हाम्रो देश नेपाल हिमाल, पहाड र तराई मिलेर भनेको अति सुन्दर सदावहार, पुष्पपल्लवी, अनि प्रकृति नै प्रकृतिले सजिएको छ । हुन पनि हो प्रकृति भने पछि चरा चुरुङ्गी, जङ्गली जनावर र हामी मानव जो कोहि पनि रम्ने गर्दछौं त्यसैले प्रकृतिसँग रम्न अनि आफ्नो पारिवारीक खुसी मनाउनको लागि पर्यटकहरु पनि नेपालको साँस्कृतिक सम्पदा, प्रकृतिक सम्पदा, पुरातात्विक सम्पदा आदिको अवलोकन गर्नको लागि वर्षेेनि आउने गर्दछ ।
सोलुखुम्बुको महाकुलुङ भने पछि सबैले बुझ्ने गर्दछ की
सोलुखुम्बु जिल्लाको र्दुगम गा.वि.स.हरु बुङ, छेस्काम, गुदेल हो त्यहा
कुलुङबस्ती रहेको छ, तर त्यस बस्ती भित्र के कस्तो सम्पदाहरु रहेको छ
त्यसको कुनै पनि लेखा जोखा छैन जिल्लासँग । नेपालमा अहिले कै परिस्थीतिले
हेर्ने हो भने हाम्रो महाकुलुङ क्षेत्रमा न त विकासको काम नै पुग्न सक्छ न त
त्यहाको सम्पदाको जगेर्ना नै हुन सक्छ । त्यहाका स्थानिय जनताले मात्र कति
दिन सम्म त्यस क्षेत्रको सम्पदाको संरक्षण र सम्वर्दन गरिरहन सक्छ त ?
आज राज्यको नजर नपुगेको थोकोपैस झरनाको विषयमा मलाई केहि कुरा
लेख्न मन लागेको छ, त्यसैले सोलुखुम्बु जिल्लाको सदरमुकाम देखि १७ कोष टाढा
रहेको महाकुलुङ क्षेत्रमा रहेको एक सुन्दर र अग्लो रहेको छ थोकोपैस झरना ।
यो झरना करिब ३०० मिटर अग्लो छ तर यसको कुनै संरक्षण गर्ने प्रयास नै छ न त
कसैको चासोको विषय नै भनेको छ । समय बित्दै जान्छ त्यस क्षेत्रको
जनसंख्या बृद्धि तिब्र रुपमा हुदै गई रहेको छ, अहिले हेर्ने हो भने वर्षतको
समयमा मात्र त्यस झरनाको प्रत्येक श्रृङ्गारिकतासँग खेल्न सकिन्छ भने
त्यहा खाने पानीको अभावका कारण चिङ्केम्माला, जम्कोत, बनाम्बस्को, झरिङ्गे,
वास्सेम्ला आदि ठाऊतिर कुलो खनेर पानी लान थाले पछि त्यसको संरक्षणको
विपरीत हिउद महिनामा त त्यस झरनामा पानी झरेको नै टाढाबाट देख्न नसकीने
भईसकेको छ ।
थोकोपैस नाम कुलुङ भाषामा राखिएको हो भन्ने किम्वदन्ती पाईन्छ,
थोकोपैस दुई वटा शब्द (थोको + पैस) मिलेर भनेको हो कुलुङ भाषमा थोको भनेको
भिर मौरीको मह काट्नको लागि भिरमा जानको लागि मालिङ्गोको चोयाले बुनेर
बनाएको एक प्रकारको सिढी हो यसको प्रयोग गरे पछि अग्लो–अग्लो भिरमा पनि जान
सकिन्छ । र पैस भनेको छुन जानु हो । धेरै पहिला कुलुङ खुक्सुहरु त्यस
ठाऊमा भिर मौरीको मह काट्न जाने गर्दथे र अहिले पनि त्यस झरनाको छेऊछाऊमा
भिर मौरी बस्ने गरेको छ । किमवदन्ती अनुसार थोको प्रयोग गरेर मात्र त्यहाको
भिर मौरीको मह निकाल्ने गर्दथे र त्यस झरना लाई छुन पुग्दथे त्यसैले पछि
त्यहि मह काट्ने ठाऊको झरनाको नाम अहिले शाब्दीक रुपमा थोकोपैस झरना रहन
गएको हो ।
अन्तमा यस महाकुलुङ क्षेत्रमा रहेको थोकोपैस झरना
लगायत प्रकृतिक सम्पदामा पनि राज्यको नजर पुग्ने हो भने यो एक पर्यटकिय
पदमार्ग हुनेछ र त्यस र्दुगम मानिएको क्षेत्रभित्र बस्ने कुलुङहरुले पनि
आफ्नो व्यवसायलाई फस्ताउने छ । बेरोजगार कुलुङ युवाहरु पनि स्वरोजगार
युवाको रुपमा स्थापित हुनुका साथै हाम्रो देशको पहिचान र गौरवमा पनि अवस्य
टेवा पुग्ने छ । त्यसैले राज्यको नजर अब महाकुलुङ क्षेत्रमा पनि हुनु पर्छ
भन्ने हाम्रो माग हो र जरुर पनि छ ।
No comments:
Post a Comment