Thursday, August 13, 2015

सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा

सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा सोमवार, २०७१ कार्तिक १७ गते १५:५७


सुन्दर दृष्या । तल्लो सोलुको प्रचार–प्रसार तथा आफ्नै प्रचारको लागि पनि कोहीवलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा –केडी रेम्नीसीङ कुलुङ तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द गे्रट हिमालयन ट्रेलले यस क्षेत्रका धेरै स्थानहरुलाई गुगल अर्थसम्म पु¥याउने कोशिस गर्दैछ यस पदमार्गको प्रयोग गर्न सफल भएका छन् ।
तल्लो सोलु पदमार्ग भन्नाले सामान्यतया फाप्लु–सल्लेरी हुँदै बुढीडाँडा–सोताङ–महाकुलुङका विभिन्न गाउँ भएर मेरापिकतिर र अन्तमा लुक्लासम्मको पदमार्ग लाई बुझिन्छ । यसरी आकर्षक पर्यटकीय मार्गहरुको खोजी हुदैँ जाँदा यसै पदमार्गमा पर्ने सोलुखुम्बुको बुङस्थित ‘कोलाम डाँडा’ सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्य हुनसक्ने देखिन्छ ।
विशेष गरी महाकुलुङ–हुँगु उपत्यकाको सुन्दर दृष्यावलोकनको लागि उपयुक्त रहँदै आएको यो स्थान समुद्र सतहबाट करिव १४०० मिटरको उचाइमा रहेको छ । यो ठाँउको नाम भने स्थानीय कुलुङ भाषामा ‘को’ को अर्थ उज्यालो र ‘लाम’ को अर्थ बाटो हुनाले उज्यालो बाटो भन्ने अर्थमा रहन गएको हो । यस ठाउँमा पुग्न बुङको महाकुलुङ चोकदेखि पश्चिमतिर २० मिनेट जति पैदल हिड्नुपर्दछ ।
महाकुलुङ उपत्यकाको सबभन्दा सुन्दर र ठूलो खोला हुँगा खोलाले एउटा सुन्दर उपत्यका बनाएको छ यस भेगलाई, यसैको अति सुन्दर दृष्य हेर्न सकिने एकमात्र उत्कृष्ट ठाउँको रुपमा रहेको यो स्थानबाट पूर्वतर्पm सिलुछो (सिलिचोङ), केन्पा लगायत बुङ, छेस्काम तथा गुदेलका अधिकांश भाग देख्न सकिन्छ भने पश्चिमतिर बुढीडाँडा, हुलुडाँडा सहित सोताङ, पावै, लोखिम, जुबु, वाकु, काँकु, बासा, जुभिङ, देउसा, नेले, नेचा, काँगेल, आदि गाविसका केही भागको दृष्यावलोकन गर्न सकिन्छ । यो ठाउँको अर्को विशेष विशेषता भनेको के हो भने यस क्षेत्रमा इन्टरनेट प्रयोग कर्ताहरुको एकमात्र उपयुक्त स्थान हो । ल्यापटप लिएर मोडेमको सहायतामा एनसेल र सीडीएमए प्रविधिबाट सञ्चारको अत्याधुनिक माध्ययम इन्टरनेट सेवा उपभोग गर्नेहरुको आकर्षणको केन्द्र बनेको छ ।
मानव वस्तीबाट केही टाढाको यो स्थानमा इन्टरनेट क्याफे स्थापनाको सपना बुन्दै गरेका सृजनात्मक सोँचका धनीहरु पनि भेटिन्छन्, यस दुर दराजको वस्तीमा । साँच्चै एउटा सुन्दर स्थान ‘कोलाम डाँडा’मा एकछिन एकाग्र हुने हो भने सुन्दर सपनाको कल्पनामा मन त्यसै बहलाउन पुग्छ । अहिले भने एकान्त र भावनामा हराउने अनि प्रकृति प्रेमीहरुको व्यग्र गरिरहेको छ ‘कोलाम डाँडा’ । - सौजन्य KD Kulung

No comments: