Tuesday, December 20, 2016

कुलुङ संघको हालसम्मको उपलब्धी र बाँकी काम


– केडी रेम्नीसीङ,
 
आदिवासी पहिचानको आन्दोलनमा आफूलाई अग्रमोर्चामा उभ्याएको कुलुङ समुदाय र नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको संघर्षमय इतिहास आदिवासी आन्दोलनको एक हिस्सा बनेर उभिन सफल भएको छ । कुलुङ समुदाय राज्यबाट त वेवास्ता गरिएको समुदाय थियो नै, अर्कोतर्फ आफूजस्तै अर्को समुदाय विशेष या व्यक्ति विशेषबाट पनि व्यवहारिक अपहेलना वेहोर्न या वेवास्ता सहन विवश थियो ।
 
यी कहानी एक दशकभित्रका इतिहास बनिसकेका छन् । अहिले कुलुङ समुदायको सम्मानजनक उपस्थिति या स्थिति बनिनसकेको भए पनि परिवर्तनको एक फड्को मारिसकेको अवस्था भने पक्कै हो । यस गुणात्मक परिवर्तनका वाहक कुलुङ समुदाय, कुलुङ युवाहरु र संस्थागत रुपमा कुलुङ संघलाई भन्दा अत्युक्ति नहोला ।  वि.सं. २०५३ मा विधिवत रुपमा स्थापना भई दुई दशकभित्र कुलुङ समुदाय भएका नेपालका सम्पूर्ण जिल्ला तथा विदेशमा पनि आफ्नो संगठन विस्तार गर्दै कुलुङ समुदायलाई भावनात्मक तथा संगठनात्मक रुपमा एक गर्दै लगेको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले आफ्नो स्थापना कालदेखि नै कुलुङ भाषा संस्कृतिको उत्थान विकास गर्ने र कुलुङ समुदायलाई एक ढिक्कामा गोलबद्ध पार्ने प्रयास गर्दै आएको छ ।
 
यो संघ विशेषत २०५८/५९ तिरबाट आफ्नो मुख्य मुद्धाको रुपमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानले २०५८ मा प्रस्तुत गरेको आदिवासी जनजातिको सूची अपुरो, अवैज्ञानिक भएको र सो सूचीमा कयौं स्व–पहिचान भएका समुदाय छुट्न गएकोले सो सूची परिमार्जन गरी आफू लगायत सबै आदिवासी जनजातिलाई समेट्नु पर्ने माग राखेर विभिन्न आन्दोलनका साथ अगाडी बढेको छ । कुलुङ समुदायले गर्दै आएको आन्दोलनका उपलब्धीहरुको लेखाजोखा गर्ने हो भने मूल उपलब्धीको रुपमा कुलुङ समुदायमा आएको सामाजिक तथा राजनीतिक जागरणलाई लिन सकिन्छ । कुलुङ समुदायको बाक्लो वस्ती भएका क्षेत्रहरु भौगोलिक रुपमा पनि विकट र विकासका पूर्वाधारले छुन नसकेका वस्तीहरु भएकाले तुलनात्मक रुपमा अन्य समुदायभन्दा पछाडि रहेको अवस्था रहेको थियो ।
 
महाकुलुङ क्षेत्र भनी चिनिने सोलुखुम्बु जिल्लाको दूधकोशी पूर्वका पाँच गाविस पर्ने पहाडी क्षेत्र, भोजपुरको उत्तरी भेग, संखुवासभाको अरुण उत्तर पश्चिममा रहेको क्षेत्रमा कुलुङ समुदायको वृहत वस्ती रहेको छ । यो कुलुङ समुदायको वसोवास भएको क्षेत्रहरु भौगोलिक रुपमा एकै भए पनि राजनीतिक सीमा विभाजनका क्रममा तीन जिल्लामा पारिएपछि तीनै जिल्लाका विकट क्षेत्रमा कुलुङ वस्ती रहन थाले र विकासका पूर्वाधार विकासको दृष्टिले पछाडी रहन पुग्यो । चेतनाको अभावमा कुलुङ समुदाय राज्य संचालनको विभिन्न संयन्त्रमा प्रवेश त के सार्वजनिक सेवा उपभोगमा समेत सक्षम हुन सकेनन् । दिएमा मात्र खाने स्थितिदेखि माथि उठ्न नसकिराखेको स्थितिमा वि।सं। २०६३ को राजनीतिक परिवर्तनसँगै दुरदराजको वस्तीमा विस्तारै चेतना र विकासको लहर फैलिदैँ गयो ।
 
यसमा कुलुङ संघले उठाएको पहिचानको आन्दोलन र त्यसमा कुलुङ समुदायले दिएको एकोहोरो समर्थनले रामै्र भूमिका निर्वाह गर्यो । औपचारिक शिक्षा लिएका केही युवाहरु सरकारी तथा गैर सरकारी सेवामा प्रवेश गर्न सफल पनि भए । शिक्षा, विद्युत लगायतका विकासका पूर्वाधारमा केही प्रगति भए । कुलुङ संघले नेतृत्व गरेको कुलुङ संघ तथा यसका भातृसंगठनहरुको भूमिकाले समाजमा परिवर्तन र चेतनाको लहर ल्याइदियो । हिजो आफ्नै गाउँमा पनि राजनीतिक प्रणाली र सार्वजनिक सेवा प्रणाली बुझ्न कठिन भइरहेकाहरु आज जिल्ला स्तरसम्म केही बुझ्ने बनेर निस्केका छन् । त्यस्तै अर्को महत्वपूर्ण उपलब्धी भनेको कुलुङ जाति र भाषाको पहिचान तथा सूचीकरण उन्मुख जाति सम्मको यात्रा हो । विभिन्न चरणका आन्दोलन, वार्ता, प्रयासका उपलब्धि स्वरुप कुलुङ लगायत २५ जातिलाई आदिवासी जनजातिको सूचीमा थप्न सिफारिस भएको छ । यद्धपि सूचीकृत नभइसकेको अवस्था भने हो ।
 
आफ्नो पहिचानको लागि जाति र भाषा पनि कुलुङ लेख्ने कुलुङ संघको आव्हान र समुदायमा आएको नश्ल चेतनाको फलस्वरुप नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ मा कुलुङ जाति भनी लेख्ने संख्या २८,६१३ भेटियो भने कुलुङ भाषा भनी उल्लेख गर्नेको संख्या ३३,१७० पाइयो । कुलुङ संघमा उपलब्ध तथ्यांक अनुसार कुलुङ जातिको जनसंख्या नेपालभित्र मात्र १ लाख ५० को हाराहारीमा रहेको छ, त्यस्तै विभिन्न देशमा गरी नेपाल बाहिर ५० हजारको हाराहारीमा कुलुङ जाति रहेका छन् । केही मात्रामा भएपनि कुलुङ जातिबारे राष्ट्रिय रुपमै केही पहिचान स्थापित हुन सफल भएको छ । कुलुङ जाति र कुलुङ संस्कृतिबारे विभिन्न पुस्तकमा समेटिन थालिएको छ । पहिचानको आधारमा हेर्दा यो पनि एक उपलब्धी नै हो । कुलुङ समुदायको नयाँ उपलब्धिको रुपमा सांस्कृतिक पहिचान हो । सम्पूर्ण किरातिको गौरव र पहिचानको रुपमा रहेको येले सम्वत अनुसारको नयाँ वर्ष चाक्चाकुर महिनामा मान्ने एक मात्र समुदाय कुलुङ हो ।
 
सम्पूर्ण किरातिले येले सम्वतलाई आफ्नो सम्वतको रुपमा माने पनि औपचारिक रुपमा मान्न नसकेको वेला यो समुदायले यलम्बरको सच्चा सन्तानको रुपमा आफूलाई प्रस्तुत गरेको छ । यसको अगुवाई नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले धरानको ऐतिहासिक पूखाए सम्मेलन मार्फत गरेको हो । करिव लोप हुने अवस्थामा पुगेको फेंगाको प्रचलनलाई समयानुसार परिमार्जन गर्दै विभिन्न सिली, अवसर, पर्वमा प्रदर्शन गर्न सुरु गरेको छ । यसबाट कुलुङ समुदायको पहिचानको रुपमा स्थापित भांग्रा (अल्लो) को देश विदेशमा प्रचार गर्न सफल छ । कुनै बेला भांग्रे
भन्दा हेयको नजरबाट उच्चारण गरिन्थ्यो अहिले गौरवपूर्ण भांग्रा । कुलुङ संस्कृतिसँगै भाषा, साहित्यको लिखित दस्तावेजीकरण सुरु भएको छ ।
 
कुलुङ भाषामा गीत संगितको सृजना सुरु भएर विकास हुँदै गएको छ । ‘लाइस्पी तुम्खाम हुक्छो’, ‘आयबुङ’, ‘मिन्ताम’, ‘सानीवा’ लगायतका कुलुङ भाषाका गीति एल्वम, ‘तेल्पोस’ जस्तो ऐतिहासिक चलचित्र, तथा ‘कुलुङ शब्दकोष’, वंशावली, कुलुङ सांस्कृतिक अध्ययन, ‘सानीवा दोलम्’, चाचो, नीङ छेइलम्, साल्पा पोखरी परिचय, कुलुङ भाषामा विभिन्न कक्षाका पाठ्य पुस्तक लगायतका दर्जनौ कुलुङ समुदाय सम्बन्धित कुलुङ भाषाका तथा नेपाली भाषा माध्ययमा लिखित दस्तावेज प्रकाशित छन् । त्यस्तै सुनसरीको सप्तकोशी एफ एम, सोलुखुम्बुको सोलु एफएम, संखुवासभाको गुराँस एफएम लगायतका रेडियोबाट कुलुङ भाषाबाट साथै काठमाण्डौको टाइम्स एफएमबाट आदिवासी पहिचानसँग सम्बन्धित कार्यक्रम प्रशारित भएका तथा भई रहेका छन् ।
 
यी प्रकाशित कृतिहरु तथा सामग्रीहरु कुलुङ संघले संस्थागत रुपमा निर्माण, प्रकाशन, प्रशारण गरेका केही तथा केही कुलुङ संघ समुदाय सम्बन्धित कलाकार, लेखक, निर्माताबाट निर्मित हुन् । यस महान् कार्यमा कुलुङ समुदाय कतै न कतै सहयोगी बनेको छ र कुलुङ संघ शुभेच्छुक । अर्को उपलब्धीको रुपमा कुलुङ समुदाय आफ्नो पहिचान सँगै उत्पादन विक्री गरेर आर्थिक रुपमा सवल वन्न प्रेरित भएका छन् । यसमा कृषि उत्पादन मात्र नभई मानवस्रोत उत्पादन पनि विक्री भएको देख्न सकिन्छ । कुलुङ समुदाय अलैँची र रुद्राक्ष मात्र होइन कि आफ्नो जातीय पहिचानको प्रतिक अल्लो उत्पादनमा समेत अग्रसर छन् । यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुलुङ संघ र समुदायको भूमिका भएकै मान्नु पर्दछ । यी र यस्तै विभिन्न उपलब्धिहरु आत्मसात गर्दै अगाडी बढेको कुलुङ संघ र समुदायलाई अरु किराति, आदिवासी तथा देश विदेशका अन्य समुदाय तथा व्यक्ति व्यक्तित्वले यस समुदायलाई पहिचानको आन्दोलनमा अग्रस्थानमा रहेको समुदायको रुपमा हेर्न थालेका छन् ।
 
कुलुङ समुदायले राज्यको विभिन्न तहमा केही न केही मात्रामा आफ्नो उपस्थिति जनाउन सक्षम रहेका छन् । शिक्षा, चेतना र विकासको दृष्टिले समुदाय केही प्रगतिको अवस्थामा देखिन्छ । यसमा कुलुङ संघको पनि केही हिस्सा छ नै । हामीले करिव दुई दशकको यात्रामा थुप्रै उपलब्धी आत्मसात गर्न सकेका छौँ । उपलब्धीहरु उल्लेखनीय छन् । तथापी गर्न बाँकी पनि थुप्रै कार्यभार छन् । इतिहासको निर्माणका क्रममा थुप्रै छुटपुट भएका छन् । जसलाई पुरा गर्नु अवको पुस्ताका लागि अनिवार्यता नै छ र चुनौतिपूर्ण पनि । हामीले अगाडी बढ्दै गर्दा यात्रामा छुटेका, हामीले पुरा गर्न चुकेका कार्यभार के के हुन् र यसका लागि को कसरी अगाडी बढ्ने निक्र्यौल गरी काम सुरु नगरिएको खण्डमा हाम्रो यात्राको अगाडि सफल्ता र उपलब्धी मात्र छ भन्न सकिन्न ।
 
सानो तिनो घट्नादेखि दुर्घट्नासम्म समुदायले बेहोर्नुपर्ने हुनसक्छ । पहिचानको आन्दोलनले सफल अवतरण गर्न अवका बाँकी कार्यभार पुरा हुनै पर्दछ । कुलुङ संघले उठाएको मूख्य मुद्धा जातीय सूचीकरणको हो । यो सिफारिस भएर क्याविनेट निर्णयको पर्खाइमा चुपचाप बसिराखेको अवस्था हो । राजनीतिक पहूँच र दवावको अभावमा कुलुङ लगायतका २५ जाति सूची उन्मुख जातिमा अड्केका छन् । यस अवस्थामा राज्यको स्रोत साधनको उपयोग गर्नबाट त वञ्चित छौं छौं,छुट्टिन खोज्नेको भिल्ला भिडाएर सहजै प्राप्त हुनुपर्ने सुविधा पाउनमा समेत असहजता उत्पन्न भइरहेको छ । सूचीकरणको मुद्धालाई अगाडि बढाउनु पर्ने आवश्यकता टड्कारो रुपमा उठेको छ । कुलुङ जातिका कतिपय मान्छेहरु नागरिकताको नाम थरमा समेत कुलुङ हटाएर राई बनाउन प्रशासन धाइरहेको प्रत्यक्ष भेटिएको छ । कुलुङ जातिको सूचीकरण नहुनु र जनचेतनाको अभावमा यस्ता काम भइरहेका छन् । पहिचानको अस्पष्टता पनि यस घटनाको कारण हो ।
 
धेरै चुनौतिहरुका माझ सबभन्दा ठूलो र समाधान गर्न धेरै गाह्रो भईसकेको चुनौति भनेको समुदाय बिचकै फूट हो । महाकुलुङ क्षेत्रमा विकसित भई एक समय सोताङ कुलुङ भनेर पहिचान पाएका एउटै साझा भाषा, संस्कृति, भूगोल, भावना, इतिहास भएका समुदाय आज दुई फरक समुदायमा विभाजित छन् । महाकुलुङ क्षेत्रमा विकसित हाल कुलुङ र नाछिरिङ जातिमा विभाजित समुदायलाई कुन कुन आधारमा के कसरी छुट्टै जाति मान्ने भन्ने कुरामा एक मत हुन जरुरी छ । एउटै वंशबाट विकसित, एउटै भाषा बोल्ने, एउटै भूगोलमा विकसित समुदाय कसरी विभाजित हुन सम्भव भयो, यसको स्पष्ट धारणा बनाइनु पर्छ । एउटै हो भने कसरी र होइन भने कसरीरु एउटै व्यक्तिरवंशबाट विकसित दाजुभाईका सन्तान पिल्मो र नाम्लुङहरु कसरी विभाजित हुन हुन पुगेरु पिल्मोभित्र नै पनि दाई र भाईको जाति  नमिलीराख्दा हामी किन स्पष्ट पार्न सकिरहेका छैनौ कि हामी एकै हौ भनेररु के कुलुङ समुदाय भावनात्मक रुपमा विभाजित भइरहेको टुलुटुलु हेरेर बस्ने अनि एकोहोरो सूचीकरणको सुगा रटान दिइरहने अझैरु यस्ता पहिचान सम्बन्धी असंख्य प्रश्नहरुको जवाफ माग्दै एकै थलोमा उभिएर अगाडी बढ्न आतुर समुदायलाई स्पष्ट जवाफ दिनु आजको पहिलो आवश्यकता हो ।
 
जातीय पहिचान बारे जानकार केही व्यक्तिले पनि आफूलाई बाहेक अरुलाई सम्झाउन सकिराखेका छैनन् । यस्तो स्थितिमा अवको नेतृत्वको लागि आफ्नै समुदायभित्रको अन्यौलको समाधान चुनौतीपूर्ण तथा गर्नुपर्ने अनिवार्य कामको रुपमा प्रस्तुत भएको छ । देश संघियता र समावेशीतामा परिणत भएको परिवर्तित राजनीतिक रिस्थितिमा पनि कुलुङ समुदाय राज्यको निर्णायक तहसम्म पुग्न सकेकै छैन, समावेशीताको फाइदा उठाउन नसकिराखेको समुदायलाई कसरी राज्यको नीति निर्माणको तहसम्म पुर्याउने भन्ने विषय अवको गम्भिर मुद्धाको रुपमा उठाउन आवश्यक छ ।
 
राजनीतिक पहूँचको अभावमा सूचीकरणको सवाल छायाँमा परेको छ भने समुदायले देशको राजनीतिक व्यवस्था प्रति अपनत्वको भावना विकास गर्न र समुदायको समग्र विकासको लागि पनि राजनीतिक तथा प्रशासनिक रुपमा निर्णायक तहमा पुग्न जरुरी छ । यसको लागि कुलुङ समुदायले के गर्ने र कसरी गर्ने भन्ने गृहकार्य थालिन आवश्वक देखिन्छ । कुलुङ भाषा संस्कृतिको विकास हुँदै गएको भएपनि आवश्यक मात्रामा जति हुनुपर्ने त्यति नभएको देखिन्छ । विशेष गरी कुलुङ जातिको इतिहासको पुनर्लेखन अव जरुरी भइसकेको छ । मौखिक इतिहासमा एक रुपता हुँदै हँुदैन, त्यसैले हामी र हाम्रा सन्ततिले व्यक्ति पिच्छेका इतिहास बुझेका छन् । त्यसैले हाम्रो इतिहासको सही व्यख्या सहितको पुनर्लेखन हुन जरुरी छ । त्यस्तै भाषाका साहित्य, संगितको पनि यथेष्ट लेखन हुनुपर्दछ ।
 
स्कृतिक रुपमा हामी धनी छौं र पनि हामीले यसको पूर्ण रुपमा प्रवद्र्धन गर्न सकिरहेका छैनौ । अव विस्तारै हराउने अवस्थामा गएको इतिहासको उत्खनन र लेखन अनि भाषा संस्कृतिको विकासमा ध्यान दिनु अवको कुलुङ संघको नेतृत्व र कुलुङ समुदायको काँधमा आएको छ । कुलुङ संघ र समुदायबाट टाडिदै गरेका समुदायका व्यक्ति र भूपू पदाधिकारीहरुको असन्तुष्टिपूर्ण बहिर्गमण पनि हाम्रो लागि चुनौतिपूर्ण तथा प्रगतिमा वाधक बनेको देखिन्छ । कुलुङ संघका केन्द्रिय पदाधिकारी समेत रहेकाहरु कुलुङ संघप्रतिको धारणा तटस्थ बनाउदै कोही बाहिएका छन् भने कोही जिल्ला स्तरमै नेतृत्व समेत सम्हालेका हरु पनि जातीय पहिचानबारे बुझ पचाउँदै आफ्नो बाटो लाग्ने सम्मको घट्ना देख्न, सुन्नमा आएका छन् । भूपू पदाधिकारीहरु किन यतिसम्म अन्यौलमा छन् र संघमा फर्केर किन आउन चाहँदैनन् यसको कारण खोतल्न आवश्यक भै सकेको छ ।
 
कतिपय वौद्धिक भनिने जमात पनि आज चुपचाप छन् भने कतै अरु संस्थाका पदाधिकारी बनेर कुलुङ संघ र समुदायलाई लात मार्न उद्दत छन् । यसको सही समाधान खोजिनु पर्दछ । आफ्नो भित्र आँफै शत्रु भने जस्तै कुलुङ संघको अतिरिक्त कुलुङ समुदायमा अर्को संस्था पनि छ जुन कुलुङ संघको मुख्य मुद्धाको विरोध गर्दछ । नागरिकतामा समेत उल्लेख भइसकेको कुलुङ लाई राई बनाउन लागि पर्दछ । अव यो पनि निश्चित क्षेत्रभित्र चुनौतिको रुपमा उभिएको छ । सो संस्थामा कोही आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिको लागि लागिपरेका छन् भने कोही व्यक्तिगत ईखका आधारमा पनि लागेका हुन सक्छन्, कतिलाई पंगु बनाइएको हुन सक्छन् । यस्तो क्रियाकलापले कुलुङ जातिको इतिहासलाई बंग्याएर कुलुङ समुदायमा फूट ल्याउने सम्भावना बढेको छ । यसको समाधाना वार्ता, कुराकानी गरेर निकाल्न आवश्यक छ । हामी कुलुङ कुलुङ भनी हिँड्दा मात्रै कुलुङ समुदायमा बढी नै केन्द्रित हुनसक्छौँ । कुनै समय अरु समुदायले कुलुङ जातिलाई हेयको दृष्टिले पनि हेरेका हुन सक्छन् । तर यो समयमा समयसँगै सन्दर्भ परिवर्तन भएको छ । कुलुङ समुदायप्रति अरु समुदायको हेर्ने नजर सकरात्मक हुँदै गएको छ ।
 
आदिवासी आन्दोलनका हस्तिहरुले कुलुङ समुदायलाई नकारेर हिड्न नसकिने तथ्य बुझेका छन् । त्यसैले कुनै समय निषेधको वातावरण भएकाहरु सँग पनि अव हातेमालो र हकार्यको वातावरण तयार पारिनुपर्दछ । हाम्रो सूचीकरण र पहिचान स्थापनाको सर्तलाई नकरात्मक असर नपर्ने गरी अरु जातीय संस्था र समुदायसँग सुमधुर सम्बन्धहरु विकास गरिनु पर्दछ । उनीहरुलाई पनि हाम्रो माग तथा धारणा प्रति सकरात्मक बनाउने प्रयत्नहरु गरिनु पर्दछ । हामी अहिले जुन परिस्थितिमा कुनै जाति विशेषको समुदाय र संस्थासँग टाडिएर बसेका छौं, त्यसैगरी रहन सकिने स्थिति रहन्न कालान्तरसम्म । हामी सूचीकरण हुँदैमा प्रदेश या देश नै फरक नहुने हुनाले पनि हामी जस्तै मुद्धा बोकेका तथा नबोकेका अरु आदिवासी समुदाय तथा गैर आदिवासी समुदायसँगको सम्बन्ध सुमधुर बनाउँदै लानु पर्दछ ।
 
हामी पनि सक्षम छौँ र केही हौं भन्ने तथ्य सबैलाई बुझाउन आवश्यक छ । प्राप्त भएका उपलब्धिहरुलाई पनि आत्मसात गर्दै यस संघ र समुदायलाई नयाँ उपलब्धिको उचाईमा पुर्याउन अवको हाम्रो कर्तव्य हो । यो चुनौतिपूर्ण पनि छ । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ ऐतिहासिक चौथो सम्मेलनको संघारमा छ । अवको नेतृत्वले तमाम कुलुङ समुदायलाई प्रगतिको मार्ग दर्शन गराउने छ । कुलुङ समुदायले अरु समुदायसँगको सम्बन्ध सुमधुर बनाउँदै आफ्नो समुदायको प्रगतिका लागि अगाडि बढ्ने यो समय हो । यसको लागि संयम अति महत्वपूर्ण हतियार हुनुपर्दछ । कुलुङ संघको स्थापना पश्चात कुलुङ समुदायमा आएको चेतनाको लहर उल्लेख गर्न योग्य प्राप्ती हो । यसका साथै कयौँ उपलब्धीहरु प्राप्त भएका छन् । प्राप्त उपलब्धी माथि अझ प्रगतिहरु गर्न बाँकी छ, परिवर्तन आत्मसात गर्नु छ र समुदायलाई राज्यको मूलधारसम्मको यात्रामा डोहोर्याउने चुनौति हामीसामु छ ।

लेखक कुलुङ विद्यार्थी संघ केन्द्रीय समितिका पुर्व महासचिव हुनुहुन्छ ।
http://chhelam.com

Monday, November 7, 2016

गजल

कुहरोभित्र पारीलाई हेर दिल खुश भैहाल्छ,
पहाडमुनी झरीलाई हेर दिल खुश भैहाल्छ ।

आवाजभित्र अशान्त छ मन धुलोभित्र धुलाम्मै,
चुपचाप नगरीलाई हेर दिल खुश भैहाल्छ ।

नजरबन्द लगाइराछौ आफूमाथि आफैँले नै,
उडीररेको चरीलाई हेर दिल खुश भैहाल्छ ।

झरनामुनी इन्द्रेणीको सातै रंग एक भएर,
नुहाइराख्या छडीलाई हेर दिल खुश भैहाल्छ ।

प्रकृतिलाई कुल्चिई हिडेको धेरै भयो अव त,

आज नयन भरीलाई हेर दिल खुश भैहाल्छ ।

Monday, October 17, 2016

यस्ता थिए तयामा, खियामा र रैछाकुले

यस्ता थिए तयामा, खियामा र रैछाकुले

आदिम किराती सभ्यता

विजय चाम्लिङ / राजधानी
काठमाडौं, ४ भदौ
आदिम किराती पुर्खाहरू मानिने तयामा­, खियामा र रैछाकुले कस्ता थिए ? यो जिज्ञासाको जवाफमा किराती लोकोक्ति र मिथकहरूमार्पmत कल्पना मात्रै गर्न सकिन्थ्यो ।तर, हाल तयामा­, खियामा र रैछाकुलेलाई रेखाचित्रमै उतारिएको छ । किराती मिथकहरूमा सीमित हुँदै आएको तयामा, खियामा र रैछाकुलेको रेखाचित्र किरात राई यायोक्खाले शनिबार सार्वजनिक गरेको छ ।
करिब डेढ वर्षको अध्ययन, अनुसन्धान र छलफलपछि यायोक्खाले किरातीहरूको आस्थाको प्रतीक मानिने तयामा, खियामा र रैछाकुलेलाई रेखाचित्रमै उतारेको हो ।
मुन्धुमअनुसार तयामा, खियामा र रैछाकुले पातेसुङ र दिलिदुमका सन्तान थिए, रैछाकुले जालले कोसीमा माछा मार्थे, धनुकाँणले सिकार खेल्थे, तयामा र खियामा कपडा बुन्थे,’ रेखाचित्र सार्वजनिक भएपछि किरात राई यायोक्खा तयामा खियामा रैछाकुले प्रतिमा स्थापना समितिका संयोजक गेन राईले भने, ‘उनीहरू हाम्रा महान् पुर्खाहरू हुन्, उनीहरूले नै हामीलाई जंगली युगबाट खेतीपाती र सभ्य जीवनमा प्रवेश गराएका हुन् ।
यायोक्खाका अनुसार तयामा, खियामा र रैछाकुलेको सम्बन्ध खोटाङको महादेवस्थान गाविसस्थित तुवाचुङ जायजुम डाँडा र हलेसी गुफासँग जोडिन्छ ।
तुवाचुङ जायजुम डाँडामा दिदीबहिनी तयामा र खियामाले तानमा कपडा बुनेको जनविश्वास छ । तुवाचुङ जायजुम डाँडानजिकै रहेको हलेसी गुफामा उनीहरूको बासस्थान रहेको लोकोक्ति छ ।
किराती मिथकअनुसार रैछाकुलेले माछा मार्ने क्रममा बारम्बार जालमा एउटै ढुंगा परिरह्यो । नागराजाकी छोरी वाइलुङमा ढुंगा बनेर रैछाकुलेको जालमा परिरहेकी र त्यसपछि उनीहरूबीच विवाह भएको र विवाह तथा घरजमको संस्कृति सुरु भएको मानिन्छ । रैछाकुलेले सिकार खेल्ने क्रममा एक दिन ढुकुर मारेको र ढुकुरको गाँडमा भएको अन्न (कोदो) बारीमा छर्दा फलेपछि त्यसैलाई पाठको रूपमा लिँदै खेती गर्न सुरु गरिएको मिथकहरूमा पाइन्छ ।
नयाँ अन्न पितृपुर्खाहरूलाई नचढाई खाएमा बिरामी परिने विश्वासका साथ छौवा (न्वागी, यस चाडमा नयाँ धानको परिकार पितृलाई चढाइन्छ र यही दिनदेखि नयाँ अदुवा चलाइन्छ) गर्ने संस्कृति अहिले पनि प्रचलनमै छ,’ यायोक्खाका उपाध्यक्षसमेत रहेका संयोजक राईले भने, ‘जंगली युगमा मानिसले नरमखालका रूखपातका बोक्रा र जनावरका छाला कपडाको रूपमा प्रयोग गर्थे तर खेतीपाती गर्न थालेपछि मानव जातिले कपडा बुन्न थालेको हाम्रो समाजमा लोकोक्ति छ ।
मुन्धुम वा मौखिक रूपमा रहेका संस्कृतिहरूलाई भौतिक संस्कृतिको रूपमा विकास गर्न नसके भविष्यमा ती पनि लोप हुन सक्ने भएकाले नै तयामा, खियामा र रैछाकुलेको रेखाचित्र निर्माण गरिएको यायोक्खाले जनाएको छ । रेखाचित्र सार्वजनिक कार्यक्रममै यायोक्खाले तुवाचुङ जायजुम डाँडामा तीनैजना आदिम पुर्खाहरूको प्रतिमा निर्माण गर्ने जनाएको छ । तुवाचुङ जायजुम डाँडाको २ सय ५८ रोपनी जग्गा हाल यायोक्खाअन्तर्गत ल्याइएको छ ।
किरात समुदायको इतिहास, संस्कार र संस्कृतिका विज्ञहरूसँग विस्तृत छलफल गरी अलगअलग वा संयुक्त प्रतिमा बनाइनेछ,’ समितिले उल्लेख गरेको छ, ‘प्रतिमाको आकार र स्वरूपबारे पनि विज्ञहरूसँग छलफल र सरोकारवालाहरूको सल्लाह अनुसार नै निर्णय गरिनेछ ।तयामा, खियामा र रैछाकुलेको रेखाचित्र कलाकार अर्जुन खालिङले बनाएका हुन् । तुवाचुङ जायजुम डाँडामा प्रतिमा निर्माण गर्दा रेखाचित्र र प्रतिमा बनाउने कलाकारसँगै बसेर काम गर्नपर्ने खालिङले बताए । 

काे हुन् किराति

काे हुन् किराति

स्व. रमेशराज खापुङहाङ
किरात जाति कहाँबाट आएको हो, अथवा तिनीहरुको मूल थलो कहाँ हो? किरातीहरु नेपालभित्र किरात देशका आदिबासी हुन भने के तिनीहरु बाहिरबाट आएका मंगोल जातिको रक्तको समिश्रण छ?
"
मलयाली तथा हिन्देशियाली समेत किरात वंशका हुन् भनी भू.पू. उ.म. धर्मरत्न यामीको मत छ । किरात वंशमध्ये पूर्व देशको काकेसस् पहाडदेखि पहाडै पहाड बढ्दै गएर बर्मा चीनसम्म फिजिएको छ । महापण्डित राहुल सँस्कृत्यायणले पनि भनेका छन् । प्रोफेसर रलिंसन भन्दछन् काँशी वंशका केही मानिस अप्रिmका महादेशबाट कुशदेशदेखि भारत पसे । केही अरब फारसको किनार तथा बेबिलोन देश तर्फबढ्दै गए । यो सब कुरा बुझदा नेपालको किराँती वंश पनि आरम्भमा कुशदेशबाटै आएको कुराको अनुमान हुन्छ ।
यो कुरा चाही के हो? परसिभलल्यण्डनको नेपाल इतिहास द्धितीय भागमा किराँतहरु द्धापर युग १५,००० वर्षजाँदा नेपालमा आई राज्य गर्न लागेको हो भनि लेखिएको छ । हिन्दूशास्त्र "योगिनतन्त्र" नामक ग्रन्थमा किरात वंशको उत्पत्ति यस प्रकार दिएको छ । कुश, द्धिपबाट आएको कंकती नाम गरेकी परम सुन्दरी कन्यासँग महादेवको संर्सग हुँदा एक पुत्र उत्पन्न भयो । त्यो व्याधा वृत्ति गर्ने, मांस सेवन गर्ने र सधै वन, बन शिकार गर्दै हिडने हुनाले त्यस उपनाम किराँत राखियो । सम्मानीय नारदमुनी थुलुङ कार्तिकको अपभ्रङस किराँत हो ।
माथि उल्लेखित इतिहासकारहरुका भनाई अनुसार किराँतीहरुको मूल थलो अप्रिmका महादेश भनेका छन् भने कसैले भारतको उत्तरी मैदान, कसैले बेबिलोन, कसैले असिरिया, कसैले सुतर, कसैले मिश्र भनेका छन् ।
किराँतीहरु बाहिरबाट भारत वर्षो समतल भूमी नेपाल उत्तर वंगला र आसाममा आई बसोबास गरे भन्ने भनाई प्राय सबै जसोको छ । भारत वर्षा रिाँतीहरुलाई आर्यहरुले हराए पछि तिनीहरु हिमालय क्षेत्रतिर आश्रय लिन पुगे । विष्णु पुराणले तिनीहरुको स्थान निर्धारण निम्न लिखित रुपमा गरेको छ । इतिहासकार धुस्वाँसायमिका अनुसार (भारत वर्षो मध्य भागमा ब्राहृमण, क्षेत्री, वैश्य र सुद्रहरु आर्यहरु), पश्चिममा यवनहरु र पूर्वमा किराँतहरु बसोबास गर्थे । फेरि उहाँले उल्लेख गरे अनुसार पछि तिनीहरु हारेपछि हिमालय क्षेत्रतिर बसाइँ सरे । सायद त्यस समयतिर तिनीहरु काठमाण्डौं उपत्यकामा प्रवेश गरे र यहाँ तिनीहरुले आफ्नो
राज्य कायम गरे । सम्भवत यो उपत्यकामा किराँतीहरुको महान सभ्यताको विकास भयो । इमानसिं चेम्जोङ्गको भनाई अनुसार किराँतीहरुको एक हाँगो अफगानिस्तान भएर हिन्दूस्तान आए र त्यहाँबाट नेपालको तर्राईको जंगल फाँडी सिमाङ्गरमा बसोबास गरे । र त्यहाँबाट तिनीहरु नेपालका विभिन्न क्षेत्रहरुमा गएर बसोबास गरे । दोश्रो हाँगो बर्माबाट ब्रहृपुत्र तरेर आसाम हुँदै मोरङ्ग आई बसोबास गरे । तेश्रो हाँगो तिब्बतबाट ताप्लिजोङ्ग र हेदाङ्गनामा आई बसोबास गरे । त्यहाँबाट तिनीहरु पर्ूव नेपालका विभिन्न पहाडी क्षेत्रमा गई बसोबास गरे । माथि उल्लेखित अधिकांश विद्धानहरुको के भनाई छ भने किरातीहरु मंगोल हुन् । प्राय सबैको भनाई छ किराँतीहरु बाहिरबाट आएका हुन् । यहाँ प्रश्न उठ्छ "मुन्धुम (वेद) थाहा नभएको हो कि" ?
आदिम कालमा किरातहरु यहिबाट गएको तर मंगोल होईनन् र नेपालका आदिबासी हुन् भन्ने भनाई रामकृष्ण प्रपन्नाचार्यको छ । उहाँले उल्लेख गरे अनुसार किरातीहरुको थर जाति जति हुन् । ती सबै नेपाल भित्रकै एक ठाउँदेखि अर्का ठाउँमा गएको मात्र बुझिन्छ । फेरि उहाँ भन्नु हुन्छ "महा भारतको किरात पर्वमा किरातीहरुको उल्लेख छ । त्यसैले नाम बन पर्वको हो । किरात पर्वको २८ देखि ४१ अध्यायसम्म शिवजीले किराँत रुप धारण गरेको प्रष्ट वर्ण्र्ााछ । यसै प्रकारले शिवपुराण ज्ञान संहिता अध्याय ६५ देखि ६७ सम्म किरातहरु सम्बन्धि कथाको साथै भगवान शंकर पनि किराँत रुपमा नै हुनुहुन्छ । यहाँसम्म कि स्वयम भगवान शंकर र पार्वती दुवैले किराती रुपको वेष भूषा बनिएर लिला गरेको इतिहास प्रष्ट छ । यसै रितले अग्नि पुराण (अध्याय १४७,३०९, । ६-१० र अध्याय ३१०-३१४ सम्म) किरातीहरुकै मूल स्वरुपको वर्ण मिल्छ । फेरि उहाँ भन्नुहुन्छ अथर्व वेदको यो मन्त्रले किरातीहरुको जन्मथलो यही हो भनेर बताएको छ । यसरी वेदमा लेखिएका कुराहरु हराउन सक्दैन । इतिहासकारहरुको भनाई अनुसार ४ हजार वर्षअगाडि पर्सियाको दक्षिण मैदानमा बस्नेहरु सोमर वंश (मंगोलहरु) भनिन्थे । किरात जाति ५/६ हजार वर्षउताका वेदमा समेत लेखेको हुँदा किरातीहरु यहि कै बसिन्दा हुन् । पछिबाट सोमर वंश आएको भए किराती र किरातीकै रक्त सम्मिश्रण भयो होला । यी सोमर वंशी किरातहरु आदिकालमै यही नेपाल किरात देशबाट एक हाँगो छुट्टिएर तिब्बत देखि ल्हासातर्फपूगी राज्य गरी बसेका र दोस्रो हाँगो काशी तिर्थ जानेहरु त्यही बसोबास गरी धेरै फैलन्दै गएकाले हिन्दुस्तान लङ्का र अर्फिका चीनसम्म पुगी राज्य स्थापित गरी बसेको र त्यहाँबाट पनि एक शाखा मंगोल आदि विभिन्न देशहरुमा पनि बसोबास गरेको कुरा इतिहासमा उल्लेखित छ, अर्थात किरात मुन्धुम र किरातको वेदमा प्रष्ट देखिन आउँछ ।

गोभूपू आन्दोलनसँग जोडिएका केही सम्झना

भारतमा इष्ट इण्डिया कम्पनी खोलेर बसेका बेलायतीहरुले आफ्नो औद्योगिक क्रान्तिपछि नेपाललाई पनि बजार बनाउन विभिन्न सीमा विवाद झिकेर नालापानी, कुमाऊ, गढवाल, खलंगा जस्ता क्षेत्रमा युद्ध पनि गरे । तर, नेपाली सेनाको बहादुरीपनाको कारण पराजित भएपछि अंग्रेजले सन् १८१६ मा सुगौली सन्धिमा हस्ताक्षर गर्न पुगे । अन्ततः यहि सुगौली सन्धिले नै 'लाहुर' जो प्रवृत्तिको विकास गर्‍यो ।

लाहुरको सुरुवात

सुगौली सन्धिपछि राष्ट्रवादी नेपाली योद्धाहरु अंग्रेजसँग निर्णायक युद्ध लड्न नपाएकोले निराश थिए । उनीहरु कनै पनि हालतमा अंग्रेजसग निर्णायक युद्ध लड्न चाहन्थे । फलस्वरुप अंग्रेज साम्राज्यवादलाई चुनौती दिईरहेको भारतभित्रकै पञ्जाबका तत्कालिन महाराज रणजित सिंहको फौजमा निराश राष्ट्रवादी नेपाली योद्धाहरु भर्ना हुन पुगेका थिए । रणजित सिंहको राजधानी 'लाहोर' (हाल पाकिस्तान) मा थियो । नेपाली लडाकुहरु लाहोर गएर फौजमा भर्ति हुने क्रमले निरन्तरता पाउदा" कालान्तरमा लाहोर जाने पेशालाई नै 'लाहुरे' भनियो ।
सन् १८०९ देखि नै 'लाहोर' भर्ना खुलेका कारण सुगौली सन्धिपछि निराश बनेका बलभद्र कुवर पनि अंग्रेजप्रतिको आफ्नो वितृष्णा पोख्न 'लाहोर' मा नै भर्ना भएका थिए ।
सन् १८१६ को सुगौली सन्धिपछि दर्इ तरिकाले नेपाली योद्धाहरु विदेशिएका थिए । एकथरी अंग्रेजसग वितृष्णा पोख्न लाहोरमा भर्ना हुन थालेका थिएभने अर्काथरी अंग्रेजले युद्धबन्दी बनाएका नेपालीहरु जबरजस्ती अंग्रेज फौजमा भर्ती गरिनुले नेपाली योद्धाहरु विदेशिएका थिए । तथापि, प्रभावकारिताको हिसाबमा हर्ने होभने अंग्रेजले युद्धबन्दी बनाएका नेपाली फौज नै संगठित रुपमा विदेशिने नेपाली योद्धाको रुपमा निरन्तरता पायो । किनभने सुगौली सन्धि हुनु अगाडि सनस् १८८५ मा ४ बटा बटालियन खडा गरेर अंग्रेजले 'काजी अमरसिंह तथा काजी रणजित सिंहको सेवा टहलमा खटिएका बाहेक नेपाली सेनाका सबै इच्छुक जवानले अंग्रेजमा सेनामा भर्ती हुन सक्नेछन् ।' भनेर घोषणा गरेको थियो । यो घोषणाले नेपाली युवाहरुलाई रणजित सिंहको फौजमा भन्दा अंग्रेज फौजमा आकर्षा बढाएको थियो । यसो हुनुमा सुगौली सन्धिपछि गोर्खाली सेनाको आन्तरिक विस्तारवाद ठप्प भएकोले पनि रोजगारको लागि नेपाली योद्धाहरु अंग्रेज फौजमा भर्ना हुन थालेका थिए ।
राज्य विस्तार कि एकिकरण
गोर्खा राज्यको स्थापनापछि १७ औं शताब्दीको मध्यतिरबाट पृथ्वीनारायण शाहले थालेको क्षेत्रीय उपनिवेशलाई राज्य विस्तार भन्ने कि राज्य एकिकरण भन्ने विषयमा विवाद भइरहेको छ । अधिकांश इतिहासकारहरु 'तागाधारी' वर्गका भएकोले पृथ्वीनारायण शाहको अभियानलाई 'राज्य एकिकरण' मान्छन् । तर, राज्य एकिकरणको अर्थ 'सद्भावसँग जोडिन्छ । भनिएको 'राज्य एकिकरण' को क्रममा अत्यन्तै क्रुर तथा बर्बरताको सिलसिला जोडिएको छ । त्यसैले सो अभियानलाई एकिकरण होइन 'राज्य विस्तार' नै मान्नु पर्ने हुन्छ ।
पुथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा किर्तिपुरे नेवारहरुको १७ धार्नी नाक कान काटिएको सर्न्दर्भ के राज्य एकिकरणको नमूना हो र ? त्यसरी नाककान काटेर किर्तिपुरे नेवारसँग के सद्भाव गासियो ? गरि मकवानपुरे जनताको शरिर चिर्दै नुनखोर्सानी लगाएको तथा दोलखाको किराती छापमा किराती महिलालाई बलात्कार गरेर मारेको र दुध चुस्ने बालकलाई संगीनले घोचीघोची बर्बरता पर्वक हत्या गरेर राज्य जितेको कुरा कसरी राज्य एकिकरण हुन्छ ? लिन समयको युद्ध किराती जात्रि्रति गरिएको बरबर्तापूर्ण हत्याको भएकोले आज पनि किरातीहरु उक्त स्थानलाई 'किराती छाप' भनेर स्मरण गरिरहेका छन् । त्यसैले पृथ्वीनारायण शाहको अभियान एकिकरण नभइ राज्य विस्तार नै थियो भन्न सकिन्छ । यहि राज्य विस्तारको उतार-चढावस"गै गोर्खाली सेनामा भोटर्-बर्मेली परिवारको किराती जातिलाई जबरजस्ती प्रवेश गराइए । र, अन्त्यमा हिन्दू दर्शनमा आधारित शाह खलक तथा उत्तराधिकारीहरुले अंग्रेज सेनामा किराती जातिलाई बेचिदिए । फलस्वरुप किरात जाति बाध्य भई अंग्रेज सेनामा भर्ती भए ।

तत्कालिन केन्द्रीय राज्य शक्तिको ढाँचा

प्रथमतः नेपालको केन्द्रीय राज्य शक्ति राजनीतिक दाउपेचभित्र अलझिएको थियो । पृथ्वीनारायण शाहपछिका सिंहासनका उत्तराधिकारीहरु प्रायशः नाबालक भएकोले नायवी लिनका लागि दरबारमा शक्तिको संर्घष भइरहेको अवस्था थियो । यसैगरि सुगौली सन्धिपछि लगभग आन्तरिक राज्य विस्तार बन्द गरेको दरबारले नेपाली योद्धाहरुलाई व्यवस्थित गर्न सकेन । अर्थात, आन्तरिक उपनिवेश सञ्चालनको लागि जम्मा गरिएका फौजलाई व्यवस्थित गर्ने पूर्व तयारी नेपाल सरकारसँग थिएन ।
दरबारभित्रको यहि टकरावको कारण बहादुर शाह राजनीतिभन्दा टाढा रहेभने भिमसेन थापाले जेलभित्रै आत्महत्या गर्नु पर्‍यो । राजनीतिमा यस्ता थुप्रै षडयन्त्रपूर्ण घटनाहरु भए जसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्‍यो । अर्थतन्त्रको यो प्रभाव विस्तारै भोट-बर्मेली परिवारका समुदायमा पनि देखा पर्‍यो ।
इतिहासकार डोरबहादुर विष्टका अनुसार-'पृथ्वीनारायण शाह बिस्तारसँगै जितेका राज्यमा राज्य प्रमुख तागाधारी वर्गलाई राखेको र यही क्रमलाई हिन्दूवादी दर्शनमा आधारित शाहवंशीय खलकले निरन्तरता दिएको' (Fatalism and development- Harka Gurung ) कारण तागाधारी वर्गलाई उल्लेख्य असर पारेन । अर्को कुरा सुगौली सन्धिपछि नेपालको राष्ट्रिय सेनामा 'तागाधारी' वर्गलाई छानेर राख्न थालियो जसले गर्दा भोटर्-बर्मेली समुदायकाहरु राष्ट्रिय मूलधारभन्दा बाहिर रहे । अन्ततः १९ औं शताब्दीका शुरुवात पूर्व नै नेपालको राज्य संरचना 'एक जातीय' बन्न पुग्यो भने स्थानीय शासकको रुपमा रहेका तागाधारी वर्गले शोषणको चरम विन्दुमा पारेर भोट बर्मेली परिवारलाई विदेशीन बाध्य पार्‍यो ।
तत्कालिन नेपालको केन्द्रीय शक्ति राज्य सत्ताको नायवी लिन षड्यन्त्र गरिरहेकोले दरबारमा क्षमता र दक्षता भन्दा पनि स्तुती, चाकडी र चाप्लुसीले अग्र स्थान लिएको थियो ।षडयन्त्रपूर्ण राजनीतिबाट बेखबर पूर्व क्षेत्रका भोट-बर्मेली समूहका जातिहरु आफूले थाहा नपाई पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध अंग्रेजको तर्फाट लडे । अर्थतन्त्रमा आएको मन्दिका कारण रोजगार खोजिरहेका भोट-बर्मेली समुदायलाई 'विश्व युद्ध' रोजगारको राम्रो अवसर थियो भने तागाधारी वर्गका लागि यो युद्ध भोटर्-बर्मेली समुदायका युवाहरुलाई विस्थापित गर्न पाइने राम्रो अवसर पनि थियो । त्यसैले तागाधारी सरकारले भोटर्-बर्मेली समुदायका युवाहरु अंग्रेजलाई बेचिदिए ।

सेना स्थानान्तरण

इतिहासकार डा. हर्षबहादुर बुडामगरका अनुसार तत्कालिन मगरात क्षेत्र सतुङ (satung) पयुङ (payung) भीकोट, गरहुङ (Garhung), रिसिङ (Rising) घिरिङ (Ghiring), गुल्मी, अरघाची, मुसीकोट,र् इस्मा, लगायत पाल्पा, गोर्खा, तनहु", प्यूठान, रोल्पा र बाग्लुङ-दबनगिलन) सम्मलाई बुझाउथ्यो । र यही मगरात क्षेत्रमा गोर्खा राज्यको गठन भएको बताउ"दै पृथ्वीनारायण शाहले-'म मगरको राजा हूँ भनेर गर्व गरेको कुरा उल्लेख गरेका छन् ।
An account of the Kingdom of Nepal
हेमिल्टनको दावी अनुसार गोर्खा जवंशको पुर्खा 'खाञ्चाखान' 'खिञ्चाखान' मगर भएको बताएका छन् । मगरहरुले भाषिक वंशावलीमा पनि खाञ्चा र मिञ्चाखानको चर्चा गरेको पाइन्छ । -किरात वंश र मगरहरु-डा.हर्षहादुर बुडा मगर) । मगर भाषामा खाञ्चाको अर्थ उमेरदार अर्थात् लायक भन्ने बुझिन्छ भने मिञ्चाको अर्थ कलिलो बुझिन्छ ।
माथिका कुराबाट के प्रमाणित गर्न सकिन्छ भने गार्खा राज्य विस्तार अभियानमा पृथ्वीनारायण शाहले मगरहरुको साथ लिएका थिए र सन् १७६३ मा पृथ्वीनारायण शाहले गठन गरेको प्रथम नियमित पल्टनको नाम 'गोरखनाथ' 'श्री नाथ' मध्ये गोरखनाथलाई 'मगर पल्टन' भनिन्थ्यो । यसरी मगरहरु मगर बाहुल्य रहेको क्षेत्रमा शासक बनेका शाहवंशसग नजिक हूँदै 'जागिरे' मगर भएका थिए ।
भनिन्छ, नेपाल-अंग्रेज युद्धमा अगाडि (Frontline) बसेर युद्ध गर्ने मगरहरु थिए । भक्ति थापा, अमरसिंह थापा र रणजित सिंह थापा यसका ज्वलन्त उदाहरणहरु हुन् । सन् १८१५ मा अंग्रेजले युद्धबन्दी बनाएका नेपाली सेनाहरु प्रायशः मगर भएकोले भक्ति थापा र अमरसिंह थापा जस्ता मगरहरुको रणकौशलबाट प्रभावित अंग्रेजहरुले युद्धबन्दी मगरहरुलाई नै अंग्रेज सेनामा परिवर्तन गराएको इतिहास पढन पाइन्छ । यसैगरी केन्द्रीय राजनीतिले 'एकजातीय' संरचना बनाउन थालेपछि राजनीतिक मूल्याङकनमा नपरेका मगरहरु तत्कालिन शासकबाट बेचिन गई गोर्खाली फौजबाट अंग्रेज फौजमा स्थानान्तरण भए ।
अंग्रेज फौजमा राईको प्रवेशः
इसापर्व १५०० सालमा यलम्बर (यलु) ले स्थापना गरेके किरात प्रदेश कालान्तरमा क्षेत्रीय शक्तिको रुपमा रह्यो । यी मध्ये सन् ५९६ मा खम्सुहाङ (Khamsuhang)को क्षेत्रीय शक्तिले सोलुको मुक्लिमा राजधानी बनाएको इतिहास तत्कालिन प्रतिबन्धित खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष गोपाल खम्बूले लेखेका छन् ।
सत्रौं शताब्दीमा पृथ्वीनारायण शाहको उदयपछि राज्य विस्तार क्रममा पूर्बका किराती र पश्चिमका गोर्खाली फौजबीच युद्धमा चिनजान भयो । सन् १७७२ अगस्त २५ मा मुलुङ(गगिलन) थुममा भएको युद्धमा खम्बुवान क्षेत्रका किरात राजा चतमेहाङको पराजयपछि उक्सिएको गोर्खाली फौज विरुद्ध किरातहरुले प्रतिरोध युद्ध गरिरहे । गेार्खालीको फौजलाई सन् १७६९ मा महेन्द्र सिंह राईले किराती छापमा हराएपछि पृथ्वीनारायण शाहले किरात राजाको बहादुरी दर्शन गर्न पाए । महेन्द्र सिंहको सशक्त फौजका कारण अन्य किरात राजाहरु पनि सुरक्षित रहे । अन्ततः हरिनन्द पोख्रेल र स्वरुपसिंह कार्कीले षड्यन्त्र (तत्कालिन खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष गोपाल खम्बूका अनुसार लाश लगे जस्तो गरेर शंख बजाउदै हतियार खम्बुवान क्षेत्रमा हुलेका थिए) गरेर महेन्द्र सिंह राईको हत्या गरी दोलखा पनि गोखाली सेनाले कब्जा गरे ।
किरातीको बहादुरी देखेका शासकवर्गले सन् १७९१ मा गोर्खा-भोट युद्धमा किरातीको प्रयोग गर्‍यो । तत्कालिन सरकारले यो युद्धमा बाचेर आएका किराती फौजलाई जबरजस्ती हिन्दू बनाईयो । यसरी कुनै समयको राजा किराती समुदाय गोर्खालीको सामान्य फौजी बनाइए । यहा किराती फौजहरु पनि तागाधारी वर्गको राज्य संरचना अनुरुप भर्ना हुन थालेपछि पिछडिए, त्यसैले अंग्रेज सेनामा बाध्य भएर भर्ना भए । समग्रमा भन्नुपर्दा गोर्खाली सेनासँग प्रत्यक्ष सम्बन्ध भएका सबै जातिहरु तागाधारी वर्गको चिन्तन अनुसार अंग्रेज सेनामा भर्ना भए ।

विश्वयुद्ध र योद्धाहरु

सन् १९१४-१८ सम्म प्रथम विश्वयुद्ध हुदा गोर्खा फौजले अंग्रेजको तर्फाट युद्ध गर्‍यो । सन् १९१६ मा श्री ३ चन्द्रशम्शेरले ५० हजार र्राईहरु प्रथम विश्व युद्धका लागि रु.२।- का दरले र्राई अमालीलाई दिएर अंग्रेजलाई सुम्पिएको कुरा तत्कालिन प्रतिबन्धित खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष गोपाल खम्बूले प्रतिबन्धित पुस्तक 'खम्बुवान' मा उल्लेख गरेका छन् ।
विश्व युद्धमा श्री ३ सरकारले भोट-बर्मेली समूहका सम्पूर्ण जातिलाई अंग्रेजसँग बेचेपछि राई-लिम्बूहरु क्षेत्रीय योद्धाबाट अन्तराष्ट्रिय योद्धा भए । सो विश्व युद्धमा २ लाख गोर्खा सेनामध्ये २० हजार मारिएको अनुमान गरिएको छ । यही युद्धमा कुलवीर थापा मगरले पहिलो 'भिक्टोरिया क्रस' पदक पाए ।
दोस्रो विश्वुद्ध सन् १९३९-४५ मा पनि नेपालीहरुले अदम्य साहस देखाएर भिक्टोरिया क्रसको लर्को लगाए । यो युद्धमा लालबहादुर थापा मगर, शेरबहादुर थापा, थमन गुरुङ, गजे घले, गञ्जु लामा, तुलबहादुर पुन, नेत्रबहादुर थापा, अगमसिंह र्राई, लछुमन गुरुङ, भानुभक्त गुरुङ, कर्णबहादुर रानागमर तथा विश्व युद्धपछि रामबहादुर लिम्बू गरी १३ जनाले भिक्टोरिया क्रस पाए ।
पहिलो र दोस्रो विश्वयुद्ध लगायत अन्य विन्नि युद्धहरुमा गरी लगभग ६० हजार भन्दा बढी गोर्खाली फौजको मृत्यु भएको र लाखौंको मात्रामा अपाङ भएको अनुमान गरिएको छ । नेपाली योद्धाहरुले अंग्रेज सरकारको लागि त्याग गरेको बदलामा दोस्रो विश्वयुद्धपछि अंग्रेज सरकारले पेन्सन विना नेपाली फौजलाई नेपाल फर्कायो । अंग्रेजको बेलायतलाई घाम नअस्ताउने देश बनाएका गोर्खाली योद्धाहरु खाली हात र्फकदा" नेपाल सरकार मौन रहेको थियो किनकि यो लडाइ"मा उनको कुनै जातीय पूस्ताले लडाइ"को पीडा भोगेको थिएन ।

गोभूपूको आन्दोलन

वि.सं.२०४६ सालमा पञ्चायती व्यवस्थाको अवसान भएप्छि प्राप्त प्रजातन्त्रले वाक स्वतन्त्रता र अधिकार पहिचानको सवालमा पनि क्रान्ति ल्यायो । त्यसैले लाटो सरकारलाई आप\mनो जनता बेलायतबाट पीडित छभन्ने बुझाउन पूर्व गोर्खा सैनिकहरुले ०४७ साल असार २७ गते गोरखा भूतपूर्व सैनिक संघ (गोभूपू सैनिक संघ) स्थापना गरेर सामूहिक आवाज उठाए । यो आवाज यति सशक्त भयो कि नेपाल सरकार आफु नाङ्गिने डरले आधिकारिक रुपमा कुनै आवाज उठाउन चाहेन । यो संघले ०५३ फागुन १९ गते काठमाडौंमा पहिलो पटक खुल्ला आमसभा गरेर बेलायत सरकारले गोर्खा सैनिकलाई गरेको भेदभाव विरुद्ध खुला चुनौती दियो । जुन चुनौती सरकारद्वारा नियन्त्रण भएका सञ्चारमाध्यमहरुले प्रसारण गरेन । राष्ट्रिय महत्वको विषयमा सरकार मौन रहन पृथ्वीनारायण शाहको 'जातीय चिन्तन' हावी भएको कुरा स्पष्ट भयो । वस्तुतः सञ्चार माध्यममा रहेका नेतृत्व वर्ग जातीय सवालमा गोर्खा सैनिक भैजाने जातिभन्दा फरक जातिका थिए । त्यसबेला शासक जातिको वर्गले युद्धको विभिषिका भोग्न नपरेकोले यो विषयमा मौन रहेको निष्कर्ष निकालियो जसले गर्दा सरकार ज्यादै आलोचित बन्यो ।

पशुपतिमा ४० वटा बादर मर्दा राष्ट्रिय महत्वको विषय बनाउने हिन्दू चिन्तनले ग्रसित राज्य सत्ताले आफ्ना नागरिक मरेको र ठगिएको विषयलाई चर्चा गर्न चाहेन किनकी गिरिजाप्रसाद कोइराला, सूयबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी जस्ता तत्कालिन राजनेताका अघिल्ला वंशजले युद्ध भोगेन र उनीहरुले सदा ठानिरहे कि यो पूर्वका राई-लिम्बू र पश्चिमका मगर, गुरुङ, शर्पा र तामाङको समस्या हो ।

यद्यपि संघ आफैले चार सुत्रीय माग राखेर थालेको आन्दोलनबाट व्रिटिस सरकार क्रमशः झुक्दै गयो । संघको समानताको आन्दोलनले नै हाल बहालमा रहेको बेलायती गोर्खाली सेना बीच युनिभर्सल पेको आधारमा समान रकम दिन थालिएको छ भने कार्यरत अवस्थामा मृत्यु भएका बेलायती सैनिक सरह क्षतिपूर्ति दिने नीति तयार भएको छ । यसैगरी सेवा अवधि १५-२२ वर्षो असमानता थियो भने हाल १७-२२ वर्षको सेवा अवधि पुर्‍याइएको छ । गोभूपू को आन्दोलनको चरणसँगै विभिन्न उतारचढावहरु पनि देखिएको छ । यसमध्य नेपाल भूतपूर्व सैनिक संघले गोर्खा भूतपूर्व सैनिक संघको आन्दोलनलाई विफल पार्न विभिन्न प्रचारबाजी गर्दै आएको छ । यद्यपि गोर्खा भूतपूर्व सैनिक संघको आन्दोलनलाई विफल पार्न विभिन्न प्रचारबाजी गर्दै आएको छ । यद्यपि गोर्खा भूतपूर्व सैनिक संघले सम्पूर्ण पीडित पक्षको वकालत गर्दै आएको छ भने नेपाल भूतपू सैनिक संघले कांग्रेसको पृष्ठ पोषण गर्दै आएको छ । संघको हेर्राईमा नेभूपू सैनिकहरु सरकारद्वारा सञ्चालित पिठ्ठुहरु हुन् । गोभूपूको आन्दोलन सफल भएमा सरकार ना¬निे भएकोले र ब्रिटिस सरकार झुक्नु पर्ने भएकोले नेपाल बेलयात सरकारको तर्फाट प्रयोग भएको बताइन्छ । प्रवृत्तिगत आधारमा हेर्ने हो भने पनि नेभूपू संघ कांग्रेसको भातृ संगठनभन्दा माथि उठ्न सकेको छैन ।
यहिबीच गोभूपू सैनिक संघको आन्दोलनलाई विफल पार्न नेपाल भूतपूर्व सैनिक संघ कम्मर कसेर लागेको थियो । तर, उक्त संगठन काग्रेसी कोखमा जन्मिएकोले गोभूपू विरुद्धको उसको अभियान सोचेंजस्तो सफल हुन सकेन । किनकि गोभूपू सैनिक संघमा सबै पूर्व गोरखा सैनिकहरु पेशाको आधारमा संगठित थियो भने नेपाल भूतपूर्व सैनिक संघ राजनीतिक पार्टीको भातृ संगठनको रुपमा स्थापित थियो । तत्कालिन अवस्थामा नेपाली काँग्रेसको सरकार भएकोले गोभूपूको आन्दोलनले उचाईं लिएमा काग्रेस सरकारलाई दवाव पर्थ्या । काग्रेस यो दवाव नआवोस् भन्ने चाहकोले नै नेपाल भूतपूर्व सैनिक संघ गठन गरेर गोभूपूको आन्दोलनलाई गलत भनिरहेको थियो । गोभूपूको आन्दोलनलाई गलत भन्ने अर्का संगठन नेपाल स्वतन्त्र भूतपूर्व सैनिक संगठन पनि अग्र स्थानमा आउछ । तर, उक्त संगठन पनि राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठनको रुपबाट आरोपित भएकोले गोभूपू प्रतिको उसको आरोप कमजोर रहयो । सो संगठनले गोभूपूको आन्दोलनलाई 'कम्यूनिष्टको आन्दोलन, ठगहरुको पैसा उठाउने दस्ता' जस्ता आरोप लगायो जुन आरोप मिरर ०९/१०/२०० मा र टेल्रि्राफ ०८/१०/२०० मा प्रकाशित भएका छन् । गोभूपू संघले पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गर्दै सो संगठनका दुर्गाप्रसाद गुरुङले व्रिटिसको भत्ता खाएर बोलेको बताएका थिए ।

गोभूपू सैनिक संघले अन्य समानान्तर संगठन, राज्य र बेलायतसग गरी एकै पटकमा तीन वटा शक्तिसग जुधिरहेको छ । र, आफूलाई पनि परिमार्जित गर्दै लगेको छ । गोभूपू सैनिक संघले समानान्तर संगठन भन्दा आफूलाई फरक देखाउन काठमाडौंमा गोर्खा यूव संघ गठन गरेको छभने सुनसरीमा किशोर थुलुङ (चर्चित गायक खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा) को संयोजकत्वमा गोर्खा युवा मञ्च गठन भएर पूर्वाञ्चल स्तरीय गोभूपू सम्बन्धि फोटो प्रदर्शनी गरिसकेको छ । बेलायतले गोर्खाली फौजमाथि गरेको अन्यय र बेलायती सरकारको लागि गोखाली फौजले गरेको त्यागको फोटो प्रदर्शनीले अत्याधिक सफलता पाएका काण तीन दिनको समय बढाएर चार दिन बनाउनु परेको थियो । जुन फोटो प्रदर्शनी तत्कालिन युवाराज दीपेन्द्र वीर विक्रम शाहले पनि रुचि पूर्वक हेरेक थिए ।

सार्वजानिक महत्वको विषयः

बेलायत साम्राज्यमा घाम अस्ताउन नदिने गोर्खा लडाकुहरुलाई अमानवीय ढंगले कटौती गर्दा नेपाल सरकारलाई चासोको विषय बनेन । नेपाल सरकारले महत्व नदिए पनि गोभूपूको सवाल र्सार्वजनिक तथा अन्तराष्ट्रिय महत्वको विषय बन्यो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कति सुन आउँछ-जान्छ त्यसको लगत थाहा हुने सरकारलाई नेपाली जनता कहा" के भए वास्ता हुँदैन । यसको अर्थ के भने निर्णायक शक्तिमा र्राई, लिम्बू, मगर, गुरुङ, सुनुवार, तामाङ, शेर्पा इत्यादिलाई स्वीकारेका छैनन् । यद्यपि, लाटाको खुट्टा बाटामा पार्नका लागि गोभूपू सैनिक संघले आफ्नो तर्फाट विभिन्न प्रयास गरिरहेको छ । यसै क्रममा ०५६ पौष १, २ र ३ गते काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन गरेर विश्वका पत्रकारहरुलाई बेलायतको अमानवीय तथा भेदभावपूर्ण व्यवहार र नेपाल सरकारको 'एक जातीय' चिन्तनबारे स्पष्ट गर्राईदियो । यसैगरी जेनेभा अन्तराष्ट्रिय मानवअधिकारबादी समेलन क्यूबामा समेत गोभूपूले बेलायत सरकार बाहुनवादी शैलीको नेपाली सरकारलाई नाङ्गो झार बनाइसकेको छ ।
गोभूपू सैनिक संघको यो कार्यले थर्कमान बनेका बेलायत सरकारले बेलायती विदेशमन्त्री रविन कुकलाई नेपाल पठायो । नेपाल सरकारले माओवादी समस्या बढेको भनेर कुकको ध्यान मोड्न माओवादी क्षेत्रमा प्रहरीद्वारा ब्यापक तोडफोड गर्न लगायो । रविन कुकको थोरै ध्यान मोडिए पनि पेन्सनको सवालमा भने बूढा पेन्सनहरुले रविन कुकलाई 'समान पेन्सन हुनर्ुपर्छ' भन्ने माग राखेपछि नेपाल सरकारको हैसियत भन्दा गोभूपू सैनिक संघको हैसियत उच्च स्तरमा मूल्याङ्कन भयो । एउटा सरकारले उठाउन नसकेको कुरा सामान्य ठानिएको एउटा संगठनका पूर्व सैनिकले उर्ठाईदिए ।
गोर्खा भर्तिको सवालमा सरकार संवेदनशील नभएको कुरा त सञ्चारमाध्यममा गोभूपू सैनिक संघको समाचार द्यबिअप यगत गरेबाट थाहा पाइन्छ । यसैगरि बेलायत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री रामशरण महतले पनि गोर्खा समस्या र यसको समाधानको बारेमा स्पष्ट कुरा राख्न सकेनन् । नेपाल सरकारको प्रतिनिधित्व गर्ने दुवैले 'महङ्गीको आधारमा सामान्य पेन्सन बढाइदिनु पर्ने' माग राखे । राष्ट्रको प्रतिनिधित्व गरेर गएको व्यक्तिले अत्यन्त निच ढङ्गले राखेको यो प्रस्ताव लज्जाजनक थियो । जब कि एउटा गोभूपू सैनिक संघले समान पेन्सको कुरा उठाएको छ भने राष्ट्रप्रमुख भिख मागे सरह पेन्सन मागेर नेपाल फर्किएका थिए ।
जनताप्रति संवेदना नभएका बाहुवादी शासकहरुका कारण नै गोर्खा सैनिक समस्या जटिलताभित्र अल्मलिदै ढिलो गतिमा बढिरहेको छ । वि.सं. ०५५ मा प्रतिनिधि सभा तथा परराष्ट्र मानव अधिकार उपसमिति भनेर गठन भएको सांसदहरुको आयोगले बेलायतले नेपाललाई भेदभावपूर्व व्यवहार गरेको र सो समस्या समाधान गर्न नेपाल-बेलायतबीच वार्ता हुनुपर्ने इत्यादी प्रतिवेदन सरकारलाई बुझाएका थिए । तर, रमाइलो के भयो भने सो समितिका सदस्यहरुमा जयप्रकाश आनन्द, नवराज सुवेदी, हिक्मतबहादुर शाही र देवशंकर पौड्लमध्ये जयप्रकाश आनन्द सञ्चारमन्त्री हु"दा पनि गोभूपू सैनिक संघको सरकार नियन्त्रित सञ्चार माध्यमबाट समाचार प्रसारण भएन । सरकार बाहिर हु"दा क्रान्तिकारी हुने र सरकारमा बसेपछि केही थाहा नपाउने चरित्रका कारण नै गोर्खा सैनिक समस्या सरकारी तहबाट नै उपेक्षामा परेको अनुमान गर्न सकिन्छ ।
सरकारले आफ्नो जनताको कुरा राख्न नसकेपछि गोभूपू आफैले पहल गरी गोर्खा समस्या अन्तराष्ट्रियकरण गर्राईसकेको छ । आफैले थालेको यो आन्दोलनको फाइदाबारे गोभूपू सैनिक संघ सुनसरीका अध्यक्ष भक्तसेर राईले त्यसबेला भन्नुभएको थियो-र्'र्सवप्रथम त वैचारिक रुपले स्पष्ट बन्न सक्यौं र सबैलाई चेतना भर्न सक्यौं यही ठूलो उपलब्धि हो । हिजोको हलो कोदालो गर्ने किसानलाई आज बेलायत विरुद्ध मुद्दा हाल्न तयार गरिरहेको छौं ।' बेलायत निवासी हर्रि्रसाद थापाले पनि बलायती रक्षा मन्त्रालयलाई विपक्ष बनाई गोर्खा सैनिकलाई पेन्सन असमान गरेको भनेर मुद्दा हालेका छन् । यी तमाम कार्यक्रमले नेपाल सरकारद्वारा महत्व नठानिएको विषय अझ र्सार्वजनिक महत्वको विषय बन्दै गइरहेको छ ।

त्रि-पक्षीय सन्धिका कुराः

नेपालका तत्कालिन प्र.म. पद्म सम्सेरसँग बेलायत सरकारले गरेको त्रिपक्षीय सम्झौतामा-नेपाली सेनालाई भाडाको सैनिक बनाउन नहुने, नेपाली सेनालाई नेपाल विरुद्ध तथा हिन्दू विरुद्ध प्रयोग गर्न नहुने, सेनामा कार्यरत बेलायती नेपाली सेनाका बीचमा पदोन्नती कल्याण र अन्य सुविधामा फरक गर्न नपाइने तथा नेपाललाई अत्याधुनिक साधन सम्पन्न बनाउनका लागि हतियार कारखाना बनाउन र केही सैनिक परिवहन विमान दिन सघानु पर्छ' भन्ने सवालमा हस्ताक्षर भएका थियो ।
अनुसूची ३ मा उल्लेखित माथिका सबै सवालहरुको अन्तिम १२ नम्बर बुँदामा 'माथि भनिएका सबै बुँदाहरु कालान्तरमा हस्ताक्षर गरिने सन्धि वा सम्झौतामा समाहित गरिनु पर्नेछ' भन्ने शब्द जोडेर धोकापूर्ण सन्धि भयो । यही बु"दाका कारण बेलायतीहरु आफूलाई चोरबाट लुकाउँदै हिड्न सफल भएका छन् ।
'वास्तवमा त्रिपक्षीय सन्धि नेपाल-बेलायतबीचको निर्ण्रय सन्धि नभई भारत स्वतन्त्रपछि गोर्खाली फौज बाँडेर लिने कुरामा गरिएको सम्झौता हो । तर्सथ सन् १९४७ को सन्धिले गोर्खाली-बेलायती फौजलाई समान तलब र सुविधान प्रदान गर्नमा कुनै छेकबार गर्दैन । समान तलब दिन छेक्न सन्धि त भारत-ब्रिटिस बीचको द्विपक्षीय सन्धि हो, जहा" नेपालको कुने हस्ताक्षर नै छैन ।' (मूल्याङ्कन, ०५७ भाद्र, पूर्णाङ्क ७९ हरिगोविन्द लुर्इटेल कार्यकारी सम्पादक)

निष्कर्ष

नेपाल हिन्दू बाहुल्य राज्इ भएकोले यहाँ हिन्दूको अस्तित्व बाहेक अन्य कुनैकेा पनि सुनुवाई हुन्न । उदाहरणका लागि गोपाल गुरु¬ले नेपाल मंगोल अर्गनाइजेशन पार्टर्ीीोलेर चुनाव चिन्ह माग्दा निर्वाचन आयोगले चुनाव चिन्ह दिएन तर विश्व हिन्दू महासंघ नेपालले चुनाव चिन्ह दिइृ चुनावमा उठ्न उक्सायो । वास्तवमा सरकार पक्षले यो चिन्तन र सरकारी पक्षमा रहेका संयन्त्रमा बाहुनहरु हावी भएकोले नै अन्य धर्मावलम्बिहरु पछि पर्नु परेको हो ।
गोर्खा सैनिक समया ती जातीहरुको हो जो हरेक रुपले हिन्दू संस्कारबाट टाढा छन् । गोर्खाली सैनिक बनेका र्राई, लिम्बू, मगर, गुरुङ, तामाङ, शर्ेपा सुनुवार इत्यादी कोही पनि हिन्दू होइनन त्यसैले हिन्दूवादी दर्शनमा आधारित सरकार धार्मिकताको हिसाबमा मौन बसेका छन् । यसको साथै समान पेन्सन भएमा कुनै पनि गोर्खा सैनिकको आय स्तर बढ्न जाने र वृद्धि भएको आयस्तरले चेतनामा ल्याउने परिवर्तनस"ग पनि हिन्दूवादी सरकार डराएको छ । उनीहरुको ठम्याई छ-'एउटा सामान्य सिपाहीको पेन्सन अधिकृतभन्दा बढी हुने भएकोले स्तर मूल्याङ्कन हुन सक्दैन ।'
गोर्खा सैनिक समस्यामा राष्ट्रिय समस्या भएपनि हरेक पार्टी हिन्दू चिन्तनले लैश भएकाहरु नै प्रमुख भएकोले यसलाई गम्भिरतापूर्वक लिएका छैनन् । यो समस्याले किन सोचेंजस्तो उचाइ लिन सकेको छैनभने गोर्खा सैनिक समस्या आफै राजनीतिक समस्या बनाएर चुनावी मैदानमा उत्रन सक्दैन र अन्य पार्टी पनि यसलाई मुद्धा बनाउन चाहन्दैन । नेपालको हिन्दूवादी सरकारलाई दबाब दिन राजनीतिक दबाब नै चाहिने भएकोले उपयुक्त राजनीतिक शक्तिको चयन गर्नुपर्ने देखिन्छ या राजनीतिक पार्टीलाई मूल मुद्दा नै बनाउन लगाउने वातावरण सृजना गर्नुपर्छ मुख्यतयाः मगरात क्षेत्रबाट जनयुद्ध शुरु गरेर सरकारमा समेत गइसकेको माओवादी नेतृत्वले नीतिगत रुपमा गोर्खा सैनिक समस्याको निकास नखोज्नु दुर्भाग्यपूर्ण मानिएको छ । अर्थात, माओवादीका नेतृत्व वर्ग पनि बाहुन नै भएको आधारमा त्यतिकै छोडेर जान्छन् कि - यो सैद्धान्तिक अस्पष्टतालाई माआवादीले चिर्न आवश्यक छ । जातीय राज्यको अवधारणा बोकेको माओवादी पार्टी जनयुद्धमा गोर्खा भर्ति जाने समुदायलाई जातीय राज्यको लोभ देखाएर सम्बन्धित जातिको प्रयोग गरेकोले गोर्खा समस्याको निकासको लागि पनि पहल गर्न आवश्यक छ 

किरात येले संवत्

अन्तर्राष्ट्रिय विचार गोष्ठीसम्बन्धी अवधारणापत्र

हाम्रो इतिहास हामी आफैले बनाउनु पर्छ । हाम्रो अस्तित्व हामी आफैले रक्षा गर्नुपर्छ ।
वर्तमान किरात जाति नेपालको सभ्याताको वैशिष्ठ्यताको आधारमा प्रथम शासक किराती राजाहरुको सन्तान दरसन्तान हुन् । राज्यसत्त वा राजनीति आश्चर्यको विषय हो जहाँ पराजित वा शक्तिहीन वा शक्तिच्युत भएकाहरु समयको गर्भभित्र विलुप्त हुन्छन् । त्यसमाथि विजय हाशिल गर्ने पक्ष वा शासकले पराजित हुनेहरुलाई कसरी व्यवहार गर्छ भन्ने कुराले पराजित हुने समूह वा व्यक्तिको बाँकीटाँकी रहेको अस्तित्व निर्धारण गर्ने थप भूमिका खेल्दछ । किरातीहरुको सन्दर्भमा दमनको रोटी लिच्छवी मल्ल शाह राणा हुँदै पाचायती कालसम्म आइपुग्दा दोहोरो तेहरो चौहरो नै पाकेको छ अर्थात् सकेसम्म किरातीहरुलाई रसातलमा पुर्याउने काम भएको छ वामनले बलिहाङको सर्वश्व लुटेपछि टाउकोमा टेकेर रसातलमा पुर्याएजस्तै । यसउसले गर्दा किरातहरु नेपाली सभ्याताको बिजारोपण गर्ने मात्र होइन त्यसलाई समृद्ध बनाउने पात्रहरु भए पनि त्यसको परिणाम हात पार्नुको सट्टा जहिल्यै आफ्नो अस्तित्व रक्षाको लागि लागिपर्नु पर्यो । तर हरेक कुराको सीमा त अवश्य हुन्छ आयु त तोकिएकै हुन्छ । अव त्यो दुरावस्था टुङ्गिएको हो कि ! हाम्रा अग्रजहरुको बलिदानको भारले अब भने किरातीहरुको दुर्नियतीलाई किचेको हो कि जस्तो छ अथवा पहराको कापमा पाखनवेद वा पिपलको विरुवा उम्रको हो । यसको माइलखुट्टीको रुपमा स्पष्ट रेखा त कति कोरिएको छ त्यो खुट्याउनै बाँकी छ । यद्यपि अब भने हाम्रा सभ्यताहरु उत्खनन् गर्ने क्रम आरम्भ भएका छन् हाम्रा इतिहासका विरासत ब्युँताउने क्रमहरु आरम्भ भएका छन् हाम्रा अस्तित्वका ध्वजाहरु फहराउने अभियानहरु थालिएका छन् । यसको ज्वलन्त प्रयास ुकिरात ये।ले। संवत्ु र येलम्बर हाङलाई नेपालको विभूतिको रुपमा स्थापित गर्ने अभियानलाई लिन सकिन्छ । यस्ता महानतम् कार्यहरु त्यसबेला मात्र सफल हुन्छ जब सम्बन्धित समुदाय र समुदायका अगुवाहरु त्यस महायज्ञमा सहभागी हुन्छन्। युगले सुम्मपेको जिम्मेवारी आजका किराती समाजका अगुवाहरुले निर्वाह गर्नु नै पर्छ अन्याथा अब आउने पुस्ताले साचिकै सराप्ने छन् र भन्नेछन्ः हाम्रा पूर्वजहरुले हामीलाई परिचय विहीन बनाए गौरव शून्य बनाए । यसउसले हाम्रो काधमा युगले सुम्पेको सुम्पेको ऐतिहासिक दायित्व निर्वाह गर्न सबै एकजुट भएर अगाडि बढौँ ।
किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीका आयोजनाको आवधारणात्मक पक्ष निम्नअनुसार रहेका छन्।
किरात समुदाय याक्खा सुनुवार लिम्बू राई आदि भन्नाले गोपाल वंश र महिषपाल वंशपछि ३२ पुस्ता गोपालराज वंशावली अनुसार सम्म राज्य गरेका किरात वंशी राजाहरुको सन्तति भएको तथ्यमा विश्वास गरिएको छ । किरातहरुको शासन नै नेपाली संस्कृतिको उत्पत्ति काल हो भन्ने ऐतिहासिक आधारलाई मान्दै वर्तमान नेपालको वल्लो किरात माझ किरात पल्लो किरात क्षेत्र सुगौली सन्धिका कारण भूगोलसँगै तत्कालीन सिक्कम दार्जिलिङ आदि वर्तमानको भारतमा बसोबास गर्दै आएका र प्रवाशमा भएका किरात समुदाय मुन्धुम धर्मदर्शन भएका प्रकृति पूजक मौलिक सामाजिक सांस्कृतिक परम्परा भाषा लिपिले सम्पन्न नेपालका आदिवासी भूमिपुत्रहरु हुन् ।
ड्डकिरात समुदायहरुले आफ्नो धर्मलाई किरात धर्मु भनी भन्ने गर्दछन् । वि।सं। २०५८ को जनगणनाअनुसार यो धर्म मुलुकको चौथो ठूलो धर्मको रुपमा स्थापित भएको छ ।
ड्डकिरात समुदायमा किरात येले संवत् प्रचलित रहेको छ । तर यसको नाम विविधता जुन समस्या हाल समाधान भएको छ वर्ष गणना हालको गणना ५०६९ वर्ष नेपालको तथ्यगत इतिहासअनुसार फरक रहेको छ । नेपालको तथ्यगत इतिहासको आधारमा यसको पुनः निक्र्योल हुन आवश्यक छ ।
ड्डमिति २०६५ माघ १८ गते नवसमन्वयको एकल पहलमा ुये।ले। संवत्ः ऐतिहासिकता र समसामयिक सन्दर्भु बिषयक अन्तरकि्रया कार्यक्रम सम्पन्न भएपछि त्यसलाई नै एकआधार स्तम्भको रुपमा लिएर पुनः नवसमन्वय र मुन्धुम् पब्लिकेसन् प्रा.लि.आयोजनामा मिति २०६६ साउन २६ गते येले। संवत्सम्बन्धी अन्तरकि्रया कार्यक्रम सम्पन्न भएपछि भदौं २२ गते बसेको किरात समन्वय समिति किरात याक्खा छुम्मा किरात सुनुवार सेवा समाज किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा को बैठकले किरात संवत् किरात एले संवत् ये।ले। संवत्ु आदि विविध नाममा प्रयोग हुँदै आएको संवत्लाई उपरान्त किरात येले संवत् को रुपमा प्रयोग गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
यहाँ किरात ये।ले। संवत् मा प्रयोग भएको येले शब्द प्रथम किरात राजा यलम्बरहाङको स्मृतिमा प्रयोग गरिएको हो । यसर्थ किरात येले संवत् यलम्बर आफैले चलाएको संवत् नभई स्मृति संवत् हो । यसर्थ पनि येले शब्दले विभिन्न इतिहासकारहरुले यलम्बर हाङलाई विभिन्न नामले चिनाएअनुसार जस्तै येलुङ कर्कपेटि्रक पृ.२५७ १८११ एलम् वज्राचार्य र मल्ल पृ. ७३ १९८५ यलम्ब माबुहाङ पृ. ४८ २०४७ यलम्बर शर्मा पृ. ६४ २०३३ आदिको प्रतिनिधित्व गर्दछ भन्ने विश्वास किरात समुदायको रहेको छ । येले शब्दको सम्बन्ध यल यलुङ ललितपुरु सँग कति हदसम्म छ त्यो पनि यहाँ स्मरणयोग्य नै हुन आउँछ ।
ड्डप्रथम किरात राजा यलम्बरहाङको स्मृतिमा किरात येले संवत् किरात समुदायमा स्थापित भइसकेको अवस्थामा इतिहास सम्मत ढङ्गले प्रथम किरात राजा यलम्बरहाङको शासनकाल खुट्याउने र त्यसअनुसार किरात येले संवत् को वर्ष गणना निर्धारित गरिदिनु आजका इतिहासकार र संवत्विद्हरुको परम् कर्तव्य हुन आएको छ ।
ड्डुकिरात येले संवत् को प्रामाणिकता वा किरात येले संवत् लाई मान्यता प्रदान गर्नु गणतन्त्र नेपालको संविधानको समावेशी सिद्धान्त अङ्गीकार गर्नु मात्र नभई नेपालको इतिहासमा सबैभन्दा लामो शासनकाल रहेको किरातकालीन सभ्यतालाई मान्यता दिनु र त्यस कालखण्डको थप अध्ययन अनुसन्धान गरी हाम्रै इतिहासको जग बलियो बनाउनु पनि हो जुन हामीले विगतमा गर्न सकेका छैनौँ ।
ड्डुकिरात येले संवत् ले सामाजिक मान्यता त पाइसकेकै छ । अब यसले राजनीतिक मान्यता पाउनु पनि वाछनीय हुन्छ । यसको लागि पनि विशुद्ध प्राज्ञिक काम अर्थात् किरातकालीन सभ्यता राजाहरुको कालक्रम राजनीतिक आर्थिक धार्मिक कला आदि को केस्राकेस्रा अध्ययन आजको आवश्यकता हो र यसमा इतिहासकारहरुलको समर्पणको माग समयले गरेको छ ।
ड्डयलम्बरहाङलाई राष्ट्रिय विभूतिको रुपमा राज्यले गर्नुपर्ने सम्मान तर राज्यले यसो नगरिरहेको अवस्थामा सबै मिलेर यलम्बरहाङलाई राष्ट्रिय विभूतिको रुपमा स्थापना गर्नु पनि वााछनीय रहेको छ ।

किरातः जाति कि सभ्यता ?

पछिल्लो समय माओवादीले छुट्टै लिम्बुवानको अवधारणा ल्याए पनि 'खम्बुवान' लाई किरात प्रदेशकै नाममा निरन्तरता दिएको देखिन्छ । मुख्यतः किरात शब्द आफैंमा मौलिक नभएको हुँदा यसले किरात राष्ट्र र राष्ट्रियता निर्माण गर्न नसक्ने भएकोले किरात प्रदेशको अवधारणा अन्यौलपूर्ण हुने एकथरी विद्वान्हरुको मत छ । विगतमा आर्यहरुले आफूभन्दा भिन्न नश्ल र सभ्यता भएका जातिलाई सम्बोधन गर्न किरातु शब्द प्रयोग गरेकाले किरात भित्र कुनै निश्चित एक जातिमात्र पर्छ भन्ने तर्क भ्रमपूर्ण देखिन्छ । एसके चटर्जीले आपुनो शोधग्रन्थ 'किरात जनकृति' मा उल्लेख गर्नुभएअनुसार गौतम बुद्ध पनि शुद्ध वा आंशिक किरात थिए । अझ जर्ज म्यान्ड्रिमको मतअनुसार किरात महाजाति हुन् ।


कुन-कुन जातिहरु किरात हुन्

अब प्रश्न उठ्न सक्छ उसो भए को हुन् त किरातहरु यो प्रश्नको जवाफ त्यति सजिलोचाहिँ छैन । किरात इतिहासबारे अध्ययन अनुसन्धान एवम् खोज गर्नेहरुको निष्कर्षले किरात 'जाति' नभएर 'सभ्यता' भएको सत्य देखाउँछ । किरातले कुनै एक निश्चित जातिको प्रतिनिधित्व गर्दैन बरु आर्य सभ्यताभन्दा छुट्टै सभ्यता भएका अनेक जातिहरुको संयुक्त सभ्यतालाई किरात भनिएको देखिन्छ । यसरी हेर्ने हो भने पूर्वी नेपालका राई लिम्बू याक्खा सुनुवारमात्र किरात होइनन् । किरात इतिहास एवम् संस्कृतिका खोज तथा अनुसन्धाता स्व। इमानिसंह चेम्जोङका अनुसार 'वर्तमान समयमा लिम्बू र राईमात्र किरातका रुपमा प्रख्यात भए तापनि गुरुङ मगर थकाली सुनुवार थारु तामाङ शेर्पा कागते लाप्चे मेचे कोचे धिमाल थारु दनुवार किरात हुन् । त्यसरी नै अर्का खोज तथा अनुसन्धानकर्ता डोरबहादुर विष्टका अनुसार ुकिरात सन्तानहरुमा आपुनो मातृभाषाको रुपमा तिब्बत-बर्मेली भाषिकाहरु बोल्ने राई लिम्बू सुनुवार हायू गुरुङ मगर थकाली श्रेचे र काठमाडौंका पहिलेका सम्मिश्रण रहेको कुरामा धेरैको मत मिल्न जान्छ । थारु जातिको चर्चा गर्ने क्रममा राहुल सांकृत्यानले लेख्नुभएअनुसार हिमाली जातिहरुको भाषा तथा कुराको अध्ययनबाट थाहा हुन्छ कि हिमालय र त्यसको तराई क्षेत्रमा पाजाबदेखि कश्मिरसम्म बसोबास गर्ने आदिवासी किरात थिए । त्यस्तै अर्का खोजकर्ता सुनीतिकुमार चटर्जीको भनाइमा कश्मिरदेखि थाइल्याण्डसम्मका हिमाली तथा पहाडी भेगमा बस्ने भोट-बर्मेली तथा चिनी-बर्मेली भाषा परिवारका भाषा बोल्ने सबै मंगोलियनहरु किरात हुन् । यसबाट किरातभित्र बहुल जातिको अस्तित्व भएको कुराको पुष्टि हुन्छ । त्यस्तै श्री गोयलको मतमा नेपालका नेवार लेप्चा मगर गुरुङ यी सबै किरातका विभिन्न शाखा हुन् ।

यसरी किरात कुनै निश्चित जाति नभएर विभिन्न जातिहरुको सामूहिक रुप हो भन्ने तर्क दिने धर्मरत्न यमीका अनुसार हिमालयका विभिन्न क्षेत्रमा बसोबास गर्ने मगर गुरुङ कुसुण्डा खस लिम्बू खम्बू तामाङ चेपाङ धामी भिस्सा न्यानो नोहाङ नेवार इत्यादिको बोलचालबाट थाहा हुन्छ यी जनसमुदाय किरात जातिका थिए । त्यस्तै प्राज्ञ केशवराज िपंडालीका अनुसार ुइतिहासविद्हरुका अनुसार वर्तमान नागाल्याण्डका नागा आसामका खासी गारो तथा चुनिया जातिहरु नेपालका थारु अहिले ज्यापू कहलिएका कतिपय थरीहरु किन्नोर उपत्यकाका किन्नरहरु कुमाउ-गढवालका राजकिरात सबै किराती हुन् । यसरी नै अर्का विद्वान् नरहरिनाथका अनुसार यक्षका सन्तान हौं भन्ने आजका गुरुङ मगर राई लिम्बू सुनुवार याक्खादेखि पहाड र हिमालयमा पाइएका अस्तित्वको सङ्घारमा पुगेका थुप्रै जातिहरु किरात हुन् । त्यस्तै हर्षबहादुर बुढा मगरको मतमा ुहिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर लिम्बू राई तामाङ च्यापुङ नेवार आदि किरात हुन् । यसरी थुप्रै विद्वान् खोज तथा अनुसन्धानकर्ता इतिहासविद्हरुका अनुसार किरात कुनै निश्चित जाति होइनन् बरु अनेक जातिहरुको संयुक्त सम्बोधन हो भन्ने बुझिन्छ ।

कसलाई भनिन्छ  किरात

आखिर किरातहरु को हुन् र कसरी उनीहरु किरात कहलिए भन्नेबारेमा चर्चा गर्नु पनि सान्दर्भिक हुनेछ । प्राचीन हिन्दू धर्मशास्त्र वेद पुराण स्मृति एवम् संस्कृत साहित्यहरुमा ुकिरातु शब्दको उल्लेख गरिएको पाइन्छ । जहाँ किरातहरुलाई म्लेक्ष गोमांस भक्षक शुद्र मूर्ख आदि शब्दहरुद्वारा अपमानित गरेको पाइन्छ । भगवत् महापुराणमा ुशठ किरातु भनेर लेखिएको पाइन्छ । वेदले आर्यलाई गोरो अग्लो र सुन्दर मोहडाको र किरातलाई काला पहेंला वर्णका आर्यभन्दा पुड्का नेप्टा वैदिक देवताप्रति उदासीन यज्ञ हवन आदि नगर्ने संस्कृतबाहेकका अस्पष्ट भाषा बोल्ने स्नान मन्त्र उच्चारण नगरी खाना खाने जातिका रुपमा वर्णन गरेको छ । यसबाट के स्पष्ट हुन्छ भने किरात स्वयम् जाति नभएर आर्यहरुले आपुूभन्दा छुट्टै सभ्यता भएका भिन्न जातिलाई गरिदिएको नामाकरणमात्र हो भन्ने कुरा बुझ्न सकिन्छ । यस्तै निष्कर्ष छ खोजकर्ता दुर्गाहाङ याक्खा राईको । उहाँका शब्दमा ुआर्य संज्ञाले एक खास नरवंशीय मातृभाषिक र सभ्यताको जातिलाई बुझाउँछ भने त्यस्तै किरात शब्दले पनि सो आर्यको भन्दा विपरीत शरीर संरचनाले पहेंलो रङको चिम्सो नेप्टो पुड्को आकृति भएको भिन्न मातृभाषिक र सभ्यताका जाति तथा उपजातीय समूहलाई जनाउँछ ।

किरात इतिहास र जातिका खोजकर्ता सर जोन हेमिल्टनको निष्कर्ष यस्तो देखिन्छ ुइ।पू। ४००० वर्षअघि पसर्िया खाडीको उत्तरी समतल भूमिमा दुइटा सभ्य जाति बस्दथे । उत्तरी मैदानमा बस्नेलाई ुअकार वंशु र दक्षिणी मैदानमा बस्नेलाई ुसौमर जातिु भन्दथे । सौमर अर्थात् मंगोल वंशको एउटा ठूलो जमात्ले इ।पू। ३००० मा पूर्व दिशामा आई चीन राज्य स्थापना गरेको थियो । यसै मंगोल दलको एक शाखा छुट्टिएर काबुल पाजाब हुँदै गंगा नदीको मैदानमा आई बसोबास गर्न थाल्यो । कैयौं पुस्तापछि आर्यहरुले यिनै सौमर वंशलाई किरात वंश भन्न थालेका हुन् भन्ने प्रमाण महाभारतमा पाइन्छ ।ु प्रसिद्ध इतिहासविद् ब्रायन हड्सनले पनि किरात शासनकालमा किरातहरुको अधिकार क्षेत्र गङ्गा नदीको मैदानसम्म पुगेको स्वीकारेका छन् । त्यस्तै हिन्दू धर्मशास्त्र योगिनी तन्त्रमा पनि किरातको उत्पत्ति काबुलको उत्तर दिशामा रहेको कुशद्वीपबाट बसाइँ सरी आएको कङ्कती नाउँ गरेकी सुन्दरी कन्यासँग महादेवको सहवास हुँदा त्यसको परिणाम ती दुईलाई यथासमयमा एक स्वस्थ्य पुत्रलाभ भयो जसको नाउँ किरात रहेको उल्लेख छ ।

मुन्धुमी भाषाअनुसार काईलाशोको अर्थ नाता सम्बन्धपवित्र आसन हुने भएकोले त्यस बेला हिमाललाई सर्वोच्च आत्मा बस्ने पवित्र स्थान भनी ुकाइलाशोु वा कैलाश भनिन्थ्यो । र यही ुकाइलाशोु शब्द अपभ्रंस हुँदै काइलाशी काइलाती कैरती वा किरात भएको र यहीँ जन्मे हुर्के फैलिएका मानिस नै किराती भएको भनिएको छ । त्यस्तै अर्को तर्कअनुसार पारसी भाषामा पर्वत÷पहाडलाई ुकोहु र माला÷लहरालाई ुलता÷लतिकाु अर्थात् एकपछि अर्को उभिएका असङ्ख्य पर्वतमालालाई एकै शब्दमा ुकोहलातु ुकलातु भनियो । त्यसैले आजको नेपालको सुदूर पश्चिमपट्टि बग्ने सिन्ध नदी हिँडी देखि लिएर पूर्वपट्टि बग्ने ब्रम्हपुत्र नदी हाङपोडी सम्मको पर्वतमालालाई ुकलातु भनिन्थ्यो । सम्भवतः कलातवासीलाई ुकैलातीु केलाती भनियो र अन्ततः अपभ्रंस हुँदै किरात वा किराती भएको भनिएको छ ।
कसलाई किरात भनियो भन्नेबारे डा। स्वामी प्रपन्नाचार्यको मतानुसार संस्कृत शब्द ुकिरु को अर्थ समुन्द्रपर्यन्त भू-भाग हो भने ुअतु शब्दको अर्थ निरन्तर गमन गर्नु हो । त्यसो हुँदा नेपालदेखि समुन्द्रसम्मको भू-भागमा निरन्तर गएर पराक्रमले जितेर शासन गर्ने नै किराती हुन् । अर्को भनाइअनुसार नेपालमा किरात समुदायको उत्पत्ति तीन जातिको सम्मिश्रणबाट भएको भनिन्छ । मुन्धुमअनुसार ती तीन जाति खाम्बोङवा ताङसाङथा र मुनाफेन थिए । खाम्बोङवाहरु हिमाली प्रदेशका प्रथम आप्रवासी थिए । ताङ्साङ्या र मुनाफेन जातिहरु पछि आएर खाम्बोङ्वाहरुसँग मिसिएर एउटा ठूलो जातिको निर्माण भयो । तिनीहरुले हिमाल प्रदेशबाट भारत बर्मा श्याम भियतनाम मलाया फिलिपिन्स द्वीपमा छरिएर राज्यको स्थापना गरी आ-आपुनो इतिहास बनाए । किरात समुदायले उत्तर भारतबाट हिमााचल प्रदेशदेखि आसामसम्म र दक्षिणपूर्वी भारतमा मणिपुरदेखि चटगाउँसम्म ओगटेको इतिहासविद् इमानिसंह चेम्जोङको ठहर छ ।

किरात इतिहासको जरो पहिल्याउँदै जाँदा १० हजार इशापूर्वसम्म पुग्नुपर्ने हुन्छ । इ।पू। १० हजारतिरको सेरोफेरोमा किरात पुर्खाहरु क्यास्पियन सागरको उत्तर-पश्चिमी भागमा बस्दथे । त्यहाँबाट ुरोमाकुपाु भन्ने ठाउँमा सरेर ुमलेख्खाु नाउँले चिनिए । रोमकुपा भन्ने ठाउँमा बस्ने मेलेख्खा किरात पुर्खाहरु ग्रीसको आयोनिया टापुबाट उत्तरी इरान हुँदै बेबिलोनमा आइपुगे । उत्तरी इरानमा यी किरात असुर जातिलाई खम्बोज वा यमन भन्दथे । इशापूर्व ९५ सयको सेरोफेरोमा बेबिलोनबाट दक्षिण इथियोपिया आएका किरातहरुलाई असुर फारो राजवंश भनिए । इथियोपियाबाट मिश्रमा आएका किरात पुर्खाहरु ओसिरे वा ओसिरिस भन्ने नामले चिनिए । मिश्रबाट ओसिरे वा ओसिरिस नामले चिनिने किरात पुर्खा राजाहरु पसर्ियाको पूर्व-उत्तर भएर काबुल हुँदै इशापूर्व ९०० तिर सिन्धु घाँटी उपत्यकामा आएका थिए । यही सिन्धु घाँटीमा किरात असुर राजा सम्बरहरुले १८ पुस्ता एक हजार वर्ष सम्म राज्य गरेको इतिहास छ । यसरी नै पसरया र फारसको एक हाँगो पूर्व दिशा आई चीनबाट विभिन्न समयमा विभिन्न घटनाक्रमसँगै घुमिफिरी किरात पुर्खाहरु नेपाल प्रवेश गरेको तथ्यहरु पाइन्छ ।

हिन्दू धर्मग्रन्थ कुमारसम्भवमा किरातहरु पहाड पर्वत तथा जंगलमा बसोबास गर्ने जंगली आदिवासी भएको वर्णन गरिएको छ । तिनीहरुलाई म्लेच्छको दर्जा दिइएको छ । अर्का भारवीले आपुनो कृति किरातार्जुनीयम् १४औं शताब्दी मा किरातहरु हिमालय क्षेत्रको जंगलमा बसोबास गर्ने निम्नस्तरीय पर्वतेहरु हुन् भनेका थिए । कश्मिरका इतिहासकार तथा १४४० एवम् ११५० इश्वीबीच प्राचीन भारतका प्रथम सुप्रसिद्ध इतिहासकार कल्हणको पुस्तक राजतरंगिनीमा किरातहरु विन्ध्या पर्वत र राजपुतनामा बसोबास गर्ने केही आदिम् जनजातिहरुसँग सम्बन्धित भएको उल्लेख गरेका छन् । मनुस्मृतिमा किरातहरुको उत्पत्ति क्षेत्रीय कुलबाट भएको भनिएको छ । केहीले किरात शब्द केही सिनो तिब्बती आदिवासी नामको संस्कृतकरण हो भनिन्छ । पीसी चौधरीले पनि किरातहरु क्षेत्रीय वंशका थिए भन्ने मनुकै मतलाई समर्थन गरेका छन् । अर्का कश्मिरका बल्लभदेवद्वारा रचित शुभ सीतावली मा किरातहरु शिकारद्वारा जीवन निर्वाह गर्ने निम्नस्तरका पर्वते आदिवासी हुन् भनिएको छ । यसैगरी एचएच विल्सनले किरातहरुलगायत उत्तरका आदिवासीहरु क्षेत्रीय कूलका हुन् भनेका छन् । यसरी नै छेसियस दि निडियनले आपुनो पुस्तक इन्डिका मा ख्रीष्ट ३९८ मा संकलित किरातहरुको विशिष्ट शारीरिक गठन जीवनशैली बसोबास गर्ने प्रवृत्ति सामाजिक-राजनैतिक जीवन शीलस्वभाव बसोबास गर्ने वास्तविक ठाउँबारे उल्लेख गरिएको छ ।

प्रस्तुत तथ्यहरु तथा विभिन्न विद्वान्हरुको मतबाट अन्ततः के निष्कर्षमा पुग्न सकिन्छ भने वर्तमान समयमा लिम्बू राई सुनुवार र याक्खा जातिले मात्र आफूलाई किरात भनाउनुमा कुनै सत्यता छैन । बरु यी जातिहरुका अतिरिक्त अन्य थुप्रै जातिहरु र उनीहरुका सभ्यतालाई किरातु शब्दले प्रतिनिधित्व गर्छ ।

द्वापरयुगको शेषाङ्ककालीन किरात राजा यलम्वर

गोरखापत्रको १ सय ७ वर्षो इतिहासमा वर्तमानको वि.सं. २०६४ देखि 'नयाँ नेपाल' नामक पृष्ठहरु समावेशीकरणको एउटा फड्को भनेर नेपाल सरकारले सूचीकृत गरेको सीमान्तकृत वर्गहरुको मातृभाषा, लिपि, धर्म, संस्कृति, कला, साहित्य र इतिहासका विषयहरुमा सम्बन्धित अध्येता, इतिहासविद् अनुसन्धानकर्ताहरुका लेख, कविता र अनुसन्धानमूलक रचनाहरु प्रकाशन हुन थालेको हामी सम्पूर्ण नेपालीलाई अवगत भएकै हो । 'नयाँ नेपाल' शीर्षक रहेको प्रथम पृष्ठमा आवश्यकताअनुसार नै होला कहिले 'यले सम्वत्' कहिले 'विक्रम सम्वत्' र कहिले 'नेपाल सम्वत्' आदि उल्लेख गरेको देखिन्छ । यहाँ मेरो जिज्ञासा भनेको 'यले सम्वत्' हो। वि.सं. २०६४ मंसिर २५ गते मंगलबारको -इ.सं. २००७ डिसम्बर ११) गोरखापत्रको 'नयाँ नेपाल' लेखिएको पृष्ठमा यलेसम्वत ५०६७ उल्लेख भएको छ । अतः मैले यस विषयको सेरोफेरोमा केन्द्रीकृत भएर केही ऐतिहासिक तथ्य प्रकाश पार्ने प्रयास गरेको छु ।
यसै सर्न्दर्भमा र्सवप्रथम मैले सिलौटी राष्ट्रिय मासिक पात्रो रचना गर्नुहुने रानीटार-४ पान्थर मेची नेपाल निवासी श्री तिलविक्रम नेम्वाङको वि.सं. २०६१ को यलेसम्वतलाई ५०६४ भनिएको सर्न्दर्भ स्रोत लिएको छ । उक्त पात्रोमा किरात यलेसम्वत ५०६४ थेरेङनाम वि.सं. २०६१ वैशाख, इ.सं. २०६१ वैशाख, इ.सं. २००४ अप्रिल/मे भन्ने उल्लेख गरेको देखिन्छ । यस आधारमा वर्तमान २०६४ मा यलेसम्वत ५०६७ हुन आउँछ, जुनचाहिँ गोरखापत्रले स्वीकार गरेको देखिन्छ । यलेसम्वतको चर्चा किरात इतिहासविद् तथा संस्कृतिका ज्ञाता दुर्गाहाङ याक्खा राईले आफ्नो कृति 'किरात हिजो र आज' इ.सं. १९९८ को प्रथम संस्करणको पृ.नं. २४ मा गर्नुभएको छ । उक्त कथनलाई यस कलमीले यहाँ अक्षरशः साभार गरेको छ । खुदै किरातहरुले नेपालमा किरात राजा संस्थापक यलम्बरहाङको संस्मरणमा चलाइ ल्याएको येलेदोङ -किरात सम्वत) पनि इशुख्रिष्टको मृत्युपूर्व ३०६१ वर्ष छ, जसको ऐतिहासिक रहस्योद्घाटन हुन बाँकी नै छ । श्री दुर्गाहाङ महोदयको कथनलाई अध्ययन गर्दा किरात सम्वत अर्थात येलेदोङ इशुख्रिष्टको मृत्युपूर्व ३०६१ वर्ष छ । यी अंकहरुलाई गणितीय योग गर्दा वर्तमान वि.सं. २०६४ -इ.सं. २००७/२००८) मा यलेसम्वत २०६१/२००७/५०६७ वर्षहुन आउँछ । तर गोरखापत्रको वर्तमान वि.सं. २०६४ मा यलेसम्वत ५०६७ मात्र उल्लेख भएको देखिन्छ । यहाँ एक वर्षे रुजु हुन सकेको छैन । तर, गोरखापत्र र सिलौटी राष्ट्रिय मासिक पात्रो यी दुईको यलेसम्वत भने ठ्याक्कै रुजु हुन गएको देखिन्छ । वर्तमान नेपालमा किरात इतिहास निर्माण गर्ने क्रममा कलम चलाउनेहरु प्रशस्तै देखिन्छन् । यस क्रमलाई हामीले प्रशंसा गर्नुपर्ने नै हुन्छ । हालसम्म नेपालमा किरात इतिहास निर्माण गर्नेहरु स्व. श्री इमानसिह चेम्जोङ र श्री दुर्गाहाङ याक्खा राईको नाम शीर्ष स्थानमा रहेको छ । उहाँले लेख्नुभएको 'इशुख्रिष्टको मृत्युपूर्वको ३०६१ वर्ष छ' भन्ने अंकलाई स्वीकार गर्नुभएको छैन भन्ने संकेत पाइन्छ र अगाडि लेख्नुहुन्छ- जसको -३०६१ वर्ष ऐतिहासिक रहस्योद्घाटन हुन बाँकी नै छ भन्ने मन्तव्य व्यक्त गर्नुभएको छ । यसै सन्दर्भमा इ.सं. २००७ दिसम्बर १४ को ब्लाष्ट दैनिकले किरात इतिहासमा चासो राख्ने श्री लक्ष्मण आठाप्रे किरातको लेख प्रकाशित गरेको थियो । सो लेखमा उल्लेख भएको सान्दर्भिक कथन यहाँ साभार गरेको छु । शंखधर साख्वाको ११२८ को सम्वत् र यलेसम्वत ५०६८ भनीकन प्रमाणित गर्न हामीसँग के आधार छ त - यहाँ आठाप्रेजीले यले सम्वतको बारेमा अनभिज्ञता प्रकट गर्नुभएको आभाष पाइन्छ । गोरखापत्रको नयाँ नेपाल पृष्ठमा लेखिएको यले सम्वतले किरातहरुका ऐतिहासिक प्रथम राजा यलम्बरलाई संस्मरण गराउँदछ ।
नेपालको इतिहास लेख्नेहरुमा सर्वप्रथम हात हाल्ने युरोपियनहरुमा कर्र्णोल कर्कपेटि्रक नै हुन् । उनले इ.सं. १७९३ मा नेपाल भ्रमणपश्चात् इ.सं. १८११ मा लण्डनबाट अकाउन्ट अफ द किङ्गडम अफ नेपाल नामक इतिहास प्रकाशन गरेका थिए । सोही इतिहासको भारतीय संस्करण इ.सं. १९९६ को पृष्ठ नं. २५७ मा नेपाल उपत्यकामा राज गर्ने जम्मा २७ जना किरातवंशका राजाहरुले शासन गरेका थिए । यी राजाहरुमा प्रथम राजाको नाम एल्लुङ उल्लेख भएको छ । यो नाम निश्चय पनि संस्कृत भाषाको जस्तो सुन्नमा आउँदैन । यी किरात राजाहरुले 'जम्मा १६३० वर्षराज गरे' भने पनि कर्कपेटि्रकले 'लगभग ८०० वर्षराज गरे' भन्ने तथ्य प्रस्तुत गरेका छन् । त्यस्तै योगी नरहरिनाथले 'सन्धिपत्र संग्रह'मा नेपालका किरात राजाहरुको वंशावलीमा प्रथम किरात राजाको नाम एलम लेख्नुभएको छ । यिनै यलम्बर, एलम अथवा एल्लुङले नेपाल कहिलेदेखि शासन गर्न थाले - सोही समयलाई किरात सम्वत् अथवा यले सम्वत नामकरण हुनु आजको सान्दर्भिक मान्यता हो । नेपालको किरात राजवंशको सन्दर्भमा भारतका प्रख्यात इतिहासविद् डा. जीपी सिंहले लेख्नुभएको किरातस् इन अनसिइन्ट इन्डीया, इ.सं. १९९० पृष्ठ ३९५ मा नेपालको वंशावली र अन्य आधिकारिक प्रमाणहरुको अध्ययन र छलफलले निष्कर्षमा पुग्दा किरात राजाहरुको जम्मा संख्या २६ देखि ३२ सम्म फरक परेको बताउनुहुन्छ । तर उहाँ अगाडि लेख्नुहुन्छ- सम्पूर्ण सम्बन्धित स्रोतहरुको अनुसन्धान र आधिकारिक इतिहासविद्हरुको परस्परको आम सहमतिले २९ किरात शासकहरुमात्र अस्तित्वमा आएका थिए, जसले इ.पु. ३१०२ देखि सातौँ शताब्दीसम्म काठमाण्डौ उपत्यकामा राज गरे ।' पुनः डा. सिंह अगाडि लेख्नुहुन्छ- 'उत्तरपूर्व भारतको हिमालयमुन्तिरको प्रदेशमा लगभग ४००० इ.पू.देखि सातौँ शताब्दीसम्म किरात राजवंशीय शासन स्थापना भएकोले हाम्रो प्राचीन इतिहासको एक अत्यन्त महत्वपूर्ण अध्यायको निर्माण हुन सकेको छ ।' डा. सिंह पुनः अगाडि लेख्नुहुन्छ- 'यसै राजवंशले काठमाडौं उपत्यकामा २९ पीढिसम्म अविच्छिन्नरुपले लगभग १ हजार वर्षम्म राज गरे ।' उहाँले नेपालको राजनीतिक मञ्चमा किरात राजाहरु दुई चरणमा देखापरेको छ र लेख्नुहुन्छ- 'प्रथम चरणमा आजको नेपालमा प्रवेश गर्नेहरु किरात कलियुग प्रारम्भ हुनुभन्दा अघि र दोस्रो चरणमा कलियुग सुरु भएपछि काठमाण्डौ उपत्यकामा देखापरेका थिए ।' डा. सिंहले आफ्नो कृतिको पृ.नं. ३९६ मा नेपालको प्रथम किरात राजाको नाम एलम्बरा, एल्लुङ, एलम्बा अथवा एलम्बाहाङ लेख्नुभएको छ ।
काठमाडौं उपत्यकामा किरातहरुको आगमनको सन्दर्भमामा नेपालका इतिहासविद् डा. डिल्लीरमण रेग्मीले किरातहरु पूर्वोत्तर भारतबाट नेपाल आएका थिए भन्ने स्वीकार्नुभएको छ । किरातहरु पूर्वबाट आएका हुन् भन्ने यथार्थतालाई स्वीकार्रर्दै डा. मदनमणि दीक्षितको 'किरातवंशको इतिहास र लिपिसम्बन्धी केही कुरा' नामक लेखमा वाजसनेयीय संहिता र तैतरिय ब्राह्मणले किरातहरु गुफावासी भने पनि पछि गएर किरातहरुको वासस्थान 'पूर्वी नेपाली पहाड' भनी उल्लेख भएको देखिन्छ । यस कथनले विशेषत राजा यलम्बरको वंश पूर्वबाट पश्चिम लागेको स्पष्ट देखिन्छ । यसै पर्रि्रेक्ष्यमा नेपालका शिर्षस्थ विद्वान् मोदनाथ प्रश्रतिको इ.सं. २००७ डिसम्बर ०८ को कान्तिपुर दैनिक समाचारपत्रमा प्रकाशित भएको 'नेपालको जातीय बनोट र राष्ट्रिय एकता' नामक लेखमा पौराणिक नेपालको भूभाग विशेषताले पौराणिकालमा पूर्व ब्रह्मपुत्रदेखि पश्चिम पञ्जाबसम्म नेपाल नामबाट परिचित थियो । यस कथनले सिद्ध हुन्छ कि बृहत् नेपालको पूर्वी दिशाबाट आएका किरातहरु आजभन्दा ५००० हजार वर्षघि काठमाण्डौ उपत्यका आई राजकाज चलाउन सफल भएको अवगत हुन्छ । वर्तमानलाई नियालेर हेर्दा अझ पनि किरात प्रजातिका -किरात रेस) मानिसहरु पूर्वी नेपालको उत्तरपूर्व भारतको अन्तिम सीमासम्म आवाद भएको देखिन्छ । प्रथम किरात राजा यलम्बर नामक संज्ञा डा. डेनियल राइटको हिस्टोरी अफ नेपाल पनि उल्लेख भएको छ । आजभन्दा १ सय ३० वर्षघि अर्थात इ.सं १८७७ मा डेनियल राइटको प्रथम संस्करणको इतिहास केम्ब्रिजबाट प्रकाशत भएको थियो । उक्त इतिहासको लेखन कार्यमा महत्वपूर्ण सहयोग पुर्‍याउने पाटन निवासी -काठमाडौं उपत्यकाको ललितपुर) नेपाली 'पण्डित श्री गुणानन्दको भूमिका अत्यन्त विश्वसनीय रहेको छ' भन्ने भनाइलाई नकार्न नसकिने अवस्था छ किनभने उहाँका पूर्वजहरु कयौं पुस्तासम्म नेपालको इतिहास संकलन गर्ने कार्यमा अभ्यस्त थिए भन्ने वर्णन सोही इतिहासको इ.सं. १९९३ दोस्रो पुनः मुद्रित संस्करणको प्रस्तावनामा स्पष्ट उल्लेख भएको छ । अतः प्रथम किरात राजाको नाम यलम्बर नै भएको स्वीकार्य देखिन्छ ।
डा. राइटको इतिहासको पृ.नं. १०६ मा किरातहरु द्वापरयुगमा नेपालमा देखापरेका थिए भन्ने उल्लेख भएको छ । यसै इतिहासको पृ.नं. १०९ मा किरात राजवंशको प्रथम राजा यलम्बरले 'नेपालमा १३ वर्षराज गरे' भन्ने पनि देखिन्छ । भारतका प्रख्यात इतिहासविद डा. जीपी सिंहको इ.सं. १९९० को कृतिको पृ.नं. ३९६ मा राजा यलम्बरको उत्तराधिकारी पविको -यानचिहाङ) समयमा कलियुग फैलिसकेको उल्लेख भएको छ । वर्णन निम्न प्रकारको रहेको छः 'नेपालको वंशानुगत किरात राजाहरुको इतिवृत वर्णनगर्दापूर्ण यलम्बर नै प्रथम किरात राजा थिए । उनले नेपालको किरात राजवंशको जग बसालेका हुन् । प्राचीन भारतको नाम उज्ज्वल गर्नुमा नेपालको किरातहरुको महत्वपूर्ण भूमिका रहेको थियो । उनले १३ वर्षराज गरे ....।'यसै सर्न्दर्भमा नेपाल हिन्दू अधिराज्यको इतिहास दोस्रो खण्डका फ्रान्सेली लेखक सिल्भालेभीले पनि डा. डेनियल राइटको मतलाई स्वीकार गर्दै भनेका छन्- 'प्रथम किरात राजा यलम्बरले १३ वर्षराज गरे । दोस्रो किरात राज पविको शासन कालमा ज्योतिषविद्हरुले पृथ्वीमा पूर्णरुपले कलियुग फैलिसकेको घोषणा गरे र मानवजातिको पाप कर्मतर्फलिप्सा जागेको थियो ।' राजा पविको समयलाई यस्तो विश्वास गरिन्छ कि भगवानसँगको द्वापरयुग समाप्तिको साथसाथै कलियुगको प्रथम चौथाई अंश प्रारम्भ भइसकेको थियो ।
अब कलियुगको चर्चा गरौँ । यस सन्दर्भमा पर्सिवल लैण्डनको हिस्टोरी अफ नेपाल इस्वी सं. १९२८ मा ऋयलकतबदभि बलम ऋय-ीयलमयल ले प्रथम पटक प्रकाशन गरेका थिए र सोहीको नयाँ संस्करण सन्दर्भ स्रोत लिएको छु । यस इतिहासको पृ.नं. १९ मा उल्लेख भएको साभार गरेको छु । यहाँ भन्नलाई प्रशस्तै छ कि लगभग इ.सं. ४९६ देखि सातौँ शताब्दीको प्रारम्भसम्म नेपालको अवगत भएको कथाचाहिँ पूर्णतया शिलालेखमा आधारित छ । यस पृष्ठमा नेपालका विविध राजवंशका प्रारम्भिक कालको तथ्यांक दिने काम गरेको छ । उल्लेख भएका तथ्यांकहरुमध्ये 'कलियुग कहिले सुरु भयो -' भन्ने प्रश्नको उत्तरमा ३१०१ इ.पू. भन्ने देखिन्छ । तर, डा.जीपी सिंहले कलियुग सुरु भएको इ.पू. ३१०२ भन्ने लेखेका छन् । यी तथ्यांकहरु ठयाक्कै रुजु भएका छैनन् । अर्थात् एक वर्षे फरक परेको देखिन्छ । 'कुनचाहिँ ठीक छ -' भन्ने जिज्ञासामा मैले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत वि.सं. २०६४ को 'बालकृष्ण पात्रो' र प्राचीन दैवज्ञ ज्यो.पं. बाबुराम शर्माको 'यही पञ्चाङ्ग हो' भन्ने दुई स्रोतहरुका अनुसार ५१०८ कलिगत वर्षदेखिन्छ । यी ज्योतिषविद्हरुले वि.सं. २०६४ मा कलिगत ५१०८ वर्षाई अनुमोदन गरेकाले यसै ५१०८ वर्ष आधार मानेर कलिगत वर्षो गणना निम्नबमोजिम रहेको छ । सर्वप्रथम फान्सेली इतिहासविद् सिल्भालेभीले १९०५ इ.सं. मा र तत्पश्चात् पर्सिवाल लैण्डन १९२८ इ.सं. मा नेपालको इतिहास लेख्ने क्रममा कलियुग सुरु ३१०१ इ.पू. भन्ने लेखेको पाइन्छ । अतः वि.सं. २०६४ मा कलिगत वर्ष३१०१ इ.पू २००७ वर्तमान इ.सं ५१०८ वर्षचाँही ज्योतिषविद्को गणनाअनुसार ठयाक्कै रुजु भएकोले वि.सं. २०६४ मा कलिगत वर्ष५१०८ लाई नै स्वीकार्य देखिन्छ । तर, कलियुग सुरु ३१०२ इ.पू. भन्ने तथ्यांक यहाँ बेठीक ठहरिएको छ ।
डा. राइटले आफ्नो कृतिको पृ.नं. १०९ मा हिन्दुस्तानबाट आएका आभीर अल अहिरा अफ अभिया जसलाई ग्वाला जाति भनिन्थ्यो, नेपाल आई राज गर्न थाले । यिनै वंशको तेस्रो राजा भुवनसिंहको राज्यकालमा पूर्वबाट आएका किरातहरुले आक्रमण गरेर राज्य लिएको हुन् । तत्पश्चात् किरातहरुको यलम्बर नामक प्रथम किरात राजा भए ।
यस कथनलाई स्वीकार गर्दै नेपालको पहिलो इतिहास लेख्ने पण्डित अम्बिकाप्रसाद उपाध्यायले आफ्नोकृति नेपालको इतिहास वि.सं. २००४ को तृतीय संस्करणको पृ.नं. २२ मा लेख्नुहुन्छ- 'किराती राजाहरुमा पहिला राजा यलम्बर भए । यिनै यलम्बरको पुत्र पविको राज्यकालमा कलियुग प्रारम्भ भयो ।' नेपालको विभिन्न कालमा विभिन्न सम्वतहरु चलेको इतिहासले बताइरहेको छ । त्यसमध्ये कलि सम्वत् पनि एक हो । वर्तमानमा कलि सम्वतको उपयोगिताबारेमा श्री प्रमोदवर्द्धन कौडिन्यायन स्वादध्यायशाला लाजिम्पाट काठमाडौं अनुसार कलि सम्वत चाँही धार्मिक कृत्यका संकल्पमा कुनै रुपले प्रयोग हुँदै आएकोले यसको धार्मिक महत्व र उपयोगिता छ भन्ने हामीलाई जानकारी हुन आएको छ । वि.सं. २०६४ मा कलि सम्वत् कति हुन्छ भन्ने चर्चा माथि नै भइसकेको छ । राजा यलम्बरले १३ वर्षराज गरे भन्ने अर्थले वि.सं. २०६४ मा -इ.सं. २००७/२००८) यले सम्वत् कति हुन्छ - यसको गणना यहाँ प्रस्तुत गरेको छु ।
कलियुग सुरु ३१०१ इ.पूर्व वर्तमानको २००७ इ. सम्वत यलम्बरको शासनअवधि १३ वर्ष ५१२१ वर्षघि यलम्बर राजा भएको गणितीय योगफल देखिन्छ ।