बुङ, सोलुखुम्बु ।
यो भदौ महिनाभरी नेपालमा दुई खेलहरुले नेपाली बजार ततायो, जसका कारण अरु चर्चा छायाँमा परे । राम्रो खेल देखाउने तर जीत निकाल्न नसक्ने पुरानो व्याथा बोकेको नेपाली पूmटबल र राम्रै खेलाडीहरु भएर पनि कहिल्यै जनताको मन नामको खेल जित्न नसकेको नेपाली राजनीति दुवै बराबर चर्चाको शिखरमा रहे ।
नेपाली राजनीति र पूmटबलमा केही फरक तथा केही मिल्दा गुणहरु भेटिन्छन् । नेपाली पूmटबलप्रेमी दर्शकहरु आफ्नो देशको टीमले जितेको हेर्न आतुर थिए, सुरुका दुई खेलमध्ये एक खेल सजिलै जित्यो । दोस्रो खेलमा भने नेपाली दर्शकलाई नै उचाल्ने गरी पाकिस्तान विरुद्ध नेपाली टीमका नयाँ खेलाडी पन्ध्र बर्षीय विमल घर्तिमगरले इन्जुरी समयमा बराबरी गोल गरेर जीत दिलाउन नसकेपनि पनि हार टारे । नेपाली राजनीतिमा भने प्रायजसो प्रत्येक जिल्लामा गुटभित्रको गुट अनि उपगुटका नेतादेखि कार्यकर्तासम्म आफ्नो पक्षकाको नाम सूचीमा पार्न दौडधुपमा व्यस्त देखिए । पूmटबल र राजनीति दुवैमा छिड्की हानी विपक्षलाई लडाउन खोजिन्छ तर फरक केहो भने राजनीतिमा आफ्नै पक्षकालाई लडाउन बढी अभ्यास भयो । नेपाली पूmटबल टोली छनोट भई खेलमा निस्केको अवस्था हो भने राजनीति संविधानसभा नामको आफ्नो दोस्रो खेलको लागि छनोट चरणमा छ । सधैं हारिरहने नेपाली टीम र एकपटक जनताको मन जित्ने खेलमा संविधान नामको गोल हान्न असफल भएका नेताहरु मैदानमा छन् । पूmटबल र राजनीति दुवैमा प्रशिक्षकदेखि रेफ्रीसम्म विदेशी छन् । नेपाली पूmटबलमा महारथी नभएपनि रथीसम्म भन्न सकिने बेलाबेला संकट टार्ने जुमानु, अनिल, भरतदेखि विमल सम्मका खेलाडी छन् । नेपाली राजनीतिमा भने बिरामी उपचार गर्ने डाक्टर, झाँक्री, बैद्य लगायतका मात्र नभएर गर्जिने शेर, बानी राम्रा भएका शुशील, अत्यन्तै कडा प्रचण्ड, सबैको भगवान नाथ मात्र नभएर पृथ्वीदेखि गगन सम्म छन् ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायत जिल्लाका विभिन्न ठाउँमा नेपाली पूmटबलको चर्चा र संविधानसभा चुनावको चर्चा अरु क्षेत्रभन्दा त्यति कम रहेन । भौगोलिक विविधताको कारण यस जिल्लाले पूmटबलमा भन्दा अरु खेलमा नै बढी प्रगति गरी राष्ट्रिय स्तरमा पुगेको छ । तर असल दर्शकको भने कुनै कमी देखिएन । लोडसेडिङसँग रिसाउँदै सल्लेरी–नयाँबजार वत्ती खोज्ने दर्शकका हुल पनि भेटिए । जिल्लाको राजनीतिको कुरा र्ने हो भने चाहिँ हरेकजसो पार्टीमा केन्द्रीय स्तरका नेता पाएको यो भाग्यमानी जिल्ला एउटा भोटबैंकबाट कहिले अर्थपूर्ण सहभागितासम्म पुग्ने भन्ने चिन्तामा डुबेको छ । विगतमा गाई पाल्नेदेखि पृथ्वी नै पाल्ने सम्म र बुद्धि भएकादेखि बल भएका सबै खालका नेता पाएपनि स्वच्छ छवीका विकासप्रेमी नेताका अपुगता सधैँ महसुस भइरह्यो । यो आइरहेको चुनावका लागि पनि भित्री देखि बाहिरै सुनिने सम्मका आन्तरिक विवादहरु भए । यसबाट राजनीतिक अगुवाहरु जनतालाई भोट बैंक ठान्छन् कि जनताका आवाज बोलिदिन्छन् जनतामाझ अन्यौल छ । यसबाट जनताको पक्षमा लेखिनुपर्ने संविधान के हुन्छ थाा छैन ।
अव नेपाली पूmटबलले त सेमी फाइनलमा एन्फाको २२ हजार ८ सय टिकट विकाइदिने बाहेक अपेक्षित नतिजा प्रस्तुत गर्न सकेन । पेनाल्टीमात्र होइन खाली पोष्ट नै दिएपनि गाह्रो होलाजस्तो खेलले बल्ल नेपाली राजनीतिसँग मिल्दो एउटा गुण देखायो । यसले सन् १९८८ मा काठमाण्डौमै सम्पन्न भएको पहिलो साफ च्याम्पीयनसीपको इतिहास दोहो¥यायो । त्यतिखेर पनि नेपाले सेमी फाइनलसम्मको यात्रा गरेको थियो । नेपाली राजनीतिले पनि अहिले आफ्नो अग्निपरिक्षा दिइरहेको छ । पहिलो ऐतिहासिक संविधानसभा जुन किसिमले अन्त भयो त्यहीं इतिहास नदोहोरिने कुनै विश्वास नभएको यस समययमा नेपालको राजनीतिले पनि पूmटबलमा दक्षिण एसियाली महारथीसँग नभूmकेको टीमले अन्तिममा अनपेक्षित हारको नतिजा आत्मसात गर्न बाध्य भएभैmँ हुनु नपरोस्, शुभकामना ।
No comments:
Post a Comment