वागमान कुलुङ - किरती पुर्खाहरु छेम्सी र ताम्सीले स्थापना गरेको
मेरो बस्ती । त्यही बस्तीको वरिपरि छितिजसंग जो
मेरो बस्तीमा छहारी मिलेको छ र त्यहाँ पुग्न सके चिसो आकास छुन पाईन्छ ।
२०५५ सालतिरको कुरा डिएर जुक्तुस्को, भुकुर र
शिलुछो हिमाल उभिएको छ । बच्चामा मैले सोच्थे ति हिमालहरुले आकाश थेगेर हो, कक्षा आठमा पढ्दै थिए ।
एकदिन मकालु बरुण राष्ट्रिय निकुञ्जले उक्त हिमालतिर गस्तीमा जाने टिममा एकजना सामुदायिक बनको प्रतिनिधी पठाउन मेरो बुबा बन अध्यक्षलाई पत्र
पठाए । पत्र लुकाएर भित्र भित्र आफै जाने तयारी गर्दै गएँ । जब भोली पल्ट
जाने दिन आयो मैले समितिका
सबैजनालाई पत्र देखाउदै आफु जाने प्रस्ताव आफैले गरें । दाँया बाँया कुरा
गर्नेलाई भनिदिएँ, तपाईहरु समितिको लेखन्दास मात्र बनाउने कि यस्तो अवसरमा
पनि पठाउने । पत्र लुकाउने फुच्चेको कुरा सुनेर सबैजना हाँसे र पठाउने
निर्णय गरे । त्यसपछि मैले केटाकेटीमै पहिलोपल्ट सोलुखुम्बुको भूकुरदेखि
केन्पा, भालुखोपहुदै धर्मढोकासम्मको हिमाली पर्यटक बन्ने अवसर पाएँ ।
२०५८ सालमा मेरो एस एल सि परिक्षा थियो तर मैले अहिले फेल हुने २ लाख
१४ हजार ७० जना जस्तै फेल गरें । अंग्रेजी र बिज्ञानले ढोका दियो कम्पार्ट
पाईयो । कम्पार्ट पाउनेले पास गरे पनि सोही साल कलेज भर्ना हुन नपाउने नियम
थियो उत्तिबेला । कम्पार्टबाट पास गरें तर पनि एकवर्ष पछाडि पर्ने निश्चित
भयो । म ट्रेकिङ हिडे लुक्लातिर भारी बोक्नलाई । तर त्यहाँ पुग्नेबित्तिकै
केही मानिसहरुले यसले भारी बोक्न सक्दैन, हिमालतिर जान सक्दैन भन्ने कुरा
काटिरहेको मैले आफ्नै कानले सुनें । झंगिदै मैले प्रश्न गरें, खुम्बुको
सबैभन्दा अप्थ्यारो ट्रेकिङ कुन हो ? सबैबाट उत्तर आयो सेतीपोखरी भएर ५,८००
मिटरको आम्फुलाप्चा र ५,४१५ मिटरको मेराला पास गर्नु । मैले त्यहाँ जाने
इच्छा ब्यक्त गरे । सबैजना स्तब्ध भए मेरो चिन्ताको खातिर । म गएँ भारी
बोकेर । टिममा शुरुमा भारी धेरै हुन्छ तर जति माथी गयो खाएर खानेकुरा
सिद्विने भएकोले हलुका हुन्छ । अरु साथीहरु जति लेकतिर गयो उती बिरामी तर
मलाई चाही उती राम्रो ।
आखिर म लेक नलाग्ने जन्तु रहेछु ।
सेती पोखरी भ्यालीमा पुगेपछि खाना बनाउन दाउरा खोज्नु पर्दथ्यौ ।
दाउरा खोज्ने क्रममा भेटियो केही मानिसका लासहरु । लासले मेरो सम्पुर्ण
ध्यानाकर्षण ग¥यौ । आखिर यी मानिसहरु किन मरे ? मर्न त मरे तर उनीहरुको लास
किन बेवारिसे भयो ? के उनीहरुको दाहसंस्कार गर्ने कुनै सस्कार छैन ? मैले
मेरो साथीहरुलाई यस्तै प्रश्न गर्थे । उक्त सेतीपोखरी उपत्यकामा पुगेपछि
निस्कनको लागि ४ वटा बिकल्पहरु छन् मेराला पास ५,४१५ मि., आम्फुलाप्चा पास
५,८०० मि., मिङबोला पास ५,८१७ मि. र शेर्पेनीकोल पास ६,१३५ मिटरको । यी
उपत्यका आफैमा त्यस्तो लेक नभए पनि निस्कनको लागि कम्तिमा ५,४१५ मिटरको
मेराला पास गर्नुपर्ने हुन्छ । पर्यटक भरियाहरु हिमपात भएको बेला र बिरामी
भएको बेला उक्त उपत्यकाबाट निस्कन नसकेर मर्ने रहेछन् । त्यतीबेला टे«किङ
कम्पनीले हेलिकप्टर पठाउनु पर्ने हो तर कतिपयले पठाउदैन रहेछ त कतिपयले
पठाए पनि हिमपात भएको बेला उत्रन गाह्रो हुने रहेछ । यसैले मान्छे मर्दो
रहेछ, र मर्दै आएका छन् । कारण पत्ता लाग्यो । दुखित बनायो यसले मलाई ।
उक्त सेतीपोखरी भञ्ज्याङमा रहेको सेतीपोखरीमा नअटेर बग्ने हिमनदीहरु
निरन्तर दक्षिणतिर बगिरहेको थियो । आखिर यो पानी कहाँ पुग्छ ? मैले सोचें र
प्रश्न गरे । अग्रजहरु भन्दै थिए यो त त्यही छेस्काम, गुदेल, बुङ र सोताङ
हुदै बग्ने हँगा नदीको मुहान पो हो त । त्यसो भए निश्चित हो यो नदीले कुनै
हिमाली भञ्ज्याङ पार नगरी बस्ती भएको तल्लो सोलुखुम्बु सिञ्चित गर्छ । जब
हामी खुम्जुङको छिकुङ लक्षित गरी आम्फुलाप्चाको पहिलो क्याम्प पुग्यौ मैले
कक्षा आठ पढ्दै गर्दा मकालु बरुणको टिमसंग बिचरण गरेको ठाँउहरु प्रष्ट
चिन्थें । त्यो नजिकै थियो । मैले सोच्थें, यो उपत्यकाबाट हंगा खोलाको
किनारै किनार तल्लो सोलुखुम्बु जाने पर्यटन पदमार्गहरु बनाउन सके त्यसले
उद्धारमार्गको काम गर्थे र फेरी फेरी यसरी लासहरु हेरेर तर्सिनुपर्ने
अवस्था आउदैनथ्यौ ।
तर कुरा केही वर्षको लागि यतिमै सिमित भयो । म कलेज पढ्न काठमाडौं आएँ ।
अंग्रेजी सुधार्न टेन्सबाट शूरुवात गरे । रेशम शर्मा मलाई अति मनपर्ने
अंग्रेजी शिक्षक थियो । मैले मेरो स्तरबाट अंग्रेजी सुधार्नु सुधारे । म
अहिले विदेशतिर गएर अंग्रेजीमा नेपालको अवस्थाबारे अपडेट गर्न सक्छु र मेरो
संस्थाले धुक्कले त्यसको लागि जिम्मेवार दिन्छ ।
कलेजबाट बिदा मिलाएर घर आउदा सेतीपोखरीदेखि छेस्कामसम्म पर्यटन
उद्धारमार्ग बनाउन सकिने सम्भावनाहरुबारे अनुसन्धान गरिन्थ्यौ । त्यस
ठाँउतिर भेरा र चौरी गोठाला जानेहरुलाई बाटो र भौगोलिक अवस्थाको बारेमा
सोधेर नोट गरिन्थ्यौ । उक्त नोटकै आधारमा एकदिन बुङ जनकल्याण केन्द्रको
मुखपत्रमा उक्त नयाँ पर्यटन पदमार्गको सम्भावना छ भनेर लेख लेखियो । लेखमा
एक वर्षसम्म कुनै कमेन्ट पाइएन । लाग्यौ यो वाइयात प्रयास रहेछ । हावादारी
लेख लेखिएको रहेछ । तर यस पदमार्ग विकासको सम्भावनाबारे खोटाङका सगरमाथा
आरोही नाम्गेल शेर्पाले पनि अनुसन्धान गर्दै आएको रहेछ । एकदिन उसले
कान्तिपुर दैनिकका पत्रकारहरुलाई लिएर हेर्न गाँउतिर गएछ । सबैलाई यसबारे
सोधेको रहेछ । तर कुनचाहीले यसबारे जान्ने मान्छे त वागमान पो हो त उसलाई
उतै काठमाडौंमै भेटिन्छ भनेर मेरो नम्बर दिएको रहेछ । आएर उहाँले फोन
गर्नुभयो र मलाई उत्साह दिनुभयो । त्यसपछि भने मैले सही सोँच बनाएको रहेछु
भन्नेमा पहिलोपटक आफै धुक्क भएँ ।
२०६७ सालतिर काठमाडांैमा यसलाई टेबलगफको विषय बनाईन्थ्यौ । लेखेर
राखेको अवधारणा प्रिन्ट गरेर अरुलाई दिइन्थ्यौ । २०६८ सालतिर धर्मडाँडा
शेर्पा समाजका साथीहरुले एभ्युन्युज टेलिभिजनका यात्रा कार्यक्रम
निर्माताहरुलाई यसबारे सुनाएका रहेछन् र थप जानकारीको लागि मलाई भेटाउन
सुझाब दिएका रहेछन् । अचानक उक्त ठाँउको डकुमेन्ट्री बनाउन प्रस्तावसहित
फोन आयो । हामीले जिल्ला प्रविधिक कार्यालयका प्रतिनिधीहरुसमेत लिएर
सर्बेक्षण र डकुमेन्ट्री दुवै बनाउन जाने योजना बनायौ । जसको लागि दश लाख
जुटाउनुपर्ने थियो । हाम्रो भागमा त्यसको तीन भागको एक भाग प¥यो । आँट ग¥यौ
सबैलाई गुहा¥यौ । सबै गाँउलेहरुले र गाँउबाट काठमाडौं लगायत देश विदेशमा
बसेकाहरुले सहयोग गरे । सम्भावित सबै क्षेत्रको सर्वेक्षणको लागि ३६ दिनको
यात्रा तय गरियो । अंग्रेजी भाषामा डकुमेन्ट्री तयार भयो । नेपालीमा
टेलिभिजनमा प्रशारण भयो । जिल्ला प्राविधिक कार्यालयको प्राविधिकले ६८ लाख
रुपैया बजेट भए उक्त बाटो उद्धारमार्गको रुपमा तयार हुने प्रतिवेदन तयार
ग¥यौ । उक्त कार्यको लागि योजनाको भन्दा एक लाख बढी खर्च लाग्यौ । उक्त
टिमको तिर्न बाँकी खर्च छेस्कामको दुईवटा किराना पसलमा मेरो र भलाकाजी
दाईको नाममा थियो ।
हामी काठमाडौंमा बजेट खोज्न दौडधुप गरिरहेको थियौं । खिलाराज बस्नेत र हिम
नाछिरिङ दाईले हामी झगडा गरेर भए पनि जि.वि.सबाट निकाशा गरिदिन्छौं भनेर
सान्तवा दिए । यसरी ऋण गरी गरी सर्बेक्षणको लागि सेतीपोखरी हिडेका
साथीहरुको बीचमा फेरी खानेकुरा सिद्धियो तत्काल हेलिकप्टर पठाई उद्वार गर्न
वा ३ दिनभित्र खानेकुरा सहित भरियाहरु आईपुग्ने गरी पठाउनको लागि फोन आयो ।
हेलिकप्टर पठाउदा थप ऋणमा डुब्ने र आफुले चाहेको मिसन पुरा नहुने निश्चित
थियो । त्यसपछि हामीले तत्काल जाने भरियाहरु खोज्यौ । पर्यटन सिजन परेकोले
कोही जान मानेनन् । अन्तमा स्थानीय नै वर्ण कुलुङ सहित ३ जना भरियाले जाने
तत्परता देखाए । उनीहरु गएपछि मिसन टिमले खान पाए र कार्य सफल भयो ।
त्यसपछि स्थानीय राजनीतिक तथा सामाजिक कार्यकर्ताहरुको पहलमा तत्कालै
अर्थ मन्त्रालय र द ग्रेट हिमालयन ट्रेल परियोजनाले १८ लाख लगानी गरेर उक्त
बाटो बनाउन शुरु गरेका छन् । तर यसभन्दा अगाडि पनि दुर्गम क्षेत्र विकास
समितिको केही रकम उक्त बाटोमा लगानी गरिएको थियो । अहिले सबैले यसबारे पहल
गरिरहेका छन् । म यो बाटो बन्नेमा र यसले तल्लो सोलुखुम्बुमा पर्यटन
गतिविधी बढाउनेमा ढुक्क छु । चाडै नै यो बाटो तल्लो सोलुखुम्बुलाई सिञ्चित
गर्ने र हिमपातमा बर्बाद भएकाहरुको उद्धारमार्ग हुनेछ । तर दुःख लाग्दो
कुरा यस मिसनमा सहयोग गर्ने नाम्गेल दाई दुईवर्ष अघि सगरमाथा आरोहणको
क्रममा बित्नुभयो, हिम नाछिरिङ दाई १ वर्ष अघि सडक दुर्घटनामा बित्नुभयो
भने नै वर्ण कुलुङ ब्लडप्रेसरको रोगले ४ महिना अगाडी बित्नुभयो ।
अहिले आएर सोच्दा मैले एस एल सि फेल नगरेको भए मेरो अंग्रेजी पनि
सुध्रिदैनथ्यौ र यो बाटोको पनि अरु कसैले पहल गर्दा अलि ढिलो हुन्थ्यौ
जस्तो लाग्छ र जे भयो राम्रै भयो कि भन्ने पनि लाग्छ । आज एस एल सिमा पहिलो
र डिस्टिक्सन श्रेणीमा पास गर्नेहरुलाई अनाआवश्यक सेलिब्रेटी बनाईएका छन् र
फेल गर्नेहरु बढी चिन्तामा छन् तर यी दुवै वाइयात हुन् । तपाई फेल
गर्नेहरुसंग उमेर छ, समय छ, चिन्तालाई हिम्मतमा बदल्नुभयो भने निश्चित हो,
आगामी १० वर्षमा अहिले पास गर्नेहरुभन्दा तपाई अगाडि हुनुहुनेछ । तर हिम्मत
हारेर टेन्सन भयो भन्दै जाँड रक्सी नखानुहोस्, थप पढ्न प्रतिवद्ध हुनुहोस्
। सके यस्ता प्रतिवद्वता लेखेर आफ्नो नोटकापीमा सुरक्षित राख्नुहोस् ।
त्यसले तपाईलाई समय समयमा उर्जा दिन्छ । यो लेख यस पर्यटन पदमार्ग
निर्माणको मिसनमा सहयोग गरेर बितेका ३ जना योद्धाहरु र आज एस.एल.सिमा फेल
हुने बिधार्थीहरुप्रति समर्पित गर्न चाहन्छु ।