Sunday, May 22, 2016

पर्यटन पदमार्ग निर्माणाधीन क्षेत्रको भ्रमण

 0 0 0 New
राष्ट्रिय योजना आयोगका सचिव सोमलाल सुवेदी, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का केन्द्रीय सदस्य तथा मिडिया संयोजक निलहरी बास्तोला र संविधानसभाका सभासद् बलबहादुर केसीलगायतको टोलीले  सोलुखुम्बु छेस्कामको मुद्विदेखि सेतीपोखरीसम्मको निर्माणाधीन पर्यटन पदमार्ग र महाकुलुङ विमानस्थलको स्थलगत अनुगमन गरेको छ । 
अनुमगनका क्रममा राष्ट्रिय योजना आयोगका सचिव सुवेदीले अति रमणिय क्षेत्र भए पनि यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्दा सकारात्मक र नकारात्मक पक्षको ख्याल गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको पहाडी विकास तथा संरक्षण समूह नेपालका कोषाध्यक्ष तथा अनुगमनमा संलग्न बागमान कुलुङले जानकारी दिनुभयो ।
त्यस्तै संविधानसभा–२ मा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै सभासद् केसीले छेस्काममा १० जोड २ सञ्चालन गर्नका लागि आफूले नगद ८ लाख र विद्यालयको कोषमा ५० हजार लगाइदिने घोषणा गर्नुभयो । यसका साथै उच्च माध्यमिक शिक्षा परिषद्मा दर्तापछि थप प्रशासनिक प्रक्रियामा समेत सक्दो सघाउने प्रतिबद्धता जनाउनुभयो । छेस्कामको पिचिरिममा बोल्दै सभासद् केसीले सेतीपोखरी क्षेत्रलगायत इलाका नम्बर ४ मा पर्यटकीय सम्भावना बोकेका प्रशस्त ठाँउ भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको र त्यसको प्रचारप्रसार र विकासका लागि आफुले कुनै कन्जुस्याई नगर्ने बताउनु भयो । कार्यक्रमको संयोजन तथा व्यवस्थापन स्थानीय संस्था पहाडी विकास तथा संरक्षण समूह नेपालले गरेको थियो ।  
अनुमगनका क्रममा राष्ट्रिय योजना आयोगका सचिव सुवेदीले अति रमणिय क्षेत्र भए पनि यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्दा सकारात्मक र नकारात्मक पक्षको ख्याल गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको पहाडी विकास तथा संरक्षण समूह नेपालका कोषाध्यक्ष तथा अनुगमनमा संलग्न बागमान कुलुङले जानकारी दिनुभयो ।
त्यस्तै संविधानसभा–२ मा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै सभासद् केसीले छेस्काममा १० जोड २ सञ्चालन गर्नका लागि आफूले नगद ८ लाख र विद्यालयको कोषमा ५० हजार लगाइदिने घोषणा गर्नुभयो । यसका साथै उच्च माध्यमिक शिक्षा परिषद्मा दर्तापछि थप प्रशासनिक प्रक्रियामा समेत सक्दो सघाउने प्रतिबद्धता जनाउनुभयो ।
छेस्कामको पिचिरिममा बोल्दै सभासद् केसीले सेतीपोखरी क्षेत्रलगायत इलाका नम्बर ४ मा पर्यटकीय सम्भावना बोकेका प्रशस्त ठाँउ भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको र त्यसको प्रचारप्रसार र विकासका लागि आफुले कुनै कन्जुस्याई नगर्ने बताउनु भयो । कार्यक्रमको संयोजन तथा व्यवस्थापन स्थानीय संस्था पहाडी विकास तथा संरक्षण समूह नेपालले गरेको थियो ।
- See more at: http://tourismsamachar.com/index.php/mountaineering/15-2014-11-30-18-54-02#sthash.EQEyNQSh.dpuf
http://tourismsamachar.com/index.php/mountaineering/15-2014-11-30-18-54-02

No comments: