Monday, May 30, 2016
Sunday, May 29, 2016
थारु को हुन् ?
थारु को हुन् ?- नीरा भगत थारु, काठमाडौंजेष्ठ १७, २०७३- कहिलेकाहीं एक्लै घोत्लिँदा मेरो मनमा तर्कना आउँछ– थारु को हुन् ? राष्ट्रियताको मामिलामा अत्यन्त कट्टर थारु जातिले पराधीनको कल्पना गर्न सक्दैन ।
तर थारु समुदाय देशभक्त भए पनि देशभित्रै इतिहास र पहिचानविहीन भएको छ । थारुको चिनारी राजनीति होइन । राजनीतिले थारुको इतिहास र पहिचान होइन, पद—प्रतिष्ठा भजाउँछ । थारुको चिनारी आम देशवासीले थाहा पाउनुपर्छ ।
शारीरिक बनोटका आधारमा थारु आर्यन होइनन् भन्ने निचोड धेरै विद्वानको छ । जनसंख्याका दृष्टिले छैठौं स्थानमा रहेको थारु समुदाय मंगोलियन पनि मानिँदैन । शारीरिक नापका आधारमा द्राबिडियन र भारतीय प्रदेशको जाति भन्ने तर्कलाई डा. मजुमदारले खण्डन गरेका छन् ।
बाबुराम आचार्यले थारुलाई मंगोलियन मानेका छन् । केही अनुसन्धानविदले पहाडको मगर, खोंँचको हायु, दनुवार र मधेसको थारु एउटै वर्गका जाति हुन् भन्ने तर्क गरेका छन् ।
थारु समुदाय मधेसी पनि होइन । मधेसमा बस्ने भएकाले मधेसी भन्ने हो भने ३ सय वर्ष पहिलादेखि बस्ने पहाडी समुदायको मान्छे मधेसी होइन ? जातीय वर्णको दृष्टिकोणले हेर्ने हो भने थारु पहाडी पनि हो, किनकि उसको वंश शाक्य खलकको बसोबास पहाडमा छ ।
थारु हिमाली पनि हो, उसको खलक मगर जातिको बसोबास हिमालमा पनि छ । थारु खुजेली हो, उसका खलक हायु, दनुवार आदि जातिका रूपमा खोँचहरूमा बस्छन् । थारु मधेसी पनि हो, किनकि उसको मूल पुर्खा नै तराई आवाद गराउने हो ।
जब जातीय एकताको कुरा हुन्छ, तब थारुको एउटै शरीर एउटै प्राण हुन्छ, यसमा न पहाडी, न हिमाली, न मधेसी हुन्छ । हुन्छ त केवल नेपाली । हिमाल, पहाड, तराई सबैतिर थारुका वंश छन्, थारु जातिका उपजाति छन् ।
पहाडको विरोध गर्दा दाहिने हातको तिरस्कार, हिमालको विरोध गर्दा अर्को हातको पीडा हुन्छ । मधेस त प्राणसञ्चारक हो । मधेसका भूमिसन्तान नै थारु हुन् ।
कुनै थारुले सत्तालोलुपताका कारण म यो क्षेत्रको, यो भूमिको, मलाई केवल यही ठाउँ चाहियो भन्छ भने त्यसभित्र निहित स्वार्थ हुन्छ । थारु हिमाली, पहाडी, मधेसी अलग–अलग होइन, सबै हो । समग्रमा थारु नेपाली हो । नेपाली हो र त थारु हो ।
तपाई थारु समुदायका दिदी–बहिनी, दाजु–भाइलाई क्षेत्रीयताको कुरा सोधे भनिदिनुस्– म केवल थारु हुँ र नेपाली हुँ । थारुले कुनै क्षेत्रीयता अंगिकार गर्दैन । सबै क्षेत्रमा थारु छन्, कुन थारु प्यारो ? कुन हेला ?
नेपालमा राजनीतिक सिद्धान्तको बाढी लागेको छ । कोही समाजवादी, साम्यवादी, पुँजीवादी, पुरातनवादी, लोकतन्त्रवादी, प्रजातन्त्रवादी आदि । कुनै थारु साम्यवादी बन्छ, समाजवादी बन्छ या कुनै वादी बन्छ भने उसले थारु भएर पनि थारु संस्कृति बुझ्दैन ।
थारुको सिद्धान्त बुझ्दैन । थारुको आफ्नै सिद्धान्त छ । थारुहरू प्रकृतिवादी हुन् । थारुले धनी पुज्दैन, गरिबको उपेक्षा गर्दैन । धनीलाई गरिब बनाउँदैन, गरिबलाई धनी बनाउँछ, तर कस्तो धनी ?
मिहेनतको धनी, परिश्रमको धनी, जीविका चलाउन सक्ने सीपको धनी, मनको धनी, उदारताको धनी, भ्रातृत्वको धनी, मातृत्वको धनी, गुणकारको धनी, इमानदारिताको धनी, न्यायिक विवेकको धनी, लगनशीलताको धनी, उपकारको धनी, दानको धनी, मानको धनी ।
थारुले विभेद गर्दैन । थारु समुदायमा लैङ्गिक विभेद पनि अपवादमा मात्र सीमित छ, त्यो पनि अरू जातको संगतमा । थारुमा माथिल्लो जात, तल्लो जात भनेर छूत–अछूत हुँदैन ।
थारुको यो सिद्धान्त नै विभिन्न वाद र पार्टीका नाराभन्दा उत्कृष्ट र जीवन उपयोगी छ । थारु समुदाय वर्गविहीनतामा विश्वास राख्छ ।
http://kantipur.ekantipur.com/news/2016-05-30/20160530080747.html |
Friday, May 27, 2016
मुक्तक
(With a typical kulung phrase)
जनताको कुरा सुन्छन्, एक रिन पचास पैसा,
गरिबको दुखमा रुन्छन् एक रिन पचास पैसा ।
"देशै मेरो" सत्तामा रँहदासम्म सेवा गर्दा गर्दा,
गरिबै पो हुन्छन् एक रिन पचास पैसा ।।
जनताको कुरा सुन्छन्, एक रिन पचास पैसा,
गरिबको दुखमा रुन्छन् एक रिन पचास पैसा ।
"देशै मेरो" सत्तामा रँहदासम्म सेवा गर्दा गर्दा,
गरिबै पो हुन्छन् एक रिन पचास पैसा ।।
(Typical Kulung मुक्तक)
(Narayan Nepal सरबाट प्रभावित)
(Narayan Nepal सरबाट प्रभावित)
के गर्छस्? जाँठा !
काँ सर्छस्? जाँठा !!
भन्दियाछु नचल,
तँ मर्छस्, जाँठा!!!
(Excuse for the Word 'जाँठा)
काँ सर्छस्? जाँठा !!
भन्दियाछु नचल,
तँ मर्छस्, जाँठा!!!
(Excuse for the Word 'जाँठा)
मुक्तक
गाउमै आऊ, त्यो सहरमा भन्छौ हाहाकार छ,
तिम्रो मेरो साझा सपना यहिँ साकार छ ।
कति खान्छौ मिनरलमा पकाको चाउचाउ,
हिमनदि झैँ निर्मल, तिम्रो लागि प्यार छ ।।
केडी रेम्नीसीङ,
बुङ, सोलुखुम्बु ।
Tuesday, May 24, 2016
Monday, May 23, 2016
सोलुखुम्बु जिल्लाका नगरपालिका तथा गाविसहरू
सोलुखुम्बु जिल्लाका नगरपालिका तथा गाविसहरू
| ||
---|---|---|
सदरमुकाम: सल्लेरी
| ||
गाविस संख्या: ३० | ||
नगरपालिका संख्या: १ |
Kulung people
From Wikipedia, the free encyclopedia
The Kulung are one of the indigenous communities of Nepal, as well as parts of northeastern Sikkim and Darjeeling district of India, having their own Kulung language, culture, history and tradition. The Kulung population in Nepal is estimated to be in the region of 150,000-200,000.[citation needed].But Some Kulung people introduce themselves as Kulung Rai and their date in national census of Nepal goes to Rai community.
The ethno-linguistic region inhabited by the Kulungs is called the "Mahakulung" ("Greater Kulung") and is located in the Solukhumbu district of Sagarmatha Zone.[1] of Nepal. It specifically refers to the Hongu valley, comprising Gudel, Chheskam, Bung, Pawai and Sotang, as well as villages in the Sankhuwasawa District and the valleys of the Hongu,Sangkhuwa and Siswa rivers.[1] Presently Mahakulung is located in the Bung, Chheskam, Gudel and Sotang village development committees in the Solukhumbu District in the eastern part of Nepal. There are inhabitant Kulung communities in 22 districts of Nepal. However, the major settlements are Solukhumbu, Sankhuwasabha, Bhojpur, Khotang, Sunsari, Morang, Jhapa, Illam, Tehrathum and Kathmandu.
They are part of Kirat community, tracing their lineage from the Kirati ruler Khambu.[2] First time in the hunting era four Kitanti ancestors namely Khapdulu, Ratapkhu, Chhemsi and Tamsi had entered Mahakulung through Rawakhola of Khotang. They liked those places and so Ratapkhu inhabited in Sotang, Khapdulu, Tamsi and Chhemsi created Pelmang, Chheskam and Chhemsi villages respectively. Recently generations of those four Kiranti ancestors are known as Kulung and those large area they have been occupying in Solukhumbu are called Mahakulung. With the beginning of modern era, they started to go out from their territory to search better life. In this regards some migrated Sikkim and Darjeeling of India and some in different parts of Nepal. In the first word war and Second word war some Kulung youth admitted in British Army and then they migrated in more developed cities such as Dharan, Jhapa and Ilam of Nepal.
The Kulung practise exogamous clan marriage.[3] As per their traditional laws, they are not allowed to marriage withing 5 generations of their mother and 7 generations of their father, meaning suppose generation of two brothers now can get marriage after 7 generation of their father and 5 generation of their mother. In this situation they have to create next sub clan form their main clan is called "Phomchim" in Kulung language.
The Kulung community is one of the most marginalized ethnic groups in the country. As they reside in remote hilly areas, basic infrastructure and services, like drivable roads, electricity, clean drinking water, education, communication and health services are lacking.
The majority of Kulungs are dependent on traditional agriculture, cultivating millet and maize; they are also hunters and fishermen.[3] Due to unproductive land conditions, they are not able to produce adequate food from their farms. They are compelled to migrate in search of potering[clarification needed] and agricultural work for their livelihood.
They practise traditional religion Kiranti as well as Hinduism and Buddhism.[1] Unlike most Hindus and Buddhists in Nepal, the Kulung bury their dead instead of cremating them.[3]
List of sub-clans[edit]
- Gankhu
- Honitti
- Rajitti
- Lowatti
- Surba
- Morokhu
- Thimra
- Chhapdulu
- Tomochha
- Hpngelu
- Pidisai
- Thomros
- Mantherbu
- Torgno
- Barsi
- Ringalu
- Hodibu
- Mumho
- Rinho
- Dawar
- Tomochha
- Himar
- Walakham
- Harimbu
- Shripos
- Thimra
- Remnising etc.
Sunday, May 22, 2016
तेन्जिङ–हिलारी म्याराथनको उपाधि सुदिप कुलङुलाई
तेन्जिङ–हिलारी म्याराथनको उपाधि सुदिप कुलङुलाई
29 May, 2014 230 पटक पढिएको 0 0
यस वर्षको तेन्जिङ–हिलारी माउण्ट एभरेष्ट म्याराथनको उपाधि सुदिप कुलुङ राईले जितेका छन् । सुदिपले यो दोस्रो पटक यस स्पर्धामा उपाधि जितेका हुन् । २०१० को उपविजेता उनले २०११ मा पनि उपाधि जितेका थिए । उनले निर्धारित दुरी ३ घन्टा ५२ मिनेट ०९ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । त्रिभुवन आर्मीका भीमबहादुर गुरुङ दोस्रो र सुमन कुलुङ राई तेस्रो भएका छन् ।
महिलातर्फ आङ छोइङ शेर्पाले ५ घन्टा ८ मिनेट ०५ सकेण्डमा निर्धारित दुरी पुरा गर्दै उपाधि जितेकी छन् । ५ घण्टा ८ मिनेट ४५ सेकेण्डमा दौड पुरा गर्दै मिग्मा लामा शेर्पा दोस्रो भइन भने ५ घण्टा २२ मिनेटमा दौड पुरा गर्दै लाहक फुटी शेर्पा तेस्रो भइन् ।
विदेशीतर्फ पोलिस धावक रोवर्ट सेलिन्स्की निर्धारित दुरी ४ घण्टा ३९ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै प्रथम भए भने पोल्याण्डकै राडिक सेरविङस ५ घण्टा ४३ मिनेट ५ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए । ५ घण्टा ४५ मिनेटमा दौड पुरा गरेका ब्रिटिस टिमोथी वाटसन तेस्रो भए ।
६० किलोमिटर अल्ट्रा रेसतर्फको उपाधी नेपाल आर्मीका समिर तामाङले रक्षा गरेका छन् । गत वर्षबाट शुरु भएको रेसमा गत वर्षको ७ घण्टा ५६मिनेटको समयमा सुधार गर्दै समिरले ७ घण्टा १७ मिनेटमा ५५ सेकेण्डमा पुरा गर्दै उपाधि रक्षा गरेका हुन् । ७ घण्टा ३८ मिनेट १५ सेकेण्डमा दौड पुरा गर्दै होम लाल श्रेष्ठ दोस्रो भए भने डिबी कुलुङ राई ८ घण्टा २६मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए ।
पुरषतर्फको विजेता र एक्सट्रीम अल्टातर्फको विजेताले नगद एक एक लाख पुरस्कार प्राप्त गरे भने दोस्रो र तेस्रो हुनेले क्रमश नगद ७० हजार र ५० हजार हात पारे । यस्तै महिलातर्फ र हाफ म्याराथनतर्फको विजेताले नगद ५० हजार तथा उपविजेता र तेस्रो हुनेले क्रमश नगद ३० हजार र २० हजार प्राप्त गरे ।
- See more at: http://www.nepaljapan.com/कुलुङ पत्रकार संघ गठन, अध्यक्षमा ध्यान कुलुङ
कुलुङ पत्रकार संघ गठन, अध्यक्षमा ध्यान कुलुङ
काठ्माण्डौ । कुलुङ समुदायको पत्रकार समुह कुलुङ पत्रकार संघ सनिबार गठन गरिएको छ । पत्रकार ध्यान कुलुङको अध्यक्षतामा धुमबाराहि स्थीत कुलुङ संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पाँच सदसिय पत्रकार संघ गठन गरिएको हो ।
समितिको सचिबमा जोकराज कुलुङ, कोषाध्यक्षमा कल्पना कुलुङ र सदस्यहरुमा भविन्द्र कुलुङ र बिवस कुलुङ रहेका छन् । हाललाई सक्रिय पत्रकारहरु मात्र समितिमा राखिएपनि अन्य पत्रकारहरुलाई पनि समितिमा राख्न सकिने गरि निर्णय गरिएको अध्यक्ष कुलुङले बताए ।
विभिन्न संचार संस्थाहरुसंग आबद्ध रहेर कार्यरत पत्रकारहरुलाई समितिमा राखिने समेत अध्यक्ष कुलुङले बताए । उनका अनुसार, कुलुङ पत्रकार संघको विधान तयार नभएसम्म सो समिति दतर्थ समितिको रुपमा रहनेछ र विधान बनेपछि सर्ब सहमतिमा समितिलाई मान्यता प्रदान गरिनेछ ।
नव गठित पत्रकार संघको आयोजनामा आईतबार देखि कुलुङ विद्यार्थीहरुलाई आधारभुत पत्रकारीताको तालिम समेत दिईने पत्रकार संघका सचिब जोकराज कुलुङले बताए । तालिममा सहभागी एक उत्कृष्ठलाई रेडियो कार्यक्रम छेलाम्को उपत्यका संवाददाताको जिम्मेवारी दिईने समेत सचिब कुलुङले बताए ।
http://www.shikharpost.com/?p=11382
किरातीहरुको आदिम थलो कहाँ ?
किरातीहरुको आदिम थलो कहाँ ?
भोगीराज चाम्लिङ साहित्य कला, साहित्य डबली
Reads Count: 2,491 | Published At: December 12, 2015, 7:46 Am
1695
2 2 1 1708
मौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल हुन सक्छ नियामा । प्रायः किरात राईहरुको मुन्दुममा आदिमथलोको रुपमा वर्णन हुने यो ठाउँ कहाँ पर्ला भन्नेबारेमा केही अध्येयताहरुले अध्ययन गर्ने प्रयत्न पनि गरेका छन् । तर, ती अनुमान र सामान्य तर्कका रुपमा मात्र सीमित रहेका छन् । तथ्यहरुका आधारमा नियामाबारे बताउन सक्ने हो भने पाँचदेखि दश हजार वर्षपूर्वका किरातहरुलाई चिन्न सकिन्छ ।
मुदुममा नियामा/निवामा
किरात राईहरूका मुदुमअनुसार उनीहरूको आदिमथलो नियामा÷निवामा हो । तर, केही राईहरूले खुवालुङलाई पनि आदिमथलो बताउने गर्छन् । सबै राईहरूले बताउने साझा कुरा चाहिँ के भने खुवालुङपछि वराहक्षेत्र हुँदै किरात पुर्खाहरू सप्तकोशी पार गरेर खोला–नदी पछ्याउँदै नेपालको पूर्वी पहाडमा फैलिएका हुन् ।
मुदुम गाउने क्रममा नछुङ (धामी) हरूले सबैभन्दा पहिला चुलाको पुकार गर्छन् । चुलाको पुकार गरेर क्रमशः सँघार, सिकुवा, बलेसी, आँगन, धारा–कुवाबाट हुँदै आदिमथलो नियामा÷निवामासम्म पुग्छन् र नियामा/निवामाबाट पुकार गर्दै पुनः चुलामै आइपुग्छन् । मुदुम गाउँदा नछुङहरूले एउटा चक्र पूरा गर्छन् । नछुङहरूले सांस्कृतिक यात्रा (ritual journey) चुलाबाट सुरू गर्दा नियामा÷निवामाको पुकार अन्तिममा आउँछ भने फर्किंदा नियामा/निवामाबाट सुरू भएर चुलाको पुकार अन्तिममा आउँछ ।
नियामा/निवामाका बारेमा किरात राईहरुका मुदुममा विभिन्नथरि व्याख्या र थरिथरि शब्द प्रयोग भएको पाइन्छ । जस्तो कि कुलुङ राईहरू आदिमथलोलाई नावामा भन्ने गर्छन् (Nicoletti, 2006 :163) भने चाम्लिङ राईहरूले नियामा/निवामा भन्ने गर्छन् (चाम्लिङ, २०७० ः ८३) । बान्तावा राईहरूले नेवामा 2 भन्ने गर्छन् भने साम्पाङ राईहरू नेवला÷नेवालालाई आदिमथलो मान्ने गर्छन् (राई २०७० :२३२ र २८९) । याम्फूहरुले निवालुङ भन्छन् (Yamphu : 50) ।
लिम्बूहरूले सृष्टिसम्बन्धी वर्णन गर्ने मुन्धुमलाई ‘नावा चःइत्’ भन्ने गर्छन् (वैरागी २०६० : १) । सृष्टि भन्ने अर्थ बुझाउन प्रयोग गरिने ‘नावा’ शब्द कतै आदिमथलो बुझाउने शब्दबाट अर्थ परिवर्तन पो भएको हो कि ? थप अध्ययनको आवश्यकता छ । किरात राईहरूले भन्ने गरेको आदिमथलो निवामा/नेवामा/नावामासँग यसको नजिकको सम्बन्ध हुन सक्छ ।
कुलुङ राईहरू आफू उत्पत्ति भएको थलो ‘मिनापोङ्खा हलखुम्बु’लाई मान्ने गर्छन् । निकोलेट्टीले यो ठाउँलाई सप्तकोशीको तल्लो मैदानको रूपमा व्याख्या गरेका छन् (Nicoletti, 2004:64) । तर यो शुद्ध अनुमान मात्रै हो किनभने पुरातात्विक, भाषा र वंशाणु अध्ययनले राईहरुको उत्पत्ति नेपालको तराईमा भएको पुष्टि हुँदैन । कुलुङ धामीहरूले सांस्कृतिक यात्रा गर्ने क्रममा मिनापोङ्खा हलखुम्बुपछि नावामाको कुरा गर्छन् (Nicoletti, 2004:163) । कुलुङहरू नावामाको पुकार गरेपछि अन्न उत्पत्ति भएको थलो चासुमपोङ्खाको कुरा गर्ने गर्छन् (Nicoletti, 2004:60, 163) ।
चाम्लिङ मुदुमअनुसार किरातहरू नछुङ (shamanism) सहित नियामा÷निवामाबाट आएका हुन् । मुदुमअनुसार नियामा÷निवामामा सुर्लुमी, मुबुमी, कुबुमीजस्ता नछुङ (धामी)हरू पैदा भइसकेका थिए । अगेना पुज्ने र अजिङ्गर पुज्ने किरात पुर्खाहरू पैदा भइसकेका थिए (चाम्लिङ २०७१ ः ७६) । नियामा÷निवामाबाट धामीले ढोल, थाल, कर्छारी (ढोल–थाल बजाउने)हरू ल्याएका थिए (चाम्लिङ २०७१ ः ८५) । चाम्लिङ नछुङहरूले विरामीको उपचार, शिर उभ्याइदिने आदि थुप्रै कार्य गर्दा नियामा÷निवामाको नाम लिने गर्छन् (चाम्लिङ २०७१ ः ७५–११२) । कतिपय क्षेत्रका चाम्लिङहरूले नियामा–ताप्कुमा शब्द पनि प्रयोग गर्ने गर्छन् (Ebert & Gaenszle 2008 : 77) ।
चाम्लिङ शब्दकोशमा नियामाको अर्थ मधेश भनेर गरिएको छ भने नियामाछँ भनेर पराललाई अथ्र्याइएको छ (राई सन् २००७ ः १५६) । बान्तावा शब्दकोशमा नियामालाई मलिलो जग्गा, उब्जाउशील भूमि, बढी अन्न फल्ने जमिन तथा तराई, मधेश भनेर मुन्दुमी शब्दको रूपमा अथ्र्याइएको छ (बान्तावा २०६७ ः १२०) ।
चाम्लिङ नछुङ (धामी) शिवराज राईका अनुसार नियामा भनेको भारतको काशी हो । तर, यो पनि शुद्ध अनुमान मात्र हो । माथि भनिएजस्तै पुरातत्व, भाषा र वंशाणु अध्ययन कुनै पनि कुराले किरातहरुको आदिमथलो काशी हो भन्ने पुष्टि भएको छैन । त्यस्तै गडुलमान राईले नियामालाई नेपालको अहिलेको तराई भनेका छन् (राई २०६६ ः ११४–११५) । यो पनि उब्जाउशील भूमि देखेर गरिएको व्याख्या मात्र हो । भोगीराज चाम्लिङले चाहिँ नियामा (निवामा÷नावामा÷नायोङ्मा) चीनको सिन्जियाङ प्रान्तमा पर्ने ‘निया’ हुन सक्ने तर्क अघि सारेका छन् । भोट–बर्मेली भाषा परिवारमा स्थाननामका पछाडि ‘मा’ प्रत्यय जोडिने भएकोले ‘निया’ शब्दमा ‘मा’ जोडिएर ‘नियामा’ भएको हुन सक्ने तर्क गरेका हुन् उनले (चाम्लिङ, २०७० ः ३४–३५) ।
करेन एबर्टले नियामालाई उब्जाउशील मैदान जहाँ महिला पुर्खा (female ancestor) पैदा भए भनेर व्याख्या गरेका छन् (Ebert & Gaenszle 2008 : 97) । ठीक यहाँ चाहिँ राहुल सांकृत्यायनले किरातहरू ईसापूर्व १००५० वर्ष पहिले भारतका जंगलमा जहींतहीं पाइन्थे, उनीहरू मातृसत्तात्मक व्यवस्थामा थिए (सांकृत्यायन सन् २०११ ः १९) भन्ने कुरा स्मरणीय छ ।
याम्फूहरूले तराईलाई याङ्ली भन्ने गर्छन् (Yamphu :53) तर यो नेपालको तराई हो कि चीन अथवा भारतमा पर्छ ? याम्फू मिन्दुमअनुसार पप्पा र ममेकले निवालुङ सृष्टि गरेका हुन् र निङवालुङ हावाको थलो हो (Yamphu : 50) । याम्फू मिन्दुममा निवालुङलाई पृथ्वीको कुनै स्थानका रुपमा भन्दा पनि अलौकिक रंग दिइएको छ ।
साम्पाङ राईहरूका अनुसार नेवला÷नेवाला अन्नबाली उत्पत्ति भएको थलो हो (राई २०७० ः १८३) । अहिले उब्जाउशील भूमि देखेर होला, नेवला÷नेवालालाई नेपालको मधेश भनेर खगेन्द्र राईले व्याख्या गरेका छन् (राई २०७० ः २९०) । तर यहाँ स्मरणीय कुरा चाहिँ के भने सन् २०१० र २०११ मा लुम्बिनी मायादेवी मन्दिरवरिपरि गरिएको उत्खननले त्यो क्षेत्रमा इसापूर्व १३०० मा प्रारम्भिक खेती सुरू भएको पत्ता लागेको छ (Coningham & Acharya, 2013:11) । तर, चीनको ह्वाङहो (यल्लो रिभर) र याङ्जे नदीको उपत्यकामा योभन्दा धेरै पहिला इसापूर्व १०००० वर्षअघि खेतीपाती सुरू भइसकेको थियो । र, यही नदीको उपत्यकाबाट भोट–बर्मेली भाषा बोल्नेहरू बसाइँ सरेर चीन र नेपालमा फैलिएको अध्ययनले देखाएको छ ।
सबैथरि राईहरुको मुदुम संकलन नभइसकेको र कतिपयको संकलन भए पनि खसभाषालगायतमा अनुवाद नभइसकेको कारण नियामा÷निवामाका बारेमा धेरै भन्न सकिएन । तर, उल्लेखित कुराहरुका आधारमा किरात राईहरूले मुदुममा वर्णन गर्ने नियामा÷निवामाका ४ वटा विशेषता देखिन्छ । एक, नियामा÷निवामा किरातहरुको आदिमथलो हो । दुई, नियामा÷निवामा खेतीपाती सुरु गरिएको उब्जाउशील थलो हो । तीन, नियामा÷निवामा सम्म परेको मैदान हो । र चार, किरातहरुले नछुङ (धामी) प्रथा नियामा÷निवामाबाट लिएर आएका हुन् । यी चार विशेषताका आधारमा नियामा÷निवामा कहाँ पर्छ भन्ने विश्लेषण गर्न सकिन्छ ।
क) कागुन खेतीको सुरुवात
किरातहरूले खेती गर्ने प्राग्ऐतिहासिक अन्नहरूमध्ये कागुनी एक हो । अहिले फाट्टफुट्ट खेती गरिने यो अन्न उनीहरूको पितृपूजामा प्रयोग हुने गर्छ ।
किरातहरूले खेती गर्ने प्राग्ऐतिहासिक अन्नहरूमध्ये कागुनी एक हो । अहिले फाट्टफुट्ट खेती गरिने यो अन्न उनीहरूको पितृपूजामा प्रयोग हुने गर्छ ।
चाम्लिङ राईहरूले कागुनीलाई फ्यार, साप्खिचा, फेरों भन्ने गर्छन् । बान्तावा राईहरूले फेसाक, फेसा भन्ने गर्छन् । याम्फूहरूले पिया शब्द प्रयोग गर्छन् भने लिम्बूहरू पया? भन्ने गर्छन् । यता दुमी राईहरूले कागुनीलाई बुछु, बुहु भन्छन् ।
खालिङहरूले ब्यो भन्ने गर्छन् । सिनो–तिब्बती (भोट–चिनिया) भाषामा कागुनीलाई (van Driem 2008 : 235) भनिन्छ जुन किरात राईहरूले प्रयोग गर्ने शब्दको मूल हो ।
पुरातात्विक अध्ययनअनुसार ह्वाङहो (यल्लो रिभर) नदीको माथिल्लो–मध्य उपत्यकामा १० हजार वर्षअघि नवपाषाण युगको विकास भएको थियो । ती मानवहरू आधुनिक सिनो–तिब्बती मूलका पुर्खाहरू थिए (Su, 2000: 582) । सिनो–तिब्बतीका पुर्खाहरूले ह्वाङहो नदीको माथिल्लो र मध्य–उपत्यकामा १० हजार वर्षअघि कागुन खेती (millet) । तर, भानड्रिमका अनुसार सिचुआनमा कागुन खेती सुरू भएको थियो ।
किरातहरूले कागुनीका लागि प्रयोग गर्ने शब्द र भोट–चिनियाँ भाषामा प्रयोग हुने शब्दमा समानता हुनु, कागुनीलाई पितृलाई चढाउने पवित्र अन्न मान्नु, चीनको यल्लोरिभरबाट कागुनीखेती अरुतिर फैलिनु र अहिले मासिँदै गए पनि केही समयअघिसम्म नेपालका किरातहरुले कागुनी खेती गर्नुले नेपालका किरातहरुको आदिमथलो चीन हो भन्ने देखिन्छ ।
ख) समनजिम् (धामीप्रथा)को उत्पत्ति
समनिजम् अर्थात् धामीप्रथा विश्वभरि नै फैलिएको छ । साइबेरियादेखि उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एसिया, अफ्रिका सबैतिर समनिजम् पाइन्छ । विद्वान्हरूका अनुसार एक क्षेत्रका भाषा र संस्कृति अर्को क्षेत्रका भाषा र संस्कृतिसँग, त्यस्तै गरेर एक समुदायको र अर्को समुदायसँग सम्पर्क भएर समनिजम् विश्वभरि फैलिएको हो । अहिलेको समनिजम् कम्तीमा २०,००० वर्षअघि विकास भएको मानिन्छ । र, समनिजम्सँग सम्बन्धित चित्र फ्रान्सको लसकक्स गुफामा फेला परेको छ जुन कार्बनडेटिङबाट १४,००० देखि १२,६०० इसापूर्व मानिएको छ (Pratt, 2007: xvii) ।
समनिजम् अर्थात् धामीप्रथा विश्वभरि नै फैलिएको छ । साइबेरियादेखि उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एसिया, अफ्रिका सबैतिर समनिजम् पाइन्छ । विद्वान्हरूका अनुसार एक क्षेत्रका भाषा र संस्कृति अर्को क्षेत्रका भाषा र संस्कृतिसँग, त्यस्तै गरेर एक समुदायको र अर्को समुदायसँग सम्पर्क भएर समनिजम् विश्वभरि फैलिएको हो । अहिलेको समनिजम् कम्तीमा २०,००० वर्षअघि विकास भएको मानिन्छ । र, समनिजम्सँग सम्बन्धित चित्र फ्रान्सको लसकक्स गुफामा फेला परेको छ जुन कार्बनडेटिङबाट १४,००० देखि १२,६०० इसापूर्व मानिएको छ (Pratt, 2007: xvii) ।
समनिजम्को उत्पत्तिथलो साइबेरिया र मध्यएसिया(central Asia) लाई मानिन्छ (Price 2001:43) । नेपालको तराई क्षेत्र समनिजम्को उत्पत्तिथलो होइन । यसका साथै तिब्बती परम्परामा गुरूमपा शब्द प्रयोग हुने गरेको छ जुन शब्द किरातीहरूले धामीका लागि प्रयोग गर्ने मपा, मोपासँग मिल्दोजुल्दो छ । मुदुमले नियामा÷निवामामा धामी पैदा भइसकेको थियो भन्ने बताउने भएकोले नेपालको तराई नियामा÷निवामा हुन सक्दैन ।
ग) ६ हजार वर्ष पुरानो भाषा
पछिल्लो समयमा मान्छेको वंशाणुका आधारमा पुख्र्यौली अध्ययन गर्ने विज्ञानको सुरुवात भएको छ । पर्याप्त नभए पनि किरातलगायत थुप्रै जातिको वंशाणु अध्ययन भइसकेको छ । चीनमा त वंशाणुको अध्ययन व्यापक रुपमा भएको छ । ती अध्ययनले चिनियाँ वंशाणु H8 को उमेर २०,००० देखि ४०,००० वर्ष पुरानो देखिन्छ भने भोट–बर्मेली H8 को उमेर ५,२०० देखि ५,९०० वर्ष पुरानो देखिन्छ (Su, 2000: 588) । भाषिक अध्ययनले पनि लगभग वंशाणु अध्ययनले देखाएकै हाराहारीको समय देखाएको छ जसअनुसार प्रोटो–सिनो–तिब्बती भाषा ६००० वर्षअघिसम्म बोलिन्थ्यो Su, 2000: 583) । त्यस्तै ६००० वर्षअघि भोट–बर्मेली भाषा र सिनो (चिनियाँ) भाषाबीच विभाजन भएको थियो ।
पछिल्लो समयमा मान्छेको वंशाणुका आधारमा पुख्र्यौली अध्ययन गर्ने विज्ञानको सुरुवात भएको छ । पर्याप्त नभए पनि किरातलगायत थुप्रै जातिको वंशाणु अध्ययन भइसकेको छ । चीनमा त वंशाणुको अध्ययन व्यापक रुपमा भएको छ । ती अध्ययनले चिनियाँ वंशाणु H8 को उमेर २०,००० देखि ४०,००० वर्ष पुरानो देखिन्छ भने भोट–बर्मेली H8 को उमेर ५,२०० देखि ५,९०० वर्ष पुरानो देखिन्छ (Su, 2000: 588) । भाषिक अध्ययनले पनि लगभग वंशाणु अध्ययनले देखाएकै हाराहारीको समय देखाएको छ जसअनुसार प्रोटो–सिनो–तिब्बती भाषा ६००० वर्षअघिसम्म बोलिन्थ्यो Su, 2000: 583) । त्यस्तै ६००० वर्षअघि भोट–बर्मेली भाषा र सिनो (चिनियाँ) भाषाबीच विभाजन भएको थियो ।
केही विद्वान्हरुका अनुसार प्रोटो–भोट–बर्मेली भाषा बोल्नेहरू ह्वाङ–हो (यल्लो रिभर)बाट सुरूमा पश्चिमतिर लागेका थिए । त्यसपछि दक्षिणतिर मोडिएर अहिलेको हिमालय क्षेत्रमा बसोबास गरेका हुन् । उनीहरू ह्वाङ–होबाट किङझाइ प्रान्ततर्फ पश्चिम बढेर दक्षिणतिर लाग्दै तिब्बतबाट हिमालय पार गरेर नेपाल आइपुगे (Su, 2000: 589) । उनीहरू ५७०० वर्षदेखि ६००० हजार वर्षअघि नेपाल प्रवेश गरेका थिए (Wang, 2012: 233) ।
अर्को रोचक तथ्य के भने चीनको प्राचीन सिल्क रोडमा खोटाङ भन्ने स्थान छ, नेपालमा पनि राईहरू बस्ने पूर्वी पहाडमा जिल्लाको नाम नै खोटाङ राखिएको छ । मानवजातिले आफूसँगै स्थाननाम, भाषा, संस्कृति पनि सँगसँगै लिएर हिँड्ने भएकोले किरात राईहरू चीनबाट यता आउने क्रममा ती स्थानका नामहरू पनि आफूसँग लिएर आएका हुन् भन्न सकिन्छ ।
घ) वंशाणु र बसाइँसराइ
तिब्बततिरबाट हिमालय पार गरेर नेपाल आइपुगेका भोट–बर्मेली भाषा बोल्ने समुदायको बसाइँसराइ विभिन्न समयमा भएको थियो (Gayden 2007 : 891) । त्यस्तै अर्को अध्ययनले पनि शृंखलावद्ध रूपमा हिमालय क्षेत्रमा उनीहरुको बसाइँसराइ भएको देखाएको छ (Su 2000 : 891) ।
तिब्बततिरबाट हिमालय पार गरेर नेपाल आइपुगेका भोट–बर्मेली भाषा बोल्ने समुदायको बसाइँसराइ विभिन्न समयमा भएको थियो (Gayden 2007 : 891) । त्यस्तै अर्को अध्ययनले पनि शृंखलावद्ध रूपमा हिमालय क्षेत्रमा उनीहरुको बसाइँसराइ भएको देखाएको छ (Su 2000 : 891) ।
नवपाषाण युगका पहिलो खेती गर्ने भोट–बर्मेलीभाषीका पुर्खाहरु चीनको सिचुआनबाट उत्तरतिर ह्वाङ–हो (यल्लो रिभर) नदीको मलिलो उपत्यकामा सरेका थिए । अर्को समूह चाहिँ सिचुआनबाट दक्षिणतिर लागेर उत्तर–पूर्वी भारतसम्म आएका थिए । पालिस लगाइएको ढुंगे औजार र कर्ड माक्र्ड पोटरी (cord marked pottery) यहींबाट उत्तर–पूर्वी भारतसम्म आइपुगेको थियो । र, ती भोट–बर्मेलीभाषीहरू इसापूर्व ७००० वर्षअघि दुई शाखामा बाँडिएका थिए (Van driem, neolithic correlates : 75) .
भोट–बर्मेलीभाषी दुई समूहमध्ये उत्तरी सिचुआन र पूर्वी तिब्बतबाट भूटान तथा सिक्किम आइपुगेको समूहले इसापूर्व चौथो शताब्दीको अन्तिमदेखि तेस्रो शताब्दीको सुरूमा तिब्बती पठार (platue) पार गरिसकेका थिए । त्यस्तै काराकोरम हुँदै कास्मिरबाट आएको समूह इसापूर्व तेस्रो शताब्दीको मध्यतिर नेपालको पहाडी भूभागमा फैलिएका थिए (Van driem, neolithic correlates : 86) . ।
सिचुआनबाट दक्षिण–पूर्व लागेकाहरू तिब्बत, भुटान र सिक्किम आइपुगे भने गान्सुबाट पश्चिम लागेकाहरू काराकोरम हुँदै कस्मिरबाट पूर्व हुँदै हिमालयको दक्षिण (अर्थात्) नेपालका पहाडी भूभागमा लिम्बुवानसम्म फैलिए(Van Driem, Neolithic Correlates : 77-78, 80) । भोट–बर्मेलीभाषीहरू पश्चिमबाट नेपालको पहाडी भूभागमा फैलिएका थिए (Van Driem, Neolithic Correlates:82-83) ।
अर्को अध्ययनअनुसार पनि प्रोटो–भोट–बर्मेलीले बसाइँसराइका क्रममा पछ्याएको बाटो चिरपरिचित झाङ (तिब्बत)–मेन कोरिडर (corridor) हो जुन हिमालय क्षेत्रमा पूर्वबाट प्रवेश गर्ने चिरपरिचित बाटो हो । ह्वाङ–होको माथिल्लो क्षेत्रबाट सुरू हुने यो यात्रा किङघाइ प्रोभिन्स पार गरेर दक्षिणतिर हिमालयतिर लाग्छ । बेरिक (Baric) शाखा दक्षिणतिर लाग्दै हिमालय पार गरेर भुटान, नेपाल, उत्तर–पूर्वी भारत र उत्तर युन्नान पुग्छ (Su, 2000 : 588-89) .
वंशाणु अध्ययनले बताएअनुसार पनि किरातहरु प्रस्टै रुपमा चीनको ह्वाङ–होबाट फैलिएका हुन् । भनेपछि मुदुमले वर्णन गर्ने नियामा÷निवामा चीनमै पर्छ । र, त्यो सायद ह्वाङ–हो नदीको मैदानी मलिलो उपत्यका नै हुनुपर्छ ।
टुङ्ग्याउनीमा म के भन्छु भने मुदुममा वर्णित किरातहरुको आदिमथलो नियामा÷निवामा नेपालको तराई होइन भन्ने कुरा उल्लेखित चार वटै तथ्यले बताइरहेको छ । यद्यपि यो अध्ययन पनि पर्याप्त होइन तर मेरो सीमित अध्ययनले चाहिँ नियामा÷निवामा चीनको ह्वाङ–हो नदीको उपत्यकामै पर्छ भन्ने निचोडमा पुगेको छु । थप बहस र अध्ययन चालु रहने नै छ ।
टुङ्ग्याउनीमा म के भन्छु भने मुदुममा वर्णित किरातहरुको आदिमथलो नियामा÷निवामा नेपालको तराई होइन भन्ने कुरा उल्लेखित चार वटै तथ्यले बताइरहेको छ । यद्यपि यो अध्ययन पनि पर्याप्त होइन तर मेरो सीमित अध्ययनले चाहिँ नियामा÷निवामा चीनको ह्वाङ–हो नदीको उपत्यकामै पर्छ भन्ने निचोडमा पुगेको छु । थप बहस र अध्ययन चालु रहने नै छ ।
http://www.khabardabali.com/2015/12/50147/
Subscribe to:
Posts (Atom)