Sunday, May 22, 2016

कुलुङ भाषामा अध्यापन

DON'T MISS

कुलुङ भाषामा अध्यापन

By  on April 21, 2016
defult-banner-300x200
सुरेन शाक्य संखुवासभा बैशाख:९-
संखुवासभाको कुलुङ समुदायको बाहुल्य भएको प्राथमिक विद्यालयमा स्थानीय पाठ्यक्रम अन्तर्गत कुलुङ भाषामा अध्यापन गरिने भएपछि सम्बन्धित विषयका शिक्षकहरुको लागि तालिमको आयोजना गरिएको छ । कुलुङ भाषामा अध्यापन गर्ने शिक्षकहरुलाई सहजताको लागि विहिबारबाट ६ दिनेको तालिमको आयोजना गरिएको हो ।
जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहयोग र जिल्ला विकास समितिको आर्थिक सहयोगमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ (कुलुङ संघ), संखुवासभाले तालिमको आयोजना गरेको हो । तालिममा पाँच गाविसका २२ शिक्षकहरु सहभागि भएका छन् । कुलुङ समुदायको बाहुल्य क्षेत्रमा कुलुङ भाषा अध्यापन गराउने भनिएपनि कसरी पढाउने भन्ने विषयमा अन्योल रहेकोले यस्तो तालिमको ब्यावस्था गर्नु परेको कुलुङ संघ संखुवासभाका अध्यक्ष लाकपद कुलुङले बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालयको तर्फबाट विद्यालय निरिक्षक सन्तोषकुमार बराल र कुलुङ शिक्षकहरुको तर्फबाट अगुवा शिक्षक बुद्धिकुमार कुलुङले सहजिकरण गर्ने आयोजकले जनाएको छ । विशेष गरि कुलुङ भाषाबाट अध्यापन विधि सम्बन्धी प्रशिक्षण गरिने प्रशिक्षक बुद्धिकुमार कुलुङले बताउनुभयो । यस भन्दा अघि कुनै पनि भाषामा विद्यालयमा पठनपाठन नभएकोले मातृभाषामा अध्यापन गर्नु केहि चुनौतीपुर्ण रहेको भन्दै दक्ष भएर कक्षा संचालन गर्दा मात्र शिक्षण शिकाई प्रभावकारी हुने प्रशिक्षक एवं जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक सन्तोष कुमार बरालले बताउनुभयो ।
गतबर्षबाट नै संखुवासभामा कुलुङ भाषाको अध्यापन सुरु गरिएको कुलुङ संघ संखुवासभाको सचिव प्रकाश कुमार कुलुङले बताउनुभयो । यस अघि जिल्लाको पाँच विद्यालयमा कुलुङ भाषामा अध्यापन गरिरहेकोमा शैक्षिक सत्र ०७३ देखि भने अन्य विद्यालयहरुमा पनि अध्यापन गरिने सचिव कुलुङको भनाई छ । कक्षा एक र दुईको पाठ्यपुस्तक तयार भईसकेको र कक्षा तीनको पुस्तक प्रकाशनको क्रममा रहेको समते सचिव कुलुङले बताउनुभयो ।
http://www.limbusamachar.com

No comments: