खेतको नाममा त्यति एउटा बारी थियो हाम्रो । पुख्र्यौली सम्पत्तिको रुपमा जिजुले बाजेलाई र बाजेले बाबालाई अंशको रुपमा दिँदै ल्याउँदा ‘हाम्रो खेत’ भएको थियो त्यो । हाम्रो खेत पुग्न घरदेखि दश मिनेटजति ओरालो हिँड्नु पथ्र्यो । बुवाको नाममा रहेको जम्मा पैतीस रोपनी जति खेतबारी मध्ये दुई गरा मात्र भएको त्यो खेत करिव आधा रोपनी क्षेत्रफलमा फैलिएको थियो । सानो क्षेत्रफलको भएपनि त्यो खेत हाम्रो लागि धेरै महत्वको थियो । हाम्रो लागि सान, न्वागी खाने, रमाइलो गर्ने राम्रो स्रोत थियो । ‘असार पन्ध्रमा त राजा पनि हिलोमा निस्किन्छ, त्यसैले हामी पनि हिलोमा निस्कनु पर्छ’ भनेर गाउँमा भन्ने गर्थे । ‘आज त राजा पनि धान रोप्दै छन्’ भन्दै हामी पनि रमाउँथ्योँ ।
वर्षमा एकपटक धान रोप्न जान पाइन्थ्यो । असार पन्ध्रको मौका पारेर एकदिन रोप्ने खेत कम्तिमा तीन चार घर मिलेर मात्र बल्ल एक मेलो हुन्थ्यो । काका, ठूलोबा हरुको पनि हाम्रो जति जति नै खेत थियो । सबै मिलेर गएपछि एक हलको एक मेलो हुने खेत जान हामी असार लाग्ने वित्तिकै देखि उत्साहित हुन्थ्योँ । खेत रोप्नु कोदो रोप्नुभन्दा साह्रै रमाइलो लाग्थ्यो । खेत रोप्दा खुला ठाउँमा हिलोमा खेल्दै रोप्न पाइन्थ्यो भने कोदो रोप्दा मकैबारीभित्र हराइहालिने हुन्थ्यो । खेत रोप्दा अर्को रमाइलो कुरा भने खाजा खाने बेला लाग्थ्यो, गाउँमा मौसमी खेती प्रणाली हुनाले मकै, आलु, नयाँ गहुँको रोटी आदि पहिलो पटक सँगै खान पाइन्थ्यो । हिलो छ्यापाछ्याप गर्दै धान रोप्न यति रहर लाग्थ्यो कि एकपटक काठमाण्डौ देखि असारमा गाउँ आउँदा हाम्रो खेत रोपिसकेकाले छ्यामा निरिषहरुको खेत रोप्न पुगेको थिएँ । खेतमा धान र आली आलीमा भट्मास रोप्न कम्ति रमाइलो लाग्थेन ।
खेतमा मल हाल्नको लागि घरदेखि मल बोक्नु पथ्र्यो । जसको लागि अशोज कार्तिक देखि झारपात, पतकर बोकेर सुँगुरको खोरमा हाल्ने गरिन्थ्यो । साथीहरुसँग विद्यालय छुट्टी भएपछि जंगल जान साह्रै रमाइलो लाग्थ्यो । पालैपालो एकएक जनाको घरमा ल्याउने गरी पर्म खेलिन्थ्यो । त्यसै गरी पछि माघ फाल्गुन महिनामा पनि खेतमा मल बोक्न पर्म गरिन्थ्यो । घरबाट भागेर रमाइलो गर्ने पनि राम्रो मौका मिल्थ्यो । भागेर प्राय हामी खोलामा पौडी खेल्न जाने गथ्र्योँ । डोकोबाट घोप्टाउँदा हिमाल जस्तो अग्लो आकार बनाउन रमाइलो लाग्ने हुनाले मल बोक्दा सकेसम्म धेरै बोक्न प्रतिस्पर्धा हुन्थ्यो । ‘कसको अग्लो हिमाल’ भनेर साथिहरुसँ दाँज्थ्योँ । केही दिनमा त आमा बाले मल फिँजाएर हाम्रो हिमाल सारा भत्काइसक्नु हुन्थ्यो । हामी आफूले बनाएको हिमाल नदेख्दा ‘पासाङल्हामु पनि हिमालमै हरायो हिउँसँगै’ भनेर भन्थ्योँ ।
हाम्रो गाउँमा हरियो मकै र नयाँ आलु खान असार अन्तिम नै कुर्नु पथ्र्यो । यो कुर्न हामीलाई धेरै मुश्किल लाग्थ्यो । मलाई अगेनाको छेउमा राखेर पोलेको मकै सँग फर्सीको मुन्टा र आलुको तरकारी खान साह्रै मन पर्ने । अनि मही वा दही सँग पनि पोलेको मकै खुब खाइन्थ्यो । जसको लागि म हरेक शनिबार लेकको खर्कमा रहेको गोठमा सामल पु¥याउन र दुध, दही, मही लिन जान्थेँ । हाम्रो खेतको मकै र आलु भने जेठको अन्तिम तिरै खाने बेला हुन्थ्यो । अलि अलि गरेर त्यसले असार पन्ध्रसम्म पुग्थ्यो । तर कति फारो गरेर खानुपथ्र्यो भने कहिल्यै धीत मर्ने गरी खान पाइन्नथ्यो । कान्छी फुपु हुँदासम्म कहिलेकाँही माइत आउनु हुन्थ्यो कोशेली बोकेर, कति खुशी लाग्थ्यो भने जेठ महिनामा त एक दिन बिराएर सँधै आए नि हुन्छ भन्ने लाग्थ्यो । उहाँको घर अलि अउलमा थियो, त्यसैले खेत बढी नै थियो उहाँहरुको । पछि फुपु वित्नु भएपछि भने फुपुको घरसँग टाडिनुु प¥यो ।
गाउँघरमा खेत भएको परिवारलाई अलि सम्पन्न परिवार मान्ने चलिआएको रहेछ । खालिङ गाउँकी एउटी कन्यासँग मेरो प्रेम सुरु भए पछि मलाई एकदिन उनले सोधेकी थिइन्, ‘तपाईंहरुको खेत चाँही छ कि छैन?’ मैले ‘किन हौ?’ भनेर सोद्धा ‘त्यतिकै, बुवा आमाले ‘खेत भएकोलाई नै छोरी दिन पाए राम्रो’ कुरा गर्दै गरेको सुनेर नि’ भनी । मैले, ‘यदि हाम्रो खेत नभएको त हाम्रो सम्बन्ध अगाडी नै नबढ्ने पो हो कि के हो?’ भने । ‘होइन, जस्तो भए पनि मन पराए पछि सकिगो’ उत्तर आयो र विहे पनि भयो । प्रेम गरेपनि हाइब्रीड विहे गर्ने दुवै परिवारको सल्लाह पछि सो रीत पुरा गर्न मेरो बुवा मेरो कुरा लिएर जानुभयो । कुरैकुरामा बुवाले भन्दिनु भएछ, ‘हाम्रो दश पाथीको बीऊ लाग्ने खेत छ’ भनेर । पछि बिहे भइसकेपछि एकदिन उनले खेतबारी हेर्ने चाहना गरिन् । खेत देखाइदिएको, ‘बाँकी खेत कता छ?’ भनेर सोधिन् । ‘यति नै हो, दश पाथी धान आउँछ’ भनेँ । बुढी कहिले काँही ‘तपाईंहरुको खेत चाँही मानेँ’ भनेर जिस्किन्छे ।
सुरुमा पढ्न अनि पछि जागिर खान हिँडेपछि घर आउन पाइएन । दशैंमा सबै घर फर्किने तर हाम्रो गाउँका युवा दशैं तिहारमा पर्यटन क्षेत्रमा काम गर्न गाउँ छोडेर खुम्बु जाने हुनाले स्थायी परदेशी जस्तो भइयो । विहे गरेपछि घर जानु राम्रो भन्ने हाम्रो सल्लाह अनुसार एक साल घर पुगियो । घरमा पुग्दा बाबाले त्यो हाम्रो सानो खेत वेचेको कुरा गर्नुभयो । तल्लो लङको दाजुभाई मध्येको एक जना काकालाई बीस हजारमा वेच्नु भएछ । बुवा भन्नु हुन्थ्यो, ‘खेत राखेर मात्र के काम घरमा काम गर्ने कोही नभएपछि...’ अव हामी खेत नभएको परिवार भएका थियौं ।