Sunday, May 22, 2016

कुलुङ पत्रकार संघ गठन, अध्यक्षमा ध्यान कुलुङ

कुलुङ पत्रकार संघ गठन, अध्यक्षमा ध्यान कुलुङ

Share this post
1222161360काठ्माण्डौ । कुलुङ समुदायको पत्रकार समुह कुलुङ पत्रकार संघ सनिबार गठन गरिएको छ । पत्रकार ध्यान कुलुङको अध्यक्षतामा धुमबाराहि स्थीत कुलुङ संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पाँच सदसिय पत्रकार संघ गठन गरिएको हो ।
समितिको सचिबमा जोकराज कुलुङ, कोषाध्यक्षमा कल्पना कुलुङ र सदस्यहरुमा भविन्द्र कुलुङ र बिवस कुलुङ रहेका छन् । हाललाई सक्रिय पत्रकारहरु मात्र समितिमा राखिएपनि अन्य पत्रकारहरुलाई पनि समितिमा राख्न सकिने गरि निर्णय गरिएको अध्यक्ष कुलुङले बताए ।
विभिन्न संचार संस्थाहरुसंग आबद्ध रहेर कार्यरत पत्रकारहरुलाई समितिमा राखिने समेत अध्यक्ष कुलुङले बताए । उनका अनुसार, कुलुङ पत्रकार संघको विधान तयार नभएसम्म सो समिति दतर्थ समितिको रुपमा रहनेछ र विधान बनेपछि सर्ब सहमतिमा समितिलाई मान्यता प्रदान गरिनेछ ।
नव गठित पत्रकार संघको आयोजनामा आईतबार देखि कुलुङ विद्यार्थीहरुलाई आधारभुत पत्रकारीताको तालिम समेत दिईने पत्रकार संघका सचिब जोकराज कुलुङले बताए । तालिममा सहभागी एक उत्कृष्ठलाई रेडियो कार्यक्रम छेलाम्को उपत्यका संवाददाताको जिम्मेवारी दिईने समेत सचिब कुलुङले बताए ।
http://www.shikharpost.com/?p=11382

No comments: