Sunday, May 22, 2016

बन्ने भयो महाकुलुङ विमानस्थल

सोलुखुम्बु l नेपालकै सर्बाधिक ४ वटा बिमानस्थल रहेको सोलुखुम्बुमा अर्को पनि बिमानस्थल थपिने भएको छ । पर्यकटिय जिल्लाको खुम्बु क्षेत्रबाहेक मेरापिक क्षेत्रको पर्यटन प्रबद्र्धन गर्नका लागि अर्को बिमानस्थल निर्माण कार्य सुरु गरिएको हो । बार्षिक ४० हजारको संख्यामा आउने पर्यटकहरु सगरमाथा र गोक्यो क्षेत्रमा मात्रै केन्द्रीत भएको तर ट्रेकिङका लागि उत्तिकै महत्व बोकेको मेरापिक क्षेत्र ओझेलमा परेकोले पर्यटककै लागि बिमानस्थलको निर्माण कार्य सुरु गरिएको गुदेल महाकुलुङ हवाइ मैदान समन्वय समितिका सचिब सुर्य कुलुङले जानकारी दिए ।
 
बिमानस्थल निर्माणका लागि मन्त्रीपरिषद बैठकले स्वकृति पनि प्रदान गरिसकेको छ । गुदेल गाबिसको २, ३, ४ र ५ नम्बर वडाका भुभागलाइ समेटेर बिमानस्थलको लागि आबश्यक करिब १ सय रोपनी जग्गा समेत जग्गाधनीबाट नामसारी गरिसकेको कुलुङले जानकारी दिए । बिमानस्थलका लागि त्यहाका १ सय ५० घर परिवारले निशुल्क जग्गा प्रदान गरेको उनले बताए । लम्बाइ ७ सय मिटर र चौडाइ २० मिटरको रहने गरि प्राबिधिकद्धारा नक्साङकनको काम समेत भइसकेको छ । जिल्ला स्थीत नापी कार्यलयले यसै हप्ता नापीको काम सम्पन्न गरेको सल्लेरी स्थीत नापी कार्यलयले जनाएको छ । आगामी दुइ बर्षमा धुले हवाइ मैदानको रुपमा संचालनमा ल्याइसक्ने निर्माण पक्षको भनाइ छ ।
 
६ महिना अघि देखि सुरु गरिएको कागजी प्रक्रिया पुरा भइसकेको र यसै आर्थिक बर्षको हिउद देखि स्काभेटर लगी काम सुर गर्ने जनाइएको छ । हाल सम्म सडकको सुििबधा नपुगेको महाकुलुङ बस्तीमा बिमानस्थल निर्माण हुने चर्चाले स्थानिय पनि खुसी देखिएका छन् । तर कतिपयले भने निशुल्क जग्गा दिन नसक्ने भन्दे मुआब्जा दिइनु पर्ने माग गर्दै आएका छन् । आफ्ना भएको जग्गा बिमानस्थलको धावन मार्ग बन्ने भए पछि चिन्तीत बनेका ब्यक्तिहरुले मुआब्जाको माग गरिरहेको स्थानिय सरोज कुलुङले बताए । वडा नं। ३ लुच्चामका जम्मा ३६ घर परिवारले आफ्नो उब्जाउयुक्त भुमी बिमानस्थलका लागि प्रयोग हुदा हातमुख जोड्ने आधार नै नहुने स्थानिय धन कुमार राइले बताए । ती परिवारले भने बिमानस्थलकै लागि आबश्यक पर्ने करिब ३० रोपनी जग्गा नामसारी गर्न मानिरहेका छैनन् ।
 
केहीले मुआब्जा माग गरे पनि महाकुलुङ हवाईमैदान निर्माणका लागि १ सय २० जग्गाधनीले जग्गा रजिष्ट्रेशन राजीनामा पास गरिसकेका छन् । उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा विना मुआब्जा १५० कित्ताको करिब ७० रोपनी जग्गा प्रदान गरेको हवाईमैदान निर्माण समन्वय समितिका स्थानिय संयोजक सिन्के राम कुलुङले बताए ।
 
हाल सम्म सडकको ट्रयाक समेत निर्माण नभएको सो क्षेत्र जिल्लाकै अति दुर्गम क्षेत्र हो । सगरमाथा हिमश्रृङखलासंगै जोडिएको मेरापिक क्षेत्रका भरुन्जे, आमाडब्लम, चाम्लाङ, चारपाटे, लोप्चे,थामसेर्कु, कारेलुङ, घ्याङखर्क पीक लगायतका एक दर्जन हिमाल तथा ट्रेकिङ क्षेत्र अत्यन्त महत्वपुर्ण भए पनि त्यहा सम्म पुग्ने यातायातका साधन नभएकाले आझेलमा परेको हवाइ मैदान निर्माणका नेतृत्वकर्ताहरुको दाबी छ । सदरमुकाम सल्लेरीबाट पैदल दुरी ३ दिनको रहेको सो क्षेत्रमा बिमानस्थल निर्माण भए काठमाडौँबाट सिधै पर्यटकहरुलाइ गुदेल हुदै ती ट्रेकिङ क्षेत्रमा लैजान सक्ने उनीहरुको दाबी छ । साथै आझेलमा परेका खोटाङ हलेसी हुदै सोलुखुम्बुको साल्पा पोखरी, सिलुचो पीक, सेती पोखरी, पाच पोखरी लगायत धार्मिक तथा सास्कृतिक महत्व बोकेका क्षेत्रको पनि प्रचार प्रसार गर्न सकिने स्थानियको बिश्वास छ ।
 
आन्तरिक आयश्रोत समेत जिल्लाकै अन्य भाग भन्दा निक्कै कम रहेको सो क्षेत्रको पर्यटन प्रबद्र्धन हुनुका साथै स्थानिय जीवनस्तर पनि उकासिने सर्बसाधरणले बिश्वास लिएका छन् । खच्चडबाट महंगोमा खाद्यव्न्न सहित अन्य सामगृ ढुवानी गर्नुपर्ने महाकुलुङबासीले बिमानस्थल निर्माण भए सुबिधा संगै सहुल्यत पाउने स्थानिय छलकराम राइले बताए । हाल सम्म बिमानस्थल निर्माणका लागि बजेटको ब्यबस्था नगरे पनि सगरमाथा क्षेत्रमा आउने पर्यटकहरुबाट संकलित राजस्वको ३० प्रतिशत हुन आउने नियमित पर्यटन रोयल्टीलाइ बिमानस्थल निर्माणमा लगाउने सरकारको तयारी छ । अहिले सम्म गुदेल गाउँ बिकास समितिको गत आर्थिक बर्षमा ६ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको छ । सोही बजेटबाट बिमानस्थल निर्माणका लागि प्रक्रिया पुरा गर्ने कार्य भइरहेको सचिब कुलुङले जानकारी दिए ।
 
सोलुखुम्बुमा यस अघि नै ४ बिमानस्थल निर्माण भइसकेका छन् भने हाल दुइ बिमानस्थल मात्रै संचालनमा छ । लुक्ला स्थीत तेन्जीङ हिलारी बिमानस्थल र सल्लेरी स्थीत फाप्लु बिमानस्थल प्रयोगमा छ भने गत बर्ष सम्म संचालनमा रहेको कागेल बिमानस्थल यात्रु नपाए पछि बन्द छ । त्यस्तै सबैभन्दा उचाइमा रहेको बिमानस्थल भनिएको खुम्जुङको स्याङबोचे बिमानस्थल पनि बिगत ४ बर्ष देखि संचालनमा छैन ।
 
- सगरमाथा अनलाईनबाट
- See more at: http://www.chhelam.com/news-details.php?nid=35#sthash.qBBzftWZ.dpuf

No comments: