कसरी छुटे पिल्मोस् र नाम्लुवास
संकलक : केडी रेम्नीसीङ, सोलुखुम्बु
धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने चालचलन भने कायम नै थियो । यो किराती वंशको समुदायभित्र पनि वंशजीय रुपले फरक फरक वंशका समूह थियो । ती समूहहरुमध्ये खप्दुलुका सन्तानहरु हालको बुङको पिल्मो गाउँमा फैलिएर रहन थाले ।
खप्दुलुका श्रीमती साम्पाङ गाउँकी साम्पाङ थरकी थिइन् । साम्पाङ थरकी श्रीमतीबाट तीन छोराहरुको जन्म भयो । जेठा छोराको नाम ताप्तीमुर, माइलो नारिजन र कान्छा छाम्पानाम् रहेको थियो । ती तीन सन्तान सानै हुँदा बुवा खप्दुलुको देहान्त भएकोले उनकी श्रीमती तीन छोरा साथमा लिई माइतमै बस्न रहन थालिन् । केही समयपछि उमेर छदैँ उनीहरुका आमाले पनि संसार छेडिन् । तीनजना टुहुराहरु हजूरआमाको हेरविचारमा रहन थाले ।
साम्पाङ गाउँमा हुर्कीरहेका तीन दाजुभाईहरु ठूला भएपछि मामाहरुसँगै सिकारमा हिँड्न थाले । कान्छा छाम्पानाम भने सानै भएकोले घरमै बस्ने गर्दथ्यो जेठा र माइला मात्र शिकारमा जान्थे । शिकारमा जाँदा भाञ्जाहरुले हानेको तीरले शिकार मर्ने र मामाहरुले हानेको तीर नलाग्ने हुन थालेपछि मामाहरु चकित भए । भाञ्जाहरुको कारणले गर्दा मामाको तीर नलाग्ने भएपछि मामाहरुमा ईश्र्याको भाव जाग्नु स्वाभाविक नै थियो ।
मामाहरुको मनमा भाञ्जाहरुलाई सिध्याउने सोँच आयो । भाञ्जाहरुलाई डुङ्गामा चढाई अरुण खोला तार्ने र बीच नदीमा पुगेपछि डुङ्गा पल्टाई दिने र भाञ्जाहरुको लीला अन्त गरिदिने गोप्य योजना तयार भयो । सतीघाट भन्ने स्थानमा लगेर तीन जना भाञ्जालाई मार्ने त्यो गोप्य योजना संयोगवश उनीहरुको हजूर आमाले संकेत पाइन् । हजुर आमाले कान्छा छाम्पानाम लाई चिण्डो तल्लो भागबाट प्वाल पारी धारा पठाइन् । पानीले चिण्डो भरेपछि मात्र घर फर्किन आदेश दिएर पठाको हुनाले दिनभरी भर्दा पनि चिण्डो पानीले भर्दै भरिएन । प्वाल पारिएको चिण्डो भरिदैँन भन्ने ज्ञान पनि नभएकोले ऊ वेलुकी मात्र खाली चिण्डो लिएर घर फर्किए ।
यसरी छाम्पानाम् मामाहरुको षड्यन्त्रबाट बच्न सफल भए तर दाईहरु ताप्तीमुर र नारीजनले सतीघाट निरै ज्यान गुमाए । बचेका छाम्पानामलाई उनका हजूर आमाले लुकाई छिपाई हुर्काइन् । छाम्पानाम हुर्कि बढेपछि उनका हजूर आमाले उनलाई उसको आफ्नो पैतृक थाकथलो र पैतृक घर सम्पत्ति खोज्न पुर्खाको थाकथलो पठाइन् । छाम्पानाम हालको महाकुलुङको गुदेल आइपुगेपछि त्यहीँ एक ओढारमा आफ्नो पुख्यौली थलो खोज्दै धेरै समय बसे । सो ओढारलाई हाल छाम्पानाम ओढार नामले चिनिन्छ ।
छाम्पानाम ओढारबाट निस्केर हिँडेपछि खप्री भन्ने ठाउँमा गई बस्न थाले त्यतै रहँदा बस्दा त्यतै भेटिएकी खप्दुछेइम नामकी एक नारीसँग उनको प्रेम हुन गयो । यो थाहा पाएपछि खप्दुछेइमका माइतिहरुले उनीहरुलाई त्यहाँबाट धपाइदिए । दुईजना हालको पिल्मो भन्ने गाउँमा गएर बसोवास गर्न थाले ।
छाम्पानाम र खप्दुछेइमको कोखबाट पाँच भाई छोराको जायजन्म भयो । सो मध्ये जेठा छोराको नाम होनित्ती, माइला लोवात्ती, साईँला सुर्वा, काईँला मोरोमुल र कान्छा गोक्तुलुस भए । यतिकैमा खप्दुछेइमको देहान्त भयो । खप्दुछेइमको मृत्युपछि छाम्पानामले राखा भन्ने गाउँबाट अर्को विहे गरेर ल्याए । सो दोस्री श्रीमतीबाट अर्को छोराको पनि जन्म भयो, जसको नाम थोप रहन गयो । बढ्दै जाँदा जेठी पट्टीका सन्तानहरु मृत्यु संस्कार जान्ने र कान्छी पट्टीका छोरा तोस् पुँज्ने नोक्छो (भुमे पुँज्ने धामी) भए ।
केही वर्षको पिल्मो बसाईँपछि थोपका सन्तानहरु सात्दी र देनाम गाउँतिर गएर बसोवास गर्न थाले । सात्दि र देनाम अहिले बुङ गाविसमा पर्दछ । सात्दी गाउँमा मरण भएमा पिल्मोबाट मृत्यु संस्कार गर्ने मान्छे लिएर आउनुपथ्र्यो र पिल्मोमा तोष गर्नुपरेमा सात्दीबाट नोक्छो बोलाउनुपथ्र्यो । यसरी नै चालचलन चलि आएको थियो ।
आवधिक खेतीप्रणालीमा आधारित समाज भएकोले सात्दी गाउँबाट थोपका सन्तानहरु नयाँ जग्गा र शिकार पाउने आशामा कसैको वस्ती नबसी सकेको पारी गाउँ गएर बस्न चाहन्थे । सोही अनुसार उनीहरु हुँगा खोलाभन्दा पारी पट्टी रहेको गाउँमा बसाईँ सरे । सो स्थानलाई हाल नाम्लु भनेर चिनिन्छ, नाम्लु गाउँ गुदेल गाविसमा पर्दछ । हुँगा खोला ठूलो भएतापनि जंगल र झाडी भएका कारण वारी र पारीपट्टीका झाडी हुँदै तर्न सकिने किसिमको थियो । थोपका सन्तानहरु सात्दीबाट नाम्लु जाँदा हुँगा खोलामाथि झाँगिएको ठोट्नेको झाङमाथिबाट तरेर गएका थिए । यसरी वारी पिल्मो र पारी नाम्लु टाडा हुँदा पनि मृत्यु संस्कार र तोषमा एकअर्कामा सहयोग आदान प्रदान भई नै रहेको थियो ।
समय परिवर्तन हुँदै गयो, जनसंख्या वृद्धि हुँदै गयो, खेती प्रणाली विकसित हुँदै गयो । खोलामा भएका जंगल र झाडी हराउँदै गए । एकपल्टको वर्षाको बाढीमा हुँगा खोलाको किनारा यति बढेर गयो कि वारीका मान्छे वारी पारीका मान्छे पारी रहन बाध्य भए । त्यतिखेर साँगो थाप्ने बुद्धि कसैसँग पनि थिएन । यसकारण पारीको मृत्यु संस्कार बुझाउने लाछोछा पिल्मोमा नै रहे भने तोष गर्ने नोक्छो नाम्लुमा नै रहे ।
यसरी एकअर्कामा नोक्छो र लाछोछाको साटासाट गर्न असम्भव भयो । एकदिन खोलाको दुई किनारमा दुवै पट्टिका दाजुभाईहरु जम्मा भए र एक सहमती गरे । सो सहमती अनुसार नाम्लु बस्नेले तोष गर्ने र पिल्मो बस्नेले मृत्यु संस्कार गर्नुपर्ने भयो । यसरी पिल्मोहरुले तोष गर्न छोडे भने नाम्लु बस्नेले मृत्यु संस्कार गर्न छाडे । नाम्लुमा बसेका थोपका सन्तानहरुमध्ये केही सन्तान चोचोलु गाउँसम्म फैलिन पुगे । चोचोलु हाल गुदेल गाविसमा पर्दछ ।
फुर्गेल्जे बुढो
कोलाम डाँडामा साइबर क्याफे खोल्ने सपना उनेको धेरै भै सक्यो तर उनेको र बुनेको वीच खुबै फरक पर्दो हो । बुन्न सकिएको छैन आकार दिनलाई त्यो सपनाको । तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द गे्रट हिमालयन ट्रेलले यस क्षेत्रका धेरै स्थानहरुलाई गुगल अर्थसम्म पु¥याउने कोशिस गर्दैछ । तर यो थाहा छैन यस उपत्यकाका बासिन्दालाई, थाहा होस् पनि कसरी? के हो गुगल अर्थ? के गर्छ त्यसले? यी सबमा गाउँले कुहिरो भित्रका काग छन् । किनकी यो त सदरमुकाम बासीहरुको आँखामा एउटा राउटे वस्ती हो ।
तर जे जस्तो भएपनि आफ्ना सहकर्मी साथीहरुलाई सपना सुनाउन छोडेको छैन फुर्गेल्जे बुढोले । पेशाले शिक्षक बुढा भन्छन् ‘मेरापिक र लुक्लासम्मको पदमार्गलाई यताबाट पनि बैकल्पिक बाटोको रुपमा विकास गर्न सके ‘कोलाम डाँडा’ एउटा सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्य हुनसक्ने देखिन्छ । त्यहीनिर साइबर क्याफे खोल्ने मेरो धोको छ । सनरुमभित्र कफी र इन्टरनेटको मजा लिदैँ हुँगु उपत्यकाको सुन्दर दृष्यावलोकन गर्ने अनुपम मौका पाउनेछन् स्वदेशी तथा विदेशीहरुले ।’
सपना सुन्दर छ । सम्भव पनि, तर सुन्नेमध्ये एकजना स्थानीय सहकर्मी बाहेक अरुले पानीको फोकासरी लिइदिए उनका कुरा । त्यो एकजनाले पनि ‘एकदम राम्रो विचार सर’ बाहेक अरु थप्न सकेन । केही साथीहरु रातको ११–१२ बजेसम्म कोलामको डाँडामा बसेर फेसबुक तथा इन्टरनेट चलाएकोे इतिहास सुनाउँछन् ।
‘त्यसरी क्याफे खोल्ने हो भने तपाई साथीहरु पनि यसो चेलीवेटी सँग घुम्न आउँदा रमाइलो र सुविधाजनक हुनेछ ।’ व्यांग्यात्मक भाषा बोल्यो बुढो । किनकी त्यही उसको कुरामा चासो दिने मान्छेसँग अस्ती भेट भा थियो कोलाम डाँडामा । त्यतीखेर बुढो नेटमा अपडेट भएर फर्कदैँ थियो । कुुरो के भने त्यो साथी सहरमा पढ्दा ताकाको एक केटी साथी सँग थियो । उनीहरु गाँउमा स्क्रीन टच क्यामराले खिचेका दृष्यहरु सहरका आफ्ना साथीमाझ फेसबुक मार्पmत सेयर गर्न जाँदै थिए । फुर्गेल्जे बुढोले यो देखेर उनीहरुलाई संज्ञा दिएका थिए युगल जोडी । तर व्यांग्यलाई कुरो घुमाइयो अर्कै नाम दिइयो ।
हुन पनि यस क्षेत्रमा इन्टरनेट प्रयोग कर्ताहरुको एकमात्र उपयुक्त स्थान यहीँ डाँडा थियोे । ल्यापटप लिएर मोडेमको सहायतामा एनसेल र सीडीएमए प्रविधिबाट सञ्चारको अत्याधुनिक माध्ययम इन्टरनेट सेवा उपभोग गर्नेहरु तथा मोबाइल डाटाको माध्यम प्रयोग गर्नेहरुको आकर्षणको केन्द्र बनेको हो यो डाँडा । यो रहर थोरै बाध्यता धेरै थियो । मानव वस्तीबाट केही टाढाको यो स्थानमा इन्टरनेट क्याफे स्थापनाको सपना बुन्दै गरेका सृजनात्मक सोँचका धनी बुढाले कोलाममा साइबर क्याफे खोलेनन् उतिखेर । खोले ‘सुनदेखि नुनसम्म, सुर्तीदेखि मूर्तिसम्म’ को दोकान । त्यो दोकानको दुइटा कान थिएन धेरै कान थिए । दोकान सँगै पिठो पिस्ने विद्युत मिल अनि नर्सरी विरुवा उत्पादन केन्द्र । फस्टायो दोकान, फस्टायो मिल अनि फस्टायो नर्सरी । तर ती सँगै विलाए साइबर क्याफेको सपना ।
भन्ने गर्थे ‘महंगो रहेछ जग्गा’ ।
अस्ति नै शनिबारको दिन उनको पसलमा एउटा सहरिया छोरोको आमा आएकी थिइन् । भनिन् ‘छोराको मुहार नदेखेको दश वर्ष भयो । फोन भन्छ, फेसबुकमा तपाईको बुहारी र नातिनाको फोटो हालेको छु हेर्नु भनेर, मोराले सहरमै बिहा ग¥यो, बुहारी कस्ती छे, सबभन्दा धेरै त नातिना कस्ती छिन् होला, लौन बाबु तिमी नै यो गाउँको मास्टर देखाइदिनु प¥यो फोटो ।’ प¥यो फसाद अब उसले सम्झायो ‘यहाँबाट त हुँदैन त आमा ।’ आमा छक्क परिन् ‘हैन छोरोले त तिम्रै नाम लिएर पठाको त साथी छौ रे नि तिमीहरु । बरु पैसा कति लाग्छ तिरौँला ।’
यो आमालाई थाहा छैन उनले जति पैसा सोचेकी छिन् त्यसको हजार गुणा खर्च गर्दा पनि आउदैन यहाँ इन्टरनेट । भन्यो ‘ल ठिकै छ, डाउनलोड गर्छु अनि ल्याउँछु पछि आउनु होला हेर्न ।’ बुझिनन् डाउनलोडको अर्थ र भनिन् ‘के भनेको मलाई कुइरेको भाषामा? बुझिनँ ।’ हम्मे प¥यो उसलाई सम्झाउनको लागि ।
गाउँघरमा भन्ने गर्छन् प्राय सबै, ‘यी एफ.एम.ले त संसारको सबै खबर दिन्छ त, कसरी थाहा हुन्छ उनीहरुलाई? विश्वभरी उनीहरुको मान्छे छन् कि क्या हो?’ यो भयो इन्टरनेटको अर्थ र महत्व नबुझ्नुको पिडा ।
यसै वीच छिमेकी गाउँमा आयो ल्याण्डलाइन फोन आयो । भन्ने गर्थे कुन नेताले हो कि सांसदले पहल गरिदिएका रे, उसलाई गत चुनावमा भारी भोट प्राप्त भएको गाँउ भनेर । आएन यो केलामको गाउँमा फोन लाइन, जोडिएन इन्टरनेट । गाँउका बुज्रुकहरु भन्ने गर्थे ‘विकास पनि भोटले किन्नुपर्ने, हामीले दिएका थियौ नि यो भन्दा अघिल्लो चुनावमा भोट । विजुली निकालिदिन्छु भनेर, दिएन त विजुली ।
एउटा महाविर पुन विउँझिने अभिलाशामा कोलामको गाउँ निदाएको छ । जन्मे त धन्यवादको म्यागासेसे पाउथे कि? बुढाले आफ्नो सोच घरपरिवारका सदस्यलाई सुनाउँछ । परिवारका सदस्य हाँस्न भन्दा बढी सकेनन् त्यो पनि उडाउने हाँसो । म्याग्दीको ग्रामिण वस्तीमा कुन क्रान्ती भयो होला, इन्टरनेटको पहुँचले? यो कोलामको गाउँ अनविज्ञ छ ।
कुरो जे चलेपनि कोलामको गाउँमा आएन इन्टरनेट । एकदिन कुन जोशमा हो आफ्नो ल्यापटप खोलेर एउटा डकुमेन्ट फाइल पर्मानेन्टली डिलिट ग¥यो फुर्गेल्जे बुढोले । त्यो फाइलको नाम थियो ‘कोलाम साइबर क्याफे ।’
मलमासको अन्त्य
‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि विस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै व्यवसाय भएको इन्द्रसँग दोस्तीको सुरुवात गरेदेखि उनले यस्ता धेरै मौका पाएकी छे खान ।
आज धरानको बुढासुब्बा जाने दिन हो सिमरनको । सिमरनले नाईँ भनेकी हुन् तर नास्ती गर्न सकिनन् इन्द्रको प्रस्तावमा । उनलाई राम्रोसँग थाहा छ कि इन्द्रकी श्रीमती सिमरनकै गाउँले छिमेकी दिदी हुन् । तर के जान्छ र उनको यदि आपैmँ जल्न आउँछ भने उनको पैसा सिद्धयाउने, मोज गर्ने अन्तमा आफ्नो बाटो लाग्ने । धरान जस्तो रहरले आकाश चुम्ने शहरमा यस्ता दुधालु गाई भेटाउनु भाग्यको कुरा हो सिमरन जस्ता केटीका लागि । सिमरन समयमै भानुचोक आइपुगिन् । इन्द्रको बाइक पछाडी चढेर पुगिन् पिण्डेश्वरी, पञ्चकन्या र बुढासुब्बा । इन्द्रकै आग्रहमा बुढासुब्बाको दुई धागा बाधिए देबे्र नाडीमा । साँझ उसले दिएको आइफोन उपहार स्वीकार्दै पुगिन् आफ्नो कोठा ।
कोठामा हुनेवाला भाउजु आइसकेकी रहिछे । साढे दुई वर्ष भयो दाई भाउजुको परिचय भएको । आदर्श प्रेम गर्छन् उनीहरु, मगनी नि भयो यो पाली । प्रेमपछि सबैले प्रेम विवाह गर्छन् तर उनीहरु प्रेमपछि नि मागि विवाह गर्दैछन् । फोन आयो इन्द्रको, भाउजुले शंका गरी, सोधी ‘नानी कोहीसँग चक्कर छ चलेको छ कि क्या हो ।’ जवाफमा हाँसेर भनी ‘फसाउनु र खाइदिनु मात्र हौ । यस्ता केटाहरु, आपैmँ जल्न आउनेलाई काँध हाल्न सकिँदैन रामराम भन्ने मात्रै हो ।’ चुप लागिन् हुनेवाला भाउजु । सायद आपूmले पूर्णरुपमा भाउजुको दर्जा प्राप्त नभइसकेकोले नि होला । दाईलाई फोनमा भनिन् ‘सायद नानीले गलत गर्दैछिन्, यस्तो उस्तो भन्छे तर केटीको जिन्दगी सादा कागज हो । दाग लागेपछि मेटिन्न । फसाउछु भनिन्छ, फसिन्छ । मैले सम्झाउने आँट गरिनँ, सक्नुहुन्छ भने सम्झाउनु ।’
‘गाउँ जान लागेको, बाटो खर्चले नै नपुग्ने भोे ।’ सिमरनले फोनमा समस्या पोख्दै थिइन् । बेला–बेला फोनमा रिचार्ज गरिदिने हुनाले सकरात्मक आशाले फोन गरेकी थिइन् सिमरनले । आशा अनुरुप नै इनद्रले कति चाहिने कुरा सोध्यो । ‘दश हजार, तर फर्किने वित्तिकै फर्काउछुु ।’ सिमरनको जवाफमा भानुचोकमा भोली भेट्ने र त्यहीँको सिनेमा हलमा चलेको नेपाली फ्लिम अन्दाज हेर्ने र पैसा पनि दिने सल्लाह भयो उनीहरुको । एक प्रकारले दुवैले मौकाको फाइदा उठाउँदै थिए । ‘छिट्टै फर्किनु है, मलाई एक्लो फिल हुन्छ ।’ भन्दै इन्द्रले सिमरनको हातमा दश हजार होइन बीस हजार थमाइदिए । ‘हजुरको श्रीमतीसँग बस्नु न’ भन्दै पैसा लिइन्, ‘थ्याङ्कस् ।’ होटलको एक कुनामा फ्लिम पछिको चाउमिन टाइममा संवाद हुँदै गर्दा इन्द्रले उनको परिवारको एक रहस्य खोले, ‘तिम्रो र मेरो यो दोस्तीले हामी श्रीमान् श्रीमतीको बोलचाल कम भएको करिव तीन महिना भयो । सँधै लिएर आइज, घरमै राख भन्छे । साथीमात्र हौँ भनेको तर नबुझेपछि दुईचार रेस्लिङ गइसक्यो हाम्रो ।’ सिमरनको मन हलचल भो । ‘सरी, हामी विस्तारै टाढिनुपर्छ ।’ सिमरन लाउरे टोलतिर विस्तारै विलाइन् । इन्द्रले देखेसम्म उनको आँखालाई सिमरनको पछि लगाए ।
गाउँ गइन् सिमरन केही समयको लागि, इन्द्रले धरान बसेर फोन बारबार गर्ने तर नेटवर्कको कारण सम्पर्क गाह्रो हुने । एकदिन सिमरन कोलाम साइबर क्याफेमा पुगिन् । फेसबुकमा केही सेल्फी अपलोड गरिन् । उति नै खेर देखा प¥यो इन्द्र, ‘कता हराको? फर्किने
बेला भएन?’ जवाफमा कलेजको एक्जाम हुने बेलामा मात्र धरान झर्ने कुरा गरिन् । उताबाट चाँडै तिम्रो गाउँ आउँदैछु भन्ने कुरा निस्केपछि सक्छौ भने आउ भनेर नपत्याएको भाव पोखिन् ।
फेसबुक च्याटको एक हप्तापछि आफ्नो ढोकामा इन्द्र आइपुगेको देखेपछि सिमरन एकछिन त सपना विपनामा अन्यौलता छायो तर यो यथार्थ नै भएको स्वीकारे पछि उही पुरानो पुनरावृत्ति भयो । त्यो रात इन्द्रले घर छोडेपछि सिमरनले एकपल्ट मनैदेखि सोचिन् आफ्नो जीवनलाई । उनले आफ्नो शरिर चोखो रहेकोमा मात्र गर्व गरिन्, बाँकीमा पश्चात्ताप गरिन् । उनको सँधैको मनको कसम सम्झिन्, मन र शरिर त्यसलाई हो जोसँग जीवन विताइन्छ ।
धरान फर्किँदा सँगै फर्कने कुरामा दुवैको सहमति भयो तर यो कुराको गोप्यता कायम राख्न दुवैले केही साथको त्याग गर्नै प¥यो । बस समाउने ठाउँसम्मको एकल यात्रा पछि सँगै भए दुवै । जाँदै गर्दा इन्द्रको अचानक प्रस्ताव आयो भेडेटार घुम्ने । निश्चिन्त समर्थन गरिन् सिमरनले, इन्द्रले सोचेभन्दा सजिलो तरिकाले । भेडेटारको दृश्यावलोकनपछि नजिकैको पाथीभरा मन्दिर घुम्न गए तिनीहरु । पाथीभरा मन्दिरभन्दा पनि त्यहाँसम्म पुग्ने बाटो बढी रोमाञ्चक रहेछ । पाथीभरा मन्दिरमा भूmण्डिएर रहेको अनगिन्ती घण्टीहरुको एकनासको टिनिनी आवाजले वातावरण मदमस्त भो । फर्किदैँ गर्दा अचानक इन्द्रको आवाज आयो जुन सिमरनको लागि अकल्पनीय थियो ‘आई लव यु सिमरन’ । सिमरन तुरुन्त बोलिन् ‘आई डन्ट नो’ दुवै चुप लागे केही वेर, अनि सामान्य कुराकानीको सुरुवात गरे इन्द्रले । ‘मलाई गलत नसम्झनु तर किन–किन तिम्रो याद मात्र आइराख्छ सदा–सदा । तिम्रो यादमा जलेर म कति पनि बस्न सक्दिनँ, तिम्रो घरसम्म आएँ, तिमीबाट टाढा एकछिन पनि बस्न नसकेर । तर अन्यथा नठान सिमु ।’ सिमु शब्दले सिमरन भावुकमाथि भावुक भई ।
आज राजारानी जाने र भोलीमात्र धरान फर्किने सल्लाहमा सिमरनले केही अस्वीकारोक्ती व्यक्त गरिन् तर इन्द्रको जवरजस्तीलाई टार्न असफल रहिन् । राजारानीको दृष्यावलोकन पछि भोलीपल्ट साँझ भेँडेटारसम्म फर्किए बास बस्न । भेँडेटारको एक होटल बुक गरे । बेलुका खाना अघि एक–एक वियर खाए । खानापछि अर्को एक–एक अनि सेयरमा एक । पुरै पुग्यो सिमरनलाई, तर इन्द्रको प्यास मेटिन बाँकी नै रह्यो ।
विहानै विउँझिए दुवै, सिमरनले होस सम्हाली तर उनी थिइन् इन्द्रको बाहुपासमा । अकल्पनीय वास्तविकता । इन्द्रले बियर खाएर बाँकी रहेको प्यास पनि मेटेको थियो । सम्पूर्ण आपूm गुमाएर उनी कुनै संसारमा थिइन्, सायदै । मलमासको अन्त्य भएको थियो गत रातै ।
एफबीको प्रेम
कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएन सँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले एक स्माइली र ‘वाउ’ सँगै पठाएँ । केही वेर रिप्लाई आएन । कलेजको साथिसँग कुराकानी सुरु गर्दै थिएँ रिप्लाई आयो,‘किन वाउ चाहिँ?’ लेखेँ, ‘सो यु आर नाउ ट्वेन्टी फाइभ इयर्स, आइम टू ।’ तुरुन्त एक स्माइली आयो र केही छिनमै, ‘बट यु आर टु लेट, आइम अल्रेडी इङ्गेज्ड’ जवाफ आयो । ‘हेहेहे......’ लेखेँ अनि साथमा ‘ह्याभ यु गट एनि यङ्गर सिस्टर?’ भनी पठाएँ । जवाफमा ‘सिल्ली ब्वाय’ भनेर लामो हासो पठाइन् ।
यस्तैमा ‘मेरो फेसबुक खोलीदिनु न’ भन्दै एक अधबैंशे महिला आइन् । मैले उनलाई महिला भनेर सम्बोधन गरिराख्नु पर्दैन होला सायद, उनी मेरै नजिककी जानकी दिदी हुन् ।
‘किन दिदी?’
‘मेरो श्रीमान् विदेशमा छ उसको नि फेसबुक छ रे त्यसैले ।’ नजिकै कुर्सीमा बसिन् ।
‘अनि चलाउन जान्नुहुन्छ त?’
‘मोबाइलमा त चलाउन सक्छु होला । मेरो साथी छ नि कुसुम, उनले चलाउने गर्छ, म पनि उसँगै सिक्ने ।’
मैले उनको फोन नम्बर र एउटा पासवर्ड हालेर फेसबुक आइडी बनाइदिएँ, अनि मोबाइल नम्बर कन्फर्म गरेपछि उनको एउटा फोटो पनि प्रोफाइल पिक्चर बनाइदिएँ । पासवर्ड लिएर उनी धन्यबाद भन्दै कफिको अर्को अडरमा लागिन् । मेरो पनि काम सिद्धिएकोले लगआउट गरेर अर्कै कुर्सी तानेर बसेँ । कफिको चुस्की सँगै दिदीले कुरा फेरि सुरु गरिन् ।
‘अनि भाई कहिले काठमाण्डौ फर्किने?’
‘अव मेरो क्लास अर्को महिनादेखि लाग्छ, त्यसैले यो महिनाको अन्तिमतिर होला ।’
‘ए, ल ल राम्रो पढ्नु, हामीले त बेलैमा बिहे गरेर पढाई छोड्यौँ ।’
‘हो त नि है, तर लव गरेर बिहे गर्नु भा त हो नि, त्यो पनि भागि भागि ।’ अलि हाँसेँ ।
‘हो नि, त्यो पनि पन्ध्र वर्षमै, बाबा ममी धनी भएकाले केही कुराको कमी थिएन । तर विहे गरेर जाँदा पो थाहा भयो अभाव भनेको त । त्यसमाथि विहेको एक वर्षमै छोरा जन्मेपछि के खोज्नु अरु त’ मज्जाले हासिन् ।
‘कति कक्षादेखि पो छोड्नु भा’को?’
‘नौ मा पढ्दै थिएँ नि, जिन्दगीका मजाहरु कहाँ लुट्न पाइयो र त । फेरी प्रेम भनेको राम्रो नबुझ्दै विहे भो, अहिले म बाइस वर्षमात्र भएँ तर छ वर्षको छोराको आमा । हेर्नुन अनिसा दिदीलाई, ऊ चौविस वर्षको भई तर स्कुटीमा कलेज जान्छे रे काठमाण्डौमा । खास कति पुगेको उसको पढाई चाहिँ?’
‘उहाँ त किर्तिपुरमा डिग्री पढ्दै हुनुहुन्छ नि ।’
‘मेरो मात्र खप्पर पूmटेको, डिग्र िगरेकै छ वर्ष भइसक्यो.....हा हा हा ।’
बोलक्कड दिदीसँग छुटेको तीन हप्ता पछि म काठमाण्डौ लागेँ । यसवीच म तीनचोटी कोलाम साइवर क्याफे आएँ तर जानकी दिदी आइनन् । डिप्लोमाको अन्तिम वर्ष पढ्न लागेकोले मैले झोलाभरी सपना बोकेको थिएँ, किनकी मेरो सहरबाट आउँदा होस् या सहर जाँदा कोशेली, खाजा केही बोक्ने बानी थिएन । म घर आउँदा भाई र बहिनी ढुक्कले आफ्ना काम गरी बस्थे किनकी मेरो गोजी या झोलाबाट उनीहरुका लागि केही निस्कने वाला छैन भनेर ।
काठमाण्डौ पुगेको करिव छ महिनापछि एक दिन जानकी दिदीको फोन आयो । उनीहरु आमाछोरा त काठमाण्डौ आइसकेका रहेछन् । काठमाण्डौ आको पन्ध्र दिन जति भएको र हाल दिदीसँगै एउटै घरमा छुट्टै कोठा लिएर बसेको पनि कुरा गरिन् । छोरा पढाउन बुढोले काठमाण्डौ बोलाको भनेर मलाई भोली शनिवार भेट गर्न बोलाइन् । फोन राख्दै भनिन्, ‘भाईको धेरै याद आको छ जसरी भए नि आउनु पर्छ है, एउटा विशेष काम पनि छ ।’
भोली दिउँसो दिदीको कोठा पुगेँ, दुवै दिदी बहिनी सँगै भेटिए । उनीहरुका विचमा छोराले मात्र होइन आमाले पनि पढ्ने कुरामा सहमति भइराखेको थियो । मैले पनि थप सम्झाएपछि जानकी दिदी प्राइभेट एस.एल.सी. पढ्ने कुरामा सहमत भइन् । श्रीमान्को आज्ञा मात्र बाँकी रह्यो । चिया र पप खाँदै गर्दा अनिसा दिदीको मोबाइलमा फोन आयो । जवाफमा भन्दै हुनुहुन्थ्यो, ‘ओके, म १० मिनटमा त्यहाँ आइपुगेँ ।’ फोन राखेपछि हतारिनु भो ‘एउटा सानो मिटिङ छ, जान्छु ।’ जानकी दिदीले भनिन्, ‘त्यो मिटिङलाई हामीसँग नि भेटाउनु है ।’ स्कुटरको चाबी लिदैँ, ‘अहिले तँलाई’ भनेर निस्कनुभयो । स्कुटरको आवाज टाडिदै गएसँगै हामीले आफ्नो काम सुरु ग¥योँ । काम के थियो भने मैले जानकी दिदीलाई फेसबुक चलाउन सिकाउने । उहाँको लागि विदेशबाट सामसुङ ग्यालेक्सी आएको रहेछ । तर फेसबुक आइडी खोल्दा उहाँले नाम फेरेकोले कसैलाई थाहा रहेनछ फेसबुक छ भनेर । उहाँको आग्रहमै श्रीमान्लाई एड गरिदिएँ । ४० भन्दा बढी फ्रेन्ड रिक्वेस्ट आएका रहेछन् । उहाँकै निर्देशनमा ‘कन्फर्म’ गरिदिएँ आधा जतिलाई र बाँकीलाई ‘नट नाउ’ ।
फेसबुकको कमाल कमालको छ । जुकवर्गलाई धन्यवाद दिनेहरुमध्ये म पनि पर्छु । मैले अमेरिका, इन्डिया देखि भोजपुर झापासम्मका मेरा आफन्त तथा पुराना साथीभाईलाई भेटेको छु यो क्याफे मार्पmत । परिक्षा देखि समाचारसम्मका जानकारीको माध्ययम यो फेसबुकलाई अव मौलिक हकमा उल्लेख गर्नुपर्ला भन्ने मेरो धारणा बनिसक्यो । यस्तो संचारको बहु उपयोगी माध्ययमको बाहवाही गरेको छु मैले ।
डिप्लोमा अन्तिम वर्षको परिक्षा दिएपछि अलिकति रहर अनि अलिकति वाध्यतामा फर्किएँ गाउँ । रहर यो कारणले कि सात वर्ष अघि छोडेको गाउँको माया आलै थियो । घरायसी समस्याले वाध्यता थियो । अर्कोतिर सहरको त्यो भिँडमा मैले संघर्ष गरेर ठूलै सफलता पाउने आशा शुन्यतामा परिणत भएको थियो । गाउँ आएर करिव पन्ध्र महिना शिक्षण गरेँ । जागिर नै कतै नपाएर विवश भएर आफ्नो गाउँ आएर जागिर खाएको सोच्दथे केही औँलामा गन्न सकिनेले बाहेक । हामी पिडित थियौँ थुप्रै, तर म यो कुरामा अलि बढी नै खुलेर लागेँ । मलाई समग्रमा रुचाइएन । श्रम शोषणको विरुद्ध आवाज उठाउँदा रुचाइदैन भने मेरो भन्नु केही छैन । मैले आफ्नो मेहनतको कदर हुने ठाउँको खोजी गर्न थालेँ । प्रतिस्पर्धाबाट छानिएर सदरमुकाम नजिकै फेरी अर्को विद्यालयमा शिक्षण गरेँ ।
यसै क्रममा मेरो लोकसेवाको परिक्षाबाट जिल्लाकै एक सरकारी कार्यालयमा पदस्थापन भयो । लेखाको काम गर्दै गर्दा फेरी फेसबुक चलाउन सुरु गरेँ । यतिखेर जानकी दिदी पनि मेरो च्याटमा नियमित आउन थाल्नुभयो । जानकी दिदीले एस.एल.सी. सिध्याएर पनि १२ कक्षा नि सिध्याउन लाग्नु भएछ । खुशी लाग्यो, मैले पनि सम्झाएको थिएँ र मान्नुभयो सल्लाह । तर उहाँको फेसबुकमा अपलोड हुने फोटो भने अलि असहज खालकै देखेँ । सहर पसे गाउँकी दिदी यति सहरिया हुनुहोला कल्पना थिएन मेरो । स्टाटस पनि उस्तै खालका, कसैसँग रोमान्स गर्दै गरेजस्तो भान हुने । तर त्यस्तो हुनु स्वाभाविक थियो । किनकी उहाँ विवाहिता नारी हुनुहुन्थ्यो । म विदेशमा रहेको उहाँको श्रीमान्सँग पनि सम्पर्कमा रहेँ । उहाँले एकदिन नेपाल फर्कन लागेको कुरा सुनाउनु भयो । खाडीको देशमा कमाएको पैसा लगानी गरी सानोतिनो व्यवसाय गरी परिवार सँगै बस्ने योजना बुन्नु भएको रहेछ उहाँले ।
एकदिन अफिसको कामबाट केही पूmर्सदमा भएको मौकामा गुगलमा ओशोका केही भनाईहरु सर्च गर्दै थिएँ, जानकीको श्रीमान्को फोन आयो । ‘भाई अफिसमै हो? म पनि यतै सदरमुकाममै छु, भेटौँ न ।’ मैले अफिस पाँच बजे छुटेपछि भेट्ने भनेँ । अलि अर्जेन्ट भएको कुरा सुनाउदै फोन राखे उनले । के होला त्यस्तो अर्जेन्ट? कुनै कुरा सोँच्न सकिराखेको थिइनँ । पाँच बज्ने वित्तिकै फोन आयो कहाँ भेट्ने? वैरागी काइँला चोकमा भेट्ने निधो ग¥यौँ ।
सोलु सदरमुकाम सल्लेरीमा कफिको प्रचलन छ । जहाँ, जहिले, जोसँग नि कफी पिउन सकिने, अरु पेय कम मात्रामा हुने । त्यहीँ कफिको चुस्की सँगै पहिल्यै देखि गम्भिर देखिनु भएका दाइले कुरा सुरु गर्नुभो, ‘वास्तवमा भाईसँग केही गम्भिर कुरा गर्नु छ, कुरा मेरो व्यक्तिगत परिवारको हो । तर सहयोग गर्नुप¥यो वास्तविकता जान्न ।’ म अतालिएँ, ‘मैले के त्यस्तो सहयोग गर्न सक्छु होला र?’ दाईले आफ्नो वरिपरी एकपल्ट हेर्नुभयो र आफ्नै मातृभाषामा सुरु गर्नु भो, ‘भाईलाई त थाहै छ हामीले सानैमा प्रेम विवाह गरेका हौँ र आजसम्म पनि हामी एकले अर्कालाई अति धेरै माया गर्दै आएका थियौँ । मैले जानकीलाई काठमाण्डौ पनि हाम्रै र उसको पनि राम्रो होस् भनेर काठमाण्डौ बोलाएँ, उनले पढ्ने कुरा गर्दा मलाई ज्यादै हर्ष भएको थियो । पछि फेसबुकमा भेट हुँदा साह्रै आनन्द लागेको थियो । हामीले धेरै खर्च गरेर फोन गर्नुभन्दा फेसबुकमा धेरै सस्तोमा कुरा हुन्थ्यो । हामीले दुवै मिली सुखी संसार रच्ने निधो नि गरेका थियौँ । त्यहीँ सपना साकार पार्न मनेपाल आएँ । आएको लगभग आठ महिना भइसक्यो तर यो विचमा सारा सपना टुक्रिएको महशुस गर्दैछु भाई ।’ उहाँ रोकिनुभयो तर मैले दालमा केही कालो भएको भन्दा बढी केही बुझिनँ । किन के भयो र? मैले ‘भन्नु न आफ्नै भाई सम्झेर’ भनेपछि फेरी सुरु गर्नुभयो । ‘म आको देखि नै फेसबुक लुकारउर चलाएको देख्छु, जब म बाहिर निस्कन्छु ऊ फेसबुक चलाउन थाल्ने कुरा छिमेकीबाट थाहा पाएँ, कतिपल्ट त म बाहिर बसेर नेट अन गर्दा उ जहिले पनि अनलाइन हुन्छ । साह्रै नमिठो कुरा त मेरो छोरालाई धेरैपल्ट चाउचाउ पकाएर खुवाएर मात्र विद्यालय पठाको रहेछ । मसँग पनि झर्किन्छे, राम्रो कुरा गर्दिन । मैले धेरै कोशिस गरेँ तर उनको पहिलाको जस्तो माया पाउन सफल भईनँ, मलाई पुरा विश्वास छ त्यो माया अन्तै सर्न लाग्यो, हाम्रो परिवार विग्रन लागेको छ । अचम्मको हुँदो रहेछ माया, यो सर्न पनि सक्छ त्यो पनि यो बेला आएर । कृपया मलाई हेलप गर्नु प¥यो, तपाईँलाई थाहा छ होला उसको फेसबुक पासवर्ड ।’ कुरा उसको टुंगियो तर मेरो मनमा हुरी सुरु भयो । भोली दश वजे मेरो अफिसमा आउनु भनी म निरुत्तर भएर निस्किएँ होटलबाट ।
कोठामा पुगेपछि म सोचमग्न भएँ, आखिर किन रित्तिन्छ प्रेम? तातो बालुवामा श्रीमान्ले गरेको दुखलाई किन बिर्सन्छन् यी मान्छे? भोली दश बजे मेरो अफिसमा आइपुगे दाजु । मैले मुश्किीलले पुरानो पासवर्ड सम्झेँ, अनि लगिन गरेँ । मेरो शंकाको केन्द्र मेसेजमा क्लिक गरेँ र मेसेजहरु एक–एक गरी हेर्न थालेँ । विचमा प्रवल गुरुङ नामको आइडी भएको मेसेजमा पुगेपछि हामी अडियौँ । सुरुमै एउटा स्टिकर देखियो, किसिङ् स्टिकर, अनि लभ यु लेखिएको थियो त्यही मुनी । थप क्लिक गर्दै गएँ, मूर्तिवत दाजु पनि मूख विगारेर हेरिराख्नु भएको थियो । उनीहरुका प्रेम प्रसँगदेखि विहे गर्ने सल्लाहसम्मका ती च्याटहरुलाई मैले त जसोतसोपढ्न भ्याए तर छेउमै बसेका दाजुले कुन अवस्था गुजार्दै होलान् यो कल्पना गर्नसम्म कठिन भयो । मेसेजको कुनै एक ठाउँमा त्यो केटाको नम्बर थियो । फोन नम्बर भारतीय थियो । उ दार्जिलिङ्गे केटा हो भन्नेमा हामीलाई अव पूरा विश्वास भयो ।
फोन नम्बर टिपेर दाजुले फोन गर्न लाग्नुभयो । मलाई यी घटनाहरु सपना हो कि विपना हो भन्ने कुराको टुंगो लगाउन मुश्किल भइराखेको थियो । फोन रिसिभ भयो, एउटा केटा मान्छेले उठायो, दाजु भन्दै हुनुहुन्थ्यो ‘तपाई प्रवल गुरुङ हो?’ उताबाट ‘हो तपाईको परिचय?’ भन्ने प्रश्नमा ‘म तपार्ईंको फेसबुकको गर्लपे्रmन्ड जानकीको श्रीमान् ।’ भनी जवाफ भयो । तर उताबाट जानकीलाई नचिनेको स्पष्टोक्ति आयो । मैले फेसबुक आइडीमा भएको नाम सम्झाए, ‘मनु नै जानकी हो ।’ उताबाट अर्को आश्चर्यभाव आयो, उसले माफ माग्दै त्यस्तो थाहा नभएको र यो बारे मनुले केही नभनेको स्पष्टिकरण आउदै थियो । मलाई कुनै नेपाली चलचित्र हेरेको भान हुँदै थियो ।
एकासौँ शताब्दीका एकलव्य
‘यो हालाखेत हो । गाउँभरिको मुटु खेत ।’ ‘तर के गर्ने यो त यहीँका पुराना वासिन्दा यलम्बरका सन्तानका हुन् नि ।’ दुई दाजुभाई शिवप्रसाद र गणेश थुक निलेर हिँडे खेतको फाँटैफाँट । ‘बेच्न पनि बेच्दैनन् रे मोराहरु’ शिवप्रसाद बोल्यो । ‘बेचेपनि यत्रो विधि खेत किन्ने पैसा कहाँबाट हुन्छ?’ गणेशको कुराले दुवै सोचमग्न भए । कार्तिकको महिनामा लहलह झुलेको धानको बालालाई छोएर बहेको सिर्र हावाका झाँेकाले उनीहरुलाई छोइरहेको थियो ।
उमेरले चालिस भर्खर टेक्दै गरेका शिवप्रसाद आज जितबहादुरकहाँ जुँगामा ताउ लगाउँदै गफ लडाउँदै छ, जितबहादुर अर्थात त्यो अथाह खेतका आधा मालिक ‘त्यो सानेले जागिर खाको छ नि मैले नै मन्त्रीलाई भनीकन खाको हो मोराले । पहिला कोलाम हँुदै सोमबारे हाटमा चामल बेच्थ्यो प्रत्येक हप्ता ।’ उसको कुरामा सही थप्दै जितबहादुरले शिवप्रसादको डवकामा छ्याङ् थपिदियो । ‘वास्तवमा यो जैसीलाई छ्याङ् खान सिकाउने चाहीँ तिमी किँरातीका सन्तानहरु नै हौ ।’ एकछिन् केही सोँचेजस्तो गरी बोल्यो शिवे, ‘ए साँची, त्यो तिमीहरुको हालाखेतको अंशवण्डा गरेको हो?’
‘गरेको तर पास भाको छैन । वाउ वितेको भखर छ महिना त भयो । अव यो महिना जिल्ला जाने भनेको ।’
‘अनि तिम्रा भागमा चाँही कुन पाटो प¥यो जिते?’
‘त्यही एउटा ठूलो उत्तीस छ नि त्यही मुनीदेखि मेरो, माथि भाईको हो ।’
‘ए हे, अनि तिमलाई अलि थोरै परेन त? फेरी मुनीको.....।’
‘खै, मलाई पनि अलि चित्त त बुझेको थिएन, तर दाजुभाईमा किन लठारो, मिलीबस्नु जाती भनेर नि दाजु ।’
‘हेर भाई हिसाव र पिसाव भनेको चाँही क्लियर हुनुपर्छ भन्छन् क्या । हिसावको मामलामा वाउलाई त छोडिदैन भने भाईलाई पो..... फेरी पछि हेर है, तिम्रा भाई थामेले पानीको मूल प्रयोग गर्न पाउने भए, तर तिमलाई त समयमा धान रोप्न पनि मूश्किल हुन्छ, सके पानी नै पो अर्को खोल्सातिर फर्काइदिए भने तिमले देख्छौ वाउको विहे ।’
अव जितबहादुर साँच्चै गम्भिर भयो । शिवका कुरा सत्य लाग्यो उनलाई । बोले, ‘त्यसो भए के गर्नु त?’
‘जग्गा तेर्सो होइन, ठाडो गरी कित्ताकाट हुनुपर्छ, हामी परी चेतेका मान्छे हो है जिते, कुरा बुझ नत्र पछि....।’
शिवप्रसाद र जितेको वातचित भएको पर्सिपल्ट हालाखेतको मध्य भागतिर जितहादुर र थामबहादुरको घमासान लडाईँ चल्यो वाकयुद्धबाट सुरु भएको लडाईँ हात हालाहालको स्थितिमा पुग्यो । जितबहादुरको माग खेत ठाडो कित्ताकाट हुनुपर्ने थियो भने थामबहादुरको अडान पहिले नै निश्चित भईसकेको कुरालाई उल्टाउनु हुन्न भन्नेमा थियो । दाजुभाईको उमेर जम्मा एक्काइस महिनाको मात्र फरक, दुवै जवान, तीस वर्ष र अट्ठाइस वर्षका, के मान्थे हार्न । मंसिरको महिना भएकोले भूmलेका धानका बाला भूईँभरी छरिए । लडाईँको हल्लाले गर्दा छिमेकी तथा परिवार जम्मा भएर दुवैलाई दुवैतिर तान्न थाले । बल्ल बल्ल छुटाएपछि शिवप्रसादका भाई गणेशले भाई थामबहादुरलाई र जितबहादुरलाई आफ्नै श्रीमती फुलमायाले तान्दै आ–आफ्ना घर लगे । दुवै दाजुभाई एकअर्कातिर पाखुरा सुर्काउँदै छुट्टिए ।
थामबहादुर आफ्नौ घरमा पुगेपछि रन्थनिदै थिए, ‘साला भाईमारा, वाउ जिउँदै हुँदा वाउका मुखेन्जी गरेको अंशवण्डालाई मान्दिन भन्छ हौ । भाई भनेर हेप्न पाउँछ?’ गणेशले घिउ थपे, ‘ठाडो कित्ताकाट भनेर उसले बढी लिन खोज्या होला नि, सोझो भाईलाई फसाउन सकिन्छ कि भनेर, सके सबै पास गर्ने दाउ पो हो कि?’ थामबहादुरलाई कुरो साँचो लाग्यो । रिसले आगो हुँदै भन्यो, ‘मेरो शरिरका रगत नसुकुन्जेल म त्यस्तो गर्न दिन्न ।’ गणेश कुटिल हाँसो हाँस्दै बोल्यो, ‘तिमी भाई हौ, मलाई थाहा छ दाईको हेपाई कस्तो हुन्छ भनेर, बरु म तिमीलाई सहयोग गर्छु, ठाउँमा चिनेका मान्छे छन् हाम्रा पनि, यो कुराको छिनोफानो अदालतबाट हुनसक्छ । सबैलाई निया दिने ठाउँ भनेको अदालत हो ।’ दुई–दुई डबका छ्याङ् सिद्धिसकेका थिए, थामबहादुर आफ्नी श्रीमतीलाई अझ अरु छान्न लाउँदै थिए । उता जितबहादुरका घरमा पनि खलबली मच्ची नै राखेको थियो ।
हालाखेतको झगडाको सम्झना साम्य हुँदै गयो, झगडाको डेढ महिना वितिसकेको थियो । एकदिन बिहानै जितबहादुर एक हल गोरु लिएर खेततिर हिँड्न लागेका थिए, कोही सरकारी मान्छे उनको ढोकामा देखा परे । सोधे, ‘यो जितबहादुर किरातीको घर हो?’ जितबहादुर अतालिए, ‘हो मै हुँ जितबहादुर, किन होला?’ झोलाबाट एउटा खाम झिक्दै त्यो सरकारी मान्छेले भने, ‘म जिल्ला अदालतबाट आएको, तपाईँको नाममा मुद्धा परेको छ, म्याद बुझ्नुहोला ।’ यो मुद्धा भन्ने जन्तु कहाँबाट आइलाग्यो, बुझ्दै बुझेन जितबहादुरले, सोधे, ‘मुद्धा! कस्तो मुद्धा?’ सम्झायो त्यो सरकारी मान्छेले, ‘अंशबण्डा सम्बन्धी मुद्धा हो, तपाईँको भाई थामबहादुरले हालेको मुद्धा हो ।’
हलो कोदालो बिसाएर सिधैँ पुग्यो ऊ शिवप्रसादको घर, चिठी उसको हातमा राखिदिँदै निधारको पसिना पुछे । शिवप्रसादले चिठीको व्यहोरा सस्वरवाचन ग¥यो र भन्यो, ‘तिमी किन चिन्ता लिन्छौ? यो मुद्धा जितेर सबै खेत लिनुपर्छ तिमीले । बरु के गर्नुप¥यो मैले?’ दुखी भएर बोले जिते, ‘मसँग त पैसा पनि छैन मुद्धा लड्न । अव कसो गर्ने होला? यसो यतै मिलापत्र गर्न पाए हुन्थ्यो ।’ शिवप्रसादले बोले, ‘मिल्दैन मिलापत्र गर्न, फेरी तिम्रा ति भाई कम्तिका छन् र? दाई सम्झेका भए अस्ति तिमलाई लछार्थे? मुद्धा लाउँथे? कि तिमी त्यत्रो ४० रोपनीको उब्जाउ भूमी भाइकै नाममा सबै होस् भन्ने चाहन्छौ?’ जित बहादुर शब्दहीन भएर घोरिईरहे । शिवप्रसाद गोजी छाम्दै बोले, ‘कति चाहिन्छ, म दिन्छु, पछि तिमीसँग हुँदा दे ।’ जितबहादुर शिवप्रसादले दिएको २० हजार रुपैयाँ लिएर घरतिर हिँडे ।
मुद्धा चल्यो दुईभाईको, सदरमुकाम धाउँदा धाउँदै वित्यो पुरै दुई वर्ष । वकीलले तारिखका लागि भन्दै लिएको पैसा जम्मा गरेर घर किनिसक्यो होला । जितबहादुर आजित भईसक्यो । जिते एकदिन शिवप्रसादकहाँ गयो हिसाव हेर्न, दुई वर्षसम्म लिएको र तमसुक गर्दै राखेको हिसाव थाहा पाउन मन लाग्यो । ‘समय–समयमा गरेर नौ पटक लिएको जम्मा साँवा व्याज मिलाएर एक लाख साठी हजार तीन सय नब्बे’ शिवप्रसादको बोलीले जितबहादुको निधारबाट पसिना छुट्न थाल्यो । अरु छिमेकमा लिएको ऋण जोड्न सुरु गरियो, ‘चारजनासँग गरेर जम्मा सत्तरी हजार पाँच सय ।’ यो पाली शिवप्रसाद पहिलाजस्तो ‘भै हाल्छ नि हुँदाको बखत दे, अहिले तिम्रो काम चलाइराख’ भनेर बोलेन, अलि फरक बोली ग¥यो, ‘हेर भाई मैले पनि कति भोटो फटाएर जम्मा पारेको पैसा हो । फेरी सबै पैसा मेरा होइनन् । कोही साहुका हुन्, दिनै परो । अव चाँही तिर्ने मेलो पनि सोँच्नु ।’ जितबहादुरले शिर निहु¥यायो अनि भन्यो, ‘अव यही महिनाको बीस गते अन्तिम पैmसला छ, सदरमुकाम जानलाई खर्च टारिदिनुहोस् अनि सबै हिसाव गरेर दिउँला ।’ फेरी अन्तिम २० हजार लिएर हिँड्यो जितबहादुर ।
निष्पक्ष पैmसला गर्दै जिल्ला अदालतले पैतृक सम्पत्तिमा दुवै दाजुभाईको बराबर हक हुने र सोही अनुसार जग्गा नापी कार्यालयले मिलाइदिने भनी अन्तिम निर्णय सुनायो । दाजुभाई कसैको पनि कम या बढी भएन, झगडा हुनुभन्दा पहिला जस्तो थियो त्यस्तै । आखिर को जित्यो को हा¥यो? दुवै बराबर भए । दुवै दाजुभाई खुशी न दुखको भावमा अदालतबाट बाहिरिए । आफ्नो आफ्नो वकीललाई अन्तिम किस्ता रकम बुझाए । जग्गा कित्ताकाट र श्रेस्ता कायम गर्न नापी कार्यालय तथा मालपोत कार्यालय धाए । दुई दिनको थप बसाईपछि आधा–आधा जग्गा आ–आफ्नो नाममा पारेर गाउँ फकिए, सँग–सँगै ।
अव पालो साहुको थियो, साहु अर्थात शिवप्रसादको । शिवप्रसाद दिनदिनै आई सताउन थाल्यो । उसको साँवा एक लाख असी हजार तीन सय नब्बे र चार महिनाको ब्याज अठार हजार उसलाई तुरुन्त चाहिने भो किनकी उसले जग्गा किन्नुछ । एकदिन उसले भन्यो, ‘साइँला बाको जग्गाको बैना दिने समय अव एक हप्ता बाँकी छ, नत्र अरुलाई जग्गा बेच्छन् रे । के गर्ने भाई, मेरा पनि तीन भाई छोरा छन् अंश पु¥याउनै प¥यो । मलाई अव छ दिनमा पैसा जम्मा गरिदिनु प¥यो, नत्र कतै जग्गा भए नि दिनुप¥यो ।’ शिवप्रसाद गएको त्यो दिनदेखि जितबहादुरलाई राति निन्द्रा लाग्न छोड्यो । राति अनिदो देखेपछि उनकी श्रीमती फुलमायाले सम्झाइन्, ‘के भो हजुरलाई? सुत्नुस् । जति चिन्ता गरेपनि समस्या सकिने होइन क्यारे । बरु कसैबाट ऋण खोजौँला नि त ।’ जितबहादुरले लामो सास तान्यो र बोल्यो, ‘कोसँग पो लिनु? सबै आश गर्ने ठाउँमा पनि ऋण मात्रै छन् । फेरी थोरै हो र? त्यत्रो विधि पैसा कसले दिन्छ ? बरु कुनै ठाउँको जग्गा दिनुपर्ला ।’ श्रीमती बोलिन्, ‘कहाँको जग्गा दिनु? पाखो बारी त्यस्तो राम्रो कतै छैन । उनले पनि के मान्थे र? त्यो हालाखेत दिउँ भने त हाम्रो गाँसै खोसिन्छ ।’
छैठौँ दिन आयो तर जितबहादुरको हात रित्तो थियो । शिवप्रसादलाई केही दिन कुरीदिन आग्रह ग¥यो तर के मान्थ्यो र शिव, ‘हेर भाई, मैले पनि साहुको ऋण चलाको छु, फेरी भोली नभए त्यो खेत अर्कैको हुन्छ । मैले पहिले नै भनीसकेको छु, अव सोच्नुहोला ।’ शिवले दिएको पैसा नभए अर्को विकल्प सम्झेर जितबहादुरले पाखो बारी जग्गा रोजेर लिन अनुरोध गरे तर शिव अलि रिसाएको भावमा बोल्यो, ‘हेर भाई पाखो बारी त खेती लाउन नसकेर बाँझो राखिराछु दुई ठाउँ त विरुवा रोपिसकेको छु । मलाई के काम पाखोबारीको? फेरी त्यत्रो भारी पर्ने जग्गा पो कहाँ छ र तिम्रो? मलाई खेत चाहिएकोले खेतै किन्न लागेको, त्यही हालाखेत दिने भए देऊ नत्र पैसा देऊ ।’ हालाखेत दिने कुराले मुटुमा काँडा बिझायो । बाउबाजेले दुख गरी चर्चेको घर चलाउने, जहानबच्चा पाल्ने एकमात्र स्रोत खोस्न खोज्ने शिवलाई घाँटीमा निचोर्न मन लाग्यो तर त्यसो गर्न सकेन उनको विवशता पर्खाल बनेको थियो । शिव अर्जुन बोली बोलेर गयो या त भोली बिहान आठ बजेभित्र पैसा जम्मा पार्ने या हालाखेतको मोलमोलाईका लागि तयार रहन भनी । जितबहादुर चिनेजानेका चार पाँच घर गयो सहयोग माग्न, तर २० हजार भन्दा बढी दिन सक्ने दुई जनाभन्दा बढी निस्केनन् । थकित भएर राती १० बजे घर फर्किए । अनिदैँ रात कटाए, झिसमिसे हुँदा फिका चिया खाएर कसिए खेत जानलाई, विहान सात बजे नै शिवप्रसादको घर गए अनि चारजना पञ्च बोलाउन उनैलाई लगाए ।
दिउँसो खेतको मोलमोलाई गरियो । जम्मा तीन लाख बीस हजारको मोलमोलाई भयो । एकचोटी जितबहादुरलाई सोधियो । जितबहादुरले स्वीकृती जनायो । विहानको एघार बजेतिर शिब तथा पञ्चहरु जितबहादुरको घर फर्किए । फर्किनै लाग्दा थामबहादुरको खेतमा गणेश तथा तीन जना अरु मान्छे देखिए । खेताला त होइन जस्तो लाग्यो जितबहादुरलाई तर नजिकै जान र सोध्न चाहीँ सकेन । जितबहादुरको घरमा हिसाव भयो । अरु चारजना जितबहादुरका साहु पनि आए । निर्णय गरियो चारजनाको ऋण पनि तिरिदिए शिवप्रसादले जम्मा साँवा ब्याज हिसाब गरेर जितबहादुरले पैँतीस हजार पायो र एउटा तमसुक लेखियो, जग्गा किनबेच भएको र यो महिनाभित्र पास गरिने यदि जितबहादुरले पास नदिएमा पाँच लाख रुपैयाँ शिवप्रसादलाई दिनुपर्ने ।
बेलुकी पख पैसा श्रीमती फुलमायालाई हातमा थमाएर भाईको घरतिर लागे जितबहादुरले सोचे, अघि भाईका घरमा देखिएका मानिस कतै मेरो घरका जस्तै त होइनन् कि? जे भए नि भाई हो दुखमा समवेदना हुन्छ । भाई थामबहादुर टाउकोमा हात राखेर बसेका थिए । ‘के भो तँलाई? मैले त बेचीदिएँ हालाखेतको मेरो भाग.... मुद्धामा थुप्रो पैसा गयो तिर्न सकिनँ ।’ भाई आँखा रसाउँदै बोल्यो, ‘अनि मैले चाहिँ आफ्नो पैसाले मुद्धा लडेँ? त्यो मोरा गणेशको पैसा तिर्न सकिनँ हालाखेत चाहिने रे बेच्नु परेन त खेत !’
बाहुन नं. ५
सुरुमा,
बाहुनले प्याज नखाने, च्याउ नखाने जस्ता कुरा क्याम्पस पढ्दै गर्दा सुनेको थिएँ । त्यो भन्दा पहिले नै जाँड रक्सी नछुने भन्ने चाहिँ सुनिसकेको थिएँ । विद्यार्थी हुँदा ताका एकदिन एउटा मेरो गणित शिक्षकले ‘क्षेत्री बाहुन मात्दैन, मातेपछि बाँच्दैन ।’ भनेको सुनेको थिएँ, होला भन्नेमा पनि विश्वास गरको थिएँ तर आजसम्म आउँदा धेरै बाहुन देखेँ जसबाट मलाई मैले सुनेका भनाईमध्ये एउटा भनाईमात्र सत्य हो की जस्तो लाग्यो, प्याज नखाने बाहुन भेटाउन गाह्रो छ । मैले केही बाहुन पात्रको विश्लेषण गरेँ,
बाहुन नं. १
मेरा एकजना गुरु थिए, उहाँ ठूला बाहुनमध्येका एक बाहुनमा पर्नुहुन्थ्यो । उहाँका गफ सुन्दा कक्षा शान्त हुन्थ्यो । हामीलाई उहाँका मात्र कक्षा परे हुन्थ्यो भन्नेजस्तो लाग्थ्यो । सहरदेखि विदेशसम्मका कथा जोडेर कक्षा साह्रै चाखलाग्दो बनाउनु हुन्थ्यो तर परिक्षामा भने उहाँको विषयमा कसैले पनि राम्रो प्राप्ताङ्क ल्याउन सक्दैनथ्यौँ । विद्यालयमा विद्यार्थीहरुमाझ कडा रुपमा प्रस्तुत हुने गर्नुहुन्थ्यो । तर बेलुकी भएपछि सधैँ होटलमा आउनुहन्थ्यो । आमा रक्सी र छ्याङ्को राम्रो व्यापारी हुनाले हाम्रोमा उहाँहरु नियमित आउनुहुन्थ्यो ।
एकदिन उहाँको मन पर्ने गीत थाहा पाएँ । गीत थियो, खेमराज गुरुङको ‘वारी जमुना, पारी जमुना...।’ यो गीत यसका गायकले जेलमा बस्दा सृजना गरेका र जेलबाट छुटेपछि रेकर्ड गरेका भनेर सुनाउनुभयो । त्यो दिन क्यासेट प्लेयर बजाएर चारजना नाचे रातको १० बजेसम्म । त्यसमध्ये तीन जना बाहुन र एकजना राई सर हुनुहुन्थ्यो । यो उहाँहरुको दैनिकी जस्तै थियो । एक दिन राती एकजना राई सर र तीन जना बाहुन सरहरुको झगडा भएको मैले देखेँ । तीनजना र एकजनाबीचको झगडामा बराबर भएजस्तो लाग्यो । अनि उहाँहरु कोठा जानुभएको थियो भोली थाहा पाइयो, उहाँहरुमध्ये दुईजना त घरको जग खनिएको खाल्डोमा खसेर जमेको पानीले भिजेर मुसा हुनुभएछ । खाएपछि त्यो मेरो कथाको हिरो सरले सुल्टो, उल्टो, ठोस, तरल सबथोक घरभित्रै गर्नुहुन्थ्यो रे भन्ने सुन्या थिएँ ।
हाम्रो गाउँमा एउटा चलन छ, देदाम र नाघी गर्ने, त्यो देदाम र नाघीमा निघारजस्तो बाचासी भन्ने जाँड हुन्छ, जुन खाएपछि नौ छाक बार्नुपर्छ, जसलाई हाम्रा किराती पुर्खाहरुले मात्र खान्छन् । तर त्यो सरहरुको टीमले त त्यो नाघीको बाचासी पनि छोड्नुहुन्नथ्यो । हाम्रो चलनमा गोरुको मासु खाने चलन छ, उहाँहरुल त्यो पनि नखाई छोड्नुभयो भन्नेमा गाउँलेहरु शंका गर्छन् ।
एकचोटी नेपाली विषयको परीक्षामा ‘मेरा गुरु’ भन्ने शीर्षकमा दुई हरफ लेख्ने प्रश्न सोधिएको थियो । मैले मेरा गुरुका बारे बयान गरेँ र अन्तिममा मेरा गुरुहरु जाँड–रक्सी खानुहुन्छ, तास खेल्नुहुन्छ भनेर पनि लेखिदिएँ । जाँच गर्ने शिक्षकले कसरी जाँच गर्नुभो त्यो त थाहा भएन तर त्यो साल म तेस्रो पल्ट विद्यालय प्रथम भएको थिएँ । एकदिन ती सरहरुको बाजी परेछ क्यारे राई सरले जिउले थाम्नेभन्दा बढी नै खानुभएछ । बोतलबाटै ठाँडो घाँटी पार्नुभएछ । उहाँ मुर्छा पर्न थाल्नुभयो, उल्टी गर्न थाल्नुभयो । फ्रेस बनाउने भनेर बाबा तथा अरु सरहरुले चिसो पानीले भिजाइदिनुभयो । उहाँ काम्न थाल्नुभयो, दाँत टोक्नुभयो । राती ११ बजेतिर नै पल्लो गाउँ बस्ने अहेब सापलाई लिन गएर ल्याए । उहाँले सबैलाई गाली गर्नुभयो, यस्तो हुँदा चिसो पार्नुहुँदैन, न्यानो पारेर राख्नुपर्छ, चिसोले त ज्यान पनि जान सक्छ भनेर हप्काउनुभयो । त्यसपछि यता चाहीँ उहाँहरुले त्यसरी खाको देखिनँ । पछि सहरबाट गाउँ फर्किदाँ भने उहाँहरु लगभग बाहुन भइसक्नुभएको थियो ।
बाहुन नं. २
मैले डिप्लोमा दोस्रो वर्ष पढ्दै गर्दा एउटा ट्रेकिङ एजेन्सीमा काम गरेँ । त्यो ट्रेकिङ एजेन्सीले एकचोटी ट्रेकिङ सिजनमा मलाई एउटा होटलको मेनेजर र एकाउन्टेन्ट बनायो । त्यो ट्रेकिङ एजेन्सी मालिककै होटल रहेछ । म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यो होटलमा काम गर्नको लागि उडेँ । लुक्लाको नौलो वातावरणसँगै थरीथरीका मानिसहरुसँग संगत भयो । त्यसमध्ये एकजना मैले काम गर्ने होटलकै भुपु मेनेजर थियो जसलाई हाम्रा ठूला मालिकले निकाल्न खोजीरहेका थिए । त्यो बाहुन थरका मेनेजरलाई किन निकाल्न खोजेका होलान् त्यो थाहा पाउन बेर लागेन । उनी रहेछन् एक नंं. जडिया, जाँड रक्सीको लत र ओभर डोजले गर्दा उसका अनुहार राता–राता ओठ कालो–कालो भएको थियो । वि.ए. अंग्रेजीको तेस्रो वर्षबाट पढाई छोडेका रहेछन् । लुक्लाको बजारमा उनको रक्सी खाएको बाँकी नभएको भट्टी पसलहरु कम्ति नै थिए । म त्यो होटलमा गएपछि होटलको सबै कारोवार मैले सम्हालेँ । त्यसपछि उसका आर्थिक स्रोत पनि शुन्य भयो । ऊ धेरै ट्यालेन्ट थियो तर भाग्य हो की नजानेको हो त्यो साधारण लेखपढ गर्नेले गर्ने काम गर्न पुगेछ । सायद म जस्तै बाध्यताले होला । आयको दरिलो स्रोत नै नभएपछि उच्चशिक्षाको सपना पुरा गर्न जे पनि गर्नुपर्ने मेरै जस्तो बाध्यता होला । उसको बारेमा धेरै थाहा नहुँदै उसँग छुटिनु प¥यो, उसलाई अफिसले कामबाट निकालिदियो बिना तलव । मैले अफिसको निर्देशनमा काठमाण्डौसम्मको प्लेन टिकट काटिदिएँ । उ भौतारिदैँ थियो रे काठमाण्डौको एक गल्लीमा पछि सुनेँ । तर त्यसपछि कहाँ गए थाहा भएन । मैले पनि त्यो अफिस चार महिना काम गरेर छोडिदिएँ, अफिस छोड्दाखेरी मसँग डिप्लोमा पढ्ने पैसा बचत भएको थियो ।
बाहुन नंं. ३
डिप्लोमा पास गरेपछि मैले आफ्नो वि.ए. पढेको शिक्षासँग वेमेल हुने शिक्षण पेसा रोजेँ । त्यसपछि १५ महिनाजति आफ्नो गाउँमा पढाएँ । त्यसो त कहिले ट्युसन, कहिले बोर्डिङ स्कुल गर्दै पढाउँदै नै वि.ए. पास गरेको थिएँ । मेरो तलव प्रावि शिक्षकको आधाभन्दा अलि कम थियो तर काम भने मावि शिक्षकको जति नै । मैले कम्प्युटर विषय कक्षा ९ सम्म पढाउँथेँ । यो श्रमशोषणबाट मुक्त हुन मैले अर्को निजी विद्यालयको शिक्षक पदमा विज्ञापन खुल्दा प्रतिस्पर्धा गरेँ र नाम पनि निकालेँ अनि त्यहीँ विद्यालयमा पढाउन थालेँ । मलाई त्यहाँ विद्यालय सरकारी नभए पनि सरकारी कै सुविधा थियो ।
एकजना गणित शिक्षक हुनुहुन्थ्यो, राम्रै शिक्षण सीप र विषयवस्तुको ज्ञान भएका । त्यतिमात्र नभएर प्रशासनिक क्षमताका कारण प्रधानाध्यापक पछि विद्यालयमा उनैको स्थान थियो । मेरो साधारण जीवनशैलीले गर्दा मबाट त्यो विद्यालयको लागि केही आशा गर्नुभएको कुरा सुनाउनुहुन्थ्यो । पढाउने कार्यका अतिरिक्त समयमा गर्ने उहाँका तीनवटा विशेष शौख थिए । माछा मार्ने, तास खेल्ने र जाँडरक्सी खाने । म त्यो ठाउँमा नौलो थिएँ, मेरो एकजना स्कुल पढ्दा ताकाको साथी हुनुहुन्थ्यो उहाँ र त्यो बाहुन सर मित्र हुनाले विस्तारै म उहाँहरुको साथी हुन थालेँ । राईको त जातैले पाको भन्दै खान कर गरेपछि मानी नमानी कहिलेकाहीँ खान्थेँ । उनी चाहीँ बाहुनको छोरा भईकन कसरी सिकेका होलान्, सम्झिन्थेँ । म तास खेल्नमा चाहिँ सिपालु नै भएपनि म उहाँहरुसँग सधैँ हार्थेँ ।
म सरकारी जागिरको खोजीमा रहेको मान्छे, केही मेहनत गरिराखेको थिइनँ । उहाँहरुले पनि बाहिरी मनले पढ्नु भन्थे म लुकीलुकी पढ्थेँ । नियमितको मद्यपानले गर्दा उहाँको अनुहार पनि रातोरातो भएको हुन्थ्यो । विद्यार्थीहरुमाझ विद्यालयमा कडा रुपमा प्रस्तुत हुने तर बाहिर खाएर हिड्ने भनी कतै कतै आलोचना हुने गरेको सुनेको थिएँ । करिव एक वर्षको सँगतमा म चाख्न मात्र जान्ने मान्छे पनि खान जान्ने भइसकेको महशुस गरेँ र टाडिन थालेँ । पछि मैले सरकारी जागिर पाएँ र विद्यालय छोडेँ र सँगै साथ पनि छोडेँ ।
बाहुन नंं. ४
सरकारी जागिरको पहिलो कार्यालयमा हाजिरी भएँ, सुरुमा म नौलो थिएँ र कोही चिन्दिन थिएँ पनि उतिखेरै एउटा रमाइलो घट्ना पनि घट्न गयो । पछि बुझ्दा मैले काम गर्ने कार्यालयमा चालिस भन्दा बढी कर्मचारी रहेछन् । कार्यालय प्रमुखलाई कार्यालयमा देख्न मलाई निक्कै दिन लागेको थियो । मेरो फाँटको प्रमुख म आपैmँ भएकोले घुम्ने मेचमाथी बसिराखेको बेला एक दिन दुई जना नौला मान्छे मेरो फाँटमा छिरे । बाहिरको हल्लाबीच उनीहरु कतै भ्रमणमा गएर आएका भन्ने मैले बुझिसकेको थिएँ । ती दुईमध्ये एकजना निक्कै हट्टाकट्टा थिए, उनका बोली ठूला मान्छेका जस्ता थिए, ‘तपाईँ नै हो नयाँ कर्मचारी?’ भनेर सोधे । अरु थुप्रै अधिकृतस्तरका कर्मचारी देखे पनि हाकिम नदेखेकाले मैले उनैलाई हाकिम ठानेँ र नमस्कार गरेँ । तर पछि थाहा भयो उनी त कार्यालय सहयोगी पो रहेछन्, जसले मलाई दिनदिनै नमस्कार गर्नुपथ्र्यो ।
त्यस कार्यालयमा १५ प्रतिशत जति कर्मचारी त जडियाँ मात्र रहेछन् । ती मध्ये एकजना अधिकृत स्तरका कर्मचारी थिए कार्यालयमा उनको जिम्मेवारी पनि राम्रै थियो । अधिकृतको तलव भत्ता कमाइ नराम्रो त भन्नै मिल्दैन । तर उनी थिए कार्यालयकै टपटेन जड्याहा । उनी कुन दुखले पिउछन् मैले जान्न सकिनँ र जान्ने कोशीस पनि गरिनँ तर उनकै प्रेरणामा एउटा कथा भने लेख्न भ्याएँ । बाहिर कार्यालय समयबाहेक त खान्थे नै तर कार्यालय समयमै पनि छोड्दैन थे । उनी नखाँदाका सज्जन पनि खाँदाका दुर्जन हुन्थे । रक्सी खाएपछि अफिस आउँदा उनी सुकमेल या ल्वाङ चपाउँदै आउँथे । उनले परिवारका लागि भनेर आफ्नो तलव बचाको पनि थाहा भएन । अतिरिक्त आम्दानीका स्रोत चाँहि खोजीरहेका हुन्थे । कार्यालय समयमा पनि कहिलेकाहीँ नभेटेर खोज्दा उनी कार्यालय निवास घरकै कुनै एउटा कोठामा सुतिराखेको पाइन्थ्यो ।
उनका बारेमा कार्यालयमा केही नराम्रो चर्चा चल्न थालेको थियो र कर्मचारी प्रशासन शाखामा आएका नयाँ सुब्बाबाट मौखिक चेतावनी पनि पाइसकेको थियो । तर ऊ आपूmभन्दा एक तह मुनीको कर्मचारीको कुरा सुन्ने वाला थिएन । सुब्बा पनि आपूm प्रशासनिक कर्मचारी भएकोले प्राविधिक अधिकृतलाई टेर्नेवाला देखिएन । एकदिन कुन निहुँमा हो त्यही मैले नमस्कार गरेको कार्यालय सहयोगिसँग खाको जोँकमा कार्यालय परिसरमै कार्यालय समयमा झगडा परेछ । संयोगवश सुब्बा जिल्ला प्रशासनतिर थिए केही भएन । भोलीपल्ट कार्यालय समयभित्र कार्यालय परिसरभित्रै अर्को तेस्रो जड्याहाको समन्वयमा खाकै अवस्थामा झगडाको मिलापत्र हुँदै गरेको थाहा पाई सुब्बाले प्रहरीलाई फोन गरी तीनै जनालाई खोरमा पु¥याइदिएछन् । आपूmहरु कसोकसो गरी फर्कन सफल भएपनि बजारभरी कार्यालय र कर्मचारीको इज्जत बेइजतमा परिणत भो । जँड्याहाको अफिस भनी सदरमुकाम बजारमा चिनियो हाम्रो कार्यालय ।
पछि त्यो अधिकृत सरले खान छोडेको हिँडेको देखियो । त्यो घट्नाको छ महिनापछि म नियमित सरुवामा परी अर्को जिल्ला सरुवा भएँ, थाहा भएन उनी सुध्रिए कि सुध्रिएनन् ।
बाहुन नं. ५
सानोमा म मामाघर बसेर हुर्केको मान्छे । मेरो जीवनमा अहिलेसम्म धेरै माया गर्नेमध्येको बाजेसँगै बस्थेँ, सुत्थेँ । पछि आफ्नो आमा बा सँग बस्दा पनि म घरीघरी मामाघर पुगिराख्थेँ । किरातीको घरमा जाँडरक्सी खाने काम त सामान्य नै थियो । बाँसको सोङ्लीमा अटुट तोङ्बा हुन्थ्यो । तिर्खा लाग्यो कि म तोङ्बा तानीहाल्थेँ । पछिपछि त बाजेले मेरो लागि बाँसको सानो सोङ्लीमा सानो तोङ्बा नै राख्ने व्यवस्था गरिदिनुभयो । घरमा चाँही सोङ्लीमा तोङ्बा नभए पनि उठ्न लागेको जाँडको गुलियो फुक्सुम खुब खाइन्थ्यो । फुक्सुम खाएपछि तिर्खा र भोक दुवै मेटिन्थ्यो । सबभन्दा मिठो भने गहुँको कलिलो जाँड नै हुन्थ्यो । कहिलेकाहीँ हामी कलिलो जाँड पानीमा घोलेर छोक्रासँगै खान्थ्यौँ । एकदिनको घटना, मेरो त्यसदिन मकै गोड्ने खेताला थिए । जेठको महिना भएकोले पर्ममा धेरै रमाइलो हुन्थ्यो । रमाइलोसँग मकै गोड्ने काम राम्रो सुरु नै गर्न पाइएको थिएन एक जना छिमेकी भाई बोलाउन आयो, ‘दाई माथी चोङ्खिदो चउरमा जाम रे, आज खाद्यन्नको नुन बाँड्ने रे’ भन्दै । त्यतिबेला हामीले क्लवका साथीहरु मिली खाद्यन्नको नुन हाम्रो वडामा बाँड्ने गथ्र्यौँ । खाद्यन्नको नुन भन्नाले भारत सरकारको सहयोगमा नेपाल सरकारले निशुल्क दिएको आयोडिनयुक्त नुनलाई बुझिन्थ्यो । जसलाई मान्छेले आपूmले खानभन्दा पनि घरपालुवा जनावरलाई खुवाउने प्रयोजनका लागि लिन्थे । तर घरपालुवा जनावरलाई खुवाउँदा पनि जुम्रा पर्छ भन्न भनाई थियो । त्यहीँ नुन बाँड्ने काम थियो हाम्रो । हामी चोङ्खिदो चउरमा गयौँ र खाद्यन्नको नुन बाँड्ने काम ग¥यौँ । हाम्रो लगानीभन्दा बढी आम्दानी भएको रकमबाट केही क्लवको आम्दानीमा र बाँकी छ्याङ् खाने काममा लगाउने चलन थियो । हामी नजिकै घरमा गयौँ र केही जग छ्याङ् मगायौँ । तीन महिनाभन्दा बढी बुढो छ्याङ् साह्रै कडा रहेछ । मैले दुई चार मुख त आँखा चिम्लेर खाएँ । त्यसपछि भने मैले आँखा खोले पनि राम्रो देख्न सकिनँ । बाँकी त केही महशुस विना नै खाइदिएँ । मैले त्यहाँ रहिरहन नसकेपछि सुटुक्क निस्किएँ, छ्याङ खाने अरु साथीहरु थपिदै थिए । सारा संसार फनफनी घुम्न थाले, बाटोमा राम्रो खुट्टा टेक्न पनि सकिराखेको थिइनँ । घर आएँ, खाटमा बसेँ तर आपूmलाई सम्हाल्न सकिराखेको थिइनँ । मेरा खेतालाहरु मेलोमै थिए । मलाई उल्टी आउँला भैmँ भइरहेको थियो । आपूmलाई सम्हाल्न कोशिस गरेँ, भमिट गर्न पनि कोशिस गरेँ तर दुवैमा असफल भएँ । भोलीपल्ट सुनेँ, मैले छोडेका दाईहरु त त्यहीँ छ्याङ् खाने घरमै दुई राउण्ड फाइट खेलेर छुटेछन् । हाम्रो गाउँमा कोहीकोही केटाहरुको खाएर मातेपछि साथीसाथी जुध्ने र कोही छुट्याउन बिचमा पसेमा दुवैले मिलेर छुट्याउन आउनेलाई नै कुट्न थाल्ने फटाहा बानी थियो ।
पछि काठमाण्डौ गएपछि मैले खान्नँ भन्न थालेँ । नखान पनि कोशिस गरेँ । करिव दुई वर्षपछि मैले एउटा होटलमा काम गर्न थालेँ । त्यसपछि भने फेरि खान सिकेँ, छ्याङ्, रक्सी, हाफ, क्वाटर सबै चिन्ने भइयो । केही घट्ना यादमा छ, हामी केही साथी मिलेर नजिकैको ढुंगे धारामा राती राती पानी भर्न जान्थ्यौँ साथी–साथी मिलेर । काठमाण्डौमा पानी त्यसरी पानी पाउनु युद्ध जितनु बराबर थियो । हामी पानी प्राप्त गर्ने युद्धमा जाँदा गोजीमा गिलमेरीको क्वाटर नै बोकेर जान्थ्यौँ । मिलेर दुईजनाले नेट खान्थ्यौँ । नेट भन्नाले सायद पानी नहाली खानुलाई बुझिन्छ । पछि त्यो काममा पनि नियन्त्रण आयो, समयले नै ल्यायो क्यारे ।
काठमाण्डौका केही यस्ता अनुभव लिएर गाउँ फर्केको केटोले जाँड रक्सी नखाने कुरा असहज होला । स्थानीय विद्यायलको शिक्षक भएर बसेको केही समयपछि विस्तारै ‘होप्लाबाट सुरु भयो । पछि पछि के मा पुग्यो पुग्यो । एकदिनको रमाइलो घट्नापछि मैले सार्वजनिक रपमा पिउन कम गरेँ । शुक्रबारे बजार गएर फर्केका हामी केही साथीभाई बाटोमा चिया खान बस्यौँ एउटा होटलमा । थियौँ पाँच जना र हामीसाग थियो साउण्ड बक्स तथा केही त्यस्तै । त्यतिखेरको हाम्रो माझ चलेको पेयबाट सुरु भयो, ‘होप्ला’ । होप्लाका केही जग खाली हुँदै गएपछि सँगैका दुई साथीहरुको मौखिक असहजता ममाथी मुखरित हुन सुरु भयो । मेले नबुझ्ने कुरै भएन । कुरा बुझ्नुपर्ने दुई मुख्य कारण थिए । एक कारण उनीहरु मौखिक होइन हाते आक्रमण गर्न सक्ने प्रवृत्तिका थिए, दोस्रो कारण म जिन्दगीमा ५० किलोभन्दा तौल नबढेको मान्छे थिएँ । हुलमुलमा जिउ जोगाउने पण्डित सरको टुक्का सम्झेँ, बाहिर निस्केजस्तो गरी निस्केको मान्छे, १ किलोमिटर एकोहोरो कुदेँ अनि फर्केर हेरेको पछाडी कोही थिएनन् । अनि अर्कै बाटो गरी घुमेर आई भित्तामा लुकेर सुनेको एउटाको कमेण्ट थियो, ‘त्यो मुलाले के जानेको हाम्रोभन्दा बढी? कम्प्यूटर बाहेक त अरु के बढी छ उसँग ज्ञान? ‘ज्ञात भयो, मेरो बढी बाठो हुने र हिरो हुन खोज्ने बानी पो काँडा बनेछ आँखामा बिझाउने । अर्कोको टिप्पणी थियो, ‘त्यसको अश्मीसँगको सम्बन्ध के हो? किन उसँग हिँड्छ?’ लौ, यहाँ त रावण पो भइएछ । लंका जल्नबाट बचाउन सीतालाई मुक्त गर्नुप¥यो । ती दुई कमजोरी सुधार्दै पिउन बिर्सने विचार सहित लागेँ आफ्नै घरतिर । भोली सुनेँ, ती दुईभाईले त मलाई सम्झिदैँ एकले अर्कालाई पो कुटेछन् । ती दुईले अर्का दुईलाई पनि झण्डै छोडेनन् रे तर सम्झाई बुझाई सम्हाले रे । एकदिन म बाहेक ती चार जना बेला भएर छलफल गरे रे । यो घट्नापछि म स्टेजबाट हराएर पर्दा पछाडी रहन थालेँ एक्लो ज्यान बचाउन ।
मैले पिउने गरेको कुरा शहरमा भएकी मेरी.....लाई भन्दिन थेँ । खाँदिन भन्थेँ, त्यही ढाँट्ने क्षमताका कारण मात्रले पछिसम्म हामी साथै भयौँ, नत्र एकअर्काका यादमात्र एकअर्कासँग बाँकी हुन्थ्यो । कोलाम साइवर क्याफेबाट भएका च्याटहरुमा मैले त्यही क्याफेमा खाँदै देखाउथेँ । गरेको एकले अर्कालाई हरेकमा साथ दिने भन्दै हामी दुईजना विवाह वन्धनमा बाँधिएका थियौँ तर उनले आफ्नो वाचा पूरा गर्न सकिनन् । जीउनमा साथ दिएपनि पिउनमा साथ दिन सकिनन् । मैले पिउन सजिलै छोड्ने संकेत गरी राखेको थिइनँ । दुई चार शीतयुद्ध चलिसकेका थिए यही शिर्षकमा, मेरो बानीका कारण हाम्रो सम्बन्ध धरापमा पर्दै थियो । अन्तमा मैले हाम्रो सम्बन्ध सुधार गर्नमा सफलता प्राप्त गरेँ, कसरी भने उनलाई पनि मसँगै पिउने बनाएर ।
एकदिन त्यस्तै प¥यो, पुरानो एक मित्र लगायत केही साथीसँग भेट भएको र साथीको भाईले वैवाहिक जीवनमा दोस्रो सफलता प्राप्त गरेको दुखी पल मनाउन पियौँ, गुलियो पेप्सी मिसाउँदै खा’को कारण मैले पिउने जिन्दगीमा दोस्रो नयाँ अनुभव गरेँ । होटलको माथिल्लो तलामा खाँदै गरेको ठाउँमै उल्टी सुरु गरेँ, मातेर खुट्टाले भूईँमा टेक्न छोडेकाले दुईजना लागेर उचाले । म भ¥याङ्भरी नि उस्तै क्रिया गर्दै निस्कियौँ । त्यसदिन पनि मेरो जीवनमा कुटाई खानबाट म जोगिएँ, त्यो पनि पसल मालिकको हातको । दुईले भूmण्ड्याएर कोठा लगे ढोकैमा बुढी र भाई आइपुगे मलाई समाउन । लगे कोठातिर, कोठामा अरु याद नभएनि मुखनिर बाल्टी थापेको याद छ । भोलीपल्ट बुढी नासवाल भई म नाजवाफ भईनँ । मेरो मोबाइल पेनड्राइभ र अफिसको साँचो भने हराएको रहेछ । यो घटनाको केही महिना म बाहिर खुलेर निस्कन सकिनँ । त्यसपछि चिया पिउनतिर ध्यान गयो ।
टुंगोमा,
बाहुनले प्याज नखाने तर हाल खान थालेको देख्दा साह्रै व्यंग्य गर्ने मेरो मन त प्याज आवश्यकभन्दा बढी आँपैm खानेतिर पुगेछ । यो चलनले जिन्दगीमा राम्रा नराम्रा जे सिकाउ पनि यदि नराम्रो हो भने मैले त्याग्न किन नसक्ने? म भन्ने गर्थे, ‘यदि उनलाई मबाट टाडिदा बढी खुसी मिल्छ भने म उनलाई गुमाउन तयार छु’ यति आँट भउको मान्छे म, उनको खुसीको लागि आफ्नै प्रेमिका गुमाउन तयार भएको मान्छेले उनको खुसीका लागि खराव बानी गुमाउन नसक्नु? यस्तै यस्तैमा छोडिएछ, पिउन । ठट्टाजस्तो जिन्दगी ।
चिया पसल र तरुनीको कम्मर
जब एस.एल. सी. पास गरेँ, आमाको विशेष करमा काठमाण्डौ पढ्न जाने भइयो । सदरमुकाममै बसेर पढ्छु भन्ने मेरो आग्रहमाथि सुनुवाई भएन । तयो काठमाण्डौको कोलाहलभित्र हराउने रहर पटक्कै थिएन । तर आमाको भनाई थियो, ‘तिम्रो दाई (पूmपुको छोरा) उतै छन्, उसले काम पनि त मिलाउन सक्छन् । काम पनि गर्ने पढ्ने पनि । यहाँ घरबाट खर्च गर्न सकिन्न ।’ मेरो भने काठमाण्डौ मन नपराउनु माथि सदरमुकाम बस्न खोज्नुको कारण अर्को नि थियो । मेरै बालसखा त्यहाँ थिइन् । उनलाई त्यतै राखेर पढाइएको थियो । एस.एल.सीं दिन जाँदाको ५ वर्षपछिको हाम्रो भेटले हामीलाई नजिक्याएको थियो । हामीलाई त के, म उनीतिर नजिकिएको हो । परीक्षापछिका तीन महिनाको समय उनकै यादमा पनि कति पागल भएर विताएको थिएँ । यस्तो सुनौलो मौका पाए उसँग निरन्तर नजिक हुने मौका पनि त पाउँथे । यौटा पत्र गाउँ छदैँ लेखेको पनि थिएँ जवाफ नआएको मात्रै र पो त । जे भएनि मेरा सपना अकल्पनामा रहेको काठमाण्डौतिर नै तानिइदै थियो ।
आमाले बिहानै बासी मकैको च्याख्ला र गुन्द्रुक पकाएर दिनुभयो । मेरो साथि खार्मिलेको कान्छा पनि मलाई लिन भनी आइपुगेकोले दुवैले खायौँ । हजुर आमा रुनुभयो । दुई कारणले, एक त उहाँको नाती काठमाण्डौ जाँदैछ, अर्को यत्रो टाडाको पहिलो विदाई पनि गुन्द्रुक र बासी भातले हुँदैछ । तल्लो घरमा झ¥यौँ, जहाँ काकाले दुईटा गिलासमा भरी टलपल गर्दै गरेको दुध हो क्यारे दुवैलाई दिनुभयो, सायद छ्याङ त होइन नै होला त्यो । हाम्रो शुभयात्रा सुरु भयो । खार्मिले कान्छाको घरमा गयौँ उनकी एकल बुढी आमाले आँशु लुकाएर एकमात्र छोरालाई विदाई गर्नुभयो । उसको घर छोड्दा नछोड्दै एकजनाले गाई दुहुदैँ थियो । हामी हास्यौँ खुसीले, खार्मिले कान्छा भन्दै थियो, ‘हाम्रो गुड लक’ । त्यसैगरी हामी कोलाम डाँडा पुग्यौँ । कोलाममा तल्लो गाउँबाट लुगा सिउन बजार आका नेपाली थरका दाजुभाईहरुसँग भेट भयो छुटेपछि हामी फेरी हाँस्यौँ । हाम्रो गाउँमा कतै हिड्दा नेपाली थरका दाजुभाईसँग पहिलोपल्ट भेट भएमा शुभ र अर्को दाजुभाईसँग भेट भएमा अशुभ हुन्छ भन्ने चलन थियो । हाम्रो यात्रा साह्रै शुभ भयो ।
तीन दिनको यात्रापछि जिरीको बसपार्कमा हामीले काठमाण्डौलाई टिकट काट्यौँ, अर्कै उमंग थियो क्यारे मनमा, हामीले त्यो रात कटाउन हामीलाई साहै्र मुश्किल भयो । जम्मा एउटा फोन नम्बर थियो ०१–२१७०५७६, त्यो बाहेक हामीसँग कुनै अर्को माध्यम थिएन कि हामी काठमाण्डौमा नहराऔँ । त्यतिखेर मोबाइलको उत्पति सर्व साधारणमा थिएन । ल्याण्डलाइनमा फोन गरेर आफ्नो मान्छे बोलाउनु पथ्र्यो, घरबेटीले बोलाइदिन्थ्यो । हामी पुरानो बसपार्क ओर्लियौँ । हामीले बालाजु फोन ग¥यौँ, फोन गर्दा आपैmँले सेट तानेर डायल गर्नुपर्ने रहेछ, हामीलाई गर्नुन भनेर साहुजीले फोन सेट थमाइदिए, हामी अकमकियौँ, जविनमा आँपैmले फोन डायल गर्ने मौका पाएको नै पहिलो पटक हो, हाम्रो गाउँबाट फोन गर्न हामी एकदिनको समय लिएर अर्को जानुपथ्र्यो । हाम्रो गाउँको फोन त कोलाम डाडाँमा थियो, कुनै चुनावमा राती हरायो र दुई पार्टीको एकअर्कालाई दोष लगाउने राम्रो बहाना बनेको थियो । काठमाण्डौमा पाएको पहिलो मौका पनि सदुपयोग गर्न सकेनौँ । जसोतसो एकजना अपरिचितले फोन डायल गरिदियो । घरबेटी नै हाम्रो आफ्नो मान्छे भएकाले, ‘बस्दै गर पानी प¥यो लुगा उठाएर आउँछु’ भन्ने निर्देशन आयो । फेरि अलमलियौँ, हाम्रो गाउँमा त पानी पर्दा एकैचोटी पर्ने गथ्र्यो, तर यहाँ त घाम लागिरहेको थियो उता भने पानी परिरहेको थियो । एकै गाउँ (काठमाण्डौ) मा कतै झरी त कतै घाम ।
म आफन्त दाईसँग बस्न थाले काठमाण्डौमा पढ्न थालेँ क्याम्पस । मलाई त गणित र विज्ञान बाहेकका विषय पढ्ने रहर थियो तर दाईको करले गर्दा शिक्षा संकायमा विज्ञान विषय पढ्न थालेँ । उहाँको तर्क थियो, ‘गाउँमा कोही छैनन् विज्ञान पढेका, तिमी भोली त्यहाँको विज्ञान शिक्षक हौ ।’ तर्क जस्तो लागेपनि, मरो उद्धेश्य र रुची जे भएपनि मैले विज्ञान पढ्न थालेँ, महेन्द्र रत्न क्याम्पस, ताहाचलमा ।
पढ्दा पढ्दै मैले विरल भन्ने मान्छेलाई आफ्नो आत्मीय मित्रको रुपमा पाएको थिएँ । मेरा सिमित साथीबिचमा उनको छाप मेरो छातीमा बेग्लै किसिमले बसेको छ । उनको पूरा नामबाट एउटा अक्षर झिक्दा उसको नाम विरल हुन्छ । र ऊ थोरै भाग्यमानी मान्छेले विरलै पाइने आत्मीय मित्र हो । उ र उसको जीवनशैली मेरो लागि स्वेट मार्डेनका सकरात्मक जीवन यापनसम्बन्धी पस्तकभन्दा केही बढी हुन पुगेका छन् । उ मेरो दैनिकी थियो ।
एकदिन मैले सदरमुकाममा छोडिएको पुरानो साथीलाई पत्र लेखेँ, त्यतिखेर पत्रमित्रताको जमाना थियो । करिव एक महिनापछि पत्रको जवाफ आयो । रातो मसीले लेखेको.... अन्यथा नलिनु मेरो वेस्ट कलर रातो हो भनेकी थिइन् । अन्तमा, ‘योर विलवेट’ भन्दै आफ्नो नाम उल्लेख गरेकी थिइन् । विलवेट शब्दको अर्थ राजनारायण प्रधानको डिक्सनरमिा हेरेँ, अर्थ थियो, ‘प्रेयसी’ । म त ठहरै परेँ । तर त्यो लघुकथाको अन्त एकदमै छिटो भयो ।
मैले बिचमा काठमाण्डौ बसेर भोगिने छुट्टै प्रकारका अनगिन्ती उतारचढाव भोगिसकेको थिएँ । करिव दुई वर्षपछि मैले आपूmलाई चाबहील स्थित एक चिया पसलमा पाएँ, त्यो मेरो आफन्त दाई (पूmपुको छोरा)को लगानीमा स्थापित थियो । केवल मेरै लागि भनी उहाँले पसल लिनुभएको थियो । पसल राम्रै चल्थ्यो, हाम्रो होटलमा काम गर्ने अरु कामदार पनि थिए । मैले कक्षा १२ को परीक्षा पनि त्यसै बेला दिएको थिएँ । करिव ६ महिना पछि रिजल्ट आयो तर परिणाम मेरो पक्षमा भएन । अरु पास गरेपनि त्यो विज्ञान भन्ने जन्तु पास गर्न सकिनँ । त्यसै दिन एक घटना घट्यो जुन घटनापछि मलाई विरलले सोधेको थियो, ‘यो मान्छेले तिम्रो लागि पढाई खर्च दिएको थियो?’ मेरो उत्तर, ‘अहँ’ भन्ने सुनेपछि ऊ आफ्नो घरतिर लागेको थियो । त्यसदिन यसले डायरीमा मेरो बारेमा लेखेको रहेछ । मैले त्यसको करिव दुई वर्षपछि एकदिन त्यो डायरी भेटेँ र फोटोकपी गरी राखेको छु । त्यसमा लेखिएको थियो....
‘‘२०६४ भदौ ८, मंसिर
विहान उठेर सोँचे, आज शनिबार के.डी. लाई भेट्न चावहील जान्छु । त्यसो त काका आनन्दलाई पनि भेट्नु थियो । कपडा लगएर म चाबहीलतर्पm लम्किएँ । बाटैबाट समिता खालिङलाई फोन गर्न नम्बर डायल गरेँ तर फोन उठेन । स्मृतिलाई पनि फोन गर्नु त थियो तर उनको नम्बर डारमिा लेखेर राखे पनि दिमागमा राख्न सकेको रहेनछु मैले । जीनासित आठ मिनेट कुराकानी भयो । एकदम स्वभाविक रुपमा म प्रस्तुत भएँ । उनले मेजनको बारेमा सोधेकी थिइन् । ऊ तिहारमा काठमाण्डौ आउने कुरा बताएँ । उनी शायद ढुक्क भइन् ।
पैदल नै के.डी.को होटल पुगेँ म । ऊ सँधैको आफ्नो नित्यकर्ममा व्यस्त थियो । विजय पनि चिया पिउँदै पत्रिका पढ्दै थियो । के.डी.ले मलाई पनि चिया बनाएर दियो । चिया खायसकेपछि पत्रिका पढ्न थालेँ । के.डी.ले तरकारी किन्न मलाई आपूmसितै लग्यो । आलु र प्याज किनेर फर्कँदा काका ‘आनन्द’ आइसकेर पनि के.डी.को होटलमा पत्रिका पढ्दै बसिरहनुभएको थियो । काकासित भेटेर खुसी लाग्यो । हामी काकालगायत सबै गफ गर्र्दै बसिरहेका बेला कुमार दाइ मोबाइलमा बोल्दै आउनुभयो । वहाँले हामी सबैलाई चिया अफर गर्नु पनि भयो । चियाको स्वाद मिठो थियो तर चियाको मिठोसितै तितो अनुभूति पनि चाख्न पाइयो ।
वहाँले सोध्नुभयो – ‘तँ के भइस्?’ लक्षित प्रश्न परीक्षाको नतिजासम्बन्धमा थियो । के.डी.ले सत्यवादी भएर भन्यो –‘म त फेल भएँ ।’ त्यसपछि ुकमार दाईले यस्तो प्रतिक्रिया दिनुभयो जुन कुरा वहाँजस्तो प्रतिष्ठित र समझदार मान्छेले भन्ला भनेर कल्पनासम्म गर्न सकिन्नथ्यो । वहाँले भन्नुभयो –‘मुजी ।’ यो शब्दले अश्लिलता बोकेको मात्र होइन हेपाहा प्रवृत्तिको तुच्छकर प्रतिक्रिया दिएको पनि थियो । ‘मुजी, चियापसल हेरेर बस तँ अनि तरुनीको कम्मर हेरेर बस ।’ मेरो अन्तर मानस चसक्क दुखेर आयो । के.डी.को मुहारमा हेरेँ, ऊ त खुल्ला मुस्कान पो दिइरहेको । तर बुभेmँ त्यो मुस्कानको आवरणभित्र केही न केही संवेग लुकेको छ साथी ! म त्यसलाई देख्नमात्र नभएर छुन र महशुस गर्न सक्छु ।
तिमीले पाएको सहानुभूति र सान्त्वना अपशब्दहरुले बनेको थियो । कुमार दाइले त्यसो भन्नुको अभिप्राय सकरात्मक आफ्नो ठाउँमा त थियो तर त्यो शब्दले मुटुमा नराम्ररी छोएको छ मलाई । वहाँले सहानुभूति नि तरिकावद्ध भएर नरम शब्दले दिनुभएको भए दुख्ने मन दुख्दैनथ्यो । म यति सोध्न चाहन्छु, चिया पसल कुरेर बस्नु के.डी. भन्ने मान्छेको लागि रहर हो कि बाध्यता? यो कुरा कुमार नाम गरेको चेतनशील प्राणीले बुझोस्, अर्को कुरा केटीको कम्म नहेर्दा पास भइन्छ भने फेल हुनेहरु सबै केटीको कम्मर हेर्न छाडिदिन्थे । म परीक्षाहलमा नै केटीको कम्मर हेर्छु तर म पास भएको छु । विपरित लिङ्गप्रति आकर्षण के हो? यौवनले परिपक्व कुनै युवतीले युवकको जीउडाल हेर्छ र युवकले युवतीको । यसलाई विरित लिङ्गप्रतिको आकर्षण भन्छन् जुन हरेक निरोगी युवाहरुमा पाइने प्राकृतिक प्रवृत्ति हो । के वहाँ विवाहपूर्व केटीको कम्मर हेरेर पढ्दा परीक्षामा असफल हुने गर्नुहून्थ्यो? उमेरमा केटीप्रति भूmकाव नहुने युवक त नपुंशक होइन र? जीवनको अन्तिम कालखण्डतिर बाँचिरहेको बृद्ध मानिस पनि केटीको कम्मर हेर्छ । केटी हेर्नैको लागि कति मान्छे रेष्टुरेण्ट र क्याविनका पारखी बनेका छन् ।
जो मान्छे के.डी.को दाल, भात, पसिना र आँशुसित नितान्त असम्बन्धित र अरिचित छ । जसले उसको शैक्षिक उन्नतिका लागि एउटा कलमसम्म किन्दिएको छैन त्यो मान्छे के.डी.को असmलतामा छाडा प्रतिक्रिया दिन्छ म योग्य मान्छेको अयोग्य व्यवहार र बोलीक सनेर अनि देखेर त्यो मान्छेलाई होइन , योग्यहरु सबैको योग्यता माथि अविश्वास गर्न बाध्य भएको छु । यही प्रतिक्रिया कुमार दाइले आपूmभन्दा माथिल्लो स्तरको मान्छेबाट पाउनुभएको भए वहाँको प्रतिउत्तर के हुन्थ्यो?
के.डी. संघर्षसित हरपल जोडिएको नाम हो । ऊ आँशु पिएर कठिनतम जिन्दगीको नाम हो । मलाइृ जहाँसम्म थाह छ, कुमार दाइ गाँजा र चुरोटको धुँवासित उडेर माथि पुग्नुभएको मान्छे । मान्छेका अतीत, वर्तमान र भविष्य एउटै हुँदैन । बाध्यतामा जकडिएको वर्तमान र त्यही वर्तमानको भूमरीमा कहाली लाग्दो संघर्ष गर्दै अगि बढेको शाहसीको पाइलालाई दाइले चिन्न खोजेनन् । गहिराइ भेटेपछि चेत खुल्छ तर सतही मानिस कुमार जस्तै अचेत भएर अचेतनाको गफ दिएर मज्जा लिनछन् जुन मज्जाले संघर्षशीलको लागि अर्थहीन अर्थमात्र राख्छ ।
के.डी. , तिमीलाई मैले जति चिनेँ, शायद तिमी त्यो भन्दा बढी या कम होऔला । मैले कोरेको तिम्रो परिचयको क्षितिज साँघुरो होस् या फराकिलो, तिमीलाई म भन्न चाहन्छु, तिम्रो पाइला गौरवशाली छ, हिड्दै जाऊ, तिमीले चाहेको ठाउँमा पक्कै पुग्छौ । एउटा कुरा नबिर्स, आत्मविश्वास, लगनशील, परिश्रम, धैर्य, लचकता, निरन्तरता र इमान्दारी तिम्रा हतियार हुन् । लिएर उठ यी हतियार, जसले तिमीलाई हरेक युद्धको विजयी योद्धा बनाउने छ ।’’
यस घटनापछि लगभग ६÷७ वर्ष वित्यो, यसबिचमा मैले वि.ए. पास गरेर डिग्रीको दोस्रो वर्षको पढाई चलिरहेको थियो । मैले धेरै चाहने तर थोरैले मात्र खाने सरकारी जागिर खान थालिसकेको थिएँ, विहे गरेर श्रीमतीले पनि जागीर खान थालिन् । एक किसिमले जीवन आफ्नो सुर र लयमा जान थालिसकेको थियो । ती तिता पलहरु भूल्दै जविन चलिरहेको थियो । काठमाण्डौ छोडेर जिल्ला सदरमुकाममा बस्दै थिएँ ।
केही महिना अघिको घटना हो, म केही दिनको विदामा गाउँ गएको थिएँ । गाउँको घरमा सदा भैmँ कोही नभएकोले छाराखर गएर केही दिन विताएँ, । गाउँ आको मौकामा एक दिन कोलाम साइबर क्याफे छिरेँ । जमाना अनुसार फेसबुक र क्याफेको मिठो कफीमा हराउँदै थिएँ । साथी विरल अनलाइनमा आइपुग्यो । केहीवेर त्यस्तै यताउताका कुरा भए । कुराकानीको दोस्रो भागमा उसले सोही पुरानो दाई कुमारको कुरो झिके, कुरा दुखद थियो । उसले भन्यो ‘तिमीलाई वेअर्थको गाली गर्ने कुमारलाई त श्रीमतीले छोडेछ, अर्कै केटासँग विहे गरेर गइन् रे । भएका जग्गा पनि श्रीमतीकै नाममा छ रे । अस्ती त्यही विषयमा कुरा चल्दा उनका माइति पक्षकाले हातपात नै गरे रे ।
यस्तै यस्तै गफपछि एककप कफी थपेँ अनि पिउँदै सोचेँ, ‘साला जीवनमा को कतिखेर फेल भइन्छ र ‘मुजी’ भइन्छ, पत्तै नहुने ।’
विजुुली
एकचोटी फेरी जुर्मुुराए युवाहरु त्यहीँ विजुलीको सपना पुरा गर्न । लगभग पन्ध्र वर्ष अघिदेखि साँचिएको सपना । कुलमान र गञ्जमान कोलाम साइबर क्याफेको एक कुनामा कफी खाँदै बिजुलीकै बारेमा गफिदैँ छन् । कुलमानको एउटा इमेल पनि गर्नुछ ज्यास्मीनलाई, जो अमेरिकामा बसेर कोलामको गाउँमा विजुली बाल्नको लागि आर्थिक सहयोग गर्न चाहन्छे । इमेल लेखिसकेर सेण्ड बटनमा क्लिक गरेपछि कुलमान बोल्यो, ‘यो कोलाम साइबर क्याफेले गर्दा नेटमा धेरै सुविधा भएको छ ।’ तर गञ्जमानलाई विजुलीको मात्र चिन्ता भएकोले कुरा मोडे ‘के भन्छे सहयोग बारे?’ कुलमानले कफीको गिलास उठाउँदै भने ‘पन्ध्र लाख जति दिने कुरा गर्दै छिन् ।’
एकपल्ट रीःकल गरे दुई भाईले उही विजुलीको बारेमा । त्यो घरको हजार रुपैयाँको दरले पैसा उठाको इतिहास् इतिहास नै भै सकेको थियो । त्यो पैसाले कहाँ कुन ठाउँमा विजुली निस्कियो त्यो कसैलाई थाहा छैन तर विवादले गाउँ नै बलेको चाहीँ प्राय सबैलाई थाहा छ ।
विजुली शिर्षकमा अर्को महत्वपूर्ण आशा पनि पलाएको थियो करिव १० वर्ष अगाडी । यसै जिल्लाका सांसद उम्मेदवारले गाउँमा प्राविधिक ल्याएर सबै नापी जाँची बजारमा आएर भाषण गरे, ‘मलाई तिमीहरुले भोट देऊ, म विजुली दिन्छु ।’ सब जनता विजुलीमा विके, सांसदले अत्याधिक बहुमतले जिते तर विजुली त काठमाण्डौमा वल्यो रे भन्ने सुनियो । जितेर मन्त्री भएका केही वर्षपछि सांसदले काठमाण्डौको लैनचौरमा पाँचतले घर बनाएर त्यही विजुली बाले रे । उनी सायद अहिले राजेश हमालका छिमेकी छन् क्यारे ।
ती दुई घटना भएको करिव एक दशकपछि फेरि एकपल्ट तातिएका छन् गाउँले, विशेषत युवाहरुको पहलमा । थाहा छ सबलाई यो क्षेत्र सदरमुकामदेखि हेपिएको, नेताको लागि भोट बैंक, अनि कर्मचारीले कार्वाही भोग्दा मात्र देख्ने क्षेत्र हो । तर यही क्षेत्रलाई बनाउनुछ उजयालो र स्वर्ग, अनि त जुर्मुराए युवा । छिमेकी गाविसहरु पनि जुर्मुराएकाले अझ हौसला थपिएको छ गाँउलेमा ।
काठमाण्डौदेखि लिएर सरोकारवालाको कयौँ बैठकहरु सम्पन्न भएँ, हुँदैछन् । तर बीचमा एउटा मुद्धाले महत्व पाएको छ, त्यो के भने कुन सहयागी कम्पनीसँग मिलेर विजुली निकाल्ने भन्ने । एकपक्ष के भन्छ भने ग्रामीण ऊर्जासँग समन्वय गर्ने तर दोस्रो पक्ष मान्दैन, ऊ भन्छ वैकल्पिक ऊर्जासगँ सहकार्य हुनुपर्छ, जसको नेतृत्व जितमानले गर्दैछन् । वैकल्पिक ऊर्जावालाको विकल्प छ, दुई स्थानमा नै दुई संस्थासँग सहकार्य गरी विजुली निकाल्ने । यो विवादको चुरो राजनीतिक हो कि भन्ने कतिपयले शंका गर्छन् । अव पक्ष पक्षको बैठक बस्न थाल्छ, काठमाण्डौमा सम्पर्क समिति गठन हुन्छ । तर त्यो एकपक्षीय देखिन्छ, पहिलो युवाको समूहको । वैकल्पिक ऊर्जा रोज्ने अलि पाकाको नेतृत्व समूलाई आफ्नो पक्षमा ल्याउने प्रयास स्वरुप बहस चल्छ । उसलाई आफ्नो योजनामा समेट्ने या वेवास्ता गरेर अघि बढ्ने विषयले गम्भिरता धारण गर्दछ । सबै वक्ताले त्यो हाम्रो गाउँको जंग बहादुर बनेको, त्यसको विचार गलत, त्यसलाई ठीक पार्नुपर्छ जस्ता धारणा राख्दै जान्छन् । बिचमा एक जना निस्कन्छ मध्यमार्गी, उसको भनाई हुन्छ, ‘यसो गरौँ न उहाँलाई यो निर्माण समितिको अध्यक्ष बनाइदिऊँ, यसो गरे हाम्रो योजना निर्माण हुन्छ र उनीहरु पनि चुप लाग्छन् । हालका अध्यक्षलाई उपाध्यक्ष बनाए कसो होला? हामीलाई त राजनीतिक फाइदा होइन विजुली चाहिएको हो ।’ यसमा अलि पाका बुढाले सही थप्छन्, ‘हो हामी समस्या मात्र प्रस्तुत गर्दैछौँ, यस्ता समाधानको विकल्प पनि प्रस्तुत गरौँन ।’ बैठक अर्को पल्ट बस्ने गरी बिना निष्कर्ष टुंगिन्छ । अर्कोपल्टदेखि त्यो मध्यमार्गी कुरा राख्ने सदस्यलाई बैठकमा बोलाउनै छोडिन्छ ।
दोस्रो पक्षको बैठक चल्छ, अर्कै गोप्य स्थानमा, नेतालाई फोन गर्छन् हाम्रो पक्षमा पहल गर्नुहोस् भनेर । उनीहरुको निष्कर्ष छ, ‘यी अर्को पक्षले हाम्रो एक छत्र राजलाई चुनौती दिन अगुवा गर्दैछन् । हाम्रो राजनैतिक भविष्यको लागि पनि हामीले यो मौका छोड्नु हुन्न ।’
गाउँ पुरै हल्लिएको छ । दुईतिर भएर बहस छ घरघरमा, बाटोमा, चौतारोमा । ‘त्यो विदेशीको पैसाको लागि पनि कुलमानलाई समेटनुपर्छ ।’ भन्नेको जमात छ एकतिर । अर्कोतिर त्यो गञ्जमानको पनि भूमिका केही छ नि भन्नेहरु भेटिन्छन् । जितमानको पक्षमा चर्को बहस गर्नेको लर्को पनि लामै देखिन्छ । गाउँका अधिकांश जनता भने गाउँमा विजुली आए हुन्छ, जो अध्यक्ष भएपनि फरक पर्दैन भन्ने मनशायमा छन् ।
एकदिन काठमाण्डौमा दुवैपक्षको बैठक बस्छ । बैठकमा कुनै पक्षले पनि छोड्ने संकेत गर्दैनन् । चर्काचर्कीको बीचमा दुवै पक्षका केही उठे, केही उठेपछि सबै उठे । कतिखेर समातासमात भयो थाहा भएन । एकजना व्यक्ति पछाडीबाट हठात् उठे, जो हात बाँधेर बैठकको कुरा सुनिरहेका थिए, उठेर जितमानलाई पछाडीबाट एक मुक्का दिइहाले र फेरी हात बाँधेर केही नभएजस्तो गरी बसे । पछाडी फर्किए जितमान ‘कसले हान्यो’ भन्दै तर को हो थाहा पाउन सकेनन् । त्यसपछि बिना कुनै सल्लाह दुई पक्ष दुइतिर लागे ।
दुई पक्षलाई ग्रामीण ऊर्जा र वैकल्पिक ऊर्जाको हेडक्वार्टरबाट बोलवट भयो । खासमा दुवैको टाउको एउटे रहेछ । अनुदान दिने तरिकाहरुमात्र फरक । त्यहाँका मध्यस्थकर्ताले दुवैलाई मिल्न र पहिलो पक्षको बढी क्षमताको आयोजनालाई नै अगाडी बढाउने सल्लाह दिए । तर दोस्रो पक्षले दुवै आयोजनालाई अगाडी बढाउँदा के हुन्छ भनी अडान राखे । एकजनाले कुरा राखे, ‘हामीलाई धेरै विद्युतको आवश्यकता पर्न सक्छ । युवाहरुले उद्योग धन्दा खोल्न सक्छन् । यस्तो अवस्थामा कसरी एउटैको पावरले सम्भव हुन्छ त?’ त्यहाँका मध्यस्थकर्ता बोले, ‘वत्ती बाल्न तथा सामान्य घरेलु उद्योग चलाउन चाँही यसैले सकिन्छ । बरु नपुगे एकपछि अर्को उत्पादन गर्न सकिन्छ, यदि ठूला उद्योगधन्दा खोल्नुहुन्छ भने तपाईँ करोडौँको लगानी गर्दै हुनुहुन्छ, यस्ता लघुजलविद्युत होइन तपाईँको निजी लगानीमा मेघावाट क्षमताको ठूलो आयोना सञ्चालन गर्नुहोस् ।’ सो पक्ष चुप लागे, अर्को पक्ष मुस्कुराए । हेडक्वाटरले दुवैलाई सहमतीमा आई एउटै योजना मात्र संचालन गर्न आग्रह गर्दै यसो भएमा मात्र अनुदान रकम दिन सकिने बतायो ।
गञ्जमान आयो पैदल हिडँेर टे«किङबाट आफ्नो घर, त्यही विजुली सम्झेर । जानुपर्ने त काठमाण्डौ थियो तर कुन विजुलीको भूत चढ्यो बुढालाई गाउँ आए । आउँदा आउँदै कुन रोगले हो थलियो बाटैमा, अनकन्टार जंगलभित्र विना साथको मान्छे थला परेपछि वित्यास भो । मुनामदनको मदनसँग आपूmलाई दाँज्दै बल ग¥यो, एउटा सहयोगी भोटेको आशामा । मुनामदनकै एक पात्र उसको दिदीको कानमा पुग्यो यो समाचार, पुग्यो गाँउका युवालाई पनि विरामीको खबर । गाउँबाट पाँचजना केटाहरु डोको–नाम्लो स्टे«चर लगायत लिएर आए लिनलाई । बाटोमा सुने ‘सिरियस छन् रे, सायद अन्तिम अवस्थामा ।’ ती केटाहरुभन्दा अघि पुगिन् दिदी गञ्जमान थला परेको ठाउँमा । अनि आफ्नो पसल फर्किदैँ गर्दा ती केटाहरुसँग बाटामा भेट भयो । सोधे केटाहरुले, ‘खैत गञ्ज अंकल?’ उकालोको थकाइले लामो सास तान्दै भनिन्, ‘भाई त गयो त ।’ सबै केटाहरु तर्सिए, ‘हो र!’ एकै सासमा भने । दिदीले संयम् भएर भनिन्, ‘हो, विहानै उता ट्रेकिङ अफिसमा फोन गरेर हेली बालाइयो अनि हेलीमा काठमाण्डौ गए ।’ यो सुनेर सबैले खुसीको सास फेरे, ‘ए, त्यसो भए त ।’ मुखामुख गरेर मुस्कुराए ।
दुवै पक्षकालाई सहमतीमा ल्याउने प्रयासस्वरुप गाउँमा ठूलो भेलाको आयोजना गरियो । जनताहरु अतालिएका थिए, सहमती नहुने हो कि भनेर । माहौल दुई पक्षमा विभाजित थियो । एकातिर गञ्जमानले नेतृत्व गरेको पहिल्यै तयार पारिएको ठूलो योजना मात्र पहले निर्माण गरौँ भन्ने हुल थियो भने अर्कातिर जितमानले नेतृत्व गरेको बनाए तिमीहरुले निकाले पनि निकाल तर हामी पनि अर्कै स्थानमाबाट त्यहीँ खोलामा विजुली निकाल्छौ भन्ने हुल थिए । केही गाउँलेहरु गाउँमा विजुली बलेको जस लिएर आफ्नो राजनीति सुधार्न चाहन्छन् दुवै पक्षले भन्दै दिक्क मानिरहेका थिए ।
भेलामा चर्को चर्को बहस चलिरहेको थियो । तीन चारजना केही बुझक्कडहरु भने एक कुनामा गएर मध्येमार्गी बाटो तय गरिरहेका थिए । यदि दुवै विजुली निकाल्न दिने हो भने अनुदान नपाइने र गाउँलेले धेरै पैसा निकाल्न गाह्रो हुने कुरा उकातिर छँदै थियो । अर्कोतर्पm एउटैलाई कार्यान्वयनमा लान असन्तुष्ट पक्षलाई कसरी सहमतीमा ल्याउने यो पनि गाह्रै प्रश्न भयो । उनीहरुले आजको भेलाबाट कुनै एक निष्कर्षमा जनदवाव सिर्जना गर्ने सोँचसहित निष्कर्षमा पुगे, ‘विजुली पहिले प्रस्ताव गरिएकै निकाल्ने निर्माण समिति अध्यक्ष असन्तुष्ट पक्षकालाई राख्ने ।’ यो सहमती जव माझमा प्रस्तुत गरियो तव जनताको बहुमत समर्थन प्राप्त भयो । तर दुई पक्षका केही समूहबिच हात हालाहालको स्थिति आउन लागेकोले त्यसलाई रोक्न महामुश्कील प¥यो । बैठकबाट बाहिरिदैँ गर्दा गञ्जमानले मनमनै भने, ‘चुनावमा गाविस अध्यक्ष हुने सपना सपनामै सिमित हुने भयो ।’
सयौँ कष्टसाथ जनताको सक्रिय सहयोगमा निर्माण सुरु भयो विद्युतको, गाउँको हेलीप्याडमा विजुलीका सामान हेलीले ल्याउन थाल्यो । बोक्नेले बोक्न थाले, ठोक्नेले ठोक्न थाले, अन्तमा करिव दुई वर्षको निरन्तर प्रयासपछि विजुली बाल्ने दिन आयो । विजुलीको उद्घाटन कार्यक्रम पनि भयो । विजुलीका उद्घाटनका दिन निर्माण समितिका अध्यक्ष बोले, ‘तपाईँहरुको साथ सहयोगले यो कार्य सफल भयो । यसरी नै हरेक पल्ट मलाई सहयोग र समर्थन गर्नुभएमा गाउँ विकासका कार्यमा यसर िने लाग्नेछु ।’
गाई मारेको पाप
थाहा छैन कुन दिनदेखि गाईको मासु खान प्रतिवन्ध लाग्यो, हाम्रो बाजेले भनेको अनुसार पहिले नियमित चल्ने गाईगोरुको मासु खाने प्रयोजनमा प्रयोग हुँदै आएकोमा प्रजातन्त्र आएसँगै विस्तारै वन्द हुँदै गयो । पछि खै कुन कानुन बन्यो रे त्यसपछि त झन् गाई राष्ट्रिय जनावर भयो रे हिन्दुको गौ माता रे भनेर सबै नेपाली हिन्दु भ’का कारण पूजा गर्नुपर्ने भयो काट्नेलाई त डोर आएर लगिहाल्ने, मुद्धा चल्ने, जेल हाल्ने काम हुन थाल्यो । यति थाहा छ गाउँघरमा किसानी गर्ने रत्न बहादुर तथा उसका गाउँलेलाई ।
खै कति सालतिर हो, लगभग २०५७ सालतिर होला, हाम्रो खम्बुसत्ता लिन्छौँ लिन्छौँको नारा आयो । त्यस आन्दोलनको धेरै प्राबधानमध्ये गाईगोरु काट्ने पनि एक थियो । मान्छेहरु प्रहरी प्रशासनभन्दा केही माइल टाडा खेतबारी गारोमुनी काट्ने, भाग लगाउने र त्यहाँबाट गोप्य तरिकाले आफ्नो घरसम्म ढुवानी गर्ने कार्य हुनथाल्यो । गाउँघरको स्थानीय भाषामा गारोमुनीको सिकार भन्ने कोडभाषा अत्यन्तै प्रचलित थियो । यस्ता कार्यमा अर्धभूमिगत क्रान्तिकर्मीका सक्रिय भूमिका हुन्थ्यो । प्रहरी प्रशासन खुम्चीन बाध्य भएको थियो, किनकि त्यतिबेला शसस्त्र द्वन्द्वको सुरुवात भएको पनि ५ वर्ष वितिसकेको र द्वन्द्व ऊत्कर्षमा पूग्दै गरेको अवस्था थियो । जनताका मुक्ति खोज्ने सेनाको संख्या बढ्दै जाँदा देशमा लगभग द्वैध शासन सुरु भइसकेको थियो, औपचारिक र अनौपचारिक । रत्न बहादुरलाई यतिमात्र थाहा हून्थ्यो, यो गाउँमा एउटा नयाँ परिकार चाख्न पाइएको छ, जसको स्वाद अरुभन्दा वेग्लै छ । यो घरमा भएका एक जवान छोरी र दुई हुर्कदैँ गरेका छोराहरुका लागि पनि राम्रो परिकार हो । उसले सुनेको थियो, यस कार्यमा गोपाल भन्ने मान्छेको हात छ, तर देखेको नहुँदो हो । उसलाई यो भने थाहा थिएन कि गोपालको शाब्दिक अर्थ गाईपालक हो, जसले गौवध गर्दैन ।
विस्तारै गाउँगाउँका प्रहरीचौकी खाली या ध्वस्त हुन थाले । सदरमुकाम वा सहर केन्द्रित हरिया वस्त्रधारी शस्त्र सुसज्जित सुरक्षा समयसमयमा गाउँ आउँथे र धुम मचाएर फर्कन्थे । अनि बेलुकी सात वजे रेडियोमा बज्थ्यो जसको रिपोर्ट । गाउँघरमा बस्ने उस्तै हरिया वस्त्रधारी शस्त्रसेनाले धावा बोल्थ्यो, सहर या सदरमुकाम मुटुमै, समाचार बज्थ्यो उही समय बेलुकी सात बजे, तर कुनै कुनै स्थानीय रेडियो भने हराउँथ्यो थुप्रै समय, या गीत बजाउनमा सिमित हुन्थ्यो । गाउँ गाउँमा नयाँ सरकार गठन हुन थाल्यो । सानातिना छिनोफानो तथा स्थानीय विकासका केह िकाम त्यही नयाँ स्थानीय सरकारबाट हुन थाल्यो । ठूला समस्यामा ती सरकार निर्माणकर्ता नै आउँथे र मिलाउथे । रत्न बहादुर यी सब घट्नाका दर्शी बने । यसै बिच उनकी विद्यालयको नाममा विहानी कक्षामात्र पढ्न पाएकी, जेठी छोरीले १५ वर्षको उमेरमै ज्वाँई ल्याइदिइन् । खुसीसाथ स्वीकारे परिवारले ज्वाँईलाई र छोरीलाई विदा गरे । दुख थियो, ऋण थियो र त थियो अशिक्षा, अचेतना र त थियो मुक्तिवादी आन्दोलन ।
गाउँघरमा गारोमुनीको सिकार अव सार्वजनिक हुन थाल्यो । रोक्नेछेक्ने कोही नभएपछि किन हुन्नथ्यो र । यस्तैमा एक वाजी एक दिन आयो । रेडियो नेपालमा आन्दोलनका समाचार बज्न थाल्यो । बुझ्नेले बुझे, सुन्नेले सुने काठमाण्डौमा जनसागर उर्लेको छ । १९ दिनको दिन देशमा पृथ्वीनारायण शाहका शालिक ढले । गाउँगाउँमा खबर पुग्यो, देशको मूहार फेरियो ।
यलम्वरका पुराना लडाका सन्तान हराए, झोला बोक्ने नयाँ सन्तान जन्मिए । कुनै एउटा जातीय संघ थियो त्यो नयाँ सन्तान, अनि थियो त्यो एक आन्दोलन । एकदिन त्यो संस्था रत्न बहादुरको गाउँ आयो र त्यहाँ सभा राख्यो । ऐतिहासिक पिल्मो गाउँ जहाँ हाम्रा पुर्खाको उदय भयो भन्दै भाषण नि गरे । तिनीहरुले, फेंगा लाउनुपर्छ, दोङगम (विनायो) बजाउनुर्छ आफ्नो मातृभाषा जोगाउनुपर्छ, बचाउनुपर्छ.... आदि आदि भन्दै । एक कुनामा बसेर माइक पड्कीने चर्को आवाजको भाषण सुनिरहेका रत्न बहादुर अकमक्क परे । उनले देखे जो मान्छेले फेंगा लाउने, दोङ्गम बजाउने र आफ्नै भाषा बोल्ने शिक्षा दिँदै थियो, त्यो मान्छेले सहरिया लुगा लगाएको थियो, त्यो लुगामा छातिनिर पारेर भूmण्ड्याइने विनायो थिएन, अनि अर्को अचम्म, ऊ नेपाली खास नबुझ्ने र सबै स्थानीय मातृभाषी भएको हूलमा नेपाली भाषामा भाषण गर्दै थियो । रत्नबहादुरको चेतनाको गाग्री हल्लियो तर टिलपिल टिलपिल होइन । उनीहरुले बोलेका कुराहरु मनमा सुझ्ने खालकै थिए । एउटा कुरा समझमा थियो, त्यो पनि बोले उनीहरुले, हाम्रो संस्कार अनुसार चल्ने, पितृ बुझाउँदा अनिवार्य चाहिने मासु त गाई गोरुको हो । हिजोको सत्ताले छेकेको, अव त्यस्तो हुँदैन, चलाउनुहोला, कानून लाग्दैन ।
रत्न बहादुरले आफ्ना छोराहरुलाई विद्यालय पठाउन थाल्यो । नपढी नहुने चेतना सिंचित भयो, यो उसको दिमागको, चेतनाको ठूलो क्रान्ति थियो । देशमा पनि रत्न बहादुरको दिमागमा जस्तै नौलो परिवर्तन हुन थाल्यो । हिजो सिँगाने भन्दै मास्टरहरुले गाली गर्दै गरेका भतिजो नेपाल सरकारको सुब्बा भयो । कोही सडक बनाउने काममा गए, कोही आर्मी भए, कोही भने मास्टर बनेर गाउँ घरमै पढाउन थाले । सबैभन्दा धेरै भने खुम्बुतिर टे«किङ क्षेत्रमा काम गर्न जान थाले । रत्न बहादुरको कान्छो छोरो भने विद्यालयमा राम्रो भलिवल खेलाडी बने । यो देखेर रत्न बहादुर खिन्न भयो । खेलेर के हुन्छ? घरमा काम गर्दैनन्, पढाई बिगार्छन्, कहिलेकाँही खेलमा जाने भन्दै खर्च माग्छन् । रत्न बहादुरले पनि भारी बोकेर घरखर्च तथा छोराहरुको सुन्दर भविष्य कोर्ने खर्च जुटाउन थाले । कहिले साहुको भारी, कहिले ट्रेकिङमा विदेशीको भारी बोकेर नाम्चे लुक्ला देखि नौलेक सम्मका बाटाहरु छिचोलिसकेका थिए ।
एकदिन गाउँकै छिमेकी भतिजो गञ्जले भन्यो, ‘काका, मेरो भारी बोक्न हिड्नुहोस्, नाम्चेसम्म, जानुहुन्छ?’ कसरी नजाने भन्ने त हुन्छ र, परिवारको नुनतेल, छोराको पढाई र भलिबल सबैले जा जा भन्छन्, उनले सोधे, ‘के को भारी, कता जानुपर्ने?’ उत्तर आयो, ‘त्यही मासुको व्यपार हो, नाम्चे लानुपर्ने, सिकार बाटोमा छ, उतै काटेर लानुपर्ने, उतै पासाङ भन्ने मानछेसँग किनेको ।’ लौन त भनेर हिँडे दुई भाई । छोरी अव नाम्चे जाने बाटैको साहुनी भइसकेकीले उनीहरुको हिलो रात छोरीको होटलमा बसे । रत्नले त्यही दिन थाहा पाए कि मासु व्यापारीले किनेको सिकार त्यही गाउँघरमा प्रचलित गोरु रहेछ । कुरा भयो त्यही होटलमा, ‘साँचै यो चलन चाहीँ साह्रै राम्रो, थारा गाई, घाइते गोरु र दुख दिने, हान्न गाईगोरु व्यवस्थापन राम्रो भको छ ।’ गञ्जको यो कुरामा बुढाले थपे, ‘हैन कान्छा, यो हाम्रो चलनअनुसार त मर्दामा चाहीँ लाससँग गोरुको मासु अनिवार्य हाल्नुपर्छ नि, पछि पो यो काट्न वन्द भएपछि सिनोको सुकाको छालाले काम चलाउन थालिउको हो त ।’ वुवा र दाईलाई रक्सी एकएक कप हालिदिँदै छोरी बोले, ‘अस्ती यहाँ कुइरे लिएर आउने गाइडले भन्थे यो त काठमाण्डौका तारे होटलमा अनिवार्य हुन्छ रे, तर नेपालमा खुलमखुला काट्न नपाइने हुनाले भारततिरबाट यसको व्यापार आउँछ रे ।’ माध्यमिक तह छिचोलेका अली वुझक्कड ज्वाँईले भने, ‘अस्ती संविधान बनाउँदा पनि गाई राष्ट्रिय जनावर राख्नेमा कुरो मिलेको थिएन रे, कोहीले अरु जंगली जनावर राखौँ भने रे नमिले पछि हामी आदिवासीको केही समुदायमा सुस हुने (नचल्ने) बाख्रा राखौँ भन्ने सम्म भयो रे ।’ हा हा हा... । घरभित्र एक हाँसो छायो ।
एउटा गाई एउटा गोरु किने अनि मासु बनाएर नाम्चे लाँदै थिए, पासाङले भनेका थिए, ‘अहिले अलि गाह्रो हुनसक्छ, सक्दो छिटो भगाउनु ।’ बिचमा प्रहरीको एक टालीले पक्रिए, केही सोधीखोजी गरेपछि हठ्कडी लाग्यो दुवैका हातमा । केही घण्टा दुईजनालाई हिँडाएपछि पासाङलाई पनि मिसाइयो हुलमा । छक्क परे दुई भाई, तर छक्क परेको थिएन पासाङ, पछि बुझे, त्यो मासुको सिकार चोरीको थियो, पासाङले चोरेर बेचेको थियो । नखाको पनि लाग्दो रहेछ भन्दै पुर्पुरोमा हात र आँखामा आँशु पारेर बसे रत्न बहादुर ।
उनीहरुलाई जिल्ला ल्याइयो । कारागार चलान गरियो र सरकार वादी भएको गौवध र गाईधनी वादी भएको चोरीको मुद्धा लगाइयो तीनै जना विरुद्ध । जेलको छिँडीभित्र सोच्दै बसे रत्नबहादुर, त्यो गाउँघरको चलन, त्यो ०५७ को आन्दोलन, त्यो फेंगावाला भाषण गर्ने संस्थाको कुरा, ऊ भरिया मात्र भएर गको ऊ चोर नभएको, अनि घरपरिवार र छोराहरको पढाई... सबै सोचेपछि आश केही जाग्यो । ‘यो नेपालको कानून अन्धो छैन भने, वास्तविक कसुरदारलाई मात्र सजाय हुने भए, पक्षपात हुँदैन भने कतै यो चार दिवारबाछ उन्मुक्ति मिल्ला । अनि ती यलम्बरका वन्दुक बोक्ने र नबोक्ने सन्तानहरु पनि त आउँलान् गुहारमा... किनकि यो गर्ने गराउने त उनै हुन् । धेरैमा चोरीमा सघाको जस्तो देखिदाँ सानो सजाय होला । भोगौँला भाग्य त्यति त ।’ यसै बिच उसले सुनेको थियो, ५७ सालमा लडाईँ मचाउनेहरु त अहिलेका सरकार हुन् । यो भन्दा आशा लाग्दो कुरा के हुन सक्थो र?
एकवर्ष वित्यो जेल जीवन, नयाँ संविधान आको जेलभित्रैबाट थाहा पाइयो, त्यो दिन दीपावली भएको थियो । त्यो दीपावलीको दियोको तेलसँगै रत्नबहादुरका सपना विलाएको थियो जो रत्नबहादुरले बुझ्न सकेन । आश थियो नयाँ संविधानले उनलाई उन्मुक्ति दिनेछ । तर संविधानले भनेको थियो, ‘राष्ट्रिय जनावर गाई’ भनेर ।
पैmसला भयो, श्रीमान्को पैmसला सुन्न जाँदा रत्नबहादुरले बाहिर भनेका थिए, ‘मुद्धा नै लाउने हो भने त हाम्रा गाउँका प्रत्येक व्यक्ति मासु खाको निहुमा जेल पर्ने रहेछन् ।’ फर्किदा भने, ‘म त १२ वर्षको लागि जेल परेँ, मेरो कसुर के हो मलाई अभैm थाहा छैन, मेरा बाउबाजेले कुनै अपराध गरेका होलान् त्यसको सजाय म भोग्दैछु । म जेलबाट फर्केर आउँदा मेरो कपाल पूmलेको हुनेछ । यदि तिमी प्रगति गर्छौ भने म फर्केर आउँदा तिम्रो बच्चा भएर पनि ठूलो बच्चाले ५ कक्षा पढेको हुनेछ । तिमी र तिम्रो श्रीमतीले थोरै मात्र बचायौ भने पनि तिमीहरुसँग घर बनाउने बचत हुनेछ । अनि म त्यतिखेर शून्यमा हुनेछु, शून्यबाट सुरु गर्दा गर्दै मेरो लीला पुरा हुनेछ, यसमा मेरो के दोष थियो म कहिल्यै बुझ्ने छुइनँ । सारा अधुरा सपना छोराहरुले पुरा गरुन् ।’ देखिए तीनजनाका हातमा हठ्कडी र देखिए जेलतिर जाँदै गरेका एक लाम मानिस र मानिसका बिचमा रुँदै गरेका रत्न र रत्नका छोराछारी । तर देखिएनन् कतै, ती १५ वर्ष अघिका हरिया बन्दुकेका ताँती र देखिएनन् आदिवासीका माइक पूmट्ने भाषणका वक्ता... ।
सदरमुकाममा राउटे
सदरमुकाम हरेक जिल्लाको प्रशासनिक र व्यापारिक केन्द्र हुने हुनाले हरेक गाउँठाउँका मानिस आउने नै भए । कल्लेरी पनि त्यस्तै एउटा सदरमुकाम भएकोले यहाँ पनि थुप्रै मान्छेको आवत जावत हुने गर्दथ्यो । त्यो जिल्लामा चोङ्खिदो नामको एउटा राउटे वस्ती पनि थियो, जहाँबाट पनि सदरमुकाममा विभिन्न काम लिएर राउटेहरु घरी घरी सदरमुकाम झर्ने गर्दथे । समुदायमा केही जान्ने हुँ भन्ने र गाउँकै एकमात्र दश कक्षा पास रेम्नीसीङ नामका एकजना राउटे पनि थिए । एकदिन उनी आफ्ना गाउँले काकासँग सदरमुकाम आएका थिए । उनीहरुको काम उनीहरुले भखैरै गाउँमा स्थापना गरेको ‘राउटे उत्थान समाज’को बारेमा थियो । उसको दैनिकी गज्जब तरिकाले वित्यो । उनले आफ्नो दैनिकीमा लेखे;‘पहिलो दिन
सुरुमा गाविस सचिवलाई भेट्नुपर्ने थियो । मोबाइलमा पैसा हाल्न पसलमा रिचार्ड कार्ड किन्न गयौँ, त्यहाँका साहुजी हाँसे, किनकी काकाले नेपालीमा बोल्न जान्नुभएन क्यारे उहाँले ‘रिचास कार देउना’ भन्नु भएको थियो । गाविस सचिवलाई फोन गरेँ, फोन राख्दै गर्दा सचिवले भनेको सुनेँ, ‘राउटेहरु आएछन् ।’ उनले भनेका थिए, ‘जमुना होटलमा छु भनेर । हामीले खोज्न थाल्यौँ तर मुश्किल प¥यो । संयोगवश एस.एल.सी. पढ्दाको एकजना साथी भेट्योँ र उसले पु¥याइदियो । त्यँहा पुग्दा गाविस सचिव थिएनन् । फेरि फोन गर्दा कार्यालय सम्बन्धी कामले निस्केको र बेलुकी चार बजे सोल्मारे होटेलमा भेट भने । हामीलाई दिन काट्न गाह्रो हुने भयो । होटलमा दिनभरी सुतेर बेलुका पौने चारबजे नै सोल्मारे होटेलमा पुग्यौँ तर सचिव थिएनन्, फोन गर्दा अफ थियो ।
दोस्रो दिन
काकाले बिहान नौ वजे सचिवलाई फोन गरेर भने, ‘बाबा सोचिव जिउ आज चाँही भेत्नुइ परेउ ।’ सचिवले खिल्ली उडाउने लयमा भन्यो, ‘लौ आइजा तो ।’ हामीले हिजैको नियति बेहोर्यौँ, खोज्दा खोज्दै बेलुकीको तीन बज्यो । बल्ल भेट्यौँ तर सचिवले हाम्रो काम सोध्नु अघि चिया, खाजाको अर्डर गरे हाम्रो नाममा बील उठ्ने गरी रहेछ । अनि एउटा सिफारिस लेखिदिएर दुई सय लिए तर बील दिएनन् । हामी त्यँहाबाट चिया खाजाको बील तिरेर निस्कदाँ पाँच बजेकोले बासस्थानतिर फर्कियौँ ।
तेस्रो दिन
हामी बिहान साँढे दश बजेतिर बैंकमा खाता खोल्न जाँदा त्यँहाको कर्मचारीले स्थायी लेखा नं. (प्यान) तथा कर तिरेको प्रमाण नभई खाता खोलिन्न भन्ने अड्डी कसे । मैले यो सामाजिक संस्थाले व्यवसाय गर्दैन भन्ने कुरा सम्झाउन नसकेपछि प्रबन्धकको कोठामा पुग्यौँ । प्रबन्धकले प्यान अनिवार्य नभएको तर आवश्यक जिल्ला प्रशासनको सिफारिसको लागि सिडियोलाई भेट्ने सल्लाह दिए । सिडियोले ‘मैले भनिसकेको छु, अहिले त्यो आवश्यक छैन ।’ भनेपछि म पुनः बैंक प्रबन्धकको कार्यकक्ष पुगेँ । उहाँको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयका सहायक सिडियोकहाँ पुगेर आफ्नो प्राविधिक कठिनाईको जानकारी सहित विन्ती चढाएपछि सिफारिस दिनु भन्ने आदेश लिई अर्को फाँटमा पुग्दा त्यहाँबाट मलाई कुनै किसिमको सहयोग नहुने जानकारी सहित हाकिमले जे भन्यो त्यो मान्नुपर्ने विडम्बनाको गुनासो सुनाइयो । मैले हाम्रोे गुनासो पोखेँ किनकी हामी असारको खेतीलाई छोडी असार १६ गते सदरमुकाम पुगेका थियौँ त्यो पनि सत्र कोश टाडा चोङ्खिदोबाट । हामी निस्कदैँ गर्दा, ‘यी राउटेहरु कुरै बुझ्दैनन् ।’ भनेको सुन्यौँ तर केही भनेनौ । हामी निस्कदा भेटिएका एकजना मान्छेको सुझावअनुसार एकजना नेतालाई खोज्नतिर लाग्यौँ । बल्ल भेट्यौँ एकजना हाम्रैतिर भोट माग्दै आउने नेता । उसँग चिया खाँदा पाँच बज्यो ।
चौथो दिन
बिहान साँढे दशदेखि सुरु भएको हाम्रा नेताको कतैका अनुरोध कतैका थर्काइले गर्दा काम करिव दुई घण्टामा सिद्धियो । हामी खुुशी त भयौँ तर एकदिनमै सिद्धिनुपर्ने काम चारदिनमा हुँदा साह्रै हैरान भयौँ । बेलुका होटलमा आएर हिसाव गर्दा हाम्रो हिसाव चार हजार पुगेछ । बाहिरका खर्चसहित छ हजार जति खर्च भएछ ।
पाँचौ दिन
हाम्रो गाउँमा नुन साह्रै महंगो छ । त्यसैले सहर आउँदा १०÷१२ प्याक लगियो भने साह्रै फाइदा हुन्छ, महंगो ढुवानीले गर्दा हुने हो । हामी बहिानै पैसा हिसाव गर्नतिर लाग्यौँ, तर नुन किन्ने र घरमा थुक्पा र चाउचाउ लगिदिने पैसा त चारदिनमा खर्च भइसकेको रहेछ । हामीले नुन किन्न सकेनौँ । गाउँका साहुजीबाट घरमा थुक्पा र चाउचाउ उधारो लाने सल्लाह गरेर हामी रित्तै गाउँ फर्कियौँ ।’
कोलाममा एक रात
काठमाण्डौबाट केही दिनको छुट्टीमा आएको बखत साथीहरुको आग्रहमा भलिवल खेल्न नजान्ने र नजाने म एकदिन भलिवल खेल टीमको एक सदस्य भएर गएँ, शिवटार । भलिवलमा राम्रै नतिजा पाइयो, कारण थियो साथीहरुको राम्रो प्रस्तुती । बेलुकी गाउँ फर्कने बेला म एक्लै परेँ मेरो भोलीपल्ट नै काठमाण्डौ परीक्षा दिन हिड्ने योजना भएकोले घर नपुगी नहुने तर अरु साथीहरु जितौरी मनाएर मात्र फर्किने मुडमा थिए ।
म शिवटारको एउटा होटलमा करिव नौ बजे एउटा वियर खाएर एक्लै गाउँ हिड्न थाले । मनमा केही डर भएपनि भोली हिड्ने भनेर टुंगो लागिसकेको र नहिँडे परीक्षा छुट्ने अवस्था सम्झेर पनि हिडाइमा दम थियो । मनमा नानाथरी कुरा खेल्न थालेपछि मैले मोबाइलमा गीत बजाउन थालेँ । बिच बाटोमा एउटा सात्दी गाउँ भेटेँ त्यहाँनिर समय हेर्दा साँढे दश बजेको थियो । त्यति मै मेरो मोबाइलको व्याट्री सिद्धियो । अँध्यारोको यात्रा सुरु भयो । छेक्मा गाउँ आइपुग्दै गर्दा तल्लो गाउँतिर स्यालहरु कराएको सुनेँ । राईको छोराको मन पनि डराउन थाल्यो ।
अव मेरो बाटो जंगलबिचबाट सुरु भयो, डरले एकपल्ट मन्द स्वरमा गीत गाएँ । डर केही कम भएकै हुँदो हो । मध्येरात बाह्र बजेतिर हुँदो हो, म कोलामनिर पुग्दै थिएँ । मैले मेरो विपरिततिरबाट कोही मतिर आउँदै गरेको या मेरो अघिअघि जाँदै गरेको जस्तो देखेँ । तर खास होओइन, मेरो डरको कारणमात्र त्यस्तो भएको हुन सक्छ । मैले अगाडी उभिएको रुको ठुटालाई मान्छे देखेको रहेछु । यो थाहा पाइकन पनि डर कम हुनुको साटो बढेर गयो । सम्भेmँ, त्यो ‘कोलाममा भूत छ ।’ भनेर मान्छेले भनेका कुरा । तर म भूतले खाँदैन, बाघ भालुले खान सक्छ भन्ने धारणामा विश्वास गर्ने मान्छे न परेँ, ज्यान चाहीँ नजाला भन्नेमा ढुक्क थिएँ ।
जब कोलामको चौतारी निर पुगेँ केही सुस्ताउने विचारले बिसाएँ, झट्ट सम्झिन पुगेँ, ओहो! सुनेको यहाँ भीरमुनी कोही खसेको रे, घाँस काट्न जाँदा, त्यसपछि बाँकी थाहा भएन, को कसरी खसेर के भयो? डरले निधारमा पसिना चिटचिट आउन थाल्यो । माथि कोलाम साइबर क्याफे हेरेँ, क्याफे पूरै सुनसान थियो । यताउती हेरेको त्यतिकैमा बसको भन्दा केही दुरीमा एउटा मान्छे बसिराखेको देखेँ, खुसी र डरले एकैचोटी के के भएँ के के । खुुसी कोही भेटिएकोमा र डर त्यो आकृति मानवेतर वस्तु भए भन्ने भयमा थियो । रातको व्याप्ततामा देखिएका उनका वस्त्रबाट उनी महिला भएको जस्तो लाग्यो । यो रातमा साथी भेटाउनु राम्रो हो । तर कहाँबाट यो सुनसान स्थानबाट यति राती को मान्छे आयो? अलमलमा परेँ ।
मैले बोलाएँ, ‘को हो?’ त्यो मान्छे मेरो नजिक आयो, ‘ओ हो, केडी! कहाँबाट आयौ यति राती?’ उनको स्वर सुनेको, चिनेको भान भयो । ‘तिमी त....’ मेरो कुराको बिचमै बोलिन्, ‘हो म सपना नै हुँ, चिनेनौ?’ म अचानक तर्सेँ, ‘अनि तिमी त... कता हिँडेको यति राती?’ मलाई नजिक आउने ईशारा गर्दै बोलिन्, ‘हो म तिमी काठमाण्डौमा हुँदा एकपल्ट यो भीरबाट खसेकी थिएँ तर तिमीलाई नभेटी मर्न को सक्छ र? भाग्यवश बाँचे, आज दिउँसो घास काट्न आउँदा मेरो हँसिया विर्सेछु त्यहीँ लिन आको । तिमीले त काठमाण्डौ गएपछि मलाई चटक्कै बिर्सियौ है ।’ मैले पुरानो हाम्रा प्रणयका दिनहरु सम्भेmँ, सपना नै थिइन् जो मलाई असाध्यै माया गर्थी । कता कता आश्चर्य र डर मिश्रीत स्वरमा भनेँ, ‘कसरी सक्नु बिर्सन? तिमी वेखवर भयौ र पो त । रातदिन तिम्रै यादमा कविता कोरेर वितेका मेरा दिन तिमीलाई थाहा छैन होला ।’ सुँकसुँकाउदै बोलिन्, ‘मलाई सब थाहा छ, तिमीले एउटा गीत लेखेका छौ नि, सानीवामी नाक्का मान्तुप... सधैँ सुन्ने गर्छु ।’ म खुसीले पागल भएँ । मैले हालसालै लेखेको गीत नै यसलाई याद रहेछ यो जानेपछि यो मान्छेको आकृति जिउँदो सपनाको नै हो भन्नेमा म ढुक्क भएँ ।
उनको आग्रह अनुसार हामी उनको हँसिया खोज्ने अनि सँगै फर्किने सहमतीमा पुग्यौँ । उनले भनिन्, ‘आज मेरो घर जानुपर्छ, आज रातभरी म तिमीलाई आफ्नो अंगालोमा पाउन चाहन्छु, सारा मृगतृष्णा मेट्न चाहन्छु ।’ म तयार भएँ उसको कुरा मान्न, हामी भीरबाट तल झर्न लाग्यौँ । कुनै बिना अप्ठ्यारो भीरमा हँसिया भेटाउन सफल भयौँ । उनकै आग्रमा उनको घर गयौँ, त्यो अचम्मको महलमा रातभर सँगै सँगै मृगतृष्णा मेट्यौँ ।
झिसमिसे बिहानमै म व्यूँझिएँ । मैले आपूmलाई कोलाम भीरको एउटा फाँटामा सुतीराखेको पाएँ नितान्त एक्लै, सपना थिइनन् विपनाको अंगालोमा । छेउमा हेरेँ, खिया लागेको पुरानो हँसिया देखेँ । यो अचम्मको घटनाबाट म आपूmलाई अलग पार्न सकिराखेको थिइनँ । मैले यो होसका सारा घटनाबाट कोलाम डाँडामा निस्कने बाटो खोज्न थालेँ । हिजो रातीको मेरो बाटो घाँसको कारण पत्ता लाग्यो । त्यहीँ बाटो पछ्याउँदै पसिना पसिना भएर करिव दुई घण्टामा डाँडाको चौतारीमा निस्किएँ । एउटा ढुंगामाथी बसेर तलतिर हेर्दै र हातमा भएको हँसिया हेर्दै सुस्ताउन थालेँ । केही मान्छेहरु छेउ भएर शिवटार बजार तिर जाँदै थिए । कुराकानी गर्दै थिए, ‘यही मुनीको भीरबाट होइन त चार पाँच वर्ष अघि एउटी केटी खसेर मरेकी?’ ‘हो नि विचरा दश कक्षामा पढ्दै थिइन् रे, जवानी मै बेकालमा....’
दैनिकी र मजदुरी
मैले सरकारी जागिर खान थालेपछि मलाई कामको भोज कम भएको थियो । पहिले शिक्षण गर्दा विहान आठ बजेदेखि बेलुकी पाँच सम्म निरन्तर पढाउनुपथ्र्यो । त्यो पनि दिनभरी उभिएर कराउँदै पुरानो शिक्षण पद्दतीमा पढाउनुपर्दा अर्कै थकान, अर्कै पिडा अनि अर्कै असन्तुष्टिले कहिल्यै सन्तुष्ट हुन सकिएन । पारिश्रमिक पनि शिक्षणको गर्दा तुलनात्मक रुपमा कम नै थियो । देखेँ, सरकारी जागिरेको सान नै अर्कै हुने रहेछ, भित्रका पिडाहरु छोडेर हेर्दा । सुरुका केही दिन पिछडिएको क्षेत्रको मान्छेले लोकसेवामा नाम निकाल्यो भन्दै बधाईको पात्र नै बनाए । एक जनाले भने ‘त्यहाँका मान्छेलाई नि लोकसेवाको बारेमा थाहा रहेछ है!’
भाग्यमानी परेँ क्यारे, मैले जागिर खाकै साल कर्मचारीको तलव सरकारले दश प्रतिशतले बढाइदियो । यसबाट दुई जनाको परिवारलाई खानबस्न सम्म जेनतेन हुन्थ्यो । सुरुका दिनहरुमा म कार्यालयको काम सिक्ने क्रममा थिएँ, त्यसैले कार्यालमा समय दिनुपर्ने हुनाले कहिले रातै पथ्र्यो भने कहिले विहानै नि हाजिर हुन पुग्थेँ । करिव एक वर्ष भएपछि भने काममा सामान्य पोख्त नै भएँ । कामहरु हलुकै तवरले सम्पन्न गर्न सक्ने भएँ ।
मेरो एकजना नयाँ साथी थियो, जो मलाई भेट्नकै लागि पनि मेरो कार्यालय आइरहन्थ्यो । ऊ पनि सरकारी जागिर खोज्दै थियो तर पाइसकेको थिएन । एउटा संस्थामा सामाजिक परिचालक पदमा कार्यरत उसँग मेरा लागि प्रसस्त समय हुन्थ्यो । ऊ मेरै शाखामा प्राय दिनहरु विताउने गथ्र्यो, यस क्रममा मेरा कार्यालयका साथीहरुसँग पनि उसको चिनजान भइसकेको थियो । मेरा काम, कमाई अनि बसाई, तौर तरिकाहरु उबाट लुक्न सक्दैन थियो । एक मनले लाग्थ्यो, ऊ मौन तरिकाले मेरो जीवनको अध्ययन गरिराखेको थियो । म घुम्ने कुर्सीमा बसेर कम्प्यूटर चलाउन पाएकोले मख्ख थिएँ ।
एकदिन खाजा खान बजारमा बोलायो उही साथीले, जाँदा म.म. अर्डर भइसकेको थियो । उसले खाजा सँगै ऊ मेरो गाउँतिर जाँदै गरेको जानकारी पनि दियो । भन्यो, ‘अफिसले मेरो फिल्ड उता तोकेको रहेछ । एक हप्ता बस्छु, तर तीन गाविस पूरै घुम्छु, तिम्रो गाउँ जान पाएको मौकामा तिम्रो घरमा जानु मेरो ईच्छामात्र होइन अनिवार्यता नै हो । के भनेर सोध्दा थाहा हुन्छ त तिम्रो घर?’ मैले खुसीको स्माइलीसाथ भने, ‘मेरो पनि भाग्यको कुरा हो, तिमी जाँदै गर्दा बाटैमा कोलाम साइवर क्याफे छ, त्यहाँबाट मेरो घर पाँच मिनेट पनि लाग्दैन । त्यहीँ क्याफेमा सोधे भनीदिन्छन् ।’
साथी गएपछि एकप्रकारको अभ्यस्तताले गर्दा होला सँधै सोँच्ने गर्थेँ, ‘ऊ आज त अफिसमा आउँछ कि’ भनेर तर यथार्थमा ऊ त फिल्डमा थियो त्यो पनि मेरै गाउँमा । ऊसँग छुटेको तीनदिन पछि उसले एउटा फोटो पोष्ट ग¥यो, ‘कोलाम साइबर क्याफेको कफी र नेट....’ कयाप्सन दिएर । तत्काल मैले मेसेज पठाएँ ‘पुग्यो तिमी त्यहाँ?’ जवाफ आयो, ‘भखर पुगेको, केही वेर यहाँ बस्छु अनि तिम्रो घर गएर आजको रात उतै होला ।’ भनेँ, ‘रात कटाउने कष्ट नगर साथी, त्यो घरमा आमा बाबा बस्दैनन् । बुढा हजुर बुवा र सानो भाईलाई तिम्रो आतिथ्य स्वीकार्न गाह्रो होला ।’ ऊ साइन आउट हुनु अघि उसले ‘ल ल पुग्छु तर बस्दिनँ ।’ भनेर मेसेज पठायो अनि हरायो ।
साथीसँग च्याटका दिनपछि मेरो कार्यालयको व्यस्तता बढेकोले पाँचदिनसम्म करिव अनलाइन नि बसिनँ, चौमासिकका कार्यक्रम तथा निकासाका काम तिव्र भए । केही फुर्सद पाएको मौकामा एकदिन उसको फोन ट्राई गरेँ, लाग्यो, बोल्दा सुनायो, आइपुगेर नि कोठामा नुहाउन लाग्या रे केही पछि चिया खान भेट्ने रे । कार्यालयमा खाजा खाने समयको ब्रेकमा म पनि निस्केँ, अनि पुगेँ उही पुरानो हाम्रो चिया पसलमा । चिया र फ्रुइट केकको अर्डरपछि हाम्रो कुरा सुरु भयो,
‘कस्तो लाग्यो? मेरो गाउँ र मेरो घर?’
‘गाउँ त ठीकै लाग्यो तर तिम्रो घर भेटिनँ यार ।’
‘भेटेनौ? कसरी?’
‘म जुन घरमा गएँ नि तिम्रो, त्यो घर त तिमं्रो होइन तिम्रो बाबाको पो रहेछ ।’
हा...हा....हा.....
‘अनि नि, तिम्रा गाउँमा तिम्रै नामसँग नाम दोहोरिएका कति जना छन्?’
‘किन र?’
‘तिम्रो नाम लिएर खरिको घर कहाँ हो भनेर सोधेको, एकजनाले छोडेर आइसक्नु भयो भन्छ, अर्कोले हैन यहाँबाट माथिल्लो बाटो गए ठ्याक्कै पुगिन्छ पन्ध्र मिनेटमा भन्छ त...’
हा...हा....हा......
‘ए अनि कसरी पत्ता लगायौ त?’
‘यस्तो यस्तो जागिर गर्ने, सदरमुकाम ठाउँमा बस्ने भनेपछि भनीदिए । त्यो पनि केडीसरको पो सोध्या रहेछन् भन्दै थिए ।’
‘पढ्नको लागि कठमाण्डौ जाँदा ठाउँसँगै नाउ नि फेरेँ, अनि दश वर्षसम्म गाउँ नै फर्केर नआको मान्छेको नाम पनि मेटिदैँ गरेको हुँदो हो ।’
‘तिम्रा नयाँ न्वरानको कुनै खास अर्थ होला... ।’
‘छ नि, किन नहुनु...... चिया खाम्.... मैले मेरो वास्तविक नाम भनेँ कलेजको पहिलो एक महिना, तर मेरो नाम सुनेर नहाँस्ने र मेरो नामलाई नगिज्याउने जम्माको दुई प्रतिशत थिए होलान्, तव नाम अगाडीका दुई अक्षर झिकेँ अनि बनाएँ खरिधनलाई केडी ।’
हा...हा.....हा.....
‘जे होस् तिम्रो गाउँमा तिम्रो ट्यालेन्टको खुब सम्मान गर्दा रहेछन्, तर कोही भने तिमीलाई घमण्डी छ भनेर पनि भनीदिँदा रहेछन् । जीवन त तिम्रो हो यार तिम्रो, अफिसमा नमस्कार छ, दिनभरी घुम्ने कुर्सीमा बसेर पनि राम्रो तलव पकाउँछौ । मोज गर यार स्थायी जागरिको... ।’
‘तिमीले मेरो ट्यालेन्ट र जागिरे मोजको मात्र जीवन देख्यो त्यसले छोपेको अर्को अँध्यारो पाटो देख्न सकेनौ र सक्दैनौ पनि ।’
‘सजिलै जागिर त कहाँ मिल्छ र? जुन जागिर खान नि मेहनत लाग्छ नि मलाई नि थाहा छ । तिमी अझ भाग्यमानी छौ भन्ने नि थाहा छ, किनकी सुन्दरी युवतीलाई जीवन संगीनीको रुपमा पाएका छौ, त्यो पनि जागिरे श्रीमती ।’
‘के थाहा छ? ढाडभरी पिलो आउँदा पनि पेन किलर खाँदै पिठ्युमा भारी बोकेर पाँच हजारको उचाइमा हिउँमाथी लडदै हिँड्नुको कारण थाहा छ? तरकारी किन्ने पैसा नभएर भोकभोकै काठमाण्डौमा भौतारी हिँड्नुको भोक थाहा छ? पैसाको लागि होटलमा जुठो भाँडा माझेर खानुको मजा थाहा छ? सरकारी जागिर पाउन भोकभोकै रातभरी पढ्नुको पिडा थाहा छ? दश हजार रुपैयाँको अभावमा पुरा तयारी भैसकेको परीक्षा दिन काठमाण्डौ जानबाट अड्किनु र ऋण माग्दा हप्काइ खानुको दुख थाहा छ? ती स्टाफले अहिले जुन नमस्कार र सम्मान गर्छन् नि, त्यसको कारण पैसा मात्र हो, मैले एकाउन्ट चलाउन नपाएको भए मलाई आउने सम्मान मलाई आउँदैन, मानिस स्वार्थमा मात्र अरुलाई बाहिरी सम्मान दिन्छन्, यो थाहा होला...’
मैले ती वाक्यहरु बेहोसीमा अचानक उच्चारण गर्न पुगेँ, तर त्यस्ता थुप्रै अनुभव र घटनाहरु भन्न बाँकी राखेँ, किनकी मलाई होस् आइसकेको थियो र म होटल बाहिर आइपुगिसकेको थिएँ । मैले साथीलाई गएँ सम्म भन्न सकिनँ । अफिस फर्केर आउँदा विदा हुने समय भइसकेको थियो ।
बेलुकी कोठा फर्किएँ, अनि चिया खाँदै भरखरै किनेको पुस्तक, पाउलोको ‘इलेभेन मिनट्स’ पढ्न थालेँ, रमाइलो मान्दै पुस्तक पढ्दै गर्दा मोबाइलमा मेसेजको घण्टी बज्यो । को रहेछ भनेर मेसेज हेरेँ, मेसेज अरु कसैको नभएर उही साथीको थियो । लेखिएको थियो, ‘मलाई तिमीले अघि भनेका कुनै कुरा थाहा छैनन् तर अव उप्रान्त यो कुरा थाहा छ, मैले पाँच वर्ष कोशिस गर्दा पनि किन लोकसेवा पास गरिनँ ।’
No comments:
Post a Comment