Friday, December 29, 2017

स्थानीय तहको अल्झन्

स्थानीय तहको अल्झन्

नेपालको ७५३ स्थानीय तहमा चुनावपछि जनप्रतिनिधिले कर्मचारी प्रशासनको सहयोगमा गाउँ तथा नगरका विकास कार्य अगाडी बढाइरहेका छन् । विशेषगरी नेपालको संविधानको अनुसूची ८ मा उल्लेख गरिएका २२ वटा अधिकारका सूची अनुसारका काम गर्ने गरी कर्मचारी समायोजन भइनसक्दा सम्मलाई सरकारले संक्रमणकालिन् व्यवस्था अन्तर्गत कर्मचारीहरुलाई कामकाज गर्न स्थानीय तहमा खटाइसकेको छ । कर्मचारी समायोजन ऐन आएपनि कर्मचारी समायोजन नियमावली तथा अन्य आवश्यक कार्यविधिहरु बनिसकेका छैनन् । यस कारण विकास निर्माणका कार्यहरु अगाडी बढाउन थुप्रै बाधाहरु आइरहेका छन् । निर्वाचित जनप्रतिनिधिहरु विकासका काम देखाउन अति नै हतारमा देखिन्छन् भने कर्मचारी प्रशासन संक्रमणकालिन स्थितिलाई गौर गरेर हेरेर मात्र चल्ने सोचमा देखिन्छ । स्थानीय तहले काम देखाउन नसकेको गुनासो जनतामाझ पनि बढ्दै गएको देख्न र सुन्न पाइन्छ । यसका कारणहरु थुप्रै छन् तथापी देखिएका मुख्य कारण र ती का समाधान मात्र स्थानीय तहबाट आफ्नै लागि विकास गर्ने प्रक्रिया अगाडी बढ्ने देखिन्छ ।
प्रशासनिक संक्रमणकाल: सशस्त्र द्वन्द्वको अन्त्यसँगै सुरु भएको दशकभन्दा लामो राजनीतिक संक्रमणकालको अन्त्य भएपछि प्रशासनिक संक्रमणकाल सुरु भएको मानिन्छ । २०७२ अशोज ३ को संविधानले केन्द्रिकृत ढाँचालाई संघीय तथा स्थानीय निकायलाई स्थानीय तहमा परिवर्तन गरेसँगै विद्यामान सेवा प्रवाह गर्ने शैली र कार्यालयहरुलाई संघीय ढाँचामा ढाल्न सुरु गरियो । नवगठित स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीहरु नेपाल सरकारले तत्काल उपलब्ध गराउनुपर्ने भयो । नेपाल सरकारसँग तत्काल मौजुदा रहेका कर्मचारीहरु नयाँ संरचनामा आवश्यक भए अनुसारको सेवा समूहमा पुग्दो नभएको, पुरानो कार्यालयबाट अचानक कर्मचारी पठाउन सहज नहुने र जान पनि नमान्ने, बढीजसो स्थानीय तह गाउँगाउँमा हुँदा सदरमुकाम केन्द्रित भएर बसेकाहरु स्थानीय तहमा जान आनाकानी गर्ने लगायतका समस्या देखिएका छन् ।
नियम कानूनको अभावनेपालको संविधान कार्यान्वयनमा आएसँगै अधिकांश पुराना ऐन, नियमहरुले काम नगर्ने स्थिति उत्पन्न भयो । स्थानीय स्वायत्त शासन ऐन २०५५, नागरिकता ऐन जस्ता स्थानीय तहसँग सम्बन्धित ऐनहरु तथा विभिन्न कार्यविधिहरु पूर्णरुपमा नयाँ संविधान अनुसार आइसकेका छैनन् ।स्थानीय तहका कयौं कानुनी प्रक्रिया र व्यवस्थाहरु प्रदेश प्रदेश कानून वमोजिम हुने उल्लेख छ तर प्रदेश सभाको गठनसम्म पनि भइसकेको छैन भने कानून बनाउने भन्ने त परेको कुरा भयो ।
भौतिक संरचनाको अपुग: सामान्य बुझाइमा पनि कृषि, पशुसेवा, शिक्षा, स्वास्थ्य देखि मालपोत, नापीसम्मका कार्यालयहरु स्थानीय तहमा गएका छन् तर भवन भने मुश्कीलले एउटा भेटिन्छ । त्यो पनि पुरानो गाविस भवन । कतै कतै त एउटा पनि कार्यालय भवन छैन । शाखापिच्छे कोठा या कार्यालय त कहाँ गाउँपालिकाकै कर्मचारी समेत फरक फाँटका कर्मचारी एकै ठाउँमा कोचिएर बस्न वाध्य छन् । कार्यालयको लागि उपयुक्त घरहरु भाडामा पनि पाउन सहज छैन ।
आवश्यक कर्मचारीको अपूग: कर्मचारी समायोजनको थालनी सँगै कुनै कर्मचारी सरुवा हलुका भएको पनि महशुस भइरहेको छ । पहिलो त दरवन्दी अनुसार कर्मचारी अपुग छ, त्यसमाथी सजिलै सरुवा हुने भएपछि कर्मचारीहरु पठाइएको स्थानमा नगई रोजेको स्थानमा गइरहेका छन् । गाउँपालिकामा अन्य कर्मचारीका अतिरिक्त सिभिल समूहका कर्मचारीको अभाव छ तर करार सेवामा भर्ना गर्न पनि सहज रुपले नसकिने व्यवस्था छ । सरकारले तत्काल आधाजसो गाउँपालिकामा नयाँ भर्ना भएका ३१ ‍औं ब्याचका शाखा अधिकृतहरुलाई कार्यकारी अधिकृत बनाएर पठायो । तर पनि लेखा, प्रशासन, वडाका सचिवजस्ता कर्मचारी अपुग भए । ६ हजारको हाराहारी रहेको वडामा वडा सचिव तत्काल त्यति नै संख्यामा चाहिने भए, त्यो पूर्ति गर्न तत्काल सम्भव भएन । अस्थायी रुपमा स्वीकृत दरवन्दी तालिका अनुसार ४६० गाउँपालिकामा प्रशासनिक, प्राविधिक कर्मचारी तथा कार्यालय सहयोगी २ जनाको दरले जम्मा ४ हजार १ सय ४० जना, २७६ नगरपालिका, ११ वटा उपमहानगरपालिका र ६ महानगरपालिकामा जम्मा २ हजार ९ सय ३० जना  तथा ६७०० को हाराहारीमा रहेको वडामा कम्तीमा २० हजार १ सय गरी २७ हजार भन्दा बढी कर्मचारी आवश्यक पर्ने भयो । तर यति धेरै कर्मचारीको सेवा समूह अनुसार कर्मचारी अस्थायी समायोजन गर्न गाह्रो भयो । सबैभन्दा समस्या भनेको सिभिल समूहका प्राविधिक कर्मचारीहरु सबै स्थानीय तहमा जान सकेनन् । वडाहरु तत्काल एकैजना वडा सचिवले २/३ देखि ६/७ वटासम्म हेर्नुपर्ने समस्या विद्यामान रहेका छन् । यी कारणले गर्दा स्थानीय तह आँफैले संचालन गर्ने विकास निर्माणका कार्यहरु ठप्प भएका छन् । पहिलो चौमासिकको अन्त्य कार्तिक महिनामा हुन्छ, तर प्रायजसो स्थानीय तहमा सम्झौता गर्ने काम पनि सुरु भएका छैनन् ।
भौगोलिक विकटता तथा विकासका पूर्वाधार अभाव: नेपालको भौगोलिक वनावटमा पहाडी क्षेत्रको बाहुल्यता छ । त्यहाँ सडक, संचार, विद्युत जस्ता पूर्वाधारको कम विकास भएको छ । यस कारण विकास निर्माणका कार्यहरु ढिला र खर्चिलो हुने तथा अन्य पूर्वाधार विकास हुन नसक्ने अवस्था छ । विशेषत गाउँपालिकाहरुमा '' वर्गको वाणिज्य बैंङ्कहरु पुग्न सकेका छैनन् । त्यस्तै सुरक्षा निकाय पनि कमदेखि शुन्यको अवस्थासम्म देखिन्छ । '' वर्गको वाणिज्य बैंङ्क नभएको अवस्थामा सरकारी कारोवारको लागि पनि सदरमुकाम पुग्नुको विकल्प छैन । राष्टबैंकले सरकारी कारोवारमा १ लाख रुपैंयाभन्दा माथि नगद कारोवार गर्न नसकिने तथा १० लाख माथिको कुनै नगद कारोवार नहुने व्यवस्था गरेको छ । यस कारण पनि प्रत्येक स्थानीय तहमा '' वर्गको वाणिज्य बैंङ्क अनिवार्य आवश्यकता हो ।
अधिकार क्षेत्रबारे अस्पष्टता: सुरुमा चलिराखेको 'हाकिम' पद्दति परिवर्तन भएर 'जनप्रतिनिधि र हाकिम' पद्दतिको सुरुवात भएको छ । तर कर्मचारीले के के गर्ने र जनप्रतिनिधिले के के गर्ने भन्नेमा नै उनीहरु आँफै स्पष्ट छैनन् । यसो हुँदा अधिकार क्षेत्र मिचिने तथा प्रक्रिया लम्विने जस्ता समस्या आउने गरेका छन् । यस कारण कर्मचारी जनप्रतिनिधि बिच विवाद तथा द्वन्द्व आउन थालिसकेको पनि सुनिनमा आइसकेको छ । नेपालको यो संघीय व्यवस्था विल्कुलै नयाँ हुनाले पनि यो पद्दतिमा आउन केही समय लाग्छ नै ।
उच्च जनअपेक्षा: इतिहासमा पहिलो पटक सम्पन्न भएको स्थानीय तहको चुनाव २ दशक पछि भएको स्थानीय स्तरको निर्वाचन हो । हालसम्मको जनप्रतिनिधि शुन्यता तथा विकास देख्ने ईच्छाहरु पूरा गर्न थोरै समयमा सम्भव छैन । यसर्थ उच्च जनअपेक्षाको कारण पनि स्थानीय तहमा केही नभएको गुनाशा बढ्न थालेको देखिन्छ ।
यी समस्याका हल नै सबै थोकको हल नभए पनि प्रारम्भिक हल चाँही हुने अपेक्षा गर्न सकिन्छ । कर्मचारी समायोजन छिट्टै सकेर नयाँ दरवन्दी सृजना गरी पदपूर्ति हुन सके कर्मचारीका क्षेत्रमा देखिएका समस्या समाधान हुनसक्छ । संविधान अनुसारका ऐन नियम तथा कानूनहरुको तर्जुमा गर्ने, प्रदेश सभाबाट बन्नुपर्ने कानून अविलम्ब निर्माण गर्ने लगायतका कार्य गरिएमा तत्कालका समस्या समाधान हुने देखिन्छ ।
-        केडी रेम्नीसीङ, माहाकुलुङ गाउँपालिका, बुङ, सोलुखुम्बु ।

Monday, December 4, 2017

चुनाव आएछ.....

चुनाव आएछ.....

–केडी रेम्निसीङ

फेसबुकका वालहरु हेरेर,
त्यहाँ रंगिएका भित्ताहरुबाट,
थाहा हुन्छ, फेरी एकपल्ट,
थाहा भै सकेकै कुरा,
चुनाव आएछ ।
भोटका कुरा गर्छन्,
मिठा मिठा नारा दिन्छन्,
नोटका कुरा नि गर्छन् (कोही कोही)
फेसबुकेहरु, पुरानाहरु, नयाँहरु, सबैहरु,

म त भोटर हुँ रे,
म्यासेज आउँछ, फोन आउँछ,
कोही भन्छन् प्यानलमा,
कोही भन्छन् गर्नुपर्छ क्रस,
बोलीरहन्छन् आ–आफ्नै च्यानलमा,
सुनिरहन्छु नगरी नगरी ब्रस,
पढ्नुछ, ठूलो मान्छे बन्नु छ,
केको पढाई कलेजमा  नाराबाजी छ,
फेरी याद आउँछ,
चुनाव आएछ ।

ए! हिजो भेट्दा नचिन्ने मान्छे,
देखेर नि नदेख्ने मान्छे,
दाई भएको छ, भाई भएको छ,
दिदी भएको छ, बहिनी भएको छ,
प्रेमिका र जेठान हुन बाँकी,
सालो र साली हुन बाँकी,
कोही कोही त त्यो पनि हुनु नि,
यही मौकामा,
भोली प्रेम प्रस्ताव नै आएपनि,
लाग्नेछ,
चुनाव आएछ ।

आज बल्ल,
साथि चाहियो, साथिको भोट चाहियो रे,
नाताको चाहियो, जातिको भोट चाहियो रे,
एउटा भन्दै थो रातीको भोट नि चाहियो,
यो रातीको भन्या के?
भोट माग्नलाई जे पनि भन्ने?
होइट! कहाँबाट आयो हौ?
यत्रो विधि देशभक्ति!
बल्ल फेरी थाहा भयो,
चुनाव आएछ ।

यो नै बेला हो, समय हो,
नमस्कार पाइने, सम्मान पाइने,
पर्सि त चुनाव हुन्छ,
जित्नेले जित्नेछ, जित मनाउनेछ,
हार्नेले भन्नेछ, ठूलै चाल भो,
अनि सब विलाउने छन्,
अर्को चुनाव नआएसम्म फेरी,
हार्ने, जित्ने, हराउने, जिताउने,
कुनै दिन फेरी दोहोरिनेछ,
उस्तै उल्लास, उमंग, तरंग,
अनि फेरी पनि थाहा हुनेछ,
चुनाव आएछ ।

Monday, September 11, 2017

अव अर्को चुनाव नआवोस्

‘धेरै वर्षपछि फर्केर चुनाव त आयो । तर यो चुनाव भनेकै तनाव हो रहेछ दाई, त्यसैले म चाँही यो पाली चुनावमा तटस्थ बस्छु ।’ नबुङहाङको कुरा सुनेर पिईराखेको चियाको गिलास उठाउँदै बागेमान बोले, ‘होइन किन नि? कसरी थाहा भयो? यो पाली त हाम्रै दाईलाई उठाउने हो जिताउनलाई त हामी चुप लागेर हुन्छ र?’ तानेको एक सुरुप चियामा हावा मात्र आएकोले नबुङले गिलास हेरे, चिया सिद्धिसकेको रहेछ । क्याफेको साहुनीलाई चिया थप्ने ईशारा दिदैं नबुङ बोले, ‘अस्ति विद्यार्थी संगठनको चुनावमा हुनुसम्म भयो नि, समुदायको केही हित गर्न सकिन्छ कि भनेर सचिव पदमा वसेको सुर्वा कल्याणकारी समाज पनि चुनावमा यो पार्टी र त्यो पार्टी भन्ने हुँदा विग्रिराखेको छ । फूटाऊ र शासन गर भन्ने भनाई कतै सुनेको थिएँ, ठ्याक्कै त्यस्तै भयो । प्रत्येक पार्टीले हाम्रो समुदायको कोही न कोही अगाडी बढाएकै ह्ुँदो रहेछ । पार्टीले गर्दा यो पाली जाति पनि ती टुक्रा भयो ।’ .....
‘यो कोलाम क्याफेमा बसेर आजसम्ममा हामीले तीनवटा चुनावको तयारीको बारेमा कु्रा गरिसकेका छौं जस्तो लाग्छ । तर यो पालीमात्र किन त्यस्तो लागेको होला है?’ केही समयको पजपछि बागेले कुरा सुरु गरे । पहिलो र दोस्रो भनेको केन्द्र स्तरकै चुनाव थियो, खास महशुस भएन तर तेस्रो चुनाव चाँही आफू–आपैmँ परियो । स्वतन्त्र विद्यार्थी युनियनमा कलेजमा उपाध्यक्ष पदमा उम्मेदवार बन्दै गर्दा कल्याणकारी समाज र अरु साथिहरुको आँखाको तारो मात्र बन्न पुगियो । झन् यो पाली त परिवारबाटै त्यति रुचाइएको छैन मेरो यो चाला ।’ नबुङको यी भनाईहरु मुख आँ गरेर एकोहोरो भएर सुनेपछि बागेदाईले आजको लागि कुरा टुंग्याए, ‘तिम्रो बोल्ने शैलीहरु हरेक सुन्दा र देख्दा त तिमी साह्रै नेता हुन सक्ने मान्छे र भोटरलाई सम्झाउन सक्ने मान्छे जस्तो लाग्यो ।’ नबुङ ‘दिनभरी रुङ्ग्यो, बुढा त जिउँदै’ भन्दै चारकप चियाको पैसा तिरेर कोलाम क्याफेबाट बाहिर निस्कियो ।
कोठा पुगेर बोकेको झोला बिसाएपछि सर्ट फेर्दै गर्दा मोबाइलमा म्यासेज आयो, ‘धेरै मिस गरेको छु, कता गायव? एक मिस्डकल सम्म पनि छैन त, बाई द वे लभ यु, उम्माककक....’ जवाफमा, ‘उम्मा भनेको हाम्रो भाषामा उसकोे आमा भनेको हो, अनि प्यास मेटाउने पेय पदार्थलाई पनि कसै कसैले उम्मा भन्छन् ।’ लेखेर एक स्माईली जोडी पठाए । ‘दोस्रो अर्थमा बुझ्दा पनि अन्यथा नहोला । अनि चुनाव आउँदै छ, भन्दिया छु है, निन्द्राको खराव, पैसाको खराव, साथिभाई, आफन्तसँगको चित्त दुखाई मात्र हो । चुप बस्नु राम्रो होला....’ नबुङलाई लाग्यो, ‘यो मान्छे उम्मा शब्दको पहिलो अर्थ नै होला, आमाले अह्राएभन्दा नि गजब तरिकाले अह्राउँछे । तर जे भए पनि माध्यमिक विद्यालयको पढाई नसक्दै कमाएको सम्बन्ध अहिले कलेजको सानोतिनो नेता भइसक्दासम्म टिकेको छ, चानचुने त कहाँ हो र?’
बेलुका खाना खाएपछि टिभीमा चुनावी सरगर्मी बढेका समाचार हेर्दै यसो फेसबुक खोलेर नयाँ नयाँ फीडहरु हेर्न थाले । पचहत्तर प्रतिशतभन्दा बढी त आउँदै गरेको चुनावकै पेरीफेरीमा आधारित पोष्टहरु देखिए । त्यही बिचमा उनले एक पोष्टलाई राम्ररी हेरे, जुन उनका नजिकका चिनजानका साथिको थियो । ‘नाङलो चिन्हबाट हाम्रो गाउँमा एक प्रौढ कक्षा लेभलको व्यक्तिलाई अगाडी बढाइदैं छ, हाम्रो धारणा त के भने दाग नलागेको चन्द्रमा चिन्हबाट हामीले प्रस्ताव गरेको विए पढेको र थुप्रै बौद्धिक कार्य पनि गरिसकेका व्यक्ति नै एकमात्र विकल्प हो हाम्रो लागि ।’ यसो तल कमेन्ट हेर्दै जाँदा अर्को एकजोडी चील चिन्ह समर्थकले लेखेका थिए, ‘नाङलो भनेको गोलो हुन्छ, गोलो भनेको जिरो हो, त्यसैले यो पटक नाङलो चिन्ह जिरो हुनेछ, तर चन्द्रमा आकाशमा हुन्छ उसलाई पृथ्वीमा कहिले के हुन्छ थाहा हुन्न, विए पढ्यो भन्दैमा एक्लो वृहस्पति पनि कोही नहोला ।’ यी र यस्तै थुप्रै कमेन्ट, लाइक र रिप्लाई हरु हेरेपछि नबुङलाई चुप बस्न मन लागेन, लेखिदिए, ‘साथिहरु, जसले जसलाई जे भनेर होच्याए पनि, रिसाए पनि आखिर त्यो सानो भूगोलभित्र अट्नुपर्ने तपाईं हामी नै हौं, मेरो एकजना काका हुन्ुहुन्छ, पाँच कक्षा पनि पास नगरेका तर तमसुक लेख्नमा आजका एमए पढेकाले पनि भेटाउन सकिन्न उहाँलाई ।’
नाङलो चिन्हका अध्यक्षका प्रस्तावित उम्मेदवारले फोन गरेर बोलाए, ‘नबुङ जि, केही समय मिलाएर क्याफे आउनु न है, अनुरोध गरेँ ।’ कोलामा क्याफेको एक कोठामा बागे, उम्मेदवारहरु छ सात जना अरु साथि सहित बसिराखेका थिए । प्रस्तावित उम्मेदवारले कुरा सुरु गरे, ‘साथिहरु मेरो अनुरोध स्वीकारेर आउनु भो, धन्यवाद । हाम्रो पार्टीबाट मलाई अध्यक्षमा प्रस्ताव गरिएको छ तर मैले तपाईं युवा साथिहरुसँग सल्लाह गरेर मात्र अन्तिम जवाफ दिने भनेको छु । अव गाउँको विकास गर्नलाई म आफूलाई ईच्छुक र सक्षम ठानेको छु, तर एउटै सर्तमा, त्यो सर्त के हो भने तपाईंहरुको सकरात्मक सहयोग । म प्राविधिक रुपमा कमजोर छु तर शिक्षा भनेको विद्यालयको औपचारिक घेराभन्दा बाहिर पनि हुन्छ भनेर पढेकाहरु नै मलाई असक्षम देखाउन उद्दत छन् । यो तपाईं हामीलाई जानकारी भएकै कुरा हो । हाम्रो संगठन कमजोर भएपनि तपाईंहरुको सहयोग भयो भने बाजी मार्नेमा म सम्पूर्णतः विश्वस्त छु । र जितपछि गाउँको विकास गर्नको लागि हरेक पाइलामा तपाईंहरुको सल्लाह, सुझाव, सहयोग भए हामी एक फड्को मार्न सफल हुनेछौं । बाँकी तपाईंहरुको सुझाव, धन्यवाद!’ अव पालो अरु उपस्थित साथिहरुको थियो र सबैले सहयोग गर्ने वाचासहित टिकट लिएर आउन सुझाए । नबुङ त्यस्तो एक्लो व्यक्ति बनेन, जसले सहयोगको वाचा गर्न सक्दैनन् । उनी त झन् पार्टीको भातृ संगठनबाट स्ववियू उपाध्यक्ष पदमा हारिसकेका मान्छे न परे ।
बेलुका घर आएर समाचारको लागि टिभी खोल्न नपाउँदै आमाले गुनासोको पोका खोलिन्, ‘तेरो मामाको छोराले फोन गरेर गुनासो गर्दै थियो । भान्दाईले भनेको मानेनन् भनेर, तलाईं त्यो नाङलेले के दिन्छ हँ? मामाको छोराको पार्टीमा लाग्दा के घाटा छ?’ नबुङलाई नआवोस भनेको प्रसंग आइदिएकोले चुपचाप फेसबुकमा आँखा लाउनतिर लागे । हिजोको कमेन्टको रिप्लाई आएको रैछ । थुप्रैबाट पक्ष र विपक्षमा, पक्षभन्दा विपक्षको कमेन्टमा ध्यान गयो, ‘नबुङ जि पनि गाउँलाई कोदालो खन्नेको हातमा सुम्पिएर एक सताब्दी पछाडी धकेल्ने अभियानमा लाग्नुभएको जस्तो गन्ध आयो ।’ नबुङको किराति रिस चर्कियो तर सम्हालिएर लेखे, ‘गन्ध आएछ खराव भो, आफूलाई त यो नै वास्ना हो भन्ने लागेको छ । गोयाङबाट निस्कने सेन्टलाई कसैले गन्ध भन्लान् तर हामी त्यसलाई गोयाङको वास्ना वा सुगन्ध भन्दछौं ।’
‘मलाई एउटा फोटोकपी गरिदिनुस् न ।’ भन्दै नबुङ एउटा फोटोकपी गर्न पसलमा छि¥यो । पसलका साहुजीले फोटोकपी गर्दिदैं नबुङलाई भने, ‘अनि यो पालीको चुनावमा तपाईंको पार्टीको तयारी कस्तो छ त?’ नबुङ अलि हड्बडाए । ‘यो पाली चाँही तटस्थ बसौं कि भन्या हो, दर्शककै रुपमा ।’ पसलका साहुजी लामो हाँसो साथ बोले, ‘तपाईं त सर दर्शक होइन स्ट्राइकर पो होला हौ ।’ साथै उनले यो पाली दाग नलागेको चन्द्रमाले सोझो सेटमा जित्ने दावी समेत गरे । भने, ‘हाम्रो गाउँमा तपाईंको पार्टीले ५ प्रतिशत भन्दा बढी मत कटाएछ भने त....।’ नबुङ, ‘ए, भनेपछि हामी त मान्छे नै होइनौ, हामीलाई त भोट माग्नै आउदैन ।’ भन्ने मनमनै सोच्दै आफ्नोलाई हार्ने र उसकोलाई जित्न सक्ने पार्टी भन्दै बाहिरिए । कोठा पुगेपछि नबुङले बागेदाईलाई फोन गरेर भने, ‘मेरो कोठा आउनुहोस् चुनावमा हाम्रो पार्टीलाई कसरी विजय बनाउने भन्ने बारे छलफल गरौं ।’
बागेदाई अघि फोनमा हाँसे जसरी नै हाँस्दै नबुङको कोठामा पसे । ‘कसरी मन परिवर्तन भयो? तटस्थबाट तयारीतिर मन गएछ त!’ चिया सार्दै नबुङ बोले, ‘समय र परिस्थितिले गर्दा भनेर भनिन्थ्यो जसको अर्थ बुझ्दै छु ।’ बागेदाई र नबुङले यो पाली हाम्रो पार्टीलाई जिताउनको लागि गरिनुपर्ने कार्यहरुको फेहरिस्त तयार पारे । योजनाहरुलाई रफ र सफ गर्दा गर्दै रातको बाह्र बजिसकेको थियो । नबुङको मोबाइलमा तीन चार पटक फोन आइसकेको थियो । उसले आज कलेजको केही नोट बनाउदै छु भनेर पछि आँफै फोन गर्ने भनेर टारेको थियो । बागेदाई नबुङकै कोठामा अर्को ओछ्यानमा निदाएपछि फोन गरे । उताबाट, ‘अहिलेसम्म हजूरकै फोन कुरेर आज बाह्र बजाएँ ।’ अनि यता उताका कुरापछि उताबाट उनकी दिदी गाउँको उपाध्यक्ष पदमा उम्मेवारी दिँदै गरेकी र सबैबाट सक्दो सहयोगको अपेक्षा गरिएको जानकारी आयो । नबुङ विखलवन्दमा परे, जव चिन्ह सुने, ‘एक जोडी चिल!’ यता आफू नाङलो चिन्हतिर, उता हुनेवाला जेठीसासु एकजोडी चिलमा । अव उसले सामान्य रुपमा ‘ल ल भै हाल्छ नि’ मात्र भनेर कुरा मोड्यो ।
‘खास के हेरेर तिमी नाङलो चिन्हको वकालत तिर लाग्यो? न त जित्ने टीम नै हो, न त राम्रो काम गर्ने पार्टी नै हो । यो पाली प्रतिष्पर्धा भनेको दाग नलागेको चन्द्रमा र एकजोडी चिलबिच नै हो । छोड्दे भाई यताको न उताको हुन्छस् ।’ यो कुरा करिव करिव सँग सँगै एसएलसी पास गरेका साथिले सुनाउदै गर्दा बडो गम्भिर भएर सुने नबुङले, र अन्तमा भने, ‘हेर साथि जितकै कुरा भनेको जनताको भोटले निर्धारण गर्ने कुरा हो । मैले समर्थन गर्दै गरेको उम्मेदवारमा पनि गाउँको विकास गर्ने र जनताको मन जित्ने क्षमता छ । हाम्रो उम्मेदवार नजित्ला तर तिमीले सोचेजस्तो कम भोट चाँही हुन्न, यो कुरा बुझ्नु ।
यस्ता र उस्ता थुप्रै प्रसंगका बिच नबुङ पनि नजानिदो पाराले तातिदै गएको चुनावको माहौलसँगै तातिदै गए । बागे र नबुङ अव रातभरदेखि दिनभर सम्म चुनावको रणनीति बनाउने काममा लागे । आमाको यता मामाको छोरालाई सघाउने र प्रियाको उता दिदीलाई भोट दिने कुरालाई उति वास्ता नगरीकन अगाडी बढ्ने अठोट लिए अनि उनीहरुलाई पनि आफ्नो मुद्धामा सामेल गराउने मनसाय लिँदै थिए नबुङ । तर उनलाई थाहा थिएन कि के हुनेछ र के हुनुपर्छ, उसलाई यति थाहा थियो जसरी पनि नाङलो चिन्हले जित्नुपर्छ । यसैको लागि रातदिन मेहनत बढेको थियो ।
 चुनावको दिन आयो, सबैजना मतदान केन्द्रमा भेला भए । दुई लाइन थियो, एउटा महिला र अर्को पुरुषको । सबैले मतको दान गरे । चुनावभरी नबुङ घरतिर आउन पाएन, चाहेर पनि भोट दिएपछि भोलीपल्ट बल्ल आँगनमा आइपुगे टुप्लुक्क । आमाले परै हेरेर भनी, ‘अव उप्रान्त मलाई आमा पनि नभन, घर पनि आउनु पर्दैन, सारा नाता यसैमा टुट्यो, तँलाई के दिन्छ नाङलोले?’ के गरुँ कसो गरुँ भैmँ गरेर आँगनमै ट्वाँ परेर आँगनमै उभिराखेको बेला मोबायलमा म्यासेजको घण्टी बज्यो, मोबाइलमा थियो, ‘अव हाम्रो यात्रा यति मै अन्त भयो, प्रेम र व्यवहार फरक हुने रैछ, बोलेको जस्तो कसले पो गर्न सक्दो रैछ र? तिमीले त मलाई भुली नै सक्यो होला, मैले पनि भुलेँ, सदाका लागि...’
त्यति नै खेर मत गणना सकिएछ क्यारे उताबाट मान्छेको एकहुल नारा लगाउँदै नबुङको कोठातिर अगाडी बढ्यो । ‘यो जित कसको? नाङलोको!.. नाङलो चिन्ह हाई हाई!....’

Tuesday, May 16, 2017

बुवाले खेत वेचेछन्

खेतको नाममा त्यति एउटा बारी थियो हाम्रो । पुख्र्यौली सम्पत्तिको रुपमा जिजुले बाजेलाई र बाजेले बाबालाई अंशको रुपमा दिँदै ल्याउँदा ‘हाम्रो खेत’ भएको थियो त्यो । हाम्रो खेत पुग्न घरदेखि दश मिनेटजति ओरालो हिँड्नु पथ्र्यो । बुवाको नाममा रहेको जम्मा पैतीस रोपनी जति खेतबारी मध्ये दुई गरा मात्र भएको त्यो खेत करिव आधा रोपनी क्षेत्रफलमा फैलिएको थियो । सानो क्षेत्रफलको भएपनि त्यो खेत हाम्रो लागि धेरै महत्वको थियो । हाम्रो लागि सान, न्वागी खाने, रमाइलो गर्ने राम्रो स्रोत थियो । ‘असार पन्ध्रमा त राजा पनि हिलोमा निस्किन्छ, त्यसैले हामी पनि हिलोमा निस्कनु पर्छ’ भनेर गाउँमा भन्ने गर्थे । ‘आज त राजा पनि धान रोप्दै छन्’ भन्दै हामी पनि रमाउँथ्योँ ।
वर्षमा एकपटक धान रोप्न जान पाइन्थ्यो । असार पन्ध्रको मौका पारेर एकदिन रोप्ने खेत कम्तिमा तीन चार घर मिलेर मात्र बल्ल एक मेलो हुन्थ्यो । काका, ठूलोबा हरुको पनि हाम्रो जति जति नै खेत थियो । सबै मिलेर गएपछि एक हलको एक मेलो हुने खेत जान हामी असार लाग्ने वित्तिकै देखि उत्साहित हुन्थ्योँ । खेत रोप्नु कोदो रोप्नुभन्दा साह्रै रमाइलो लाग्थ्यो । खेत रोप्दा खुला ठाउँमा हिलोमा खेल्दै रोप्न पाइन्थ्यो भने कोदो रोप्दा मकैबारीभित्र हराइहालिने हुन्थ्यो । खेत रोप्दा अर्को रमाइलो कुरा भने खाजा खाने बेला लाग्थ्यो, गाउँमा मौसमी खेती प्रणाली हुनाले मकै, आलु, नयाँ गहुँको रोटी आदि पहिलो पटक सँगै खान पाइन्थ्यो । हिलो छ्यापाछ्याप गर्दै धान रोप्न यति रहर लाग्थ्यो कि एकपटक काठमाण्डौ देखि असारमा गाउँ आउँदा हाम्रो खेत रोपिसकेकाले छ्यामा निरिषहरुको खेत रोप्न पुगेको थिएँ । खेतमा धान र आली आलीमा भट्मास रोप्न कम्ति रमाइलो लाग्थेन ।
खेतमा मल हाल्नको लागि घरदेखि मल बोक्नु पथ्र्यो । जसको लागि अशोज कार्तिक देखि झारपात, पतकर बोकेर सुँगुरको खोरमा हाल्ने गरिन्थ्यो । साथीहरुसँग विद्यालय छुट्टी भएपछि जंगल जान साह्रै रमाइलो लाग्थ्यो । पालैपालो एकएक जनाको घरमा ल्याउने गरी पर्म खेलिन्थ्यो । त्यसै गरी पछि माघ फाल्गुन महिनामा पनि खेतमा मल बोक्न पर्म गरिन्थ्यो । घरबाट भागेर रमाइलो गर्ने पनि राम्रो मौका मिल्थ्यो । भागेर प्राय हामी खोलामा पौडी खेल्न जाने गथ्र्योँ ।  डोकोबाट घोप्टाउँदा हिमाल जस्तो अग्लो आकार बनाउन रमाइलो लाग्ने हुनाले मल बोक्दा सकेसम्म धेरै बोक्न प्रतिस्पर्धा हुन्थ्यो । ‘कसको अग्लो हिमाल’ भनेर साथिहरुसँ दाँज्थ्योँ । केही दिनमा त आमा बाले मल फिँजाएर हाम्रो हिमाल सारा भत्काइसक्नु हुन्थ्यो । हामी आफूले बनाएको हिमाल नदेख्दा ‘पासाङल्हामु पनि हिमालमै हरायो हिउँसँगै’ भनेर भन्थ्योँ ।
हाम्रो गाउँमा हरियो मकै र नयाँ आलु खान असार अन्तिम नै कुर्नु पथ्र्यो । यो कुर्न हामीलाई धेरै मुश्किल लाग्थ्यो । मलाई अगेनाको छेउमा राखेर पोलेको मकै सँग फर्सीको मुन्टा र आलुको तरकारी खान साह्रै मन पर्ने । अनि मही वा दही सँग पनि पोलेको मकै खुब खाइन्थ्यो । जसको लागि म हरेक शनिबार लेकको खर्कमा रहेको गोठमा सामल पु¥याउन र दुध, दही, मही लिन जान्थेँ । हाम्रो खेतको मकै र आलु भने जेठको अन्तिम तिरै खाने बेला हुन्थ्यो । अलि अलि गरेर त्यसले असार पन्ध्रसम्म पुग्थ्यो । तर कति फारो गरेर खानुपथ्र्यो भने कहिल्यै धीत मर्ने गरी खान पाइन्नथ्यो । कान्छी फुपु हुँदासम्म कहिलेकाँही माइत आउनु हुन्थ्यो कोशेली बोकेर, कति खुशी लाग्थ्यो भने जेठ महिनामा त एक दिन बिराएर सँधै आए नि हुन्छ भन्ने लाग्थ्यो । उहाँको घर अलि अउलमा थियो, त्यसैले खेत बढी नै थियो उहाँहरुको । पछि फुपु वित्नु भएपछि भने फुपुको घरसँग टाडिनुु प¥यो ।
गाउँघरमा खेत भएको परिवारलाई अलि सम्पन्न परिवार मान्ने चलिआएको रहेछ । खालिङ गाउँकी एउटी कन्यासँग मेरो प्रेम सुरु भए पछि मलाई एकदिन उनले सोधेकी थिइन्, ‘तपाईंहरुको खेत चाँही छ कि छैन?’ मैले ‘किन हौ?’ भनेर सोद्धा ‘त्यतिकै, बुवा आमाले ‘खेत भएकोलाई नै छोरी दिन पाए राम्रो’ कुरा गर्दै गरेको सुनेर नि’ भनी । मैले, ‘यदि हाम्रो खेत नभएको त हाम्रो सम्बन्ध अगाडी नै नबढ्ने पो हो कि के हो?’ भने । ‘होइन, जस्तो भए पनि मन पराए पछि सकिगो’ उत्तर आयो र विहे पनि भयो । प्रेम गरेपनि हाइब्रीड विहे गर्ने दुवै परिवारको सल्लाह पछि सो रीत पुरा गर्न मेरो बुवा मेरो कुरा लिएर जानुभयो । कुरैकुरामा बुवाले भन्दिनु भएछ, ‘हाम्रो दश पाथीको बीऊ लाग्ने खेत छ’ भनेर । पछि बिहे भइसकेपछि एकदिन उनले खेतबारी हेर्ने चाहना गरिन् । खेत देखाइदिएको, ‘बाँकी खेत कता छ?’ भनेर सोधिन् । ‘यति नै हो, दश पाथी धान आउँछ’ भनेँ । बुढी कहिले काँही ‘तपाईंहरुको खेत चाँही मानेँ’ भनेर जिस्किन्छे ।
सुरुमा पढ्न अनि पछि जागिर खान हिँडेपछि घर आउन पाइएन । दशैंमा सबै घर फर्किने तर हाम्रो गाउँका युवा दशैं तिहारमा पर्यटन क्षेत्रमा काम गर्न गाउँ छोडेर खुम्बु जाने हुनाले स्थायी परदेशी जस्तो भइयो । विहे गरेपछि घर जानु राम्रो भन्ने हाम्रो सल्लाह अनुसार एक साल घर पुगियो । घरमा पुग्दा बाबाले त्यो हाम्रो सानो खेत वेचेको कुरा गर्नुभयो । तल्लो लङको दाजुभाई मध्येको एक जना काकालाई बीस हजारमा वेच्नु भएछ । बुवा भन्नु हुन्थ्यो, ‘खेत राखेर मात्र के काम घरमा काम गर्ने कोही नभएपछि...’ अव हामी खेत नभएको परिवार भएका थियौं ।

Sunday, May 7, 2017

भोटाङ्गे जेठाको भाग्य

घरबाट सदरमुकाम आउने बाटैमुनी गाउँकै नामी पुरोहित (ब्राह्मण) पुन्य प्रसादको एउटा एल आकारको घर छ । यस हुङ उपत्यकाभरी नै उनी नामी ज्योतिषी हुन् । त्यसैले त सबैजना मान्छेहरु आफ्नो चिना देखाउन देखी ग्रहशान्ती गर्नसम्म उनैकहाँ धाउने गरेका छन् । उनलाई गाईदान नगर्ने त कोही छैनन् यो गाउँमा । बरु दोहोराएर गर्नेहरु थुप्रै भेटिन्छन् । उनी त यस उपत्यका भरी मात्रै नामी हुन् तर उसको छोरा भने काशी कि वनारस कता हो ज्योतिषशास्त्र पढेर फर्केपछि काठमाण्डौ उपत्यकाकै एक नामी ज्योतिष सेन्टरका प्रोप्राइटर छन् रे ।
घरको छानामा हेर्दा सेटेलाइटको टिभी लाइन जोडिएको थाहा हुन्छ । आँगनको छेउतिर तुलसीको बोट रोपिएका छन् । आँगन पुरै लिपेर चिप्लो बनाइएको छ । आगँनबाट तलतिर फर्केको पानी आइराख्ने निजी धारा छ । उनको समाचार यताउता गर्ने गाउँकै एक ईशारे छन्, ऊ बोल्दैन र पनि दोहोरो संचार राम्रै गर्छन् । प्राय सिकुवामा भएको खाटमा बसिराखेका भेटिन्छन्, बाटोबाटै देखिन्छ । घर माथि चौतारोबाट देखिन्छन् यी दृष्यहरु । नदेखिएको भित्री घरमा केके छन् त्यो थाहा हुन्न चौतारोमा विसाउने हरुलाई । चिन्नेहरुले बाजेलाई बाटोबाटै ‘बाजे नमस्कार!’ भनेर जान्छन् । नचिन्नेहरु चौतारीमा विसाएर वर पिपलको शीतल ताप्छन्, दृष्यावलोकन गरेर जान्छन् ।
चौतारीमा प्रायसः आफ्नो भारी विसाएर शितल ताप्नेहरुमध्ये पर्छ भोटाङ्गे जेठा । भोटाङ्गे जेठा उसको वास्तविक नाम होइन । उसको वुवाको नाम भोटाङ्गे हो, भुटानमा सुन्तला बोक्दा बोक्दै आमाले जन्माएर नेपाल ल्याएका नामै भोटाङ्गे रहन गयो । भोटाङ्गेको जेठो छोरा भएकोले उनको नाम भोटाङ्गे जेठो रहन गयो । उनको वास्तविक नाम जे भएपनि उनलाई चिन्नेजतिले यहि नामबाट चिन्ने गर्छन् ।
सदा भैmँ आफ्नो भारी विसाएर भोटाङ्गे जेठो र उसका अरु दुई साथिहरु पुन्य वाजेको घरतिरको बाटो डीलमा सुस्ताइरहेका थिए । ईशारे उनीहरुको छेउमा आएर उनको आफ्नै ईशाराको भाषामा ‘चिना देखाउनु, दशा सप्रिन्छ, दान गर्नु, धर्म हुन्छ’ भन्न थाल्यो । दुई जना साथीहरु ईशारेको कुरामा चाख देखाइराखेका वेला भोटाङ्गे जेठा भने झंगिएर त्यसलाई कुुटुँला भैmँ गर्न लाग्यो, ‘तँलाई काठा, झुट बोल्छस्, तेरै बाउलाई गर्न लगाऊ दान’ । त्यति गर्दा नमानेपछि उसले आफ्नो तोक्मा उचालेर हान्न लाग्यो । उसलाई साथीहरुले छेके, ईशारे भाग्यो ।
ईशारेले एकैछिनमा पुन्य वाजेलाई बोलाएर ल्याइहाले, पुन्य भुतभुताउँदै बाहिर निस्कियो, ‘यो किरुवा पो रैछ?’ आँगनबाटै माथितिर फर्केर करायो, ‘हैन यस्तो लाटालाई के गर्न खोज्या? पाप लाग्ला है पाप, यस्तो धर्मकर्ममा लागेको मान्छेलाई कुट्न खोज्ने?’ चौतारीको डीलबाटै जेठा करायो, ‘होइन वाजे तपाईंको आँगनैमा आको मान्छेको जे जे गर्नु तर बाटैमा चाँही यस्तो दानधर्मको झूटो प्रचार नगर्नु न ।’ धर्म र पाप छुट्याउने ठेक्का तपाईंको त होइन नि हौ । सबैको भविष्य तपाईंकै हातमा त हुन्न नि, त्यसैले त्यो ईशारेलाई बाटा बाटामा अर्काको दिमाग चाट्न नपठाउनुस् है ।’ पुन्य वाजेलाई आफ्नो विद्वतामाथि पहिलो पटक प्रहार भएकोमा असह्य भयो । ‘मलाई यो उपत्यकामा भूmट भन्ने तँ मात्रै एउटा निस्किस् ए! सारा दुनियाँले मानेको छ तलाईं केको खसखस? तैंले विश्वास गर या नगर तर तेरो भाग्यमा ठूलो अनिष्टको संकेत छ, कटाउन सक्छस्?’ वाजे करिव करिव गर्झियो । साथीहरुले रोक्दारोक्दै जेठा बोल्यो, ‘वाजे अलि माथी उक्लिनुस् त मेरो भविष्य हेर्ने तपाईंको भविष्य र भाग्य चाँही कति लामो रैछ हेरम् ।’ वाजे कुर्लिदै चौतारोतिर अगाडी बढे, ‘लु देखा, तेरो शास्त्र’ भन्दै । भोटाङ्गे जेठा भने कुनामा बिसाको डोकोबाट टल्किने खुकुरी निकालेर वाजेलाई झम्टिन लागे, ‘आइज तेरो भविष्य यहि अन्त्य गर्दिन्छु’ । वाजे हच्किए, ‘आमै! कत्रो ठूलो खुकुरी!’ जेठालाई साथीहरुले छेके, ‘के भाको तिमी? पढेको मान्छे पनि यस्तो मूर्ख गर्ने?’ जेठाले कड्किदैं भने, ‘ए! बाजे, यो त दाविलो ताछ्ने मात्र हो, मान्छे ताछ्ने त घरमै छ । यो बाजेको कुरामा लागेर मेरो जिन्दगी के भा छ त्यो मलाई थाहा छ केटा हो ।’ बाजे दारे हात लगाउँदै घरतिर फर्किए, भोेटाङ्गे जेठाहरु लागे । खास जेठाको कथा भने यस्तो थियो;
गाउँमा चिना देखाउने चलन हुनाले भोटाङ्गेहरुले पनि चिना देखाएका थिए । घरको जेठा छोराको देखाएपछि घर परिवार सबैको भूत भविष्य थाहा हुने विश्वासमा भोटाङ्गेको जेठो छोरा  भोटाङ्गे जेठाकै चिना देखाए । भोटाङ्गेको जेठो छोरा भोटाङ्गे जेठाको चिना यस्तो थियो;
‘अठार देखि पच्चीस वर्षसम्म ग्रह चल्नेछ, यो समयमा भीर, रुख र खोलाबाट जोगिनु पर्छ । सरकारी सिंदुर लगाउने योग छैन । बरु लाउरे ट्राइ ग¥यो भने हुने सम्भावना छ । सरकारी जागिर खान नसके पनि पैसा भने कमाउने छ । पढाईको कुरा गर्ने हो भने धेरै पढ्दैन, पढेपनि सो अनुसारको जागिर पाउन सक्दैन । दुई कर्म बोकेर आको रैछ । पहिलो लगन बाइस वर्षमा जुरेको छ, दोस्रो लगन तीसमा जुरेको छ । गाई दान गरेर कर्मदोष मेटाउन सकिनेछ । परदेश जानु त्यति फलदायक छैन, परदेश नगए पनि प्रगति गर्ने छ, तर विदेश भने जानु फलदायी नै देखिन्छ ।  .......।’
आजसम्म दुनियाँले पत्याएको नामी बाहुनको भविष्यवाणी एकजनाले मात्र अविश्वास गर्ने सवालै उठ्दैन । भर्खर एसएलसी दिएर बसेको सत्र वर्षको छोरालाई व्रिटीस लाउरेमा कोशिस गर्न लगाए । लिखित, दौड, स्वास्थ्य लगायतमा असफल हुँदा हुँदै तीन वर्ष वित्यो । सबैभन्दा राम्रो सफलता भनेको पोखरासम्मको यात्रा थियो । कोही कोही भन्थे, ‘दुई चार लाख पैसा पेल्न सकेको भए...।’ काठमाण्डौमा टे«निङ गर्दाको ऋण त ब्याज बढेर कहाँ पुगिसक्यो, लाउरे बन्नलाई घुस...। त्यसपछि सिंगापुर पुलिस हुँदै इण्डियन आर्मी सम्म ट्राई मारे । यस्तो हट्ठा कट्ठा शरिर भएका लाउरे ज्यान लाउरे नभई एकाइस वर्षका बुढा भए । आजसम्म भोटाङ्गेको परिवारले दुई पटक गाई दान गरिसकेका थिए, एकपटक कर्मदोष मेटाउन र अर्को पटक कतै लाउरे लागिहाल्छ कि भनेर ।
एसएलसी दिएपछि लाउरे बन्ने धुनमा बिर्सेको पढाईलाई निरन्तरता दिने कि बाइसमा जुर्नुपर्ने लगन जुराउने कि यस्तै दोधारमा वित्यो एक वर्ष । विद्यालय पढ्दा दिमाग साहै्र तेजिलो हुनाले उसले पहिलो, दोस्रो भएरै विद्यालय स्तरको पढाई पुरा गरेका थिए । यो देखेका विद्यालयमा सामाजिक पढाउने सदानन्द गुरुले एकदिनको भेटमा भने, ‘पढाईको लागि उमेर बार बन्दैन बाबु, अझ समय छ, पढ ।’ गाउँदेखि साँढे दुई घण्टा टाढाको बाटोमा पर्ने गाउँमा भर्खरै खुलेको कलेजमा एघार कक्षामा भर्ना भए तर कलेज जान सकेनन् पनि र गएनन् पनि । भर्खर सोह्र सत्र वर्ष पुगेका भाईबहिनीसँग पढ्न बाइस वर्षकोलाई लाज त हुने नै भयो, लाउरे ट्राई गर्दाको ऋण तिर्ने मेलो पनि त गर्नु परो । वर्षको छ महिना घर र छ महिना परदेश गर्ने जिन्दगी सुरु गरे जेठाले ।
जसोतसो पच्चीस वर्ष कटाए, कर्मदोषबाट ज्यान बचेकोमा पून्य बाजेलाई धन्यवाद दिनै प¥यो । यत्रो लाउर जानेको संख्या उल्लेख्य भएको गाउँमा ऊ मात्र लाउरे हुन नसकेकोमा भाग्यलाई दोषाए । जसोतसो बाह्र पास गरेपछि गाउँतिरै हल्लिराखेको बेला एकदिन सामाजिक गुरु सदानन्द सरसँग भेट भयो । उहाँको सुझाव थियो, ‘विद्यालयमा पढ्दा सामाजिक विषयमा त्यति धेरै ट्यालेन्ट र चासो दिने मान्छे लोकसेवामा भिड्नु नि, सरकारी जागिर खानुपर्छ तिमीजस्तो मेहनती र ट्यालेन्ट मान्छेले ।’ जेठाले आश मार्ने कुरा गरे, ‘आ.. सर, अव त उमेर पनि धेरै भैसक्यो, चिनामै सरकारी नुन खाने लेखेको रहेनछ त ।’ सरले भने, ‘मान्छे पैतीस वर्षमा पनि सरकारी जागिरमा छिरेका छन्, के ढिला भन्नु?’
सरसँग छुट्न पाको थिएन, आमाले घर बोलाई । घरभित्र बाबा र आमा मात्र थिए, अलि आश्चर्य र अलि खुशीको मुद्रामा । बाबाले हाँस्दै भने, ‘मान्छे त सोझो पो भन्या त, चलाख पो रैछस्, हाहाहा....।’ जेठा छक्क परे । अचानक के विषयमा कुरा भैराखेको हो बुझ्न सकेन । कुरा बुझ्न खोज्यो, ‘के भन्न खोज्या? फेद न टुप्पो?’ आमाले भनिन्, ‘खोलानिरको छेऊघरे जेठाको माइली तेरो बच्चाको आमा बन्ने वाला छ रे, हो कि त तेरै?’ तव जेठोले लाजले स्वीकारोक्तिको शिर निहुराए, उसले त बिर्सिसकेको पो रहेछ, माइलीसँगको गहिरो प्रेम त । उनीहरुको प्रेम तीन वर्षअधिको सरस्वती मेलामा माइलीले भुटेको भट्मास ल्याइदिए देखि झाँगिएको हो । अनि कतिखेर के के गरियो, ती पलहरु आँखामा आउन थाले । अव घर सल्लाह गर्नु थियो कहिले कसरी आउन लागेको नातीसहितको बुहारी भित्राउने भनेर । यस कुराको छिनोफानो गर्न पर्सितिर मामालाई छेऊघर पठाउने सल्लाह भयो ।
साँझ जेठो आफ्नी माइलीको कोठा लुसुक्क छि¥यो । माइलीको कोठा घरको पछाडीको भागमा घरसँगै जोडेर बनाएको हुनाले घरका कसैसँग देखादेख नभई पनि भित्र छिर्न सकिने अवस्था थियो । खुशीको खवर साटासाट गर्दागर्दै जेठाले सोधे, ‘.....अनि कहिलेको पो?’ मुसुमुसु हाँस्दै माइली बोलिन्, ‘त्यो एकदिन मैले कोठामा करेला खान ल्याएदिएको थिएँ नि त्यसै दिनको हिहि... ।’
जेठाको बिहे भयो, छोरी जन्मियो, पछि छोरा पनि जन्मियो । गाउँकै विद्यालयमा पढाउने काम पायो । दुई वर्ष वल्लतल्ल कटायो । सरकारी शिक्षकको दाँजोमा तीन भागको एक भाग तलवबाट सुरु गरेको जति मेहनत गर्दा पनि सरकारी तलव स्केलको आधाभन्दा बढ्न सकेन । ऋण तिर्नु त कहाँ हो कहाँ घरपरिवार धान्न पनि बल्ल पुग्ने अवस्थाबाट माथि उठ्न नसकेपछि पढाउने काम छोड्नुको विकल्प देखेन जेठाले ।
गाउँबाट अचानक हराएको जेठाले करिव छ महिनापछि खवर पठायो, ‘कतार जाँदैछु’ भनेर । ‘हतारमा हिँडेको मान्छे कतार जान लागेछ ।’ गाउँको विद्यालयको हेडमास्टरले भने । फेरी अर्को छ महिना पछि फेरी खवर आयो, ‘विदेश जाँदाको ऋण तिरियो’ भनेर । त्यसपछि जेठो अचानक हरायो । गाउँमा श्रीमतीले जसो तसो छोरा छोरी पढाइन् सानो चिया पसल गर्दै । कतिले त बुढा विदेशमा भएको मौका पनि छोप्न नखोजेका होइनन् तर माइली त्यस्तो मान्छे होइनन् । उनी गाउँका एकदुई एसएलसी पास गरेका छोरीहरुमध्ये एक थिइन् ।
गाउँबाट हराको तीन वर्षमा जेठो गाउँ फर्किए, डोकोमा ब्रिफकेस आँफै बोकेर । एक डोको सामान, सबै ऋण छिनाउने पैसा र दुई डोको जति ज्ञान लिएर विदेशबाट फर्किदा अर्कै भैसकेका थिए जेठा । मोबाइल फोन पनि बल्ल चल्ने गाउँमा इन्टरनेट चलाउनको लागि एउटा इन्टरनेट प्रदायक संस्थासँग कुरा गर्न भ्याइसकेको थियो । यति चाँडो र यति फराकिलो गरी सोचँ, बुझाई र ज्ञान बढेको थियो जस्तो अनुभव भइराखेको थियो उनलाई । अंग्रेजी भाषा र कम्प्यूटर चलाउने ज्ञान लिएर आएको थियो ऊ । ‘के मा काम ग¥यो, कतारमा?’ भन्ने प्रश्नमा, ‘सेक्यूरिटी गार्ड’ भनी श्रीमतिलाई साँचो कुरा वतायो । ‘अरुको भन्दा राम्रै कमाएछौ त ।’ भन्दा, ‘लाउरे ट्राई गर्दाको तालिम र बनाको जिऊ काम लाग्यो, अंग्रेजी अझ सुधारेँ, काम त सजिलो थिएन तर कमाई ठिकै भो । अव आफ्नो गाउँमै केही गर्नुपर्ला ।’ भनेर कुरा अरुतिरै मोड्न थाले । उनलाई विदेशमा गरेको काम बारे खास कुरा गर्ने मन नै भएन ।
ऋण तिरेर बचेको पैसाले सानो खुद्रा पसल जोडे गाउँमै र गाउँलेलाई खास चाहिने सामानको अध्ययन गरेर सानो सानो व्यापार गर्ने सोँच बनाए ।
एकदिन छोरीको पढाई बुझ्न र पुराना सहकर्मी शिक्षकहरुसँग भेटघाट गर्न भनी विद्यालय पुगे । विद्यालयमा टिफिनको समयमा सरहरु यस विद्यालयका पुराना विद्यार्थीहरुको सफलताको लेखाजोखा हुँदै थियो । ‘यस विद्यालयमा पढेकाहरु नेपाल आर्मी, शिक्षक बाहेक निजामतीमा मात्र नौ दश जना छिरिसके’, ‘दुई जना त अधिकृत स्तरकै’ आदि आदि । ती मध्ये धेरै जसो जेठाकै अघिपछि, सँगैका साथीहरु थिए । जुन कुराहरु जेठालाई थाहा भैसकेकै कुरा थिए, तर आज सुन्दा वेग्लै लाग्यो ।
वेलुका मूलघर गएर आमा बुवालाई जेठाले भने, ‘खासमा हाम्रो भविष्य त आफैँले पो बनाउने रैछ त । त्यो पुन्य बाजेले भनेकै त नहुने रैछ नि । जस्तै मैले दुई विहे गरिनँ, लाउर पनि गइनँ, रुख, भीरबाट पनि लडिनँ......’
त्यसपछि..... आफ्नो पसलमा सामान थप्न भरिया साथिहरु लिएर गई फर्किदा खेरी त्यो घट्ना घटेको थियो ।

Thursday, April 27, 2017

शहरले छुटाएको प्रेम

विमानस्थलमा ओर्लिएपछि एउटा संयुक्त फोटो लिन तम्सिराखेको बेला पुलिस आएर धपाइहाल्यो । हामीले आफ्नो ईच्छा एयरपोर्ट बाहिर बाहिर नै पुरा ग¥योँ । चिया खाने सल्लाह अनुसार किराति भावमा ‘लु यो पसलमा छिरुङ पो’ भन्दै शमाल जि अगाडी लागिहाले । छिर्ने बाटो साँगुरो थियो, त्यसैले भित्रबाट निस्कदैँ गरेका एक युवासँग झण्डै ठोक्किन पुगेँ, त्यो भन्दा बढी त उसले खाँदै गरेको चुरोटको धुँवाले आँखा पोल्यो । त्यसपछि भित्र छिरेपछि पो देखियो, घरभित्र त खुल्ला ठाउँ रहेछ त ।
चिया खान मागेको त हामीलाई काठमाण्डौमा खाइने खालको चिया दिइएन, मैले आपत्ति जनाएँ, ‘चिया भनेको किन यो कालो न कालो चिया?’ पसलकी एक प्रतिनिधी बोली, ‘यो खुम्बुको चियो हो, यसको नाम ब्ल्याक कफी हो । खुम्बु क्षेत्रमा कफी बाहेक अरु चियाको प्रचलन छैन ।’ यो बोलीसँगै उनले झिमिक्कै आँखा झिम्काइदिइन् विशेष गरी मै तिर फर्केर । मलाई चिया ब्ल्याक कफी अर्थात खुम्बुको चिया अत्यन्तै स्वादिलो भयो ।
हाम्रो भ्रमण टोलीका लिडर सविनाले आफ्नो काम सुरु गर्न खोजिन्, बिचैमा उठिन् र भनिन्, ‘साथिहरु, हामी खुम्बु भन्ने ठाउँमा छौं, हामी यो क्षेत्रमा तीन दिन विताएर काठमाण्डौ फर्किनेछौंं ।’ योजना पहिल्यै तय भैसकेको थियो । हाम्रो यो सल्लाह सुनेपछि त्यो युवतीले केही बोल्ने ईच्छा राखिन्, ‘तपाईंहरु शैक्षिक भ्रमणमा आउनु भएको हो जस्तो छ, मेरो पनि अहिले क्याम्पस छुट्टी भएकोले म तपाईंहरुलाई सहयोग गर्न सक्छु, आमा आएपछि यो बजार घुमाउन सक्छु । हुन्न र दाई?’ यसो भन्दै मतिर हेरेपछि सबै साथिहरुले कुरा वंग्याउन थाले । जस्तो भए नि हामीले नसोचेको यस्तो खुशीको कुरा सुनेर हामीले एक पटक ताली बजायौँ । थपिन् युवतीले, ‘अन्यथा नलिनु यो टुरिज्म एरिया हो, यस्तो गाइडिङ गर्न अभ्यस्त छौंं यहाँ ।’ मलाई भने उनको बारे क्रमश जानकारी बढ्दै थियो ।
दुई समूहमा बाँडिएर जाने सल्लाह अनुसार समूहबाट आफूलाई अलग गराएर दुई घण्टा त्यहीँ बस्ने टोलीको नेतृत्व गरेँ । मलाई ती पसले युववतीले ‘बसम् न एकछिन भए नि’  भनेजस्तो लाग्यो । समूह दुई भागमा विभाजन भएपछि मैले साथिहरुलाई बजार घुम्न पठाएर आफू पसलमै बसेँ । साथिहरु ‘कुरा बुझियो’ भनेजस्तो गर्दै निस्किए, हामी दुईमात्र भयौँ केही छिनको लागि । उनको बारे थुप्रै जानकारी प्राप्त भयो, मेरो बारे पनि थुप्रै जानकारी दिएँ । कुरै कुरामा उनको हामीले आफ्नो फोन नम्बर साटासाट गर्न भ्यायौँ, उनले यहाँ कक्षा १२ सकेर डेढ वर्षपपछि काठमाण्डौ आउने कुरा गरिन् । हाम्रो वातचित बिच केही ग्राहकहरु आएर, खाएर जान भ्याइसकेका थिए ।
यहाँका पुराना वासिन्दाहरु आफ्नो यथार्थ इतिहास हतपत कसैलाई सुनाउदैनन् भनेर मिङमाले एकजना उनका चिनजानका बुढा जोे बजारको पहूँच बाहिर थिए उसैकहाँ लगे । मिङमा भर्खरै भेटिएकी युवतीको नाम थियो तर उनी शेर्पा थिइनन् । उनको नामबारे मैले शेर्पा गाउँमा भएर शेर्पा नाम राखेको होला भनेर सोद्धा भनेकी थिइन् कि उनीभन्दा अघिका एक दाई र एक दिदीको बाल्यकालमै मृत्यु भएकोले किराती परम्परा अनुसार अरु जातको नाम राखिएको रे । संयोग हो कि यथार्थ हो, शेर्पा नाम राखेपछि उनी लगायत भाई बहिनी बाँच्न थालेका रहेछन् । पुक्क परेका रातै गाला, औसत उचाई, एघार कक्षा पढ्दै गरेकी, बोल्नमा सिपालु र फ्य्राङक, हिमाली मुस्कान उनका विशेषता थिए । उनीसँग देखादेख हुने वित्तिकै मनमा लागेको करेन्ट र उसको म तिर हेरेर झिम्किने आँखा, ममाथिको विशेष र फरक हेराई उनका अतिरिक्त विषेशता थिए ।
चञ्चले मिङ्माले बजारको छेउसम्म पु¥याइन् । बजार काट्ने बेलामा एउटा विदाई र स्वागत गेट थियो, जसको नाम थियो, ‘पासाङल्हामु गेट’ ।
फाक्दिङ पुगियो साँझ पख पछाडीको टोली, अगाडीका टोली पनि केही वरसम्म लिन आइपुगेका थिए । आजको वास स्थान दुधकोशी खोलाको किनारमा, एउटा सानो उपत्यकाजस्तोमा रहेछ । वेलुका खाना खाने बेलासम्म आजको उपलब्धिहरुको लेखा जोखा भयो, अगाडीको टोलीले पछाडीको तुलनामा त्यति जानकारी प्राप्त गर्न नसकेको देखियो । सबै जानकारी पाउनमा मेरो भूमिका रहेको भन्ने सबैको भनाईपछि खाना खाँदै गर्दासम्म मलाई थरी थरीका कुराले घोच्ने क्रम जारी रह्यो । वेलुकीको खानापछि ओछ्यानतिर लागियो । मेरो मोवाइलमा म्यासेज आइसकेको रहेछ मिङमाको, ‘ल है राम्रोसँग जानु । कहिलेकाँही त छोटो बसाई पनि यति मिठो हुने रहेछ । सँधै मिस गरिराख्ने छु ती पल ।’
अर्को दिन हामीलाई वास बस्ने ठाउँ भेटाउन मूश्किल प¥यो । त्यहाँ दुई खालका होटलहरु थिए । एक प्रकारका होटल जो वजार बाहिर भेटिए ती हरु साना र कम व्यवस्थित थिए, जसलाई स्थानीय भाषामा भट्टी पसल भनिदो रैछ । त्यस्तो होटलमा बस्न सक्ने स्थिति थिएन, किनकी सुत्ने छु थुप्रै जना सुत्ने एउटै कोठा तर साह्रै गन्हाउने, सायद भरियाहरुको बस्ने ठाउँ होला । दोस्रो प्रकारको होटल थियो मुख्य बजारभित्र जहाँ अत्याधुनिक सुविधा सहितको विदेशीहरु नै अटी नअटी बस्ने रहेछन्, नेपालीलाई त वास नै नदिने, कोठा दिइहालेपनि तिर्न नसकिने, डलरको हिसावमा तिर्नुपर्ने ।
बस्ने ठाउँको व्यापक खोजी गर्दै गर्दा मिङमाले आजकोे चौथो पटक फोन गरिन् । सारा स्थिति र समस्या वताएँ । हाँस्दै यो यथार्थ उनलाई पहिल्यै थाहा भएको वताई र उचित सल्लाह माग्दा एउटा ठेगाना दिएर त्यहाँ गई आफ्नो वास्तविकता वताउन सुझाइन् । जसो सल्लाह पाइयो उसै गरियो, पुरै सम्मान साथ बास पनि पाइयो । पछि बुझ्दा पो थाहा भो ती साहुजी त त्यस ठाउँका पूर्व गाविस अध्यक्ष पो रहेछन् । हामीलाई सम्पूर्ण सूविधा दिएर राखियो त्यो दिन, त्यो होटलमा । टोइलेट पनि कोठासँगै रहेको जानकारी दिइयो, जानकारी दिने मान्छे भने त्यहाँको काम गर्ने मान्छे रे सोधेर थाहा पाइयो । निदाउनु अघि मैले एउटा म्यासेज पठाउन भ्याएँ, ‘तिम्रो व्वाईफ्रेण्ड छ कि छैन हौ? यदि छैन भने ......’
विहानको चिया खाने वेला मोवाइलमा आइराखेको म्यासेज देखेँ, ‘मेरो अहिले छैन, ठिकै छ, मलार्ई नि तपाईं मन परेको मान्छे हो । तर अलि कन्फ्युजमा भने छु ।’ दुइटा कुरा रमाइलो लाग्यो, एउटा त मैले केही स्पष्ट नपारी ...... छोडेको थिएँ, त्यसको अर्थ एक स्टेप अगाडी गएर बुझिछे, दोस्रो कुरा, अहिले छैन भनेपछि पहिला थियो क्यारे.... । तैपनि मैले कुरा अनुकूल बनाउन खोजेँ, ‘कन्फ्युजनमा नपरे पनि हुन्छ’ भनेर ।
वेलुका सुत्नुअघिसम्म चार पाँच फोन आइसकेको थियो मिङमाको । मैले म्यासेज गरेँ, ‘होइन तिमीलाई के भो हौ, अचानक? भखरै भेटेको परदेशीलाई यति धेरै कसरी विश्वास गर्न सकेको?’ जवाफी म्यासेज तुरुन्त आयो, ‘तपाईं मलाई भर्खर भेटेजस्तो लाग्दैन, देख्ने वित्तिकै पुरानो चिनजानको मान्छे जस्तो लागेको थियो । सायद पूर्वजन्मको नाता पो छ कि?’ अन्तिम म्यासेज पठाएँ, ‘तिमीसँग कुरा गरेर नसकिने रैछ । गुड नाइट ।’ सुत्ने वेला मोबाइल अफ गरेर सुत्ने बानी थियो त्यै गरेँ ।
विहान उठ्ने वित्तिकै मोवाइल अन गरेँ, हिजोको म्यासेजको प्रतिक्रिया हेर्न आतुर थिएँ, उनकै म्यासेज थियो, ‘कुरा गरेर सकनु भएन भने प्रेम गरेर सक्नुस् न त...।’ हामी आज लुक्ला पुग्ने र भोली काठमाण्डौ पुग्ने सुरमा थियौा नै । दिनभरी हिँडन सबै तयार भयौँ ।
एयरपोर्ट रहेको बजारमा दोस्रो र यो पालीको अन्तिम भेट हुँदा मिङमा अलि लजाएको भावमा थिई, छोडेर नजानुस् पनि भन्न खोज्दै थिई, मैले छोडेर हिडेँ ।
काठमाण्डौ आएपछि म आफ्नो काम र कलेजको परिक्षा तयारीमा जुटेँ । हाम्रो निरन्तर सम्पर्कले मलाई गाह्रो पार्दै लगेको थियो । म कसैसँग प्रेममा पर्नेवालामा थिइनँ, बजारमा चलेको फेसनेवल प्रेमलाई विश्वास पनि गर्दिन थेँ । मात्र थियो त पढाई सक्ने र आफूलाई समाजमा स्थापित गर्ने महत्वकांक्षा । तर मलाई उसँगको निकटता वडा आनन्दको लाग्थ्यो । समयसमयमा मेरो फोनमा ब्यालेन्स हालिदिने हुनाले पनि झन् रमाइलो लागेको हुँदो हो । भन्थिन् कि, ‘दुई चार रुपैयाँ जाबो के हो र? तर माया पो नपाउनु, आत्मियता पो अनमोल छ ।’
मैले सम्बन्धलाई गहिरिनबाट जति जोगाउन खोज्थेँ, सम्बन्ध उति नै गहिरिएको महशुस गर्न थालेँ । एकदिन फोनमा रुँदै भने, ‘मिङमा, म तिमीसँग हारेँ, सकिनँ मैले तिम्रो मायासँग । मैले तिमीलाई पाउने चाहना राख्न राख्न थालेको छु, तर तत्काल म कतै स्थापित भइसकेको छुइनँ, सुख दिन त सक्तै सक्तिनँ ।’ मलाई सहज पार्दै भनिन् कि, ‘छोरा मान्छे भएर पनि रुन्छन् त कतै? किन आत्तिनु हुन्छ, म त आँट गर्छु, तपाईं पो अतालिनु हुन्छ । म त पढेर केही गर्न नसके पनि एउटा होटलै थापेर पनि परिवार पाल्न सक्छु ।’ कता कता मुटुमा नै पो राखिन् क्यारे र राखेँ क्यारे जस्तै लाग्यो । एकदिन उनलाई एउटा चिठी पठाएँ, साथमा एउटा अंग्रेजी नेपाली शब्दकोष पनि पठाइदिएँ । त्यो लगतै यति धेरै खुशी भएर फोन गरिन्, सायद म कहिल्यै भूल्दिनँ । पछि एउटा म्यासेज पठाइन्, ‘त्यो पत्र मेरो मुटु हो, फेरी पनि पढ्छु, यसलाई....’
डिप्लोमा अन्तिम वर्षको परिक्षा सकिएर रिजल्ट आउन बाँकी हुँदै मैले गर्दै गरेको जागिर पनि छोडेर अचानक गाउँ जानु पर्ने भयो । कारण थियो गाउँमा बुवा रुखबाट लडेर सख्त घाइते हुनुभएछ । तत्काल टाढाको अस्पताल लानुपर्ने तर यातायातको कुनै साधन नभएपछि हेली चार्टर गरेर काठमाण्डौ ल्याइयो । उपचार गरेर राम्रो ठिक नभई गाउँ लानुपर्ने भयो । गाउँ जाने कुरा सुनाउँदा मिङमाले भनेकी थिइन् कि ‘राम्रो हेरचाह गर्नु, वुवा आमा भन्दा ठूलो को छन् र?’ भनेर ।
साँचै दशा मादल वजाउँदै आउने होइन रहेछ । घर परिवारको सम्पूर्ण खर्चको भर भन्नु नै बुवा हुनुहुन्थ्यो । उहाँ नै ओछ्यान परेपछि हाम्रो परिवारको दोस्रो व्यक्ति म नै हुनाले जीवन अचानक पुरै मोडियो । मिङमाको सान्त्वना आइराखेकै थियो । गाउँकै एक विद्यालयमा सानोतिनो पढाउने काम पाएको हुनाले दैनिकी वितनेसम्म हुन थालेको थियो । एकदिन साह्रै निराश भएर बसीराखेको अवस्थामा सोँच्दै गएँ जिन्दगीलाई र सोचेँ कि मेरो जिन्दगी अव पुरै सिद्धियो । एमए सम्मको पढाई पुरा गर्ने र राम्रो जागिर खाने त अव सम्भव नहोला । मिङमा त बजारको मान्छे म पो उल्टो तल्लो स्तरमा झर्न पुगेछु । यस्तै सोच्ँदा सोँच्दै म्यासेज लेख्न पुगेछु, ‘म भन्दा असल, सक्षम मान्छे भेट्यो भने निशंकोच नाता जोड्नु ।’
सारा संसार बदलियो, उनको भाव बदलियो । सोँच बदलियो, तर सबै अचानक..... । हाम्रो सम्बन्ध अन्त्यको संघारमा पुगिसक्यो । बुवाको अवस्था ठीक हुँदै गएकोले काठमाण्डौ फर्किने निर्णयमा पुगेँ । मिङमासँग सम्पर्क विहिन भएको केही महिनापछि काठमाण्डौ फर्किएँ, फर्किदाँ मिङमा पनि कक्षा १२ पछि काठमाण्डौ आइसकेकी रैछ, बल्ल बल्ल सम्पर्कमा ल्याएँ । रमाइलो कुरा के भो भने मेरो क्याम्पसको क्लासमेट साथि थिइन्, उनको नजिकको परेछ । आवत जावत सजिलो भयो । फकाएर सम्बन्धलाई अगाडी बढाउनेसम्म बल्ल सहमत बनाएँ उनलाई । ‘तपाईंको चिठी त च्यातेर फालिदिएँ ।’ यो सुनाउँदा सबैभन्दा नराम्रो लाग्यो । एक दिन कुरैकुरामा भनेकी थिइन्, ‘त्यो एउटा टीभीमा कार्यक्रम हुँदो रैछ नि फोन नम्बर दिने र त्यसबाट साथि बन्ने, त्यसमा नम्बर दिएको, केही साथिहरु ब्निसकेका छन् ।’ मनबाट दुखी हुँदै पनि भनेको थिएँ, ‘ठिकै छ, भएका मध्ये राम्रा आनीबानी भएकासँग साथि बनेर बस्दा राम्रै हुन्छ ।’
दैनदिन साथिहरुले उनको बारेमा एक न एक कुरा सुनाउन थाले । कहिले कोसँग मोटरसाइकलमा घुम्न गाको, कुन बेला कोसँग झगडा परेर छुटेको, फेरी अर्कैसँग हिँड्न थालेको आदि आदि.....। अर्कोतिर मेरो फोन पनि उठ्न छोडिसकेको थियो दुखी हुनुको कुनै सीमा रहेन, रिसको झोँकमा भन्नु नभन्नु लेखी पठाएँ म्यासेज । केही वेर रिप्लाई गरी र त्यसपछि फोन नै अफ, कहिल्यै खुलेन त्यो मोबाइल, कहिल्यै भेटिएन उनीसँग त्यो दिनदेखि.....।

Sunday, April 23, 2017

मेरा लाेग्ने विदेशमा छन्

‘एउटा कुरा आज थाहा भयो, मातेपछि मान्छेको दया पलाउँदो रहेछ । अरु के के सम्म अरुलाई दिन तयार हुन्छन् म चाहीँ मेरो शरीरै अरुलाई सुम्पनु परे पनि तयार हुने रहेछु लागेपछि । तर भाई तिमीलाई चाहीँ होइन है हा...हा...हा... । तिमीलाई त मैले उहिल्यै देखि आप्mनो भाईजस्तो मानेको छु, त्यसमाथि तिमी भन्या घरमा परिवार भएको मान्छे, हामीलाई के हेर्थिस् । बरु त्यो तिम्रो साथि वेरोजगार जस्तो छ त मिल्छ भने मलाई मिलाई देउन...’
‘दिदी खास म पनि वेरोजगारै छु त ।’
‘चुप लाग फटाहा, आज मलाई अलि बढी लाग्यो भन्दैमा जिस्काउँछस् । अघिदेखि मलाई खुवाउन बल गर्ने तिमी नै त हो नि, अनि ऊ त्यो कुनामा बस्या छिन् नि त्यसलाई कहाँबाट ल्याइस्? खुब खुवाउने बल गर्दैछस् त, निको चाला देख्दिनँ है, यी केटा मान्छेहरु केही दिन श्रीमती टाढा जानै हुन्न चिट गरिहाल्छन् ।’
‘होइन हौ दिदी, सहमतीमा नै आका हौँ, यस्तो रमाइलोमा म किन नजाने भनी त्यसैले लिएर आको, अलि अप्ठ्यारो मानिराकी थिइन् त्यसैले हौसला बढाउन अलि खुवाको ।’
‘खाएपछि मै जस्तो होलीन् भनेर हैन? बुहारीलाई मात्र भेटुँ न । खासमा म किन पिउँछु, थाहा छ? सुरुमा एक्लोपन मेटाउन, अहिले त बानी मेटाउन । कम्ति टेन्सन हुन्छ, तिमीलाई के थाहा? ओई त्यो पर बसेकी आजकी तिम्रोलाई बोलाऊ’
‘काली ओई काली यतै आउन, दिदीले बोलाउँदै छिन् ।’
‘किन बोलाको? अघिसम्म चाहीँ एक्लै राख्ने, अहिले माया लाग्यो?’
‘एक एक थपौँ है.... ल दिदी पनि थप्नु..... मैले पनि थपेँ ।’
‘सुन न बहिनी, यो भाईलाई म अघि के भन्दै थिएँ भने किन पिउँछु भनेर, मेरो पनि प्रेम विवाह नै हो, पाँच वर्षको प्रेमपछिको विवाह, विहेका सुरुवाती वर्षहरुमा कति माया गथ्यौँ एक अर्कालाई, कतै जाँदा पनि साथै गइन्थ्यो । घर परिवार त्यति गरिव नभएकोले हामीलाई कतै जान गाह्रो हुन्थेन । यतिसम्म कि उहाँको क्याम्पसको परिक्षा दिन जाँदा समेत सँगै लानुहुन्थ्यो काठमाण्डौ ।’
‘आ दिदी अब जाम, रात वितिसक्यो ।’
‘तँलाई हतार भो? जाने भए मलाई त्यो तिम्रो साथिसँग पठा न त ।’
‘ओई केटा यो दिदीलाई पु¥याउन गइदे न, नत्र उतै बस, भोली बिहान आइज ।’
‘होइट, दाजुभाई अहिलेसम्म छुटेको छैन, आज नि दाई जता सुत्छन् म नि त्यतै सुत्ने हो, हाम्लाई चाँही दाईको माया लाग्दैन?’
‘लु भाई, यसले के भन्यो सुनिस्?’
‘फेरी भाउजुले पनि दाईको केयर गर्नु भन्नु भाछ ।’
‘मुला, तँ पनि बढी नै केयर गर्छस् कहिलेकाहीँ त, जा न भन्या ।’
‘मरिगए छोडिन्न हौ, दाज्यै ।’
‘लु त दिदी तपाईंको कथा नै सुनम् त.....।’
‘हा...हा...हा... एक जना पकाएर खान पनि जाँगरिलो अर्को पस्केको खाना पनि छोडेर हिँड्ने । ल सुन त्यसपछि... आँ... कसैले कुरा काट्थे, कसैले ईश्र्या गर्थे । तर दुई वर्ष अघि जव हाम्रो ससुरा वितनु भो र त्यसको एक महिनामै घर जलेर हाम्रो सारा पसल नष्ट भो, त्यसयता हाम्रो परिवार चौपट भो । भाई बहिनी पढाउने देखि काखको छोरी हुर्काउने, घरपरिवार सम्हाल्नेसम्म गर्नुपरेपछि त विदेशको विकल्प थिएन । भाग्यवश उहाँ सेक्युरिटी गार्डमा फिट हुनु भो । अनि....’
‘एकछिन ल दिदी, ओई भाई अव त जा न दिदीलाई पु¥याउन, मलाई त कस्तो निन्द्रा लाग्यो, कालीलाई पनि लागिसक्यो ।’
‘भनेँ त, बरु लु जाम् सुत्न कोठातिर... यो दिदीसँग त मरिगए जान्नँ आज...’
‘लु दिदी तपाईंको कथा नै सुनुम् ।’
‘त्यसपछि अहिले बहुत उहाँको यादले सताउँछ, उहाँको यादमा एक्लै तड्पिएर कति गुम्सिएर कति बस्ने भनेर बाहिर निस्केको पिउने भइयो । हा...हा...हा...’
‘ए, त्यतिमात्रै? म त अस्ती पर डाँडामा मैले देखेको कुरा पनि भन्नुुहुन्छ भनेको दिदीले त....’
‘तिम्रो श्रीमतीको नम्बर खै दे त ।’
‘किन?’
‘फोन गरेर भन्नु परो, तिमी के के गरीराछौ भनेर । बढी हुन्छस्? कहाँको डाँडा? साँची बहिनी, तिमी चाँही किन सदरमुकाममा एक्लै बसेको? के गर्छौ यहाँ?’
‘के उसलाई सोधिराखेको? यहाँ भाईलाई सोध न, उसको श्रीमान् उता विदेश छन्आ, यहाँ त्यतिकै बसिराखेकी ।’
‘ए, अनि पो...? मैले सबभन्दा विश्वास गरेको भाई हो, धेरै राम्रो मान्छे छ, तर सोचेभन्दा नि राम्रो रहेछ, यो थाहा थिएन ।’
‘बरु भन्नुस् न त त्यो डाँडामा नेखिएका कुराहरु ।’
‘मान्छेसँग मन त हुने नै रहेछ भाई, र त्यो मनलाई अर्को मनले छुन कुनै वेर नलाग्दो नि रैछ । सुरुमा कति भयो एक्लोपनको महशुस, जब श्रीमान विदेश जानुभयो । भौतिक सुख मात्रले नभरिएको मन के ले भरिन्छ त्यो सिकाइराख्नु पर्दैन तिमीलाई । मन अचम्मको हुन्छ, यो एकैपटक अचानक भन्दा नि आफ्नै गतिमा अर्को मनलाई छुन जान्छ । त्यस्तै गरी भयो श्रीमान् र मेरो सम्बन्धको विस्तार, सुरुमा त सोचिएको थिइनँ कि यस्तो हुन्छ । तर पछि..... जव श्रीमान् विदेश जानुभयो, एक्लै थिएँ, चियापसल, पसल, अस्पताल, कार्यक्रम, भोज, काम जता पनि भेट हुने तेस्रो व्यक्तिसँग मैले कहिल्यै सोचिनँ र सोँच्दिनँ पनि सामिप्यमा आउन । तर नचाहँदा पनि नजिकिने मनको भन्दा पनि उसको हाँसो, चकलेटीपना, सहयोगिपना, केयरनेस नै दोषमुक्त छैनन् त मनलाई के को दोष? हिहिहि.....’
‘होइट! दिदीको साहित्य कडा आयो ।’
‘नपत्याको होला, प्रकाश कोविदको अर्को जन्म उपन्यास देखि पाउलोको इलेभेन मिनेट्स उपन्यास सम्म पढेको मान्छे पो हँु त, कलेज पो चाहेजस्तो गरी पढ्न सकिनँ होला । उपन्यास पढ्नमा चाख लिने मान्छे बढी भावुक हुन्छ भन्छन्, हो क्यारे । तर त्यो मान्छेले एकदिन लोलिता उपन्यास पो पढ्न लगाएर वर्वाद गरो त । त्यो दिन त म साँचै लोलिता नै हुन पुगे छु त, सीनमात्र जंगलको थिएन र मात्र । हाहाहा....’
‘ल दिदीको कुरा नि करिव छोटोमा बुझियो । अव जाम सुत्न आधा रात वित्यो । अव भने भाईले दिदीलाई पु¥याउने होला ।’
‘यो भाई जाँदैन ब्रो, बरु तिमी नै जाऊ, तिम्री कालीलाई मसँग पठाऊ ।’
‘ल दिदी, बाँकी तपाईंको कथा सुनुम्.....।’

Wednesday, April 19, 2017

गजल ‍‍‍...... चुनाव पो आयो क्यारे

नबोल्ने नि बोल्न थाले चुनाव पो आयो क्यारे,
सारा कुरा खोल्न थाले चुनाव पो आयो क्यारे ।
फलानाको दाम यति चिलानाको तौल त्यति,
मान्छेलाई मोल्न थाले चुनाव पो आयो क्यारे ।
कुरा भन्या यस्तो हुन्छ, जित्ने मेलो गर्नुपर्छ,
तर्कहरु घोल्न थाले चुनाव पो आयो क्यारे ।
आज हाम्रो गोप्य सल्ला, भोली चाँही अलि हल्ला,
निद्रा नै विथोल्न थाले चुनाव पो आयो क्यारे ।
सल्केको छ सारा गाउँ, मुक्त छैन कोही पनि
एक–अर्का पोल्न थाले चुनाव पो आयो क्यारे ।
                          - केडी रेम्निसिङ

Tuesday, April 18, 2017

पेमा

दिनभरी हिँडेपछि साँझमा बल्ल पुगिन् उरुको घर, भाईबहिनीहरु सोलारको उज्यालोमा घरभित्रै खेलिरहेका देखिए । पेमाले बाहिरैबाट बोलाएँ, ‘उरु’ कोही बोलेनन् । दुईजना बच्चा भने ढोकामा निस्किए, पेमाले सोधे, ‘ऊरु खै त?’ उनीहरुले आमा माथिल्लो घरतिर भनेर जानकारी दिए । भित्र पसेर बस्दा नबस्दै ऊरु पनि आइपुगे । उनी भने ऊरुको घरको सजावट देखेर छक्क पर्दै थिइन्, तामाको भाँडादेखि लिएर चिनियाँ माटोका भाँडा अनि चाँदीका सम्म भाँडाहरु यति राम्रोसँग सझाइएका थिए । हुन त जाति नै यस्तो खालको जाति हो, जति कुना ठाउँमा बसेपनि घर आँगन सझाएर राख्ने जाति । तर अचम्म किन पनि लाग्यो भने पाँच वर्ष अगाडि यो घरमा आउँदा यस्तो विधि सामाग्री देखिएको थिइनन् उनले । ऊरुको प्रगति देखेर मन खुशी नै भयो ।
ऊरुले पेमालाई बोलाइन् ‘ए, पेमा आइपुग्यो? अघि नै भाउजुले फोन गरेर भनीसक्नुभयो तिमी आउदैछौ भनेर, घरतिर सबैलाई सञ्चै छ?’
‘ठिकै छ उतातिर’
‘एस.एल.सी. पनि पास गरेछौ, के पढ्न पो हिँडेको रे तिमी?’
‘मिल्यो भने ऊरु, स्टाफ नर्स पढ्ने भनेर हो । अनि फुफा खै त कता हुनुहुन्छ?’
‘उहाँ त जर्मनीमा हुनुहुन्छ नि, तीन महिना भएपछि आउनुहुन्छ । उता अर्को श्रीमतीसँग हो नि ।’
‘अर्की !’ नचाहँदा नचाहँदै पनि मुखबाट आश्चर्य निस्कियो । तर यो कुरालाई ऊरुले सामान्य रुपमा लिनुभयो । भन्नुभयो, ‘कुइरेसँग विहा भाको तीन वर्षजति भयो । ट्रेकिङमा जाँदा भेट्नुभएको हो । त्यसपछि त हामीलाई पनि आनन्द छ त । अव अर्को सालतिर त काठमाण्डौमा घर किनेर उतै बसे सोँचमा छौँ, सब परिवार नै ।’ आप्mनो श्रीमानले अर्को विहे गरेको देखेर खुशी हुने यो मान्छे मुर्ख हो कि मेरो चाँही दिमाग विग्रियो । सायद किराति वस्तीमा बसेर दिमाग पनि बाक्लै भएछ क्यारे । यस्तै यस्तै सोच्ँदै थिई, ऊरु आपैmँ बोल्न लागे, ‘अव सात वर्ष बाँकी छ ।’ के बाँकी हो बुझिनन्, तर कुरा बुझ्दै जाँदा दश वर्षको लागि विहे गरेका रे । कुइरेनि करिव चालिस वर्षकी छिन् रे हाल, अनि फुफा भर्खर तीस पुगेका रे । ऊरुको उमेर त्यस्तै सत्ताइस अट्ठाइस होला । तीन वर्षदेखि उनीहरुको मध्य जवानीमा सँगै नबसेर दश वर्षको लागि आप्mनो श्रीमान् अर्कैलाई दिएको कुरा गर्दा पनि यति खुशीसाथ गर्नेलाई मुर्ख भन्न मन मानेन । सोची, सायद मेरो दिमाग विग्रेको होला । गाउँमा प्रावि पढेर मावि पढ्न तल्लो गाउँतिर झरियो । किरातिहरुको संगत भयो । उनीहरुको खुल्लापनमा रमाउन सिकियो । साह्रै खुलापन भएको समाज थियो, तर श्रीमानले अर्को विहे गर्ने त सोँच नै देखिनँ । हुन पनि किरातिनीहरु यति छुच्चा थिए कि केटाहरु त कक्षामै पनि छात्रा पिडित थिए ।
फुफा वर्षको एकपटक युरोप पुग्ने, कहिले ट्रेकिङ जाने हुँदा घरमा खासै बस्न नपाउने रे । कुइरेनि पनि वर्ष वर्षमा यतै पनि आउँछ रे । अर्को अचम्मको कुरा त कुइरेनि आउँदा फुफा र कुइरेनि एउटा कोठामा बस्छन् रे ऊरुहरु अर्कै तिर । उनी त सुनेको सुनेकै हो कि हेरेको हे¥यै भइन् । कथाजस्तो कथा सुनेर अचम्ममा परी । ऊरुको पाहुनालाई गर्ने सम्पूर्ण मेसमानी पुगेको थियो आज पेमालाई । एकछिनमा त फुफाको अर्की श्रीमति भएको भन्दा पनि लवाईखुवाई देखेर लोभिन थालिन् । सोचिन्, वाध्यता नै त होनि आखिर, यस्तो कुनामा हिमालको काखमा केही नफल्ने ठाउँमा कसरी मान्छे हुने र? खासमा पेमा पनि सानो तिनो स्पोन्सरको आशमा त स्टाफ नर्स पढ्न भनेर हिड्या हो त । घरबाट त त्यही हो नि आलु मात्र बेचेर त कति पो कमाइन्छ र पढ्नु लाखौँ खर्चेर?
बिहानै हिडिन् पेमा काठमाण्डौ प्लेन पाउने ठाउँसम्म आज अनि भोली त काठमाण्डौ । बाटाभरी पनि ऊरु र फुफाको कुरा सम्झिन् पटक पटक, कसरी पो हौ थाहा हुँदाहुँदै त लोग्ने साझा बनाएर बाँच्न सकिन्छ र?
काठमाण्डौ एयरपोर्टमा पूmर्वाले कुरीराखेको रहेछ । बाहिरिने गेटनिरैबाट ‘पेमा’ भन्ने आवाज आएपछि उनलाई सजिलो भो, काठमाण्डौ पहिलो पटक आएपनि त्यस्तो गाह्रो परेन । सानो गाडीमा चढे उनीहरु जसलाई शहरमा ट्याक्सी भनिने रहेछ । बाटामा आराम विरामका कुरा भए, सम्झनाका कुरा भए । कुरै कुरामा फुर्वाले पेमाको लागि केही विदेशी साथिहरुसँग कुरा गरिराखेको र त्यसमध्ये एउटाले रामै्र रेस्पोन्स गरिराखेको कुरा वतायो । ‘सबै डिटेल र तिम्रो फोटो माग्या छ’ फुर्वाले भन्यो । ‘साइनो के पर्छ भन्या छौ?’ प्रश्नको जवाफमा फुर्वाले ‘गाउँले साथि हो, म उनलाई मन पनि पराउँछु भनेको छु’ भनेको छु भन्यो । पेमालाई अनर्थ लाग्यो मन पराको कुरा गरेकोमा, तर दुई तीन वर्ष निरन्तर विदेशीहरुसँग ट्रेकिङ हिडिसकेको फुर्वाले विदेशीका लागि लव, सेक्स जस्ता विषय सामान्य हुन् भन्ने सम्झाए । हिमालको चिमालसँगै फुलेकी पेमा पहाडकोे गुराँसजस्तै रातो भई ।
उनीहरुले पेमाको लागि सँगै कोठा खोजे, कलेज खोजे, दुई ठाउँमा इन्ट्रान्स दिइन्, नाम निकालिन् । उनीहरुले कलेज फी, कलेज, कोर्ष लगायत सँगै पेमाको निर्दोष फोटो पनि इमेल गरिदिए कोही जर्ज नामको अमेरिकनलाई । पेमालाई फुर्वाको सहयोग भुल्नै गाह्रो थियो, अव त फुर्वाको सहयोग मात्र होइन फुर्वालाई भूल्न पनि गाह्रो हुँदै गयो ।
केही दिनमै जर्जको रेस्पोन्स आयो, अहिलेलाई फुर्वाकै नाममा एड्मिसन फी पठाएको र पेमा राम्री भएको र तीन वर्षको लागि स्पोन्सर गर्ने तर दुई शर्तमा, एउटा पेमाको नाममा बैंक खाता खोल्ने र दोस्रो पेमाको विदा भएको वखत जर्ज साथिहरुसँग नेपाल आउने पेमा उसँग ट्रेकिङ जाने । पहिलो त उपयुक्त शर्त थियो दोस्रो पनि पेमाका लागि खास ठूलो कुरा रहेन । जात नै टे«किङ भनेसि हुरुक्क हुने जात हो, चाहे केटा होस् या केटी ।
निरन्तर इमेल, कहिलेकाँही च्याट यस्तैमा पेमा, फुर्वा र जर्जको भेटघाट हुन थाल्यो । बैंक खाता खोल्ने बेला पेमाको नाममा फुर्वाले दुई छुट्टै बैंक खाता खोलिदिए, जसमा एउटामा जर्जको र अर्कोमा फुर्वाको कमाईबाट पैसा आउने व्यवस्था भयो । पेमा अव फुर्वाको मायामा हो कि छायाँमा हो के मा अल्झिन थालिसकेकी थिई । हरेक विदाका दिन फुर्वासँग विताउनलाई साचेकी थिइन् तर फुर्वा बढीजसो विदाका दिनलाई पढ, आराम गर, सँगै बस्ने दिन त कुनै दिन आइहाल्छ, जीवनभर सँगै बसौँला भनेर टारिदिन्थ्यो । उनी फुर्वालाई तर्साउथिन् तर आफैं बढी तर्सिन्थि, जीवन सँगै विताउने वेलामा पनि यस्तै भनी टा¥यो भने भनेर । फुर्वा सम्झाउथ्यो, ‘हाम्रो जातमा आफ्नो मान्छेलाई धोका दिने चलन छैन, दिनले भेटेपछि जस्तोसुकै अवस्थामा पनि वचन पुरा गरिन्छ ।’
समयको फिताले दिनलाई महिना, महिनालाई वर्ष नाप्दै गएपछि पेमा पनि समयसँगै परिपक्व हुँदै गई । यो कुरा पनि एकदिन जर्जको इमेलको जवाफ दिँदा वोध भयो । कति वर्ष भयौ? को उत्तरमा ‘उन्नाइस’ भन्नुपरेको थियो । जर्जले पेमालाई सोध्यो उनको विदाको बारेमा, करिव ६ महिनापछि १५ दिनसम्मको विदा पाउने कुराको जवाफमा सोही समयमा नेपाल आउने र १०÷१२ दिनलाई ट्रेकिङ जानुपर्ने जानकारी आयो । यो प्रश्नभन्दा ज्यादा जानकारी थियो । हुन्न भन्ने जवाफ दिनलाई आजसम्मको सहयोगले पनि छेकेको थियो । तैपनि हवस् भनेर रिप्लाई गर्नु अघि फुर्वाको अनुमति लिएर मात्र जानकारी दिन चाहिन् । एक शनिबारको दुर्लभ भेटमा पेमाले डराउदै फुर्वासँग कुरा राखिन् । उनको सोँच विपरित फुर्वाले सहजतासाथ उनको कुराको समर्थन गरे । र भने, ‘हेर, जर्जले भनेको मात्र मानिहेर तिम्रो र मेरो जीवन स्वर्ग हुनेछ । त्यो केही वर्षसम्मलाई हो हाम्रो साथमा रहने त्यसपछि तिम्रो साथमा म र मेरो साथमा तिमी मात्र हुनेछौं ।’ पेमालाई आज फुर्वाको साथ छोड्न मन नै भएन ।
पेमाको फुर्वाप्रतिको मन बाहेक करिव सबै कुरा परिवर्तन भएको थियो । शहरले उनलाई छोको हो कि उनले शहरलाई छोको हो । शहरी वातावरणमा घुलमील हुँदै जाँदा वोलीचाली देखि लवाई खुवाई सम्ममा काठमाण्डौपन आभाष भैसकेको नै थियो । फेरी खर्चको सहलताले पनि स्मेल ओभर गोल्ड नै भएको थियो उनको भौतिक जीवनमा । पेमाको सोँचमा पनि आधुनिकपना आएको हुनाले निश्चिन्त भएर आजको दिनमात्र होइन रात पनि सँगै काट्ने आकांक्षा प्रकट गरिन् । तर फुर्वाले उनको प्रस्ताव सहर्ष अस्वीकार गरे । छुटिएर जानु नचाहनाको कार्य भयो आज पेमाको लागि ।
जर्ज नेपाल त आए तर एक्लै आए । साथिहरुसँग आउन उनीहरुको समय नमिलेको र आफ्नो पहिलेकै तय गरिसकिएको हुनाले आएको प्रष्टिकरण दिए । पेमासँग जोमसोम र पोखरा घुमेपछि पश्चिम नेपालको भुलभुले भन्ने ठाउँमा रहेको आफ्नो प्रोजेक्टको काममा जाने योजना वतायो । जोमसोम देखि पोखराको यात्रा अव पेमा र जर्ज दुईमात्र जाने भए । फुर्वाको खै कुन्नी समय मिलेन या के मिलेन । काठमाण्डौ देखि जोमसोमको टिकट लिएर उडेका उनीहरु कालीगण्डकी तर्दै कागवेनी हुँदै मुक्तिनाथ पुगे । मुक्तिनाथमा एकदिनको सयर तय भयो । १०८ धारामा पानी थापेर खै कुन्नी के के मागे । निरन्तर बलिरहने ज्वाला हेरेर आत्मामा कुन विश्वासको पैदा भयो । फर्किदाँ एक झोला आशिष कुम्लो हालेर जोमसोम नै फर्किए । यो विचमा उनीहरुको सामिप्यता बाक्लिएको थियो । जर्जको बारेमा उनले र पेमाको बारेमा जर्जले थुप्रै कुरा जाने । जर्ज केही वर्ष यता डिभोर्स गरेर एक्लै बसिरहेको मात्र उनले थाहा पाइनन् कि यसरी छुट्टीनु, बिचमा कोहीसँग मिल्नु जस्ता कुरा पश्चिमा समाजमा सामान्य रहेको कुरा पनि पेमाले फेरी थाहा पाइन् । फुफाको घर बसेकै दिन केही त थाहा पपाइसकेकी थिइन् नै । पेमा पनि अलि फ्य्राङ्क भइसकेको र विदेशीहरु सँग पुख्र्यौली रुपमै केही तारतम्य मिलेको जस्तो हुनाले उनीहरु धेरै खुला रुपमा गफ गर्न थालिसकेका थिए । लभ र सेक्सको बारेमा पनि खुलेर गफ गर्ने विदेशीको यो चालाले चाँही उनी अलि अप्ठ्यारोमा पर्थिन् साथै कहिलेकाँही त सिरिंग पनि हुन्थिन् । अरु वेला विदेशीहरु वटुलेर नेपाल घुमाउन लाने, साना तिना समाजसेवाका प्रोजेक्ट चलाउने उसको खास काम भएको पनि बुझे पेमाले ।
मार्फा, वेनी हुँदै गाडी पोखरातिर सोझियो । पोखराको लागि छुट्याइएको एक हप्ता बाँकी नै थियो उनीहरु सामु, घुम्नु नै थियो ।
पोखरा बसाईको पहिलो दिन, लेकसाइड घुम्ने उनीहरुको आइटनरीमा थियो । दिनभर जसो तालवाराही तिर घुमेपछि वेलुकी पख अगाडी नै रिजर्भ गरिसकिएको होटल बाराही आए उनीहरु । दुवैले नुहाई धुवाई सकेर वेलुका छिटै रुमतिर गए दुवैजना । जर्जको प्रस्ताव थियो, ‘आज म तिमीलाई एउटा सपना दिनेछु, जो पुरा हुनेछन् केवल सपना मात्र हुनेछैन ।’ जर्ज र पेमा जर्जको रुममा पुगिसकेको थिए । जर्जले एउटा चुइगम चपाउन दियो र उसले पनि लिए, त्यो नेपालमा पेमाले नदेखेको, नचाखेको चुइगम थियो । सपनाको सुरुवात भयो, ‘भन काठमाण्डौमा बस्न तिमीलाई के के सुविधा चाहिन्छ? वा कतै अन्तै बस्न चाहन्छौ ?’ जर्जले पेमाको आँखामा हेरेर अलि छेउमा सरे । ‘अमेरिका, इफ पोसिवल वीथ फुर्वा’ शब्दसँगै पेमाको मुहार पुरानो गुराँसे मुहारमा फर्कियो । ‘भेरी हार्ड फर पर्मानेन्ट, पसिवल अनली फर सम् टाइम एलोन अर वीथ मि’ अमेरिका होइन नेपालमै उनलाई सुखमा राख्ने प्रस्ताव त्यति ननिको लागेन पेमालाई । एउटा स्कुटर र राम्रो लवाई खुवाई त प्रत्येक छात्राको पहिलो रोजाई हुन सक्छ काठमाण्डौमा, जसरी पेमाको थियो । ‘तिमीलाई यस्तो खालको यति यति लुगाहरु किन्दिन्छु जब म काठमाण्डौ फर्किन्छु ।’ जर्ज पेमाको शरिरमा लुगाको नाप लिँदै थिए । पेमालाई काउकुती लाग्यो हाँसे खितिति । ‘नहाँस, आज सपना देख्ने दिन हो । यी हातहरुले तिमी यसरी स्कुटर गुडाउने छौ र रोक्ने छौ, झ्याप्प ।’
‘तिमी अव तिम्रो कोर्स सक्दैछौ । मेरै प्रयासमा खोलिएको त्यो अस्पतालमा काम गर्नलाई नै पढाको हो । तिम्रो तवल राम्रो हुनेछ । अमेरिका भन्दा बढी पैमा कमाउनेछौ, अनि......’ आज जर्जको हातलाई पेमाले रोक्न सकिराखेकी छैनन्, किनकी आज सपना देख्ने दिन हो । ‘अनि के...?’ ‘केही वर्षमा घर हुनेछ तिम्रो आफ्नै, अनि हुनेछ स्वीमीङ पुल तिम्रै घर अगाडी । त्यो घर बनाउनलाई आधा पैसा म दिनेछु । अनि तिमी स्वीमीङ गर्न निस्कनेछौ यस्तै डे«समा, खै खै ।’ पेमा झल्यास्सै भए, ‘ओ, नो जर्ज’ तर हात साह्रै लुलो थियो उनको । ‘दिस इज नथिङ, केही हुने छैन । यो सपनाको आधा भाग मात्र हो ।’ अव पेमा साँचै सपनामा हराउन थाली । फुर्वाको भनाईहरु मनन गरिन् । सपना देख्न थालिन् राम्रा लुगाको, लुगा फेरिराखेको, स्कुटरको र स्कुटर चलाएराखेको अनि स्कुटरको अनियन्त्रित गतिको । सपना देख्न थालिन्, काठमाण्डौमा घरको, घरलाई थिचिराखेको छतको । अनि सपना देख्न थालिन् घरको आँगनमा उनको स्वीमीङ पुल र पुलमा पौडिरहेको जर्जको ।

Monday, April 17, 2017

तलव आएपछि

---------- तलव आएपछि.......

ए हजुर!
- हजुर !!
नयाँ सारी कहिले किन्ने?
साथीहरू जागिरेको परिवार भन्छन् ।
- तलव आएपछि ।।

बाबा! बाबा!!
- भन बाबु ।
मलाई गुड्ने बाइक र उड्ने जहाजल्याइदिनु न ।
- तलव आएपछि ।।

दाइ मलाई एउटा मोबाइल सेट !
- तलव आएपछि ।।

- हेलो !
हेलो छोरा सञ्चै छस् ?
- ढोग गरें, बाँचेको छु ।
अब त जागिर नि खाइस,
पोहोर को ऋणको ब्याजै भए नि पठाई दे ।
- तलव आएपछि ।।

ए हजुर, खाना खान आउनुस् ।
- तलव आएपछि ।
- ए हैन हैन, आईहालेँ ।
तलव आको दिन,
चामल र तरकारी पसले लाई,
जम्माको २५ भाग,
घरबेटीलाई २० भाग,
चिया र भट्टी वालालाई १० भाग,
बोर्डिङ्ग स्कुललाई १० भाग,
साथीको छिनाउन र यता उता २५ भाग,
पर्समा बाँकी १० भाग ।।

तलव आको भोलि पल्ट,
ए हजुर, सुनिस्यो त ।
- भनिस्यो हजुरको हजुर ।
हिजो मात्र तनखा थापिस्या हैन!!??
पर्स त दुब्लो छ त,
कहिले आउँछन् हात्तीहरू? यसभित्र??
- तलव आएपछि ।
कहिले?


- अर्को महिना ।।।

Saniwami nakka mantup


पाँच डलरको नोट

कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडी एकजना छिमेकी दाईलाई पछ्याएर गाउँदेखि उकालो हिँडेको ऊ अर्थात शिरिषे रेम्नीसीङ ठिक दोस्रो दिनको वेलुका लुक्लामा पाउँछ आपूmलाई । झोलामा एक भारी सपना खाँदेर बोकेको १३ वर्षे किशोर छक्क पर्छ लुक्लाको वस्ती देखेर । सबभन्दा त हुतहुती सुरु हुन्छ उसको मनभित्र कि कहिले भोली विहान हुन्छ र त्यो परको एयरपोर्टमा प्लेनहरु आको हेर्न पाउनु । वेलुकी नै सँगैको दाईले घुमाए उनलाई तामाङ टोल, पासाङल्हामु गेटदेखि निकोल निक्की हस्पिटलसम्म । आकाशमा मात्र कहिलेकाँही देखेको प्लेन आप्mनै आँखाअघि पहिलोपटक देखे उनले लुक्ला एयरपोर्टमा । दाईका केही चिनजानका साथी भेटिए बजारमा, त्यसमध्येमा भेटियो एउटा शेर्पा केटो, जो आजको तीन दिनपछि ट्रेकिङ जाँदैछन् बेसक्याम्पतिर । उसको पद पनि शेर्पा नै रे । त्यो जातको पनि र पदको पनि शेर्पाले उनीहरुको ग्रुपलाई भारी बोक्ने पोर्टर चाहिराखेको बतायो । अनि सँगैको दाईलाई लाने पनि पक्का गरायो । तर शिरिषेलाई एकपल्ट राम्रोसँग नियाल्यो तर लाने मन गरेन ।
उनीहरु बासस्थान फर्किए र दाईले त्यो होटलको मालिकसँग कुरा मिलाए कि तीन दिनपछि टे«किङ जाने पक्का भयो, गाइडसँग पेश्की मागेर दिएको सम्मलाई उधारो बास र खाना दिनुप¥यो । साहुजीले दुवैलाई हेरेनन् मात्र दाईलाई हेरे र भने, ‘तर वैमान गरेर भाग्ने चाहीँ होइन नि फेरी!’ दाइले विश्वास दिलाए, ‘कहाँ त्यस्तो गर्नु हौ दाई, किरातीको छोरो पो त वचनको पक्का हुन्छन् ।’ साहुजी मुस्काए र भने, ‘एकलव्य जस्तै?’ अलमलिए दाई, ‘को एकलव्य दाई? त्यसले केही वेइमान गरेको छ कि के हो तपाईँसँग?’ साहुजी हतारको भावमा हाँस्दै किचनतिर हराए । के था ७ कक्षासम्म पढेका उनीहरुलाई कि एकलव्य गुरुलाई दिएको आप्mनो वचन पुरा गर्न हाँसी–हाँसी आप्mनो बुढीऔँला काटेर गुरु दक्षिणा दिने किराती राजकुमार थिए भनेर ।
भोली विहान भयो, साइरन बज्यो एयरपोर्टको, मान्छेहरु भेलजस्तै तँछाँड र मछाँड गर्दै एयरपोर्टतिर जान थाले । उनीहरु पनि भीँडको एउटा कुनामा मिलेर त्यतै लागे । एयरपोर्ट माथीबाट हेर्दाहेर्दै पर डाँडाबाट एउटा प्लेन सानो चिलजस्तै गरी ताकेर आयो । केही पलमै प्लेन ल्याण्ड भयो । एक दुई नेपाली र पन्ध्र सोह्र विदेशी निस्किए भित्रबाट । कुइरेहरु क्यामेरा निकालेर फोटो खिच्न थाले, तर प्रहरीले तिनीहरुलाई कुखरा हुलेजस्तै खरखर गर्दै एयरपोर्ट छोडाए । उनीहरुले यो निरन्तर दृष्य निरन्तर दुई घण्टा नियाले । अघिका भीडहरुमध्ये केही भाग्यमानीहरु कुइरेको दुई दुई वेडिङ बोकेर फर्किए । केही आजलाई रित्तै फर्किए । केही भने अझै केही आश बोकेर यताउता गरिरहे । ती दुई पनि खाना खान भनी होटलतिरै फर्किन लागे । फर्किदैँ गर्दा एकजना कुइरेले बाटो छेके शिरिषेको । शिरिषेलाई आशाका तरंगले तर्साए, उनले सुनेका थिए कि कुइरेले सानो गरिव बच्चालाई त स्पोन्सर गर्छ रे भनेर । नेपाली गाइडको माध्यमबाट नाम सोधियो र सोधियो उमेर । उनले नाम र उमेर त भने नसोधिएको कक्षा पनि भनीदिए, ‘सेभेन क्लास’ अनि मनमनै भने, ‘आजसम्म हरेक साल कक्षा प्रथम ।’ उनको फोटो खिचियो, डायरीमा केही लेखियो अनि उनलाई दिइयो हरियो नोट । सपना हरायो कुइरोजस्तो कपाल भएको कुइरेसँगै कुहिरोभित्रै । त्यो नोट पाँच डलरको रे, दाइले भने अनुसार ।
त्यस दिन विहानभरी कुइरेहरु आए र दिउँसो समानहरुमात्र बोकेको प्लेन आयो, तवसम्म दुई भाई तेन्जिङ हिलारी एयरपोर्ट आसपासमै बसिरहेका थिए । उनीहरुले दिउँसोको लागि चाउचाउको कार्टुन बोक्ने काम पाए । कार्टुनको खोलमा ‘बुइपाली’ र ‘भुपाल साहूजी’ लेखेका कार्टुनहरुको थुप्रोबाट प्रतिपटक दुई दुई गरेर दिनभर करिव ८०÷९० कार्टुन बोकेपछि हिसाव भयो प्रति कार्टुन पाँच रुपैयाँको दरले । ‘भुपाल साहुजी’ ले दिएको अलि चित्त बुझेन, किनकी अलि टाढा थियो बुइपालीको भन्दा । चित्त बुझाउने बाहेक कुनै अरु विकल्प नभएकोले उनीहरु लागे बासस्थानतर्पm । वेलुकी हिसाव गरेको उनीहरु प्रत्येकको कमाई भन्दा कुइरेले दिएको पाँच डलर बढी भयो ।
वेलुकीको खाना खाँदै गर्दा दाईले सम्झाए उनलाई, ‘तिमी सानै भएकोले कसैले ट्रेकिङ लाँदैनन् । ऋणमात्र बढ्छ यहाँ, बरु नाम्चे जाऊ, पर्सि शनिवार हाट लाग्छ, त्यहाँबाट कसै न कसैले काम गर्न लान्छन् ।’ शिरिषेलाई बोध भइसकेको थियो कि उनलाई ट्रेकिङ पनि लगिन्न र कुइरेले पनि लाँदैन । दिनदिनै उनको फोटा पनि खिचिन्न, नत्र त पाँच डलरले त पुग्थ्यो होला । उनले भने, ‘बरु म त गाउँ नै फर्किन्छु, नाम्चे आउनेहरु फर्किदाँ सुकिला मुकिला भएर आको देख्दा मात्र रहर पलाउने रैछ । अनि नाम्चेमा कसरी काम खोज्ने र? नाम्चे जाने बाटो चाँही कता हो?’ गाउँदेखि फकाएर ल्याएको ‘भाई’ फर्केर जाऊ त कसरी भन्थे, ‘नाम्चे जाने बाटो त त्यही हिजो हामी गको पासाङल्हामु गेटतिरबाट बाटै बाटो उता हो, नाम्चे बजारमा गएर एक ठाउँमा झोलासँग बसिराख्ने हो, लान्छन् । बरु पैसा पुग्दैन भने त्यो पाँच डलर तिरी राख्नु यहाँ ।’ उनको सुझाव शिरोधार्य गर्न अन्कनाए शिरिषे, ‘बरु गएर पढ्नु पो वेश होला ।’ ‘पढेर कसले के ग¥या छ र? अगाडी पढेका दाईहरुलाई हेर न, कोही आठ कक्षा कोही दश कक्षा पढेर पनि नाम्चे नै आएर भारी बोक्ने र ढुंगा पूmटाउने काम नै गरेर गाउँमा प्रगति ग¥या छन् ।’ चलेको यथार्थता पोखाए दाईले । ‘अव एकदुई दिनमा सोँच्नुपर्ला ’ भनेर टुंग्याए कुरा ।
विहान उठ्दा शिरिषे ओछ्यानमा थिएनन् । दाईले सोचे कि कतै बाहिर घुम्न गयो भनेर । भरे रातिसम्म नआएपछि घर फर्केको निधो गरे । तर शिरिषे विहान सवेरै पासाङल्हामु गेट काटेर फाक्दिङतिर पुगिसकेका थिए । एकलव्यजस्तो मान्छेको संज्ञा पाएका किरातिको छोरो तीन छाकको उधारो नतिरी भागिसकेका थिए । उनी निरन्तर हिँडेर नाम्चे पुगे, त्यस दिन बास बस्न कुनै समस्या भएन । बाटामा भेटेका थिए एक होटलका साहुजी र उनले बोकाएका थिए केही समान । वेलुकी पनि सोही साहुले होटेलमा लगेर भाँडा माझ्ने काम मिलाइदिए, छाक ट¥यो र रात ट¥यो ।
भोलीपल्ट विहानै उनी नाम्चे बजारतिर लागे मान्छेको हुलसँगै । अनि बसे एक ठाउँमा, जहाँ उजस्तै अरु दुई साथी पनि थिए, चिनेकैहरु । साथीहरुसँग कुरा गर्दै बसिराखेको बेला एकजना साहुजी उनीहरु सामु आए तर त्यो शेर्पा अनुहारका थिएनन् । उसले तीनैजनालाई गौर गरे र रोजे सबभन्दा ठूलोलाई, ‘तिमी मसँग जान्छौ, होटलमा काम गर्न?’ शिरिषेले थाहा पाए कि नाम्चेमा साहुजी क्षेत्री पनि रहेछन् भनेर । ‘कुन ठाउँ दाई?’ सोधे त्यो साथीले । ‘गोक्योमा’ जवाफ आयो सुनेको तर नपुगेको ठाउँको नाममा । ‘हुन्छ, यो पनि मेरो साथी हो ।’ केही आशाका साथ जवाफ दिए । ‘कति वर्षका भयौ तिमीहरु?’ जवाफमा त्यो साथी बोले, ‘म १७, ऊ चाँही १६ वर्ष ।’ केही छिन हराएर फेरी फर्किदाँ त्यो साहुजीले अर्को एक साहुनी साथमा ल्याए । त्यो साहुनी भने शेर्पा नै थिई, लाने भए दुवैलाई एकएक बाँडेर, बाँकी रहे शिरिषे एक्लै । उसलाई थाहा भयो कि उसको उमेरले गर्दा उसलाई छोडियो । उसलाई अलि उमेर बढाउन मन लाग्यो ।
वेलुकीसम्म उसलाई लाने मान्छे कोही आएनन् सवैले उमेर सोधेर छोडिदिए । अन्तमा साँझपख एकजना युवा उमेरका किराति अनुहारका साहुजी आए र सोधे उसको उमेर, भनीदिए ‘पन्ध्र वर्ष’ दुई वर्ष बढाएर । ‘हेर्दा त देखिन्न’ भन्दै लगे उनले एक होटेलमा र खाजा खुवाए अनि लगे थामे भन्ने ठाउँतिर । गएर बुझ्दा ती उनलाई लाने केटो त उनकै गाउँतिरका दाजु नै पो रहेछन् । यति माउन्टेन होमका एक कुक । अनि नवआगन्तुक शिरिषेको पद थियो, मस्काउने अनि चम्काउने । उनले आप्mनो तलव सोधे डलरमा, ‘करिव पन्ध्र डलर’ को जवाफ आयो । सोचे, ‘अघि नै उमेर बीस वर्ष भनेको भए त बीस डलर नै हुन्थ्यो होला ।’
विहान वेलुका भाँडा माझ्ने र दिउँसो चौँरीको गोवर टिप्न नांगा चउरतिर जाँदै वित्यो चार वर्ष, त्यो थामे उपत्यकामा । यस बिचमा उनी पूर्वतिर नाम्चे बजार धाउन पोख्त भए, पश्चिमतिर च्छो रोल्पा तालसम्म पुगेर ट्रेकिङका भारी...... पास गराउन पनि सक्ने भए । उनको तलव पनि बढेर ४० डलर पुगिसक्यो । काम पनि खाना सर्भिस गर्नेसम्म पुगे । तर विर्सिए पुरै, गाउँलाई, घरलाई ।
चार वर्षपछि घर आए शिरिषे, हिरो बनेर । नाम्चेमा टिवेटनको पसलबाट राम्रै सपिङ गरेर सक्दो राम्रो बनेर केही रुपैँया र केही डलर बोकेर उही पुरानो ठाउँ लुक्ला पुगे । त्यहाँ पुगेर सबै डलर चलेको भाउमा साटे । तर पाँच डलर गोजीमै थियो साटेनन् । चिनजानकै बजारमा चिनजानका थुप्रै साथी भेटिए, हान्निए उनीहरुसँगै पुल÷स्नुकर हाउस तिर । उनलाई स्नुकर खेल्न त्यति आएन तर सिके, सिकेपछि नजान्ने कुरै भएन । केही दिनको दिनचर्या नै भो उसको लागि स्नुकर तिर धाउनु र वेलुकी म.म. खान तामाङ टोलतिर जानु ।
केही दिनपछि घरतिरको बाटो समाते उनले । घरपनि पुगे । पुसको महिना, सबैजना कुलुङ समुदायको चाक्चाकुर पर्वमा व्यस्त थिए । केही वर्षअघिमात्र सुरु भएको सो चाड मनाउन सबै जना परदेशीहरु गाउँ फर्किने हुनाले गाउँ रमाइलो थियो । शिरिषे बजार गयो, रमाइलो भयो रोटेपिङमा भेटिएकी एक जना बाटोमुनीकी सामान्य चिनजानकी नानीले जाले रुमाल दिए पसिना पुछ्ने निहुमा र फिर्ता लिन मानिन । जीवनभरको लागि पसिना पुछिदिने वाचा गरे जस्तै लाग्यो उनलाई र गोजीमा राखे । तीन दिनको चाक्चाकुर मेला विषेश भयो उनको लागि । गोरुको मासुको म.म. खान पाए, सोचेभन्दा बढी खर्च गर्न पाए, बाटोमुन्तीरकी नानीका कारण । गाउँमा विजुली निकालिएको रहेछ, त्यसको उद्घाटन पनि चाक्चाकुरमै गरियो । गाउँबाट मट्टीतेल विस्थापित हुँदै थियो भने गाउँलेको मुहार पनि मट्टीतेलको वत्तीको जस्तो धिमिलोबाट विजुलीजस्तै चम्किएको देखियो ।
विजुली निकाल्ने बेलामा परेको ऋण तिर्नलाई आमाको आग्रहलाई आफ्नो कर्तव्य ठानेर तिरे, उनको परिवारले बल्ल आफ्नो कमाईको विजुली बाल्न पाए । उसको एक महिनाको लामो विदा सकिएकोले उनी फर्के थामेतिर । तर उनलाई नाम्चे पुग्दा नपुग्दै के विचार आयो कुन्नी उनी पुरानो थामेतिर जानै सकेनन् । बाटोतिर कामहरुको खोजी गरे, सकेसम्म ठेक्का पट्टा खोज्ने उनको योजना सफल भयो । ढुंगा फूटाउने र ओसार्ने ठेक्का पाए । अरु केही साथिहरुलाई समेत जम्मा पारेर उनीहरु ठेक्का पट्टामा लागे । यो पछि त्यो, त्यो पछि त्यो गर्दै काम गर्दै गएपछि कमाई राम्रै हुने भयो । पाँच डलर भने उसकै साथमै थियो ।
गाउँघरतिर बोलाइएकोले गाउँतिर गईराख्नु उनी गाउँतिर आए नै । बोलाइएको माथि पुरानो जाले रुमालको माया पनि उनको देब्रे छातीमा धड्किएकै थियो जसले उसलाई चुम्बकले फलाम बनाइदियो । यो पाली फेरी अर्को नयाँ योजना आएको रहेछ गाउँमा, एक खुला दिशा मुक्त भन्ने । उसले अरु थप केही नबुझेपनि प्रत्येक घरमा चर्पी बनाउनुपर्ने भन्ने बुझे । यो चर्पी बनाउने कुरा त ठूलो भएन तर अचम्म उसलाई के लाग्यो भने अव सुँगुरको चारो के ले पु¥याउने त? तर यो कुरामा भने उनी खुशी भए कि लौरो हल्लाउदै मान्छे नआउँलाकि भन्दै डराइराख्नु भने पर्ने छैन । उसले केही हजारको खर्च र केही खेतालाको सहयोगमा केही दिनमै चर्पी बनाए, आउदो चाक्चाकुरमा यो गाउँलाई खुलादिशामुक्त घोषणा गर्ने हल्ला सुने । एकदिन गाउँको पुरानो साथि जो गाउँकै स्कुलमा मास्टर भैरहेका थिए, उनलाई सोधे यो खुला दिशामुक्तको अर्थ के हो भनेर । साथिले सम्झाए, खुला ठाउँमा दिशा नगर्नु या नदेखिनु हो भनेर । उनी अन्यौलमा परे, अनि पहिला पनि खुला ठाउँमा कहाँ दिशा गरिन्थ्यो र? बाउ बाजेहरु त मेलोतिर कतै दिशा लागेपनि पाखोमा गर्न हुन्न घरमा लानुपर्छ, चारो हो भनेर खुला ठाउँमा कहिल्यै गर्थेनन् । उनको कुरामा हाँसो मच्चियो र साथिले सकेसम्म सम्झायो, उसले कुरा त सम्झि नै सकेको थियो ।
यो बिचमा उनी पुरानो जाले रुमाल पु¥याउन नानीकोमा पुगे तर कहिल्यै फिर्ता दिन सकेनन्, अथवा लिन सकिनन् नानीले । उ नाम्चेमा तिवेतनको लुगा र लुक्लामा मल्टिमिडिया चाइनिज मोबाइल सेट किनेर नानीलाई ल्याइदिएकै थियो । त्यो भने पर्दैन थ्यो भन्दै स्वीकारी । उनीहरुले जीवनभरीका सपना बुन्न भ्याए । बिहे गर्ने मिति तोके र बिहेपछि गर्नुपर्ने केही गोप्य क्रिया गर्न पनि पुगे ।
जाले रुमालमाथि फूर्का थपिदिए नानीले यो पाली । त्यहीँ पूmर्का घाँटीमा बाँधेर फेरी परदेशीए शिरिषे । खुम्बुमा ढुंगा फूटाउने देखि लिएर चर्पीमुनी पतकर हाली तयार पारिएको मल बोक्ने र एभरेष्ट वेसक्याम्पबाट ड्रम बोकेर नाम्चेसम्म ल्याउने काम गरे उनले यो एक वर्षमा । यी कामहरुमा बढी पैसा कमाइन्छ भन्ने खुम्बु जाने प्रत्येकलाई थाहा छ । काम गर्ने र पैसा बचाउने ध्याउन्नमा लागे उनी, लाग्नु पनि थियो नै, नानीले उनैले लगिदिएको फोनबाट फोन गरेर खुसीको कुरा वताएकै थिई । मंसिर काटेमा समाजले कुरा काट्न थाल्ने हुनाले मंसिर नकटाउने वाचा लिइसकेकी थिन् ।
पुरानो सल्लाह अनुसार समयमै घर फर्किए । घर फर्केर पुरानो योजना पुरा गर्न थालियो । शिरिषेका काका र नानीको मामा दुई कठुवा रक्सी लिएर नानीको घर पुगे । पारुहाङ र सुम्नीमाका कुरादेखि सृष्टि चल्ने कुरासम्म गरेर अन्तमा तपाईंको घर आँगनमा फुलेको फुल हाम्रो भमरासरी छोराले लौ मन पराएछ माग्नु पो आयुङसम्म पु¥याउँदा नानीले चल्लाको माऊलेजस्तो भूईं कोट्याएर धुलो र दुलो बनाइसकेकी थिइन् । यो संकेतले कोही थप कोही केही बोल्नै परेन ।
बीस वर्ष पुग्न एकवर्ष बाँकी छदै विहे गरेका शिरिषेको पाँच वर्षभित्र तीन बच्चा र थपिने क्रम देखियो । यो बिचमा थुप्रै पटक उनी पुगे उही परिचित खुम्बु उपत्यका । मानिसले गर्ने, मेसिनले गर्ने, जनावरले गर्ने सब काम गर्न भ्याए । फरक यति भयो पहिलेजस्तो मनग्ये तरिकाले परदेश बसीराख्न सकेनन् । बढीमा दुई महिना मात्र बस्न सके । ज्यानमात्र बल्ल बचाएर कमाएको पैसाले गाउँमा एउटा सामान्य बासस्थान खडा गरे । छिमेकमा नाघी भ्याउनै परो, विहेवारी धाउनै परो । यस्तैमा उनी पेशेवर गाउँले पुरुष बने । कुनै समय कक्षा प्रथम मात्र भएका शिरिषेले आफ्ना बालच्चालाई स्कुल पढाउन निकै संघर्ष गर्नु प¥यो ।
एक दिन निदाउनु अघि शिरिषेले आफ्नो जीवनलाई राम्रैसँग फर्केर सोँचे । ऊ कक्षामा प्रथम भएको वेला दोस्रो, तेस्रो तथा पास मात्र हुनेहरु कोही लोकसेवा पास गरेर सरकारी जागिरमा, कोही नेपाली सेनामा, कोही शिक्षक, कोही कता कोही कता, त्यसैगरी कोही भने ऊ जस्तै । समग्रमा उसलाई खुशी लागेन, प्राय दौँतरीहरु विए, एमए पढेको सम्झेपछि । त्यसको विहानै शिरिषे सापटी लिएको केही खर्च र बाटोमा खाने भुटेको मकै र भट्मास बोकेर नाम्चेतिरै लागे किनकी उसँग पाँच डलरको नोटमात्र बाँकी थियो ।

Thursday, January 19, 2017

गजल


                      - केडी रेम्नीसिङ
पिउनु उनकै यादमा पिउँछु आजभोली,
दिनभन्दा बढी रातमा पिउँछु आजभोली ।

टेवलमा सुरु अनि बढ्दै जान्छ कोठातिर,
होसअघि यही खाटमा पिउँछु आजभोली ।

सुम्सुम्याउने हात छोडी नसा साथ थमाई,
तस्विर उनै राखी साथमा पिउँछु आजभोली ।

प्रेममा बढी नसा उनी पिएको रक्सीभन्दा,
चीज अर्कै उस्तै मातमा पिउँछु आजभोली ।

विषसरी अन्तिम कक्टेल प्रेम र रक्सीको,
आँखा चिम्ली उसै हातमा पिउँछु आजभोली।

Friday, January 13, 2017

कुलुङ भाषाका केही गीत

चाक्चाकुरपी ताम्पालो...


चाक्चाकुरपी ताम्पालो रेउ रेउमे तुम्पालो,
लालीमायो आप्पु ङालीलपा छुम्पायो ।
भांग्राम फेंगा खाम्पा लुक्स्पा रिम्चिप आस्कै,
माकुलुङमी तेमेछास् उतो ङाल्लप दात्कै ।।

खुलु खुम्सुम रिसिवा हन्ना केइया युक्साम्के,
छाम लतो सिल्बातो सानिवाची बाताम्के ।
रान्त्या काक्साम् बजारपी सिङ छोम्पा सैलालो,
ई दुङने तोक्साथोङ सुम्नी पारु नइललो ।

होल्नाम ताम मिन्चाये याउतोस छुम हचय,
रेउमेम् ङाली हालामोस दोबेबुङयो बाइचय ।
फुर्का दोङगम बात्चीक हन्ना केइसो इलैया,
सानीवाची पिलैयो सम्तुमा ची मिलैया ।।

को असा हन्ना....


को हसा हन्नान् को असा पक्नििव खोलोङ पक्निव,
चाई मयाम् दव बाई मयाम् तानिव खोलाङ तानिव ।

दुङ खाता ईमी युम खाता सेमोङाङ खोम्तिम्पा,
दुक्वापी तुपा छुप्सेप् छुपा इहोप्ङाङ लोम्चिम्पा ।।

केस्का इम्पा, एस्पा इम्पा थिइम छुके एसेने,
इम्सिचाई केइने बिन्निपास हापी तातेका लाम्दुप्ने ।।।