Sunday, June 13, 2021

गुगल म्याप के हो? यसको आविष्कार कसरी गरियो?

-          गुगल म्याप के हो? यसको आविष्कार कसरी गरियो?

                                                        - केडी रेम्निसिङ कुलुङ

गुगल म्याप त्यस्तो एप हो जसले दुनियाँका हरेक स्थानको बारेमा जानकारी प्रदान गर्दछ । कहाँ कुन स्थानमा बैंक छ । कहाँ रेष्टुरेण्ट । कहाँ पुल छ कहाँ वजार । सडकको आकार कस्तो छ । सम्पूर्ण वास्तविक जानकारी गुगल म्यापमै भेटिन्छ । जसको लागि तपाईसँग इन्टरनेटको पहुँच आवश्यक छ र एण्ड्रोइड फोन कम्प्युटर वा त्यस्तै प्रकारको इन्टरनेट डिभाइस आवश्यक हुन्छ । पृथ्वीमा भएका हरेक सानो देखि ठूला चीज वस्तु स्थान भवन सबै गुगल म्यापमा भेटिन्छ ।

गुगल  म्यापको अर्को महत्वपूर्ण प्रयोजन भनेको एक स्थानदेखि अर्को स्थानसम्मको दुरी देखाउनु हो । मेजरिङ टेपले नापेर सम्भव नहुने स्थानविचको दुरी मात्र तपाईलाई वताउदैन कि यसले ती स्थानविचको यात्रा गर्न लाग्ने समय समेत देखाउँछ । पैदल जाँदा कति समय¸ गाडीमा जाँदा कति समय¸ कुन कुन स्थान हुँदै सो स्थानमा पुगिन्छ सबै जानकारी एकै मिनेटमा वताइदिन्छ ।

यति धेरै महत्वपूर्ण र युजफुल एप कसरी बनेको हो भन्ने कथा भने साह्रै साधारण छ । अमेरिकामा सुन्दर पिचाई भन्ने व्यक्ति एकदिन आफ्नो कामबाट घर फर्किदैँ थिए । सहरको विचमा अचानक उसले बाटो भुल्यो र त्यो दिन उसले श्रीमतिको गाली मात्र खाएनन् उनलाई घरबाटै श्रीमतीले निकालीदिए । उनी आफ्नो अफिर पुगेर यो सोँच्न थाले कि मैले बाटो भूलेँ । दैनिक दुनियाँमा कति जनाले यसरी बाटो भुलीरहेका छन् । यसको समाधान कसरी गर्ने र यसबाट सेवा दिएवापत कसरी कम्पनीले फाइदा लिने भन्ने बारे सोचेको सोच्यै विताए थुप्रै समय । त्यसपछि उनले आफ्नो कार्यालयका टीमलाई बोलाए र छलफल गरे । र अन्तमा गुगल म्याप बनाउन सफल भए । हाल यस म्यापको प्रयोग हरेक वजार क्षेत्रमा हुने गर्छ । यसबाटै पठाओ टुटल जस्ता कम्पनीले नेपालमा पनि सफलतासाथ व्यापार गरिरहेको छन् । यसरी आफ्नो हरेक समस्यालाई साधारण मान्छेको तर्फबाट सोच्ने हो भने कस्ता आविष्कार गर्न सकिन्छ भन्ने कुरा पनि यसबाट सिक्न सकिन्छ ।