Sunday, May 22, 2016

महाकुलुङ पर्यटन महोत्सव हुने


सोमवार, २०६९ मंसिर ११ गते १६:४०
वागमान  कुलुङ / छेस्काम ३ -सोलुखुम्बुको सुदुरपूर्बमा अवस्थित बुङ, छेस्काम, गुदेल,सोताङ र पावै गा.वि.सहरुको पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यका साथ ‘महाकुलुङ पर्यटन महोत्वस’ कार्यक्रम आयोजना हुने भएकोछ । यही २०६९ पौष १५ देखि १९ गतेसम्म सोलुखुम्बुको बुङमा आयोजना गरिने उक्त कार्यक्रममा अर्थमन्त्री बर्षमान पुनः प्रमुख अतिथी रहने पक्का भएको छ भने राजेश पायल राई, शम्भुराई, रिमा गुरुङ लगायतका राष्ट्रिय स्तरका कलाकारहरु र स्थानीय कलाकारहरुले दर्शकहरुको लागी साँगितिक माहोल सृजना गर्नेछन् । सोलुखुम्बुको उक्त ठाँउहरुमा आदिमकालदेखि सबैभन्दा पहिले कुलुङ जातिले बसोबास गर्दैआएको हुनाले उक्त ठाँउहरुलाई महाकुलुङ भनेर चिनिन्छ । आदिवासी कुलुङको भाषा, संस्कृति, इतिहास, रहनसहनको बारेमा चासो राख्ने संसारका जो कोही लेखक, पत्रकार, इतिहासकार र मानवशास्त्रीहरुले यस ठाँउमा आएर आफ्नो खोज अनुशन्धानको विषय प्रमाणीत गरिनुपर्ने हुन्छ । त्यस्तो ठाँउको पर्यटन प्रर्वद्वन गर्न आवश्यक रहेको तथा ग्रामीण सडकको बिस्तारसंगै यस भेग लगायत तल्लो सोलुखुम्बुको प्राकृतिक तथा धार्मिक पर्यटन प्रर्बद्वन र प्रचार प्रसार गर्न महोत्सवको सकारात्मक भूमिका हुने आशा गरिएको आयोजक समितिका संयोजक विकास कुलुङले जानकरी दिएकोछ । सम्पूर्ण तयारी पुरा भईसकेको उक्त महोत्सवमा करिब १० हजार मानिसहरुको उपस्थिती रहने अनुमान गरिएको कुरा संयोजक कुलुङले जानकारी दिनुभएको छ ।

 

No comments: