Sunday, May 22, 2016

तेन्जिङ–हिलारी म्याराथनको उपाधि सुदिप कुलङुलाई

तेन्जिङ–हिलारी म्याराथनको उपाधि सुदिप कुलङुलाई

29 May, 2014 230 पटक पढिएको 0  0 
  0
Everest-Marathon-2014-2
यस वर्षको तेन्जिङ–हिलारी माउण्ट एभरेष्ट म्याराथनको उपाधि सुदिप कुलुङ राईले जितेका छन् । सुदिपले यो दोस्रो पटक यस स्पर्धामा उपाधि जितेका हुन् । २०१० को उपविजेता उनले २०११ मा पनि उपाधि जितेका थिए । उनले निर्धारित दुरी ३ घन्टा ५२ मिनेट ०९ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । त्रिभुवन आर्मीका भीमबहादुर गुरुङ दोस्रो र सुमन कुलुङ राई तेस्रो भएका छन् ।
महिलातर्फ आङ छोइङ शेर्पाले ५ घन्टा ८ मिनेट ०५ सकेण्डमा निर्धारित दुरी पुरा गर्दै उपाधि जितेकी छन् । ५ घण्टा ८ मिनेट ४५ सेकेण्डमा दौड पुरा गर्दै मिग्मा लामा शेर्पा दोस्रो भइन भने ५ घण्टा २२ मिनेटमा दौड पुरा गर्दै लाहक फुटी शेर्पा तेस्रो भइन् ।
विदेशीतर्फ पोलिस धावक रोवर्ट सेलिन्स्की निर्धारित दुरी ४ घण्टा ३९ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै प्रथम भए भने पोल्याण्डकै राडिक सेरविङस ५ घण्टा ४३ मिनेट ५ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए । ५ घण्टा ४५ मिनेटमा दौड पुरा गरेका ब्रिटिस टिमोथी वाटसन तेस्रो भए ।
६० किलोमिटर अल्ट्रा रेसतर्फको उपाधी नेपाल आर्मीका समिर तामाङले रक्षा गरेका छन् । गत वर्षबाट शुरु भएको रेसमा गत वर्षको ७ घण्टा ५६मिनेटको समयमा सुधार गर्दै समिरले ७ घण्टा १७ मिनेटमा ५५ सेकेण्डमा पुरा गर्दै उपाधि रक्षा गरेका हुन् ।  ७ घण्टा ३८ मिनेट १५ सेकेण्डमा दौड पुरा गर्दै होम लाल श्रेष्ठ दोस्रो भए भने डिबी कुलुङ राई ८ घण्टा २६मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए ।
पुरषतर्फको विजेता र एक्सट्रीम अल्टातर्फको विजेताले नगद एक एक लाख पुरस्कार प्राप्त गरे भने दोस्रो र तेस्रो हुनेले क्रमश नगद ७० हजार र ५० हजार हात पारे । यस्तै महिलातर्फ र हाफ म्याराथनतर्फको विजेताले नगद ५० हजार तथा उपविजेता र तेस्रो हुनेले क्रमश नगद ३० हजार र २० हजार प्राप्त गरे ।
- See more at: http://www.nepaljapan.com/

No comments: