मंगलवार, २०६७ चैत्र ०७ गते ००:२१
तथा पुराना पदमार्गहरूलाई वैज्ञानिक रूपले पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार, पर्यटनसम्बन्धी स्थानीय समुदायको चेतना अभिवृद्धि तथा भौतिक विकास निर्माणमा सम्बन्धित पक्षले ध्यान दिनु अनिवार्य छ । यी कार्यहरू तत्कालै श्रीगणेश गरेमा सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०११ को उद्देश्य प्राप्त गर्न केहिँ न केहिँ सहयोग पुग्ने थियो कि ?दिलिपसिहं कुलुङ - नेपाल सरकारले एक भव्य कार्यक्रमको साथ पर्यटन वर्ष सन् २०११ को औपचारिक घोषणा गरिसकेको अवस्थामा नेपालको पर्यटन उद्योगमा उल्लेखनीय योगदान पर्याउने सोलुखुम्बु जिल्लाको महाकुलुङ भने पर्यटन वर्ष सन् २०११ बारे बेखबर रहेकोछ । सामाजिक, साँस्कृतिक, धार्मिक विविधता तथा प्राक्ृतिक सौन्दर्यले सुसम्पन्न महाकुलुङमा पर्यटनसम्बन्धी कुनै गतिविधि सञ्चालनमा आउन सकेको छैन ।
के हो त महाकुलुङ ? धेरैलाई थाहा नहुन सक्दछ । महाकुलुङ यस्तो भूगोल हो, जहाँ प्राचिन्तम् जाति कुलुङहरूको सभ्यताको विकास भएको थियो । त्यसैले भनिन्छ 'विश्वको सर्बोच्च शिखर सगरमाथाको काखमा अवस्थित महाकुलुङ स्थानीय कुलुङ जातिहरूको ऐतिहासिक उद्गम थलो हो ।' महाकुलुङको दक्षिणी भागमा खोटाङ र भोजपुर, पूर्वृमा संखुवासभा, उत्तरमा सोलुखुम्बुकै सर्बोच्च्ा शिखर सगरमाथा रहेको खुम्जुङ गाविस, पश्चिमतिर देउसा र वाकु गाविसहरू रहेका छन् ।
२०५८ को जनगणना अनुसार २०,९९७ जनसङ्ख्या रहेको यस क्षेत्रमा प्रमुख रूपमा कुलुङ भाषी समुदाय र यसका अतिरिक्त शेर्पा, तामाङ, बाहुन, क्षेत्री, भुजेल र गुरूङ समूदाहरूको बसोबास रहेको छ । वर्तमान प्रशासनिक नक्सा अनुसार यस भूगोलभित्र छेस्काम,बुङ, गुदेल, सोताङ र पावै गरी ५ वटा गाविसहरू रहेका छन् ।
सोलुखुम्बु, भोजपुर, संखुवासभा र खोटाङको संगमस्थल कुलुपोङ्खो -३,४१४ मि.) स्थानीय कलुङ समुदायको एक ऐतिहासिक गढीको रूपमा प्रसिद्ध छ । यस गढीबाट तेर्छो उत्तरमा करिब २५ मिनटको पैदल यात्रा पछि ऐतिहासिक साल्पा -३,४६० मि.) पोखरीको दृश्यवलोकन गर्न सकिन्छ । जुन पोखरी स्थानीय समुदायहरूको आध्यात्मिक आस्था बोकेको पोखरी हो । यस पोखरीको आसपासमा जेठ महिनाको पूणिर्मा, भदौ महिनाको जनै पूणिर्मा तथा मंसिरे पूणिर्मामा गरी वर्षमा जम्मा ३ पटक भव्य धार्मिक मेला लाग्ने गर्दछ । मेलामा चारै जिल्लाका तीर्थालुहरूको आ-आफ्नो मनोकाङ्क्षा पूरा गर्न ठूलो सङ्ख्यामा जमघट हुने गर्दछ । पर्यटन विकासको दृष्टिकोणले यस साल्पा पोखरीको
मनोरमतालेे अधिक सम्भावना बोकेको छ । साल्पा पोखरी लामो समयदेखि संरक्षण्को पर्खाइमा रहेको छ ।
कुलुपोङ्खो पासबाट उत्तर -उकालो) २ घण्टाको बाटोमा रहेको शिलिछो चुचुरो यस मार्गकै सबैभन्दा आकर्षक पर्यटकीय केन्द्र हो । तर यसमार्गमा आउने कतिपय पर्यटकलाई जानकारीको अभावमा यस चुचुरोको बारेमा थाहा नै हुँदैन । यसको उचाई समुद्र सतहदेखि ४,१४६ मि. अग्लो रहेको छ । जहाँबाट नेपालका नाम चलेका एभ्रेस्ट, आमालाप्चा, चोयू, कोङ्दे, मेरा, चाम्लाङ, कञ्चनजङगा, गौरीशंकर मकालु, पुमोरी जस्ता असङ्ख्या हिमश्रृङखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । यसका साथै भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुट्टा
लगायत अन्य थुप्रै छिमेकी जिल्लाहरूको डाँडाकाँडा र हरियाली फाँटहरूको मनोरम दृश्य सजिल्ौ तरिकाले नियाल्न सकिन्छ । शिलिछोमा भ्यू टावरको निर्माण गर्न सकियो भने पर्यटन विकासको प्रबर्द्धनमा निश्चय पनि ठूलो टेवा पुग्ने देखिन्छ । यसको लागि स्थानीय समुदाय तथा राज्यले संयुक्त रूपमा पहल गर्नु जरूरी छ ।
फाप्लुबाट सिधैँ महाकुलुङ-आमालाप्चो-मिङमाला- एभरेष्ट-लुक्ला, फाप्लु-महाकुलुङ-मेरा-मकालु आधार शिविर-तुम्लिङटार, लुक्ला-मेरा-मकालु वा एभरेष्ट-आमालाप्चो-मिङमाला-महाकुलुङ-तुम्लिङटार वा फाप्लु, तुम्लिङटार-मकालु अथवा सिलुछो-महाकुलुङ-फाप्लु वा लुक्ला र तुम्लिङटार-महाकुलुङ- मेरा वा आमालाप्चो वा मिङमाला पास-एभरेष्ट-लुक्ला जस्ता पदमार्गहरू पर्यटन उद्योगको दृष्टिकोणले सम्भावना नै सम्भावना बोकेका पदमार्गहरू हुन् । यहाँका पर्यटकीय पदमार्गहरू संसारकै नौलो, पृथक, उत्कृष्ट पदमार्ग बन्न सक्दछन् । यस अर्थमा महाकुलुङलाई पर्यटन ट्रान्जिट प्वाइन्टको रूपमा विकास गर्न सकिन्छ । यसको लागि सम्भावित नयाँ
पर्यटकीय स्थलको दृष्टिकोणले महाकुलुङ सेरोफेरोमा रहेका अनन्य प्राकृतिक सम्पदाहरू यत्ति मनमोहक छन्, भनेर साध्य छैन । उत्तरी पूर्वी भागमा विश्वमै पहिचान बनाई सकेका चाम्लाङ -७३१९ मि.), मेरा, बरून्जे, साल्पा, शिलिचो, क्यान्पा र चारपाते हिमाल जस्ता अटल र निश्छल हिमश्रृङ्खालाहरू सेताम्य हिउँको फूलको थुङ्गा लिएर पर्यटकहरूको स्वागतको लागि अहोरात्र प्रतिक्षारत छन् । यहाँका असङ्ख्य ताल तलैया, जैविक विविधता, सिमसार क्षेत्रहरू साथै पौराणिक किम्बदन्तीसँग जोडिएका साम्दोयोङ, पापीयोङ र खेम्पालुङ जस्ता गुफाहरू पनि पर्यटकीय दृष्टिले कम सम्भावनायुक्त छैनन््
।
नेपाल आफैँमा साँस्कृतिक विविधतामा धनी देश । झनै महाकुलुङ वास्तवमै विविध संस्कृतिको उर्वर भूमि हो । कलुङ समुदायभित्रकै संस्कृतिभित्र अनेक संस्कार-संस्कृति तथा परम्पराहरू छन् । चाक्चाकुर पर्व, तोस, देदाम, मोप, खीस, केकुवा, चयम्मा सील तथा कुलुङ गीति क्यासेटमा गरिने विभिन्न झँाकीहरूले पर्यटकहरूलाई आकषिर्त गरेरै छाड्छ । शेर्पाहरूको परम्परागत नाच तथा विभिन्न गुम्बाहरू पर्यटकहरूको थप रोजाइको विषय हो । त्यसैले त अमेरिकी नागरिक क्याण्डी च्याप्लीन विगत एक दशकदेखि महाकुलुङ यात्राका लागि नयाँ-नयाँ साथीहरू लिएर निरन्तर आउने गर्छिन् ।
यति धेरै आन्तरिक र वाहृय पर्यटनको लागि धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसावले सम्भावना भए तापनि आखिर पर्यटन विकास र प्रबर्द्धनमा किन र कसरी ओझेलमा परे महाकुलुङ ?

No comments:
Post a Comment