नेपाली विकिपीडियाबाट

महाकुलुङ
भन्नाले सोलुखुम्बु जिल्लाको दुधकोशी नदीभन्दा पूर्वका क्षेत्रलाई बुझिन्छ
। महाकुलुङ क्षेत्रले सोलुखुम्बु जिल्लाका ५ गा.वि.स. हरु समेट्दछ । ती
गा.वि.स.हरु बुङ, छेस्काम, गुदेल, सोताङ र पावै हुन् । यस क्षेत्रमा कुलुङ
जातीको बाहुल्यता तथा कुलुङ भाषीको भाषिक एक छत्रता रहेको छ । कुलुङ भाषी
एक समुदायले हाल आएर आफुलाई नाछिरिङ भनेर चिनाउन मन पराउँछन् ।

महाकुलुङ भनेर नाम कसरी रहन गयो त? यस क्षेत्रमा कुलुङ जातीको बाहुल्यता
रहेको र कुलुङ जातीको उदगम थलो भएकोले विदेशी शोधकर्ताहरुले यो क्षेत्रलाई
अंग्रेजीमा Greater Kulung भनी नामाकरण गरे यसैको नेपाली रुपान्तरण
महाकुलुङ रहन गएको हो । (केडी कुलुङ, kd.kulung@gmail.com)