ट म्याराथनको १४ संस्करण पुरा भइसकेको छ । यसबिच प्रथम प्रतिस्पर्धा देखि नै कुनै न कुनै कुलुङ धावक÷धाविकाहरुले भाग लिएर उत्कृष्ट १० भित्र पर्दै आएका छन् । उत्कृष्ट तीनभित्र नपरेको संस्करण भने सन् २००४ को दोस्रो संस्करण मात्र हो । कुलुङ समुदायका उल्लेख्य नामहरु सोताङ ६, सोलुखुम्बुका डिबी कुलुङ तथा गुदेल–७, सोलुखुम्बुका सुमन कुलुङ, बुङ–६ का अर्जुन कुलुङ, बुङ ३ का रासकुविर कुलुङ, छेस्काम–३ का जयकुमार कुलुङ, छेस्कामकै सुजित कुलुङ, गुदेलका कविता राई सम्भावना बोकेका नाम हुन् । यस्तै गरी गुदेलका मिलन राई, बुङका किरण कुलुङ लगायतका अन्य केही कुलुङ धावक÷धाविकहरु राष्ट्रिय अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा भाग लिएर जित्दै आएका नाम हुन् । स्थानीय स्तरमा आयोजना गरिने दौड प्रतियोगिताहरुमा भाग लिँदै आएका असंख्य ऊर्जाशील धावकहरुको आँट र चाहना देख्दा लाग्छः कुलङ समुदायमा सम्भावना बोकेका युवाहरुको एक जमात नै छ ।
एक समय म्याराथनमा चम्किने आशा गरिएका तथा अझै सम्भावना बोकेका धावक डिबी कुलुङ सन् २०१३ को एभरेस्ट म्याराथनमा प्रथम रामकुमार राजभण्डारीभन्दा एघार मिनेटले पछाडी रहेर दोस्रो (४ घण्टा ११ मिनेट ५ सेकेण्ड) स्थानमा रहे । सन् २०१४ को ६० किमिको अल्ट्रा रेसतर्पm भने डिबी ८ घण्टा २६ मिनेट २० सेकेण्डमा पुरा गर्दै तेस्रो भएका थिए । सन् २०१६ को ६० किमिको अल्ट्रा रेसमा पनि प्रथम तिर्थ तामाङ र दोस्रो पुर्ण तामाङलाई उछिन्न सकेनन् र निर्धारित दूरी  ६ घण्टा ५५ मिनेट २८ सेकेण्डमा पार गर्दै तेस्रो स्थानमा रहे । खुम्जुङ महोत्सवमा दोस्रो–२०११, जुनवेशी महोत्सव लगायतमा राम्रै प्रस्तुती दिएका उनको लक्ष्य भने विश्वको सर्वाधिक उचाईमा आयोजना हुने एभरेष्ट म्याराथन जित्नु हो ।
एक कुराकानीमा उनले भने, ‘अव केही समय, करिव १० वर्षजति दौडने मन छ । हरेक आवश्यक कुराको अभाव भएपनि लक्ष्य पुरा गर्ने सोँच छ ।’ खर्च म्यानेजको लागि टे«किङ गर्नुपर्ने आफ्नो वाध्यता रहेको र निश्चित समयमा पोषण खाने र निरन्तर ट्रेनिङ गरिरहने आर्मीका धावकहरुसँग प्रतिपर्धा गर्नुपर्ने चुनौती रहेको भन्दै उनीजस्ता धावकहरुका लागि समयको म्यानेज गर्न गाह्रो रहेको उनले आफ्नो अनुभव सुनाए ।
जिल्लामा रहेको जिल्ला खेलकुद  विकास समिति, खेलकुदसँग सम्बन्धित अन्य संघ संस्थाले प्रतिभा चिन्न चुकेको भन्ने गुनासो पनि अन्य धावकहरको जस्तै उनमा पनि छ । क्षमता भएर पनि आफ्नो मान्छे हुनुपर्ने, पैसा र पहूँचले मात्र मान्छे अघि बढ्ने तीतो यथार्थ खेल क्षेत्रमा देखेका उनले आशाका चम्किला किरण पनि देखेका छन् । कुलुङ संघले पनि आफ्नो समुदायको प्रतिभा चिनेर केही ठोस सहयोग गरिदिए हुन्थ्यो भन्ने पनि उनमा छ ।
प्रशिक्षणका नाममा इभेन्ट म्यानेज कर्ता रमेश भट्टचनसँग पोखरामा एउटा प्रशिक्षण लिएका उनले अन्य पेशेवर तथा विधागत दक्षसँग तालिम लिन भने सकेका छैनन् । महाकुलुङ क्षेत्रका धावकहरु मिली आफ्नै क्षेत्रमा एउटा म्याराथन प्रतियोगिता गर्ने सोँच र सल्लाह रहेको भन्दै उनी भन्छन् ‘निकट भविष्यमै मेरापकि क्षेत्रमा एउटा यस्तो म्याराथन प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ जसले पर्यटक पनि आकर्षित होस् ।’ यतिमात्र होइन उनीहरुको अर्को पनि सोँच छ एउटा संस्था स्थापना गर्ने जसबाट खेलकुदमा विशेषतः दौडलाई प्रबर्धन गर्न सकियोस् । भन्छन्, ‘हामीपछिका धाकहरुलाई हामीभन्दा केही सहज होस् ।’
सम्भावनाका तेज गतिमा दौडिरहेका सुमन कुलुङले गुदेल–७, चाचालुुङबाट हिँडेपछि आजकाल दौडलाई नै करिव करिव पेशा बनाएका छन् । प्रथम पटक सन् २०१३ मा साथीहरुले दौडन जानुपर्छ भनेर पहिलोपटक एभरेष्ट म्याराथनमा भाग लिएका उनले निर्धारित दुरी पुरा गरेपनि कुनै उल्लखनीय स्थान पाउन सकेनन् तर प्रेरणा भने मिल्यो । सन् २०१४ को एभरेस्ट म्याराथनमा तेस्रो भएका उनी सन् २०१६ पनि आफ्नो सपना भेटाउन सफल रहेनन् । दौडिदा दौडिदै घाइते भएका उनले ४ घण्टा ११ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थानमै चित्त बुझाए ।
३२ किमिको दोस्रो अन्तर्राष्ट्रिय सिन्धुपाल्चोक ट्रेल रेस प्रतियोगितामा भने २ सय २६ जना सहभागि मध्ये निर्धारित दुरी ४ घण्टामा पार गर्दै प्रथम स्थानमा रहे । अन्नपुर्ण रेस–२०१५ मा बुङका अर्जुन कुलुङ प्रथम भए भने सुमन दोस्रो हुन सफल भए ।  पोखरामै आयोजित १२ किमिको दौड २०१५ साथी तथा प्रतिष्पर्धी अर्जुनलाई उछिन्दै उनी प्रथम भए । सुमन कुलुङ भन्छन्, ‘अहिलेको सन्दर्भमा भन्दा अवसर त थुप्रै छन् तर विभिन्न कठिनाईका कारण पछि नै परिएको छ । विदेशसम्म पनि दौडन गइएको छ तर प्रायोजक भएर मात्र जान सकिएको हो ।’
उनको अनुभवमा उकाली ओराली गर्ने बानी परेकोले समतलमा प्रतिष्पर्धा गर्न सहज भइराखेको छैन । सुमनको विचारमा म्याराथनमा भविष्य देख्नेहरुका लागि तत्काल हेर्दा पुरुषभन्दा महिला धावलाईलाई अवसर बढी रहेको छ । कमाईको कुरा गर्दा दौडबाट कहिलेकाहीँ वचत हुने भएपनि प्राय आफ्नै खर्चमा दौडनुपर्ने वाध्यता रहेको सुनाउँछन् उनी ।
नेपालमै आयोजना हुने तथा विदेशतिर आयोजना हुने दौडहरुमा भाग लिएका र राम्रो अनुभव भएका किरण कुलुङ  सन् २०११ मे २९ मा सल्लेरीमा स्थानीय फ्रेण्डसिप क्लवले आयोजना गरेको म्यारागथनमा प्रथम स्थानमा रहने प्रतियोगी हुन् । टिम कोलम्विया–नेपालबाट नेपाली सेनाका चर्चित धावक भीम बहादुर गुरुङको टीममा रहेर सन् २०१४ को अक्सफार्म ट्रेलवर्कर (१०० किमि) को प्रतियोगितामा प्रथम स्थान प्राप्त गरे । ४० राष्ट्रका करिव १३ सय टीमलाई उछिन्ने उक्त टीममा भीम र किरणका अतिरिक्त उत्तम क्षेत्री (कप्तान), राम भण्डारी तथा सुमन कुलुङ (वैकल्पिक) थिए ।
आज नेपालकै खेलाडी मीरा राईले कमाएको प्रसिद्धि सबैको लागि अनुकरणीय छ । कुलुङ समुदायले आफ्नो पहिचानको खोजी गर्दै गरेको बेला खेलको माध्ययमबाट कुलुङ समुदायको पहिचान देश विदेशसम्म पुराईरहेका यी खेलाडीहरुको सफलता र चाहना हेर्दा संस्थागत रुपमै प्रयासहरु हुनुपर्ने देखिन्छ । कायम गरिएका किर्तिमानलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस् सम्म पुर्याउने, खेलाडीहरुलाई उचित प्रशिक्षक र तालिमको व्यवस्था, एसियाली खेलकुद तथा साग जस्ता राष्ट्रिय/अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलकुदसम्म पुर्याउने काम बाँकी छ ।
यसमा कुलुङ संघजस्ता जातीय संघ संस्था तथा अन्य खेल सम्बन्धी संघ संस्थाले पनि गम्भिर रुपमा ध्यान दिनु पर्ने स्वयम् खेलाडीहरु तथा जानकारहरुको भनाई रहेको छ । खेलाडीहरुको अन्य समस्याका अतिरिक्त आर्थिक समस्या पनि रहेको खेलाडीहरुको भनाई छ । केही धावकहरुसँग प्रायोजकको साथ रहेपनि खर्च अपुगका कारण प्रतियोगिता पछि फर्किने क्रममा ऋण लिएर घर फर्किदा परिवारका सदस्य पनि वेखुसी हुने कुरा कतिपय खेलाडी बताउँछन् । डाइटको अपुग, प्रशिक्षण तथा अवसरको अभावमा कुलुङ समुदायका प्रतिभाहरु प्रगतिभन्दा पलायनतिर लाग्ने सम्भावना बढ्दो छ ।

राष्ट्रिय खेलकुदमा कुलुङ धावकहरुको तितो अनुभव

सातौँ राष्ट्रिय खेलकुदको तयारी हुँदै थियो । जुन पूर्वाञ्चलमै वि.सं. २०७२ मा हुने भनिएको थियो । कारणवश हुन सकेन र २०७३ को मंसिरका लागि सर्यो । जिल्ला स्तरमा छनौट हुने र सो पश्चात क्षेत्र स्तरीय प्रतियोगिता हुँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन जानुपर्ने प्रावधान रहेको थियो । जसको पहिलो पाइला जिल्ला स्तरीय छनौटमा सोलुखुम्बु जिल्लाको प्रतिनिधित्व गर्ने प्रतिष्पर्धामा तीन जना कुलुङ धावकहरुले प्रतिपर्धामा आफुलाई अव्वल सावित गरे ।  फलस्वरुप १६ सय मिटरमा गुदेल ६ का मान बहादुर कुलुङ,  ५ हजार मिटरमा सुमन कुलुङ र १० हजार मिटरमा बुङका अर्जुन कुलुङ छानिए पूर्वाञ्चल स्तरीयमा प्रतिष्पर्धा गर्नका लागि । 
आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरकै प्रतियोगिता जित्ने सपना बोकेका तीन कुलुङ धावकहरुले जिल्ला खेलकुद परिषदको कार्यालयमा कयौँ पटक फोन सम्पर्क र प्रत्यक्ष सम्पर्क गरे । तर नाकावन्दको कारण भन्दै त कहिले वजेट नछुटेको भन्दै उनीहरुलाई टारियो । फोन गर्दा गर्दा पनि मिति तय भएपछि फोन गर्छौँ भनेता पनि कहिल्यै फोन आएन । उनी सुनाउँछन्, ‘पछि के भो थाहा भएन ।’ उनी थप्छन्, ‘खेलकुद परिषदकै वैमानी हो कि जस्तो पनि लाग्छ । ठूलो समय र लगानी गरी पाएको एउटा मौका पनि चुक्यो । खेलकुद परिषदसँग वजेट नभए आँपैm खर्च गरेर पनि जान तयार थिएँ तर आफै सम्पर्क गर्छौँ भनेर कहिलयै सम्पर्क गरेन खेलकुदले ।

फेरिदैँछ महाकुलुङ



सोलुखुम्बुको कर्णाली–कोशीपारी भनी बर्षौंदेखि चिनिएको महाकुलुङको  मुहार फेरिन थालेको छ । केही स्थानीय युवाहरुको प्रयास तथा केही गैर सरकारी संस्थाको सहयोगमा यहाँ विकासे परिवर्तनको लहर छाएको हो । एक स्थानीय अगुवा लोचन कुलुङ कोशीपारी भनी प्रशासनिक र राजनीतिक रुपमा पछाडि  पारिएको यो क्षेत्र नमुना क्षेत्र बन्न अग्रसर रहेको धारणा राख्छन् । पावै, सोताङ, बुङ, छेस्काम र गुदेल गरी ५ गाविस रहेको यस क्षेत्रमा जम्मा घरसंख्या ४ हजारको हाराहारीमा रहेको छ । ती  मध्ये तीन लघु जलविद्युत् आयोजना र केही पाइप लाइन  मार्पmत जम्मा २०५ किलोवाट विद्युत बुङ, छेस्काम र सोताङका करिव ९५ प्रतिशत  जनताले उपभोग गर्न पाएका छन् भने बाँकी २ गाविसका लागि  बुदुम खोला  गुदेलमा १०० किलोवाट र माथिल्लो रोकखोला  ७६ किलोवाट निर्माणाधीन रहेका छन् । विद्युत्को सुविधासँगै सोताङमा सामुदायिक रेडियो सञ्चालनको तयारी भइरहेको छभने सोताङ र बुङमा कम्प्युटर सिकाउने इस्टिच्युट स्थापना भएका छन् । बुङको सगरमाथा माविमा कक्षा ४ देखि माथि कम्प्यूटर शिक्षा लागू गरिएको छ । थुप्रै स्थानमा विद्युतीय मिलहरु  सञ्चालनमा छन् । त्यस्तै कम्प्यूटर, फोटोकपी, हिटर, रेफ्रिजेरेटर, स्याटेलाइट प्रविधिका टिभि, मोवाइल  फोन लगायतका आधुनिक सुविधाहरु सुलभ भएका छन् भने सञ्चारको अत्याधुनिक साधन इन्टरनेटका प्रयोगकर्ता पनि बढ्दै गएका छन् । विगत ३ वर्षयता लगभग  प्रत्येक घरमा  रेडियो बजेको सुनिन्छ । काठमाण्डौमा १८ घण्टे सम्मको लोडसेडिङले वाक्क भएकाहरु गाउँमा यसरी चौविसै घण्टा विद्युत लगायतका सुविधा उपभोग गर्न पाएपछि गाउँ बसाईँ अवधी लम्ब्याउदैँछन् भने विभिन्न समयमा प्रदेशिएका युवामाझ पनि गाउँ फर्किदैँछन् । काठमाण्डौको एक क्याम्पसमा बि.एड. तेस्रोवर्षमाअध्ययनरतबुङका शरद कुलुङ छिट्टैगाउँफर्किने योजनाबुन्दै गरेको बताउँछन् ।उनी भन्छन्, ‘यातायातको सुविधाआउने हो भनेयो एकनमुना क्षेत्रबन्न सक्छ ।’गरिवीनिवारण परियोजनाअन्तर्गत पहाडीविकासतथा संरक्षण समूह नेपालकाकार्यक्रम संयोजकतथा स्वतन्त्रपत्रकार राजधनकुलुङजनसहभागिताका लघुजलविद्युतआयोजनालेपूर्वी सोलुखुम्बुका५ गाविसमा कायापलटको क्रम सुरु भएको विचारव्यक्तगर्दछन् ।सुँगुरको खोरलाई चर्पीको रुपमाप्रयोग गर्नेभनी हेयको दृष्टिले हेरिएको यस क्षेत्रका ३ गाविसखुलादिशामुक्त क्षेत्र घोषणाभइसकेका छन्भनेबाँकीदुईगाविसकोलागिपनितयारीभइरहेको छ ।
नेपालीभाषा स्पष्ट बोल्न नजान्ने हुनाले सबैको हाँसोको पात्र बन्ने गरेका महाकुलुङवासीहरु शैक्षिक चेतनाको विकासमा अग्रसर छन् ।सोताङमा सोताङ पब्लिकक्याम्पस सञ्चालनमा छ । सोलुखुम्बु बहुमुखीक्याम्पसकोतथ्यांक हेर्ने हो भनेपनिकोशीपारीकाविद्यार्थीहरुअब्बलदेखिएका छन् ।विकासकोपुर्वाधारको मेरुदण्डको रुपमारहेको सडक यातायातले छुन नसकेको महाकुलुङलेउज्यालो तथाविकासे परिवर्तनको बाटो अंगालिरहेकोछ ।अवमहाकुलुङबासीहरुकोएउटैमाग छ, ‘महाकुलुङ क्षेत्रमा सडक यातायात सक्दो चाँदो पु¥याइयोस् ।’

केडी कुलुङ, बुङ, सोलुखुम्बु ।


कोशीपारी र सामुदायिक रेडियो सोलु एफ.एम.

–        केडी रेम्नीसीङ कुलुङ
भौगोलिकराजनीतिक लगायत विकास निर्माणका हरेक दृष्टिले पछाडि परेको सोलुको कर्णालीकोशीपारी भनी चिनिने महाकुलुङ क्षेत्र साँच्चीकै कर्णाली नभएर बनाइएको र भनाइएको मात्र हो भन्ने तर्क राख्नेहरु पनि भेटिन्छन् भने आफ्नो भाषणमा मिठास ल्याउनको लागि भएपनि कोशीपारीको सन्दर्भ उल्लेख गर्ने नेताहरुको कुनै कमी छैन । अलैचीलोक्ताचिराइतोअल्लोमह,सतुवा लगायतका जडिबुटि व्यापार तथा पर्यटकीय क्षेत्र फस्टाउनुले यहाँ खासै निरपेक्ष गरिवीको अवस्था देखिन्न । महाकुलुङ क्षेत्रमा पर्ने सोलुखुम्बुका पूर्वी क्षेत्रका पाँच गाविसहरु बुङछेस्काम,गुदेलसोताङ र पावै किन पछाडि प¥यो तसबैले भनेजस्तो राजनीतिक पहुँच नपुगेर त्यस्तो भएको देखिन्न । नेविसंघका पुर्व जिल्ला अध्यक्षहरु पर्खिधन कुलुङ र सुर्य कुलुङअनेरास्ववियु क्रान्तिकारीका वर्तमान जिल्ला अध्यक्ष दिप किराति देखि ऐतिहासिक सविंधानसभाका समानुपातिक उम्मेदवार रिमा कुलुङ र प्रत्यक्ष तर्पmका निर्वाचित सभासद एवं भू.पू. माननीय मन्त्री गोपाल किरातिसम्म महाकुलुङकै बासिन्दा हुन् । यी लगायत जिल्लास्तरीय राजनीतिका निर्णायक तहमा थुप्रै महाकुलुङ बासी व्यक्तिव्यक्तिहरु रहेका छन् ।
राजनीतिक पहुँच चन्दा पनि राजनीतिक चेतनाको अभावले गर्दा नै कोशीपारी पछी परेको विश्लेषण हुन थालेको छ । सञ्चारमाध्यममा आफ्नो सहज पहुँच पुग्न नसक्नु र सञ्चारमाध्यमको पहुँच यो क्षेत्रसम्म पुग्न नसक्नु पनि एउटा ठूलै समस्या बोकेर बसेको छ महाकुलुङ । राष्ट्रको तीनवटा अंगको उपस्थिति न्यूनमाथि प्रभावकारी छैनत्यसमाथि चौथो अंग सञ्चार पनि नपुग्दा यस क्षेत्रले बर्षौँदेखि निस्सासिएर बाँच्नुप¥यो ।
हालभने बल्ल सञ्चार माध्यममा आफ्नो पहुँच विस्तार हुँदै गएपछि केही राहतको महशुस हुन थालेको छ । यसमा पुर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेघाहर्जले सामुदायिक रेडियोको भुमिका खेल्न सक्दा धेरै सहज भएको छ । सन् १९४७ बाट ल्याटिन अमेरिकाको बोलिभियाबाट सुरु भएको मानिएको सामुदायिक रेडियोको इतिहास नेपालमा भने त्यति पुरानो देखिदैन । वि.सं. २०५४ सालमा स्थापित दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा’ नै नेपालको पहिलो सामुदायिक रेडियो हो । हाल आएर मनाङ बाहेकका ७४ जिल्लामा सामुदायिक रेडियो स्थापना भएको छ । गैरनाफामुखी ढंगले सामुदायिक हितको काम गर्नु सामुदायिक रेडियोहरुका लागि एक कर्तव्य त हुँदै हो तर यो त्यति सरल पनि छैन । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को हालैको तथ्यांक अनुसार २१० को संख्यामा अनुमती प्राप्त यी सामुदायिक रेडियोहरुले आवाजविहीनहरुको आवाज कतिसम्म बोलिरहेका छन् र जुन समुदाय र समाजको आवाज केन्द्रको छायाँमा छ त्यसलाई केन्द्रसम्म पु¥याउने काम कति भै राखेको छ तपक्कै पनि विश्लेषण गर्ने बेला आएको छ ।
सोलुखुम्बुको सन्दर्भमा हेर्दा वि.सं. २०६० सालमा मा स्थापित पुर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेघाहर्जले सामुदायिक रेडियोको आफ्नो भुमिका निभाएको देखिन्छ । सञ्चार क्षेत्रमा पित पत्रकारिता (थभििय वयगचलबष्किm) हावी भइरहेको यस जमानामा अरुको जस्तो सस्तो लोकप्रियताको पछाडि नलागी समुदायमा भइरहेका साना ठूला घटनापरिघटना समेट्नु समुदायका लागि सबैभन्दा ठूलो योगदान हो । कोशीपारीको सन्दर्भ हेर्दा पनि यस क्षेत्रको आवाज सञ्चार माध्यममा समेटिन थालेपछि ठूलै राहतको महसुस गरिन थालिएको छ । यसमा सोलु एफ.एम. को साथमा संवाददाताहरु भोजेन्द्र र जोकराजको भुमिकालाई कम आँकलन  गर्न सकिन्न । भवन निर्माणमा भएका प्रगति र कमजोरी देखि वाध्य भएर ट्रेकिङ र साहुको भारी बोकीरहेका विद्यार्थिहरुको कथाव्यथा मात्र हैन भौगोलिक दुरताका कारण १ कक्षामा पढ्न ४ घण्टा हिड्नुपर्ने वाध्यताखोप नपाइरहेका बालबालिकाका बारेमा भएका रिपोर्टिङहरुले एउटा बहसको सिर्जना गरिदिएका छन् ।

प्रगतिका कुराहरु सँगै गुनासाका कुराहरु धक फुकाएर व्यक्त गर्ने एउटा साझा चौतारी पाएपछि यहाँका वासिन्दा खुसी भएका छन् । यो रेडियोले छापा पत्रकारितााको कुनै प्रभाव पर्न नसकिरहेको यस क्षेत्रलाई सञ्चारको राष्ट्रिय मूलधारसम्म पुग्न सहयोग गरिरहेको छ साथै विकासे सहयात्रीको रुपमा सकरात्मक परिवर्तनको लयमा समाजलाई डो¥याउन भूमिका खेलिरहेको छ । एकातिर राम्रा कुराको प्रशंसाले त्यस्ता काममा प्रेरणा मिलेको छ भने अर्कोतिर नराम्रा कुराको खवरदारीले भर्पाई दादैमिलाउँदै खाँदै को स्थिति सिर्जना हुन खवरदारी गरेको छ ।


सहकारी संस्था र ग्रामीण सम्बन्ध

ठूला लगानी र पूँजीमा सञ्चालित वित्तीय कारोवार गर्ने संस्था बैंक हो र यसले विशेषत सहरी इलाकालाई आफ्नो कार्यक्षेत्र बनाएर कार्य गर्दछ । त्यस्तै गरी साना वचतलाई जम्मा गरी सानो कार्यक्षेत्र र ग्रामीण क्षेत्रलाई कार्यक्षेत्र बनाएर काम गर्ने वित्तीय संस्था सहकारी संस्था हो । ग्रामीण वस्तीमा ठूला बैंकहरुको अनुपस्तिथिमा हुने उनीहरुको अभावलाई पनि सहकारी संस्थाले पुरा गर्ने कोशिस गर्दछ भने अर्कोतर्पm स्थानीय लगानी र स्थानीय सञ्चालकहरुको प्रत्यक्ष संलग्नतामा संचालित हुँदा स्थानीयको अपनत्व पनि प्राप्त गर्दछ ।
ग्रामीण क्षेत्रमा उपलब्ध सानासाना पूँजीलाई वचतको माध्यमबाट जम्मा गरी उनीहरुको आर्थिक स्तर सुधार गर्ने र जम्मा भएको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उपयुक्त साधनको रुपमा सहकारी संस्थाले कार्य गर्न सक्छ । गरीव, महिला, श्रमिक लगायत आम नागरिकका जीवनस्तर सुधार गर्नको लागि सहकारी संस्थाले काम गर्ने भएकोले यो ग्रामीण क्षेत्रमा उपयुक्त हुन्छ । 
सहकारी संस्थाको ग्रामीण विकासमा भूमिका
ग्रामीण विकासको सवाल आजको एक महत्वपूर्ण विषय हो र यसमा सहकारी संस्थाको पनि धेरथोर भूमिका हुन्छ । विशेषत ग्रामीण क्षेत्रको आर्थिक सवलिकरणको सवालमा सहकारी संस्थाको उल्लेखनीय भूमिका हुन्छ । ग्रामीण विकासमा सहकारी संस्थाको भूमिकालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ, 
१. कृषि क्षेत्रमा सहयोग ः 
ग्रामीण क्षेत्रको जीवनशैली कृषिमा आधारित हुन्छ । कृषि लगायत अन्य उत्पादन तथा सेवामा आधारित व्यवसाय सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत सहकारी संस्थाले उपलब्ध गर्न सक्छ । कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण, बजारीकरण तथा कृषि सामग्रीको आपूर्ति कार्यमा आवश्यक आर्थिक स्रोत एकातिर उपलब्ध गराउन सक्छ भने अर्को तर्पm ती कार्यमा सहकारी संस्था आपँैm पनि संलग्न भई व्यवसाय सञ्चालन गर्दछ । ग्रामीण क्षेत्रमा व्यवसायिक पशुपालन तथा पशुजन्य उद्योग व्यवसायहरू सञ्चालन गर्न सकिन्छ जसका लागि आर्थिक स्रोतको आवश्यकता पर्छ यस्ता कार्यमा ठूला बैंकहरुले लगानी गर्दैनन्, सहकारी संस्थाले लगानी गर्न सक्छ । कृषिमा आधुनिकीकरण गर्न सके स्थानीयलाई आर्थिक रुपमा धेरै फाइदा हुन सक्छ । यसमा सहकारीको सकरात्मक भूमिका हुन्छ ।
२. जीवनस्तर सुधार
सहकारीले आर्थिक वचतको माध्यमबाट महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्छ । स्थानीय पूँजी, श्रम, सीप र साधनको परिचालन गरी ग्रामीण अर्थतन्त्रको विकास गर्न, सहुलियतपूर्ण ऋण तथा पूँजीगत अनुदान उपलब्ध गराउने व्यवस्था मिलाई ग्रामीण जीवस्तर सुधारमा सहयोग गर्दछ । सहकारीको माध्यमबाट गरीब घरपरिवार पहिचान सहित त्यस्ता व्यक्तिहरूलाई सहकारीमा संगठित गरी बचत परिचालन, विना धितो कर्जा, जोखिम व्यवस्थापन, सीपमूलक तालिम, कृषि उत्पादन तथा लघु उद्यम स्थापनामा सहयोग उपलब्ध गराउने तथा जग्गा तथा आवास विकास गर्न सकिन्छ । सहकारी उद्योग व्यवसाय नाफामूलक नभै सदस्य र समुदायको सेवाप्रति केन्द्रित हुने हुँदा स्थानीयको जीवनस्तर सुधारमा सहकारीले भूमिका खेल्न सक्दछ ।
३. व्यवसाय प्रवद्र्धन
सहकारी पद्धतिबाट साना उद्योग तथा व्यवसाय स्थापना र सञ्चालन गर्न सकिन्छ । यसबाट स्थानीय रुपमा उपलब्ध स्रोत साधनको सदुपयोग हुने साथै स्थानीय मुद्रा आपैmँसँग रहने हुन्छ । वनजन्य उत्पादन तथा प्रशोधन उद्योगहरू र वातावरण संरक्षणसम्बन्धी उद्योगहरू, कृषि, शिक्षा, स्वास्थ्य, उर्जा, वीमा, पर्यटन, सञ्चार जस्ता उत्पादन तथा सेवाका उद्योग व्यवसायमा सहकारी संस्थाले लगानी गर्नुपर्दछ । यसरी प्रबद्र्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारीले उद्योग व्यवसायहरूको विकास, विस्तार र प्रवद्र्धन गर्न सरकार, सहकारी, निजीक्षेत्र तथा विकास साझेदारहरू बीच सहकार्य र सहयोगलाई प्रवद्र्धन गर्दछ । अस्पताल, सामुदायिक स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य उपकरण उत्पादन तथा विक्री र स्वास्थ्यसँग सम्बन्धित अन्य उद्योग व्यवसायहरू, पर्यटन उद्योग व्यवसायहरू, जडीबुटी खेती, प्रशोधन र बजारीकरण, सीपमूलक घरेलु तथा साना उद्योगहरूको स्थापना, सञ्चालन र प्रवद्र्धन गरी सहकारी संस्थाले व्यवसाय प्रवद्र्धन गर्न सक्छ ।
४. रोजगारीको सिर्जनाः
सहकारीले व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गर्न सहयोग गर्दछ । रोजगारी सिर्जना, उत्पादनमा बृद्धि, स्थानीय सम्भाव्यताको उपयोग, सेवा प्रवाहमा गुणस्तरीयता एवं उत्पादनको मूल्य अभिबृद्धिमा योगदान पु¥याउने उद्देश्य सहकारी संस्थाको हुने तथा क्षमता अभिबृद्धिको कार्यमा सहयोगका कार्यक्रमहरू सञ्चालन गर्ने हुँदा जसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुन्छ । जनशक्ति विकास, अध्ययन अनुसन्धान गर्ने, सीपमूलक घरेलु तथा साना उद्योगहरू प्रवद्र्धन गर्ने कार्य गरी सहकारीले रोजगारी सिर्जना गर्दछ ।
५. लैंगिक समता प्रवद्र्धनः
सहकारी सञ्चालनमा लैंगिक समानता र समावेशीको अवधारणा विकास गर्न सकारात्मक विभेदका विशेष व्यवस्थाहरूका साथै नेतृत्व क्षमता विकासका लागि सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गरी सहकारी संस्थाले समाजमा पछि परेका महिलाको क्षमता अभिवृद्धिमा सघाउ पु¥याउँदछ । लक्षित समुदाय तथा महिला केन्द्रित कार्यक्रमहरुलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नु ससहकारी नैतिक कर्तव्य हो । सहकारी संघ संस्थाहरूको नेतृत्वमा महिला सहभागिता अर्थपूर्ण हुनुपर्ने सिद्धान्त अवलम्बन गरी सहकारीले लैंगिक समता प्रवद्र्धनमा सघाउ पु¥याउँदछ ।
६. आर्थिक सवलीकरणः 
आर्थिक विकासका सम्भावित क्षेत्रहरूमा सहकारी उद्योग व्यवसायको विस्तार एवं विविधिकरणलाई प्रोत्साहन गरिने हुँदा सहकारीको माध्यमबाट स्थानीयको आर्थिक सवलकिरणमा सघाउ पु¥याउँदछ । सहुलियतपूर्ण ऋण तथा अनुदान दिने, बचत, ऋण एवं बैंक तथा वित्तीय सेवा प्रदान गर्ने, सुपथ मूल्यका खुद्रा तथा थोक पसलहरू सञ्चालन गर्ने जस्ता कार्य गरी सहकारीले ग्रामीण समुदायलाई आर्थिक सेवा प्रदान गर्दछ ।
७. विकासका पूर्वाधार विकासः
यातायात तथा ढुवानी सेवा लगायतमा लगानी गरी विकासका पूर्वाधारको विकासमा सहकारीले मद्दत गर्दछ । शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधार विकासमा सहकारीले लगानी गरी निर्माण, सञ्चालन तथा प्रवद्र्धन गर्नमा मद्दत गर्दछ ।
९. शैक्षिक सुधारः
विद्यालयको स्थापना तथा व्यवस्थापन, व्यावसायिक तथा सीपमूलक प्रशिक्षण केन्द्र स्थापना र व्यवस्थापन र परामर्श सेवा जस्ता कार्यमा लगानी गरी सहकारीले शैक्षिक सुधारमा सहयोग गर्दछ । गरिव तथा जेहन्दार विद्यार्थीलाई आफ्नो मुनाफाबाट निश्चित हिस्सा छुट्याई छात्रवृत्ति पद्रान गर्ने लगायतका कार्य गरी शैक्षिक प्रवद्र्धनात्मक भुमिका सहकारीले खेल्न सक्दछ ।

ग्रामीण जीविका सहज बनाउन ग्रामीण क्षेत्रमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेल्ने हुनाले ग्रामीण क्षेत्रमा सहकारी विकास हुनुपर्दछ । यसमा जनता तथा सरकार दुवै पक्षको सक्रीय भूमिका हुनुपर्दछ । सहकारी विकासबाट ग्रामीण क्षेत्रमा छरिएर रहेका ससाना पूँजीलाई एकत्रित गरी स्थनीयको समग्र विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिन्छ ।

राष्ट्रिय जनावर गाई र ग्रामीण विकास सम्बन्ध

       ठूलो विवाद र असहमतीका बिच नेपालको सम्विधान, २०७२ मा नेपालको राष्ट्रिय जनावरको रुपमा गाई लाई नै उल्लेख गरिएको छ । त्यसो त राष्ट्रिय जनावरको रुपमा यस अघिका सम्विधानमा पनि गाई नै उल्लेख थियो । राष्ट्रिय जनावर गाई हुनुपर्छ भन्नेमा हिन्दूवादी लागेका थिए भने यसको गैर हिन्दु समुदाय यसको विरुद्धमा लागेका थिए । तर गाई भाग्यमानी हुन गयो, मासुका निम्ती काटिनबाट जोगियो ।
       घरपालुवा जनावर विशेषत: मल, दुध तथा मासुका लागि पालिन्छन् । नेपाल विश्वमै यस्तो मुलुक हो जहाँ पूजा गर्नको लागि घरपालुवा जनावर पालिन्छ । विश्वमा मेक्सिको जस्ता मुलुकले गाईको मासु निर्यात गरेर आम्दानी गरिरहेका छन् । नेपालमै पनि तारे होटलहरुमा वर्षेनी लाखौँ मूल्य बराबरको गाईको मासु विदेशबाट निर्यात हुन्छन् । ८५ प्रतिशत भन्दा बढी जनता हिन्दु रहेको छिमेकी मुलुक भारतमा पनि गाईलाई राष्ट्रिय जनावर नराखी मासु उत्पादनको स्रोतको रुपमा राखिएको छ । भारतको राष्ट्रिय जनावर पाटे बाघ हो । विश्वको विभिन्न मुलुकका राष्ट्रिय जनावरका सूची हेर्ने हो भने स्पेनले साँढे र इराकले बाख्रा राखेका बाहेक राष्ट्रिय जनावरको रुपमा घरपालुवा जनावर नराखी सङ्कटापन्न तथा लोपोन्मुख जनावरहरुलाई राखेका छन् ।
                गाईलाई मान्छेले घरपालुवा जनावरको रुपमा मानिसले पाल्ने हुनाले यो लोपोन्मुख जनावर होइन । अन्य लोपोन्मुख या देशको अलग पहिचान दिन सक्ने जनावरलाई राष्ट्रिय जनसवर राखनुको साटो गाईलाई राष्ट्रिय जनावर राखेपछि गाईको मासु आयातमा देशको अर्थ बाहिरीरहेको छ । गाईलाई लक्ष्मीको प्रतिक या गौमाता मान्नु आफ्नै धार्मिक आस्था हो । तर गाईले धन दिन्छ या गाई हाम्रो आमा हो त्यसैले राष्ट्रिय जनावर राखिनुपर्छ भन्ने तर्क त्यति युक्तिसङगत लाग्दैन । त्यसो हो भने त प्रत्येक समुदायमा आ-आफ्नै किसिमका किन्बदन्ती हुन्छन्, सबैको साँचो मान्ने ? उदाहरणको लागि किरात समुदायमा बाख्रा भनेको सुस हो यसको मासु चलाउनु हुँदैन भन्ने विश्वास छ त्यस्तै किसिमको किन्बदन्ती पनि प्रचलित छ । के यहिँ आधारमा बाख्राको मासुलाई प्रतिवन्ध लगाउन सकिन्छ ?
       अव केही नेपाली ग्रामीण वस्तीका कुरा गरौँ । अधिकाङ्श ग्रामीण वस्तीमा गाई पालन गरिन्छ । प्रत्येकजसो किसानको धेर थोर मात्रामा गाई छन् । मल र दुध खाने र अनि मरेपछि सिनो गाड्ने चलन रहिआएको छ । कुनै गाई थारा रहने र कुनैलाई गोरु बढी भईरहेकै छ । जुन गाई गोरुलाई मासुको प्रयोजनमा लगाउन सकिन्छ । उमेर बुढो भएका गाइ गोरु पनि भार मात्रका रुपमा रहेका छन् । जसरी राँगो, थारा तथा उमेर वितेका भँसीलाई मासुको प्रयोजनको लागि विक्री गरिन्छ त्यसरी गाई गोरुको विक्री गरिएमा ग्रमीण किसानको आयस्रोत बढ्न सक्छ । मानौ नेपालमा ५० लाख किसान छन् र प्रत्येकले वर्षको २ वटाका दरले १० हजार रुपैयाँ गोटामात्र मासुका लागि गाईगोरू व्यापार गरे वार्षिक १ खर्व रुपैयाँ बराबरको कारोबार हुनसक्छ । यो समग्रमा राम्रो व्यापार हो तर नेपालमा त सो रकम बराबरको आयात गरिन्छ, जवकी नेपाल मै उत्पादन हुने चीज हो त्यो ।
       नेपालमा वर्षेनी लाखौँ पर्यटक आउँछन् । तीमध्ये धेरै गाईका मासुका सौखिन हुन्छन् । ट्रेकिङ क्षेत्रका कतिपय ठाउँमा विशेषत: गोरुको मासुको व्यापार पनि फस्टाएको थियो भन्ने सुनिनमा आएको थियो । तर सरकारले प्रतिवन्ध लगाएपछि ग्रामीण जनताका आयस्रोतमा प्रत्यक्ष असर परेको गुनासो आएको छ । गोरु बेच्ने किसान, बजारसम्म पुर्याउने व्यापारी, होटेल व्यवसाय गर्ने व्यवसायी प्रत्यक्ष मारमा परेका छन् ।
       गाईलाई राष्ट्रिय जनावर नराखी पनि पूजा गर्न मिल्छ, त्यसैले पुँज्नेले पुँज्ने तर यसलाई ग्रामीण जनताको आयवृद्धिको माध्यम पनि बनाउन सके झन् राम्रो हुनसक्छ ।

ग्रामीण विकासमा ग्रामीण विद्युतीकरणको महत्व
केडी रेम्निसीङ कुलुङ
कुनै पनि देशको विकासमा विद्युतको ठूलो भूमिका हुन्छ । दैनिक जनजीविका देखि लिएर सूचना प्रविधिका क्षेत्र तथा उद्योग धन्दा सञ्चालनसम्मका लागि विद्युत शक्ती एक अनिवार्य तत्व हो । ग्रामीण विकासमा पनि विद्युतलाई एक महत्वपूर्ण तत्व मानिन्छ । ग्रामीण विकासका सन्दर्भमा भने ठूला जलविद्युत आयोजना भन्दा साना तथा लघु जलविद्युत योजनालाई बढी प्रभावकारी मानिन्छ । सडक यातायात लगायतका समस्या तथा उत्पादित विद्युत सहर बजारलाई नै अपुग भैरहेको कारण ग्रामीण वस्तीसम्म राष्ट्रिय प्रशारणका विद्युतको पहुँच हुँदैन र स्थानीस्तरमा साना लगानी प्राप्त हुन्छ जसले ठूला जलविद्युता आयोजना सम्पन्न हुँदैन । त्यसैले ग्रामीण विकासको एक महत्वपूर्ण आधार विद्युतसेवा सुलभ बनाउन लघुजलविद्युत योजनाबाट ग्रामीण विद्युतीकरण हुनु पर्दछ ।
       १०० किलोवाटसम्मका लघुजलविद्युत योजनाले १ हजार घरसम्मलाई वत्ती बाल्न पुग्छ र दिउँसोको समयमा ग्रामीण किसानहरु प्राय घरमा नहुने हुनाले खाली हुने विद्युतशक्तिलाई अन्य साना घरेलु व्यवसाय तथा उद्योग सञ्चालनमा सदुपयोग गर्न सकिन्छ । यस प्रकार ग्रामीण विकासमा ग्रामीण विद्युतीकरणको भुमिका रहन सक्छ । ग्रामीण विकासमा ग्रामीण विद्युतीकरणको महत्वलाई यस प्रकार उल्लेख गर्न सकिन्छ,
१. ग्रामीण क्षेत्रमा आधुनिकता विकास
       विद्युतको विकासबाट रेडियो, टिभी, फोन, इन्टरनेट जस्ता संचारका अत्याधुनिक साधनको प्रयोग गर्न पाइन्छ । जसबाट संसारमा के भईरहेको छ, कसरी संसार आधुनिकतामा अगाडी बढीरहेको छ जस्ता कुरा थाहा पाउन सकिन्छ । यसबाट समाजमा मानिसलाई आधुनिताको विकास गर्न सहज हुन्छ भने अर्कोतर्पm यी संचारका माध्यमहरु आफैँमा आधुनिक साधनहरु हुन् । समाज आधुनिक सभ्यताको मार्गमा हिड्न थाल्दछ । विद्युतको सुविधा भएपछि घरायसी तथा व्यवसायिक प्रयोगका आधुनिक साधनहरु फ्रिज, आइरन, वासिङ मेसिन, हिटर, लुगा सिउने मेसिन, विद्युतीय किट्ली, सिकर्मीडकर्मीका औजारहरु आदिको प्रयोग हुन सुरु हुन्छ । यसबाट समाज आफैँमा आधुनिकतातिर लम्किन्छ ।
२. दैनिकी परिवर्तन
       विद्युतसेवाले ग्रामीण मानिसका दैनिकीमा नै परिवर्तन हुन सक्छ । विद्युतीय मीलको स्थापनाबाट ग्रामीण महिलाहरुको दैनिकीमा ठूलो परिवर्तन हुन सक्छ । दैनिकको ढिकी जातोबाट मुक्त भएर उनीहरु अन्य अतिक्ति आय आर्जनका काममा लाग्न तथा सामाजिक कार्यमा लाग्न सक्छन् । कतिपय घरायसी कामहरु रातको समयमा पनि विजुलीको उज्यालोमा गर्न सकिन्छ । मानिसले मान्छे बोकाएर मट्टीतेल, दाउरा ल्याउने कार्यमा न्यूनता आउँछ ।
३. शैक्षिक गुणस्तरमा सुधार
       ग्रामीण क्षेत्रमा अभैmसम्म पनि टुकी वा दियालोको उज्यालोको पढ्नुपर्ने बाध्यता छ । यसले वायु प्रदुषण, आगलागीको खतरा, हावाले निभाउने जस्ता समस्याले पढ्ने विद्यार्थीको पढाईमा बाधा पु¥याइरहेको हुन्छ । यसबाट ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर खस्किरहेको छ । विद्यार्थीले पढ्ने चाहना हुँदा पनि उज्यालो वत्तीको अभावमा पढ्न पाइरहेका छैनन् । ग्रामीण विद्युतीकरणले यी समस्याका समाधान गरी शैक्षिक गुणस्तर सुधार्न मद्दत गर्दछ । घरायसी कामको भार कम भएपछि विद्यार्थीले पढ्ने समय पनि उपलब्ध हुन्छ । विद्यालयमा पनि शिक्षणका आधुनिक साधनहरु जस्तै प्रोजेक्टर, कम्प्यूटर लगायत श्रव्य दृष्यका अन्य सामग्रीको प्रयोग गर्न सकिन्छ । शिक्षणका क्रममा अनलाइन सामाग्री तथा सनदर्भ सामग्रीको प्रयोग सम्भव हुन्छ । जसबाट शैक्षिक गुणस्तरमा सुधार हुन्छ ।
४. सूचना संचारमा सरल पहुँच
       विद्युतको सरल पहुँचबाट सूचना तथा सञ्चारको पहुँचबाट टाढा रहेका जनसमुदायको पहुँच सूचना तथा सञ्चारमा पुग्दछ । रेडियो तथा टेलिभिजनको सुविधा सजिलै उपभोग गर्न पाएपछि त्यसको माध्यमबाट विश्वका घटना तथा परिघटनाबारे ग्रामीण जनतालाई जानकारी हुन्छ । त्यसका साथै फोन तथा मोबाइलको प्रयोगबाट आपूmभन्दा टाडा रहेका देश विदेशका आफन्त, साथीभाईसँग सम्पर्क सहज हुन्छ । यसरी देशविदेशका घटना, समाचार ग्रामीण जनताको पहुँचमा आउँदछ । इन्टरनेटको सहज पहुँचबाट सञ्चारको अत्याधुनिक साधनमा ग्रामीण पहुँच पुग्दछ । यी सञ्चारका आधुनिक साधनहरु विद्युतविना असम्भवप्राय छ भने भएपनि सरल हुँदैन । 
५. नवीकरणीय अनवीकरणीय ऊर्जाको प्रतिस्थापन
       ग्रामीण वस्तीमा दैनिक रुपमा प्रयोग हुने ऊर्जाहरु विशेषतः मट्टीतेल, ग्याँस तथा अन्य पेट्रोलियम पदार्थहरु अनवीकरणीय स्रोत हुन् । अनवीकरणीय ऊर्जाको उच्चतम प्रयोगबाट विश्वमा ऊर्जा संकटको खतरा बढेको छ । साथै दैनिक खाना पकाउन प्रयोग हुने दाउरा नवीकरणीय स्रोत भएपनि अनन्त स्रोत होइनन् । ग्रामीण विद्युतीकरणले मट्टीतेलको पुरै प्रतिस्थापन गर्न सकिन्छ भने ग्याँस, दाउरालाई पनि केही मात्रामा प्रतिस्थापन गर्न सकिन्छ । यसबाट ऊर्जाको प्रतिस्थापन सम्भव हुन्छ ।
६. आर्थिक भारमा कमी
घरेलु तथा अन्य विभिन्न प्रयोगका लागि ग्रामीण समाजमा लालटिन, बत्ती, रेडियो, क्यासेट, टर्चलाइट, जेनेरेटर जस्ता साधन प्रयोग भइरहेका हुन्छन् । ती साधन र त्यसका लागि मट्टीतेल, ब्याट्री नियमित रुपमा किनिराख्नुपर्दाको आर्थिक भार ग्रामीण विद्युतीकरणले घटाउँदछ । यसबाट स्थानीय तथा स्वदेशी मुद्रा बाहिरिने क्रम पनि कम भएर जान्छ ।
७. घरेलु उद्योग तथा व्यवसाय प्रबद्र्धन
       ग्रामीण क्षेत्रमा आर्थिक तथा अन्य पूर्वाधारको अभावमा ठूला उद्योगधन्दा स्थापना तथा सञ्चालनका लागि सम्भव हुँदैन । ग्रामीण क्षेत्रमा उपलब्ध स्रोत साधनको उपयोग गरी स्थानीय जनताको आर्थिक स्थिति सवलीकरण गर्न घरेलु उद्योग स्थापना तथा अन्य स्थानीय व्यवसायलाई प्रबद्र्धन गर्न आवश्यक हुन्छ । जसका लागि विद्युत शक्ति आवश्यक हुन्छ । ग्रामीण विद्यतीकरणबाट पिठो, धान तथा तेल मील, साना बेकरी, सिलाई कटाई व्यवसाय, चर्खा, इमेल इन्टरनेट सेवा, पोल्ट्री फर्म जस्ता साना लगानीमा सम्भव हुने साना व्यवसाय संचालन तथा प्रबद्र्धन गर्न सकिन्छ ।
८. वातावरण प्रदुषण न्यूनीकरण
       ग्रामीण विद्युतीकरणबाट मट्टीतेल, दाउरा, ब्याट्री आदिबाट हुने वायु, भू तथा जल प्रदुषण न्यूनीकरणमा सहयोग पुग्दछ । विद्युतीय मेशिनबाट ध्वनी प्रदुषण न्यूनीकरणमा सहयोग पुग्दछ । समग्र रुपमा ग्रामीण विद्युतीकरणले वातावरण प्रदुषण न्यूनीकरणमा सहयोग गर्दछ ।
९. कार्यालय संचालनमा सहजता

       ग्रामीण क्षेत्रमा कम मात्रामा भएपनि विभिन्न सरकारी तथा गैर सरकारी निकाय रहेका हुन्छन् । विद्युतीय शासनको अवधारणासम्म विकास भईसकेको यस जमानामा कार्यालयको दैनिक कामकाज सञ्चालन गर्न विद्युतीय स्रोतविना असम्भव नै नभए पनि अपुरो भने रहने गर्दछ । कम्प्यूट, प्रिन्टर, टेलीफोन, फ्याक्स, इन्टरनेट जस्ता विद्युतीय साधनविना कार्यालय सञ्चालन गर्न गाह्रो हुने भएकोले ग्रामीण विद्युतीकरणको महत्व कार्यालय सञ्चालनमा पनि रहेको छ ।

No comments: